Showing posts with label Tracking. Show all posts
Showing posts with label Tracking. Show all posts

म्यार्दि भिरको कथा

म्यार्दि भिर । साच्चै कहाली लाग्दो छ । पहाड जस्तो अग्लो ढुङगालार्इ खोपेर बाटो वनाइएको छ । यो भिर लमजुङ र मनाङ जिल्लाको सीमानामा पर्छ । म्यार्दि भिर खोप्दा सडकको दायाँपट्टी मनाङ तर्फ जादा ढुङगाको केही भाग बाँकि रहेको छ । त्यसले भिरमा बारको काम गरेको छ । त्यही बारको काम गरेको ढुङगाको भित्तामा सिमेन्टको कुर्सी जस्तो आकार वनाइएको छ । कुर्सिमा ढल्केर वस्नलाइ अडेस लगाउने स्थान जस्तोमा कालो मार्वल टासीएको छ । मार्वलमा पहेली रङगमा चामे सडक खन्ड निर्माणको क्रममा ज्यान गुमाएका ३ जना सैनिक जवान र ६ जना सर्वसाधारणको नाम खोपीएको छ । बाटोको छेउमा उभिएर एसो तल तिर हेर्दा आङ नै सिरिङग हुन्छ ।  
      पारी भित्ताहरुमा अहो !  कति ठुला ठुला चट्टानका पहाडहरु । त्यो पहाडलाइ छिचोलेर मस्याङदी नदि वगेको छ । बाटो नै भरी झरनाले मन नलोभ्याउने पनि होइन । तर बाटोका लागि त्यो झरनाहरु खतरा मानिदा रहेछन । अलि पानी वढेसी गाडी आवाज जावतमा समस्या पार्दो रहेछ ति झरनाले । ताल बजार नजिकैको बाटो थोरै सिमेन्टले ढलान गरिएको रहेछ । त्यहा पनि सानो झरना छ । त्यो झरनाको पानी कस्सीएर भुइमा झर्दा उडेको पानी बोकेको हावाका कारण वाटो राम्ररी नदेख्दा कयौ पटक अन्दाजको भरमा गाडि गुडाएको म चढेको जिपका चालक रुपेस लामाले वताए । रुपेसको यो भनाइ सुनेर मन मनै झन डर लागेर आयो । तर डराएर पनि भएन त्यो बाटो जसरी पनि काटेर जानु पर्थ्यो ।
नजिकवाट म्यार्दि भिर 
वेसीशहर बाट चामेको सडक ६५ किलो मिटर छ । बाटो नेपाली सेनाको  सडक निर्माण कार्यदलले वनाएको हो । अतिनै कठिन गरि जिलेटिनको प्रयोग गरेर बाटो बनाइएको छ । सडक डिभिजन कार्यलयका दमौली तनहुँका अनुसार यो बाटो सुरक्षाको हिसावले एकदमै खतरामा पर्दोरहेछ। भौगोलीक रुपमा पनि देश कै कठिन बाटोको सुचीमा कार्यलयले राखेको जनाएको छ । सडक डिभिजन कार्यलय दमौलीका प्रमुख भानु जोशीका अनुसार कर्णाली राजमार्ग भन्दा पनि कठिन सडकका रुपमा यस्लाइ लिइएको छ । यो राम्रो मौसममा मात्र गाडि चल्ने सडक हो । सजिलो ठाँउ बाहेक भिरमा मुस्कीलले बाटोको चौडा ४ मिटर छ कतै कतै त ३ पनि छ । साघुँरो भएका कारण सवारी ओहोर दोहर गर्दा पालो दिने ठाँउ पनि छैन कतिपय स्थानमा । बाटो चौडा गर्ने ठाँउ पनि छैन । त्यसैले साँझ ६ बजे देखि उता सवारी साधनलाइ आवत जावत गर्न प्रहरीले रोक लगाइएको छ ।
टाढाबाट म्यार्दि भिर 
      बाटो खुलेको करिव ४ वर्ष भएको छ । मनाङको सदरमुकाम चामेवाट मनाङ वजारमा गाडि पुगेको त एक वर्ष पनि पुगेको छ । चामेबाट मनाङको वाटो भने त्यति धेरै कठिन छैन । अप्ठयारो ठाँउमा ढलाना गर्न अनी खोलाहरुमा पुल वनाउन यो आर्थिक वर्षमा ५ करोडको ठेक्का लगाइएको छ । तर गएको वैशाख १२ गतेको भुइचालो पछि काम गर्न भने नसकिएको सडक डिभिजन कार्यलय दमौलीलीले जानकारी दिएको छ । भौगोलिक रुपमा भिरालो भएका कारण ग्राभलिङ गर्दा एक वर्ष पनि टिक्दैन । बाटो सुधार गर्न थोरै रकमले पुग्दैन । अरवौ खर्च हुन्छ । अहिले छुट्याउदै आएको वजेटले बाटो मर्मत गर्न छेउ पनि भ्याउदैन । वर्षा याममा असार देखि भदौ सम्म सडक मर्मतको काम गर्न सकिदैन । बर्षको ६ महिना मात्र काम गर्न सकिन्छ । भिरमा पहिरो जाने अनी ढुङगा खस्ने भएकाले पनि काम गर्न चुनौतीपुर्ण रहेको डिभिजन कार्यलय दमौलीका प्रमुख जोशीको भनाइ छ ।
ढुङगा खोपेर वनार्इको सडक म्यार्दि भन्दा केही माथि ताल वजार नजिकैको भिर ।
वेसी शहरवाट मनाङ तर्फ जादा जगत, च्याम्चेत र म्यार्दि भिर अनी चामे भन्दा माथी भ्राताङको वाटो साच्चै अप्ठयारो छ । अजङगका ठुल ठुला चट्टानका पहाडहरु आकासै छोला जस्ता छन । यस्तो भिर पहरालाइ फोरेर नेपाली सेनालाइ बाटो वनाउन निक्कै समय लागेको थियो ।
ढुङगाको वीच भागमा खोपेर वनार्इको बाटो 
 मनाङमा वेस्सरी हिउ परेका कारण म र मेरो समुह थोरङला काटन असमर्थ भयौ । मनाङमा दुर्इ दिन वसेर फर्के । २ वजे मनाङबाट जिप हिड्यो । राति आठ वजे धारापानि पुगे । बाटोमा ससना वजार छन । त्यहाँ रोकिदै जिपको चालकले लुकी लुकी रक्सी खाएको थाहा भयो । म सगै यात्रामा रहेका महेश जी ले रक्सी खाएको सुटक्क मलाइ भने । मनमा चिसो पस्यो । तर यो कुरा म र सुनिता वीच नै गोप्य राख्यौ । अप्ठोरो वाटो त्यसमा पनि राति । चालकले निक्कै नियन्त्रण गुमाएका थिए । म र सुनिता अगाडीको सीटमा थियौ । चालक मातेर टिल्ल भए । उनी हातको स्टेरिङ छोडर म माथि ढल्किए । के गरेको भर्इ भनेर मैले कराए । उनको टाँउको मेरो दाँया कुममा पुगेको थियो । हतार हतार मैले स्टेरीङ समाएर भित्ता तर्फ वटारे । त्यतिन्जेलमा पछाडिको सीटमा वस्ने महेस जी र एक जना यात्री झ्याँल खोलेर हतार हतार निस्किए । धन्न ज्यान जोगियो ।
गाडि साइर्ड दिनलार्इ निक्कै गाह्रो हुन्छ ।
चालकले मादक पदार्थ सेवन गरेको भनी प्रहरी कार्यलयमा उजुरी गर्न साथि सुनिता र म गयौ । पछि अरु यात्रीहरुले पनि साथ दिए । त्यो जिपमा म लगायत ११ जना सवार थियौ । भोली पल्ट विहान चालकलाइ एक हजार जरिवाना तिराएर छोड्यो ट्राफिक प्रहरीले । चामेमा गएको फागुन
(२०७२ फागुन ) वाट मात्र अस्थाइ ट्राफिक प्रहरी कार्यलय स्थापना गरिएको छ । ट्राफिक प्रहरी कार्यलय स्थापना गर्न पुर्व सवारी आवत जावतको काम नेपाल प्रहरीले नै हेरिरहेको थियो ।  प्रहरीका अनुसार यो रुट भएर चल्ने अधिकांश जिपका चालकले पहिला चिसोबाट वच्न भन्दै मादक पदार्थ सेवन गर्थे । जरिवाना र कार्वाही गर्न थालेपछि सेवान गर्न छोडे पनि फाट्टफुट्टले अहिले पनि सेवन गरेको पाइएको छ ।

बाटो कठिन भएकाले यात्रा गर्ने जो कोही पनि साँझ परेपछि बाटो काटिन्छ भन्दै रातमा नहिडेकै राम्रो हुन्छ । गाडिवालाहरुले जाउ भनेर कर गर्दा रहेछन । 


मनाङ यात्रा भाग एक

दशैले छपक्क छोपिएको थियो । आमा बुवा दशैमा छोरी आउछ भन्दै बाटो हेरेर वसेका थिए । भुकम्पको कम्पनको त्रास राम्ररी सेलाउन नपाउदै कैलाली जल्यो । कैलालीसगै मधेसमा आगो वल्यो । मधेसमा आक्रान्त भइरहोको वेला फेरी भारतिय नाकावन्दी थपीएको थियो । इन्धन र पेट्रोलियम पदार्थको अभावका कारण दैनिक जिवन सारै कष्टकर वन्दै गइरहेको थियो । राजनितिक अवस्थाका कारण देशमा केही गर्ने तम्सेका युवाहरु साच्चै निरास हुदै थिए । यसै क्रममा साथी सुनिताले मनाङ मुस्ताङ हुदै थोरङला पास गर्ने योजना सुनाइन । उनको योजनामा म पनि लोभिए । कामको तनाव त्यतिक्कै थियो म माथि । यही तनाव कम गर्ने आसाका साथ साथीहरुसग म मनाङ यात्रामा निस्किए । साझको चार वजे धरानको वरगाछिवाट गाडी चढियो । इटहरी वस पार्कमा करिव हामी सात घन्टा वस्नु पर्यो । मधेस आन्दोलनका कारण पुर्ववाट पश्चिम जाने यात्रुवाहक वस अनी मालवाहक ट्रकहरु इटहरीमा जम्मा हुन्थे अनी एकै चोटी प्रहरी सुरक्षामा साढे १० देखि ११ वजे भित्रमा गनतव्य प्रस्थान गर्थे । पुर्व क्षेत्रीय प्रहरी कार्यलयका अनुसार करिव दैनिक ५ सय भन्दा वढी सवारी साधनहरु यसरी प्रहरीको सुरक्षामा वर्दिवास सम्म पुर्याइन्थ्यो । पश्चिमवाट आउने सवारी साधन बर्दिवासमा जम्मा हुन्थे अनी पुर्व आउने गर्दथे । रातभरी सार्वजानिक सवारी साधन र मालवाहक ट्रकहरु प्रहरीको सुरक्षामा यो ब्लग लेख्दा सम्म ओहोर दोहोर भइरहेका छन ।
अान्दोलकारीको ढुङगाले सीसा फुटेका वस । 

      पुर्ववाट पश्चिम अनी पश्चिमवाट पुर्व चल्ने यात्रुवाहक वसका अगाडिको सीसा अनी झ्यालहरु सवै फुटेका छन । कसैले प्लाष्टिक लगाएका छन । कसैले जाली लगाएका देखिन्छ । ढुङगाले नहानेको कुनै पनि वस बाकी छैन होला सायद । मधेसवादी दलहरुको कार्यकर्ताहरुले ढुङगा हानेका कारण वसका सीसाहरु फुटेको यात्रा गर्ने यात्रीहरुले वताए । यसरी दैनिक यात्रुवाहक वसमा ढुङगा हानिन्थे । अहिले यो यात्रा सम्मरण तयार गरिदा सम्म कम भएको छ पहिला भन्दा । म लगायत मेरो समुहमा अरु चार जना साथीहरु पोखरा जाने वसमा थियौ । पेट्रोलियम पदार्थको अभावका कारण  इटहरि पश्चिम लाग्ने वित्तिक्कै सडकको बाया पट्टी छेउमा खानेपानीको वोतल भरी भरी पेट्रोल राखिएका देखिन्छ । वस रोकिने वित्तिक्कै पेट्रोल पेट्रोल भन्दै विज्ञापन गर्छन व्यापारीहरु । पेट्रोल वोकेको सवारी साधनमा आगो लागेको कारण सवारी साधनमा पेट्रोलियम पदार्थ नवोक्न भनी सरकार अनुरोध गरिरहेको थियो । तर म चढेको पोखरा जाने वसमा भने टन्न पेट्रोल थियो । वस भित्र ड्रम नै राखिएको थियो । हिडदा हिडदै बस रोकिन्थ्यो । यात्रुहरु चढाउन रोकेको होला भनेर झ्यालवाट चिहाउदा थाहा हुन्थ्यो ड्रममा पेट्रोल अनी डिजल पो चढाएको चढाइएको रहेछ । अहो म त बमको माथि वसेर यात्रा गरिरहेकी छु जस्तो लाग्यो । एकदम डर लाग्यो । बस भित्र ढुङ डुङती पेट्रोलको गन्ध आइरहेकाले टाउको नै भारी भयो ।
      दशैको समय त्यसमा पनि सीमीत सवारी साधन सडको वाया पट्टटी यति धेरै यात्रुहरु हात हल्लाउदै उभिएको देखिन्थ्यो । तर वसहरु खालि नभएकाले सुइया हुइकाइ हाल्थे । सारै विजोग देखियो यात्रीहरुको । जतासुकै रोकियो भने आन्दोलनकारीले ढुङगा हान्ने पिर पनि त्यतिकै थियो । झ्याल वन्द गरेर गर्मीमा निस्सासिदै वस्न वाध्य भए । गर्मी भयो पंङखा चलाउ भनेको वेला वल्ल पंखा चलाउथ्यो वसवालाले । वातानुकुलित वस भने पनि खै किन हो त्यो वातानुकुल भने एक पटक पनि चलाएनन । १० मिनेट सम्म पंखा चलेपछि फेरी रोकिदिन्थ्यो किन हो कुन्नी । सारै कष्टपुर्ण भयो यात्रा । एकातिर आन्दोलनकारीले ढुङगा हान्छन की भन्ने पिर अर्को तिर अति प्रज्वलनसील पेट्रोलिय पदार्थ सल्केला की भन्ने पिरले रातभरी वसमा निदान पनि सकिएन । धन्न हामी हिडेको दिन वसमा ढुङगा वर्सिएन । अगाडि यात्रा गर्ने एकजना यात्री भन्दै थिए वैनी भारदहमा ढल्केवरमा काठमाडौवाट आउदा हाम्रो वसमा असिना वर्से झै ढुङगा वर्सिएको थियो । धन्न हामी कसैलाइ केही भएन । के गर्नु कामले यात्रा गर्नु परेको छ । नहिडु भने नी नहुने ।" भन्दै आफनो तितो यात्रा अनुभव साटे म सग ।  
यात्रा अनुभव क्रमश प्रकाशित हुनेछ ।

वन्दुक वोकेका एक युवा

दैनिक १२ देखि १३ घन्टाको हिडाइका कारण मलाइ अतिनै थकान महसुस भयो । यो भन्दा अघि हिडनलाइ मेरो आत हारिसकेको थियो । वढि थकाइका कारण होला खाना सधै झै रुच्न छोड्यो । खाना नै खान नसकेपछि हिड्न लाइ धेरै गाहो भो । हिड्दा पनि मेरा खुट्टाहरु काम्थे । अझ चिसोको कारण अनुहार सुन्नीएको थियो । पानी अभावका कारण मैले मुख नधुएको पनि २ दिन भइसकेको थियो । हात र खुट्टा फोहोर भइसकेका थिए । दिउसो भरी पानीमा हिड्यो अनी त्यही चिसो लुगामा वेलुका सुत्यो । सव जना हामी फोहोरी भइसकेका थियौ । गोठमा वसेका गोठालाहरुको लुगामा लेघ्रा लेघ्रा मयल देखेको थिए । सेतो खुट्टा र हातहरुमा पनि मयलका टाटा वसेको देख्दा उलुक उलुक भएको थियो मलाइ । तर आफनो पनि पानि अभावका कारण त्यही गोठालाको हालत भएकाले वल्ल महसुस गरे जाडो त्यस माथी पनि नभएका कारण उनीहरु फोहोरी भएर वसेका रहेछन भनेर ।

 थुम्कीको सुताइ गजव भो । मजाले निन्द्रा पर्यो । तिर्थायात्रीहरुको आवाजले हामीसवैको निन्द्रा खुल्यो । राम्रो उज्यालो भएको थिएन । सारा हाम्रो सामान त्यही छोडेर हामी सभापोखरी तर्फ लाग्यौ । थुम्की देखि केही माथि डाडामा पुग्दा हावा यसरी चल्यो की उडाउला झै गरी । ओडेको प्लाष्ट्रिक सम्हाल्नुकी झोला सम्हाल्नु भयो । वल्ल वल्ल त्यो उकालो काटियो । उकालो काटेपछि जलजला डाडामा पुगिन्छ । यो समुन्द्र सतह देखि ४ हजार ४ सय ७० मिटर उचाइमा छ । यहा पुग्दा लेक लाग्ने धेरै सम्भावना हुन्छ । कति तिर्थयात्रीहरु थुम्की नपुग्दै लेक लागेका कारण विरामी भएर सभापोखरी पुग्न नपाउदै फर्कन्छन । थुम्कीको भकारी छिरुवावाट पश्चिम लाग्नु पर्नेमा हामी पुर्व  तर्फ लागेछौ । बाटो भुलेकाले भिर पाखा हुदै सुनलङगुर पुग्यौ । यो पुरानो वाटो हो । यो वाटो अप्ठ्यारो भएकाले सात जना तिर्थयात्रीहरु लडेर ज्यान गुमाएको सभापोखरी धार्मिक पर्यटन बिकास उपभोत्ता समितिका अध्यक्ष मन बहादुर थक्लुङले जानकारी दिए । मनवहादुरका अनुसार थुम्कीवाट राते ओडार तिर वाटो गरिएको रहेछ । सुनलङगुरवाट हामी सेलेले ओरालो लाग्यो । मसीनो गिटी नै गिटी भएकाले जुत्ता चिप्लीएर थचक्क कयौ पटक म थेचारिए । यात्रा थुलुङ भैरव अनी हाम्रो सहयोगी भाइ गरी चार जना अगाडी थियौ । बाकी सात जना पछाडि थिए । म हिडन नसकेको कारण मेरो क्यामराको झोला पनि ती सहयोगी भाइले वोकीदिएका थिए । तस्वीर खिच्ने हिम्मत ममा थिएन । अझ सुनपाती र भैरङ पातिको गन्ध वेला वेला हावाले ल्याएर नाकमा बारम्बार ठोक्काइ  दिएका कारण टाउको दुखेर हैरान भएको थियो । वल्ल वल्ल सेलेले ओरालो काटियो । हामी सभापोखरी छेउछाउ पुगेका थियौ । त्यहा भने प्रसस्त पानी थियो । पानी खादै हाम्रो यात्रा अगाडि वढ्यो । खाली पेट भएकाले होला खुट्टा उचालिन छोडिसकेको थियो मेरो । यात्रा दाइलाइ म जादिन मेरो क्यामरा लगेर पोखरीको फोटो खिचेर ल्याइ दिनु भनी मैले अनुरोध गरे तर दाइ मानेनन्। हुन पनि हो बाह्र हात नाघेर आएपछि वित्तामा हार्ने भनेर म विस्तारै हिडे । हाम्रो झोलामा चाउचाउ र चिउरा थियो । ढुङगामा वसेर खायौ । आराम गर्यौ । त्यहा भेडिगोठ पनि थियौ । टाढाबाट सेतो र कालो रंगका भेडाहरु हरियो नागिमा चरिरहेको दृष्यले मनै लोभ्यायो । तर के गर्ने फोटो खिच्ने साहस म मा सकि सकेको थियो ।

   
सभापोखरी
   बाटोमा वन्दुक वोकेका एक युवा भेट्टायौ । गोठालाहरुका अनुसार उनी डाफे र मुनाल मार्ने सिकारी रहेछन । सभापोखरी पुगेर फर्कनेहरुको भिड थियो । हामी फेलेले उकालो चढ्यौ वल्ल वल्ल । सो उकालो वाट यसो पछाडी फर्केर हेर्दा आङ नै सिरङग हुने भिर छ । मुटु ढुक ढकु हुदै बल्ल बल्ल मैले त्यो फेलेले उकालो चढे । यस्लाइ धर्म द्धर पनि भनिदो रहेछ । उकालो सक्ने वित्तक्कै डाडामा ढुङगेसाघुका धन प्रसाद नेयोङले सात लाखमा तिर्थयात्री वस्ने पार्टि वनाइ दिएका रहेछन । अनी सभापोखरीको छेउमा धन वहादुर वनेमले पनि पार्टि वनाइ दिएका छन । जस्का कारण तिर्थयात्रीलाइ वास वस्न धेरै सजिलो भएको रहेछ ।
      करिव हामी १२ वजे तिर सभापोखरि पुग्यौ । मौसम खुलेको थियो । मैले विभिन्न ठाउवाट २५ वटा जति पोखरीको तस्विर खिच्न नपाउदै कुहिरोले डाम्मै ढयाक्यौ । अनी फेरी मुसलधारै पानी पर्न थाल्यौ । क्यामरा लुकाएर फर्कन सिवाय कुनै उपाय नै भएन । हामिले फोटो खिचिसक्दा अरुले पुजा आजा गरि सकेका थिए । पुजारी ब्रिटिस गुरुङका अनुसार दैत्यहरुको विनास रोक्न र दैत्यहरुसग विजय प्राप्त गर्न पोखरीमा देवताहरुले सभा गरेको थियो । सभा गरिने स्थान भएकाले यस्लाइ सभापोखरी भनिएको हो । पोखरीको विचमा हरियो थुम्का छ त्यसलाइ व्यास भनिन्छ । त्यो व्यासमा कम्पनी पैसा फाल्दा पुगेमा चिताएको पुग्ने विश्वास रहेको अर्का पुजारी बाबुराम अधिकारीले जानकारी दिए । विश्व संरक्षण संघ आइयुसीएनका अनुसार यो पोखरी ३८ सय मिटर उचाइमा छ । यो अल्पाइन क्षेत्रमा पर्छ । लाली गुराँसको अनुसन्धान गर्न सात चोटी सभापोखरी पुगेका वनस्पती विज्ञ कमल मादेनका अनुसार पोखरीको लम्बाइ २ सय मिटर चौडाइ १ सय मिटर छ । पुजारी अधिकारीका अनुसार सभापोखरीको वरीपरी अग्यो पहाड छ । ती पहाडलाइ जेठो माइलो र कान्छो लङगुर भनी उनीहरुले नामाकरण गरेका छन ।


      सभापोखरीवाट फर्कदा करिव ३ वजी सकेको थियो । हिडन सक्नेहरु अगाडी पुगेर खाना पकाउने सर्तमा सरासर हिडे । हिड्न नसक्ने यात्रा थुलुङ राम मामा महेश मामा दिपा माइजु म र हाम्रा सहयोगी २ भाइहरु विस्तारै विस्तारै फोटो खिच्दै थुम्की तर्फ फर्कदै थियौ । करिव आधा वाटो नपुग्दै साझ पर्यौ । राते ओडारमा तिर्थयात्रीहरु वास वसीसकेका थिए । रातभरी हिड्दा हिड्दा कहिले पनि हामी थुम्की पुगेनौ । सुनसान रात छ । कता कता खोला सुसाएको आवाज वाहेक कानमा केहीको आवाज पनि ठोकिएन । जति हिड्यो उती वाटो वढेको महसुस भयो । हामी हिडदा हिड्दा निरास भइसकेका थियौ । कहिल्यै त्यो वाटो पार भएन । अव आइपुगिन्छ की भन्यो आइपुग्दैन । रातको १० बजीसकेको थियो । जे भए हुन्छ भन्दै हामी हिडिरह्यौ । हिड्दा हिडदा थाकेको शरिर । भोक लाग्न सम्म लागेको थियो । हामीसग भएको खानेकुरा सवै सकिएको थियो । वल्लवल्ल डाडा पुग्यौ । डाडामा पुग्दा कपीको एक पानामा वाटो यता भनेर लेखिएको कागज ढुङगाले थिचिएको थियो । त्यसपछि
हाम्रो सास आयो । त्यतिकैमा तल लाइट पिलिक पिलिक वल्यो । हामी सव जना चिच्यायौ । हाम्रो आवाज सुनेर तलवाट पनि चिच्याए साथीहरु । हामीलाइ लिन वाजे कर्ण बहादुर र कविराज माथि सम्म टर्च लाइट वालेर आइपुगे । म विरामी जस्तै भइसकेको थिए । पुरा वमिटीङ भयो । वल्ल वल्ल थुम्की आएपुगे । थुम्की पुग्दा खाना पाकी सकेको थियो । भोक त लागेको थियो तर जति खान खोज्यो घाटिवाट तल खाना छिदै छिरेन । सवैले गाली गरे । खान मन नलागेपछि कस्को के लाग्छर । 

बत्तिस किलोमीटर छिचोल्दा ।

सीटीको सुइया आवाजसगै यात्रा शुरु भयो । मेरो लागि यो यात्रा त्यति सहज थिएन । मनमनै भेटेटारको उकालो वाटो सोचेर हार मानी सकेको थिए । कसरी पुरा गर्ने होला भन्ने चुनौती म मा थियो । धरान नगरपालिकाका वातावरण अधिकृत सुनिल नेपाल प्रमुख अथिती थिए । उनले धरानको भानुचोकवाट शुरुहूने हाम्रो यात्रालाइ सीटी वजाएर शुरु भएको संकेत गरे । लेडिज फस्ट भनेर मलाइ अगाडी वोलाए । म अगाडी साइकल चढेर हिडे । अरु सव जना पछि पछि आए । धरानको भानुचोकवाट अमरहाटको उकालो सम्म त म अघी अघी अरु पछी पछि थिए । त्यो उकालो कटन नपाउदै मुखवाट अटि नअटी स्वास स्वाँ स्वाँ निस्कियो । खुट्टा गलेर चल्न नसक्ने भइसकेको थियो । त्यती वेला सम्ममा मलाइ सवैले उछिनि सकेका थिए ।  म साइकल डोर्याउन थाले । भेडेटार पुग्ने चाहाना मरेर गयो । साथी सुर्य पुनले  एम्वुलेन्स चढेमा तस्वीर खिचेर फेसबुकमा राख्ने चुनौती दिइसकेका थिए । धरानको वेसक्याम्पमा नपुग्दै आट हारि सकेको थियो । बेस क्याम्पमा पानी खाएपछि साइक्लीस्ट भाइ फुर्वा तामाङलाइ मेरो साइकल कुदाउन अनुरोध गरे । नभन्दै उनले मेरो साइकल सुइया उकालो चढाइहाले । 
तस्विर यात्रा थुलुङ
हिम शिखरका क्यामरा पर्सन भाइलाइ पछाडी राखेर म स्कुटरमा हुइकिए । करिव एक किलोमिटर माथी रमिते डाडामा सम्म गए साइकल कुदाएर सहयोग गरे भाइ फुर्वाले । रमिते डाँडाँ पुगेर ग्लुकोज पानी पिएपछी रमितेको थोरै ओरालोवाटोले साइकल चलाउने हिम्मत थपी दियो म मा । त्यसमा पनि भाइ भुमेश काफ्ले र साथी सुर्यले साइकल चलाउने हौसला दिइरहे । त्यो हौसलाले मेरो हिम्मत अझ वढ्यो ।
      विस्तारै हाम्रो यात्रा अगाडी वढि रह्यो । कहि साइकलको पेडल पेल्दै यात्रा अगाडि वढायौ भने कहि साइकल डोर्याउदै अघि वढि रह्यौ । एक एक गदै हामीलाइ सवैले उछिने । हामी सवै भन्दा अन्तिममा थियौ । मोवाइलमा गित सुन्दै हाम्रो यात्रालाइ थप रमाइलो वनायौ आफैले । प्रत्येक घुम्ती अनी मोडहरुलाइ रमाइलो वनाउन पालो पालो गफ चुटिहयौ । सुर्य र मेरो भन्दा भुमेस अलिक साइकल कुदाउन सक्थे । त्यसैले होला हामीले साइकल डोर्याउन थालेको केही मिनट पछि साइकल चढेर कुदाउन अनुरोध गरिरहन्थे । तर उनको अनुरोध हामी दुइ जना नसुने झै गथ्यौ । यात्रा अवधी भर दुइ जनाले मलाइ साथ दिइरहे ।
      आधाबाटो पुगेका थियौ । वाटोमा राजिव र विश्वराम कार्की मोटर साइकलमा सुइया हुइकिदै आइपुगे । हामी तीन जना आराम गरेर वसी रहेका थियौ । उनीहरुले कार्टुनमा फ्रुटी वोकेका थिए । उनीहरुले वोकेको कार्टुनवाट तीन वटा फ्रुटी निकाले । एकै सासमा भुमेश र सुर्यले फ्रुटी पिए । मैले भने थोरै खाए । थोरै भरैलाइ साचेकी थिए । हामीसग भएको पानी पनि सकि सकेको थियो । विस्कुट बाकी थियो । फेरी वाटोमा धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ र भेटेटारमा भइरहेको चङगा चेट उत्सवका आयोजक सिल्भर इन्टरटेनमेन्टका सौरभ स्कुटरमा उकालो चढिरहेका थिए । उनीहरुले एक वोतल पानी दिएर गए । त्यो पानीले उकालो हिड्दा हिड्दा लागेको प्यास गुजार्न सहयोग दियो ।

      बाटो घरी घरी वादलले छपक्कै ढाकिन्थ्यो भने घरी घरी प्रचन्ड घाम । मौसम रमाइलो नै थियो । ठुल ठुला ट्रक र वसहरुले हामीलाइ उछिनेर जान्थे । छेवैवाट मोटर साइकल कार अनी स्कुटर सुइया गुड्दा भने यसैगरी गुडकिन पाए नी हुन्थ्यो भन्ने विचार मनको एक कुनामा आइ नै रहयो । यात्रा वढि रहेको थियो । अचानक मेरो खुट्टामा अप्ठ्यारो भएर आयो । निक्कै दुख्यो । यसो घोप्टीएर हेरे मेरो दुइवटै फिलाका मसल पल्टीएको देखे । पुरा मसल टाइट भयो । एक्कासी चिच्याए मेरो खुट्ठा पल्टीयो भनेर । केही अगाडी वढिसकेका भुमेश र सुर्य कुदेर आइपुगे । मेरो खुट्टा चलेन । म उभिएको उभियै भए । एकछिनको आरामपछी फेरी हाम्रो यात्रा अगाडि वढ्यौ । त्यतिखेल हामी भेडेटार वजार भन्दा दुइ घम्ती तल थियौ । एक घुम्ती माथी प्यारा ग्याइडिङ प्वाइन्टमा हामीलाइ कुरेर वसी रहेका थिए अरु साइक्लिस्टहरु । घुम्तीमा एक छिनको थकाइ मारियो । ग्रिन ब्हीलका प्रमुख हेम लिम्बू भाइहरु विवेक तामाङले हामीलाइ पानी खुवाए । करिव चार घन्टामा हामीले १६ किलोमिटरको उकालो यात्रा पार गर्न सफल भयौ । भेडेटार वजार पुग्दा युद्ध नै जितेको अनुभव भयो । चङगा चेट उत्सवलाइ सफल वनाउन धरानको ग्रिन ब्हील्स राइडर्स तथा एमटीभी जोन अनी इस्टर्न ट्रेलवाट करिव ३१ जनाले साइकलमा भेटेटारको उकालो वाटो छिचोलेका थियौ ।

      भेडेटारको चिसो मौसमले जो कोहीको पनि मन तान्छ । त्यही मौसमको आर्कषणले जति पटक भेडेटार पुगे पनि मन अघाउदैन । भेडेटार देखि नौ किलोमिटर धनकुटा पट्टी नमस्ते झरना अनी नाम्जेको आत्मघर शंखेश्वरको मुर्तीका कारण पनि पर्यटकहरुको आउने क्रम वढेको छ । करिव पाच घन्टाको वसाइपछी नाकवेली वाटो छिचोल्दै धरान झरियो । सीम सीम पानीसगै साइकलको द्रुतगतिको आवाजले मनै भुरुङग हुन्थ्यो । जति कठिनले उकालो चढेका थियौ त्यती नै सहज अनी रमालो हुदो रहेछ डाउहिल राइडीङ । साहसीक यात्राको अवसरका लागि ग्रिन ब्हीलका सन्चालक हेम लिम्बूलाइ मुरी मुरी धन्यवाद ।
       

तिर्खा मेटिएन ।

उज्यालो छयाङग भएपछि मात्र आँखा खुल्यो । मुख धोएर हतार हतार क्यामरा बोकेर गुफा पोखरीको फोटो खिच्न पोखरी तिर पुग्दा, पारिलो घाम लागिसकेको थियो । साउनको महिना भएपनि गुफाको तापक्रम करिव १५ डिग्री जति थियो होला । पोखरी पुग्दा नपुग्दै हाम्रो टिमका सव जना तस्विर खिच्न पुगिसकेका थियौ । गुफा पोखरीको सुन्दरता पोखरी छेउमा रहेको एउटा रुखले थपेको छ । त्यो रुखलाइ कहिले वीचमा कहिले छेउमा राखेर पोखरीको तस्वीर खिचियो । मौसम खुलेको वेला पोखरीमा मकालु हिमाल प्रतिविम्वत हुदा दृष्यलाइ क्यामरामा कैद गर्न जो कोही पनि आतुर हुन्छन । वनस्पती विज्ञ कमल मादेनका अनुसार पोखरीको पुर्व तर्फ करिव २० मिनेटको दुरीमा  २० देखि २५ जना मानिस अटाउने गुफा छ । त्यही र पोखरीको कारण त्यहाको नाम गुफा पोखरी रहेको हो । गुफा बजारको शिरमा मेन्छ्या येम डाडा छ । लिम्बू भाषामा मेन्छया येप को अर्थ उभिएको तरुनी अर्थ लाग्छ । त्यो डाडामा तरुनी उभीएको बारम्बार देखिएका कारण नै सो डाडाको नाम मेन्छ्या येम रहन गएको किम्वदन्ती छ । तर येप शब्द अपभ्रम्स भएर येम भएको लिम्बू मुन्धुसाबाहरुको भनाइ छ ।
खोपीङको पोखरी । 
      विश्व संरक्षण संघ आइयुसीएनका अनुसार गुफा समुद्री सतहवाट २८९० मिटर उचाइमा छ । यहाँ बसोवास गर्नेको व्यावसाय होटल सन्चालन गर्छन । छुर्पी घिउ र चौरी गाइको मासु र याकको सुकुटी पनि बनाउछन यहाँ । गुफा बासीहरु वर्षा याममा भेडा चराउन र चौरी गोठ राख्न सभापोखरी क्षेत्रमा जादा रहेछन परिवार सहित । गुफा नजिकै सुके बजार पनि छ । त्यहा पनि होटल र पसलहरु सन्चालन गरेका छन स्थानीयबासीहरुले । गुफा नुनढाकी गाउ विकास समितीमा पर्छ । यो तेह्रथुम संखुवासभा र ताप्लेजुङको संगम स्थल पर्छ ।
      चिया खाइसके पछि हामी आआफ्नो झोला वोकेर सभापोखरी तर्फ हाम्रो यात्रा अगाडि वढ्यो । सुके वजार पुग्दा थाहा भयो राम मामाले घरवाट सभापोखरीमा चढाउन वोकेको फुलपाती होटलमा नै विर्षिएछ । हामी सुके वजार छेउमा तस्वीर खिच्दै वस्यौ । महेस मामा र बाजे फुलपाति लिन फेरी गुफा वजारमा फर्कनु भयो । उनीहरु फर्केर आएपछि हामी वाटो लाग्यौ । सुकेपोखरी देखि केही पर बरावर साइजका ढुङगाहरु माथीवाट तल सम्म दाउराको भारी घोप्टयाए झै थियो १८ बर्ष अगाडि म त्यहाँ पुग्दा । तर अहिले ती ढुङगाहरु निकालेर नयाँ खनीएको सडक माथी ढुङगाहरु छापीएको रहेछ । नुनढाकी गाउ बिकास समीतीको पाश्र्व चित्रमा उल्लेख भए अनुसार पोरोक्मी यम्फामी माङ (भिमसेन) मिल्के डाँडामा घर बनाउन गुफा पोखरीको बाटो हुदै ढुङगा बोकेर जादा मिल्ले नपुग्दै ढुङाको भारी भाले बासेको हुदा त्यही ठाँउमा ढुङगाको भारी खन्याएका थिए । अनी यम्फामीले छेलो हानेको ठुलो ढुङगा अहिले नी सडकको दक्षिणी भागमा देख्न पाइन्छ ।

       जोर पोखरीवाट हाम्रो यात्रा उकालो तर्फ अघि वढ्यो । घाम पनि छिप्पिदै गएकाले पोल्न शुरु गर्यो । उकालो हिडाइ अनी घामको पोलाइले पसिनासरी सव जना स्याँ स्याँ हुदै अगाडी वढ्यौ । पसिना धेरै वगेकाले तिर्खाले नी सताउन थाल्यो । पानी पिउन नपाएर मुख सुक्न थाल्यो । तिर्खाले प्याक प्याक भइयो । लाम पोखरीमा दुइ वटा पोखरी त थिए । तर त्यो पोखरीमा भैसी आहाल वसेकाले त्यो पानी खाने आँट हामी कसैले गरेनौ । पानी पाइदैन भन्ने जानकारी हाम्रो समुहको कसैलाइ थाहा थिएन । हुन त यो मेरो दोस्रो पटकको यात्रा थियो सभापोखरी तर सानो छदा त्यहाँ पुगेकाले त्यो यात्रावारेमा राम्रो जानकारि म मा थिएन । त्यसैगरी मामा द्धय सुवास र महेश पनि पहिला सभापोखरी पुगेको त वताउदै थिए तर उनीहरुलाइ पनि पानीको अभावका विषयमा केही जानकारी थिएन । गुराँस नै गुरासले ढाकेको वन र नागीको वाटो हुदै हाम्रो यात्रा अगाडि वढि रह्यो । पानी पाउने छाटकाट देखिएन । मानव वस्ती नभएकाले कसैलाइ सोध्न नी पाइएन । वाख्रा भैसी गाइ गोरुहरु नागीमा चरिरहेका थिए । त्यसवाट पानी छ भन्ने अनुमान त लगायौ तर खान लायक भने कहि भेटिएन । गुफावाट हिडेको पाँच घन्टा पछि वल्ल एउटा पोखरी भेटियो । त्यो खोपिङको पोखरी थियो । त्यो पोखरीको छेउछाउमा तिर्थ यात्रीहरु खाना पकाउदै थिए । कोही खादै थिए । खाना खाइसकेकाहरु भजन गाउदै नाचिरहेका थिए । केही भने वाटो लाग्नलाइ आफनो सामानहरु झोला र डोकोमा थन्काउदै थिए ।
    
  तिर्खाले हर हर भएको हाम्रो आतलाइ साम्य वनाउन रुमालले छानेर पानी खायौ । पानीमा उफ्रने साना किराहरु प्रस्टै देखिन्थे । पानीको रङ पनि चियाको रङ जस्तै थियो । तर त्यो पानी खान बाहेका कुनै विकल्प नै थिएन । बोतलमा छानेर राखिएको पानी ठाडो घाँटी लएर सवैले घट घट पिए । मेरो घाटीमा पानी छिदै छिरेन । वल्ल वल्ल एक घुट्की पिए । तिर्खा मेटिएन । नखाइ सन्चै भएन । आखाँ चिम्म पारेर घुटु घुट एक सासमा आधा बोतल पानी पिएपछि वल्ल तिर्खा मेटिए झै लाग्यो । पानीको तिर्खा मेटेपछि हामी खाना पकाउन थाल्यौ । हाम्रो खाना पाकेर हिड्दा सम्ममा अरु तिर्थयात्रीहरु सवैजना वाटो लागि सकेका थिए ।
      उकालै उकालो हाम्रो यात्रा अघि वढिरहयो । लामपोखरी, खोपिङ हुदै साँझमा हर्कटे पुगियो । हर्कटे पुग्न लाग्दा चौरी र याकहरु देखिन थाले । हरियो चौरमा चरिरहेको चौरीले घाँस मुखले चुट्टयाउदा उस्को घाँटीमा भएको घन्टी हल्लीन्थ्यो र टङ टङ आवाज निस्कथ्यो । त्यो आवाजले चौरी कहाँ चरिरहेको छ भनेर चौरी धनीलाइ ठम्याउन सजिलो हुदो रहेछ । सुनसान ठाँउमा घन्टी आवाजले मनै आनन्द भएको भान हुन्थ्यो । चौरीको नायकको कानमा रातो रंगको फुल जस्तो धागो बाधि दिदा रहेछन ।  हर्कटेमा एउटा चौरीको गोठ छ । सो चौरी गोठमा हामीले चौरी गाइको दुधको चिया खायौ । हर्कटेको पुर्व पट्टीको जंगलमा आगलागि भएकाले गुराँसको बन पुरै सुकेको थियो । अनी गोव्रे सल्लाका वोटहरु डढेर मुड्का मात्र बाकी रहेको छ । करिव एक घन्टा जति उकालो हिडेपछि डल्ले आहाल पुगिन्छ । डल्ले आहालको उकालो वाटोमा माथी अगाडीतरको वाटो हेर्ने हो भने टोपी झर्ने उकालो छ । एक पाइला सार्दै झोला विसाउदै । कहिले चारपाउ टेक्दै त्यो उकालो वल्ल तल्ल काटीयो ।
हर्कटेकी निमा । 
      समुन्द्र सतह देखि ३४ सय मिटर उचाइमा दोवाटे छ । दोवाटे ताप्लेजुङ र संखुवासभा जिल्लाको संगम स्थलमा पर्छ । दोवाटेमा दुइवटा चौरी गोठ छन । दोवाटेवाट ओरालो लाग्दा साझ परिसकेको थियो । साँझमा टर्च लाइट वालेर वल्ल तल्ल हिले पुगियो । हिले ताप्लेजुङको फाकुम्बा गाविसमा वडा नं ६ मा पर्छ । त्यहा दोर्जे लिम्बूको चौरी गोठ छ । उनकी आमा सेर्पा भएकोले उनी पनि चौरी पालनमा लागेको वताए । दोर्जेको गोठमा पुग्दा झमक्कै रात परेको थियो । पानि पर्ला झै गरेर विजुली चम्कदै थियो । कोही दाउरा खोज्न लाग्यो कोही हामी वस्ने डेरा वनाउन थाल्यौ नभन्दै पानीले दर्कियो । त्यसै त चिसो ठाँउ पानी पर्न थाले पछि झन जाडो भयो । मट्टीतेल लागएर महेस मामा , बाजे र म मिलेर फुकेको आगो पानीले निभायो ।
     
हर्कटे ।
पानी अलिक रहे पछि फेरी पाल टाग्न थाले मामाहरुले । पाल टागि सकुन्जेल सम्ममा मेरो त हात खुट्टा जिउ झम झमाउन थाल्यो । हात त चिसोले चिमोट्दा नी थाहा नपाउने भयो । यात्रा दाइले स्लीपीङ व्याग निकालेर दिनु भयो त्यहाँ पसेर म गुटुमुटीए पछि अलिक राहत भो । हात रगडे । टाँउको फुटने गरी दुखेको थियो । औषधी खाएर निदाएछु । दिपा माइजुलाइ गाह्रो भएको थियो । सवै भन्दा कमजोर थियौ दिपा माइजु र म । खाना खाएपछि सव जना आराम गयौ । आकाश गर्जेका कारण चट्टयाङ पर्ला भनेर डर लागि राँ को थियो । म रातभर निदाउन सकिन । अरु त निदाएका होलान भन्ठानेको थिए । एक्कासी राम मामा भने "भालु आयो " त्यसपछि सव जना वोल्न थाले । मलाइ झै अरुलाइ नी निन्द्रा लागेन छ ।
दोस्रो दिन गुफा साउन ३ गते  २०७० ।