Showing posts with label Sangkuwasabha. Show all posts
Showing posts with label Sangkuwasabha. Show all posts

वन्दुक वोकेका एक युवा

दैनिक १२ देखि १३ घन्टाको हिडाइका कारण मलाइ अतिनै थकान महसुस भयो । यो भन्दा अघि हिडनलाइ मेरो आत हारिसकेको थियो । वढि थकाइका कारण होला खाना सधै झै रुच्न छोड्यो । खाना नै खान नसकेपछि हिड्न लाइ धेरै गाहो भो । हिड्दा पनि मेरा खुट्टाहरु काम्थे । अझ चिसोको कारण अनुहार सुन्नीएको थियो । पानी अभावका कारण मैले मुख नधुएको पनि २ दिन भइसकेको थियो । हात र खुट्टा फोहोर भइसकेका थिए । दिउसो भरी पानीमा हिड्यो अनी त्यही चिसो लुगामा वेलुका सुत्यो । सव जना हामी फोहोरी भइसकेका थियौ । गोठमा वसेका गोठालाहरुको लुगामा लेघ्रा लेघ्रा मयल देखेको थिए । सेतो खुट्टा र हातहरुमा पनि मयलका टाटा वसेको देख्दा उलुक उलुक भएको थियो मलाइ । तर आफनो पनि पानि अभावका कारण त्यही गोठालाको हालत भएकाले वल्ल महसुस गरे जाडो त्यस माथी पनि नभएका कारण उनीहरु फोहोरी भएर वसेका रहेछन भनेर ।

 थुम्कीको सुताइ गजव भो । मजाले निन्द्रा पर्यो । तिर्थायात्रीहरुको आवाजले हामीसवैको निन्द्रा खुल्यो । राम्रो उज्यालो भएको थिएन । सारा हाम्रो सामान त्यही छोडेर हामी सभापोखरी तर्फ लाग्यौ । थुम्की देखि केही माथि डाडामा पुग्दा हावा यसरी चल्यो की उडाउला झै गरी । ओडेको प्लाष्ट्रिक सम्हाल्नुकी झोला सम्हाल्नु भयो । वल्ल वल्ल त्यो उकालो काटियो । उकालो काटेपछि जलजला डाडामा पुगिन्छ । यो समुन्द्र सतह देखि ४ हजार ४ सय ७० मिटर उचाइमा छ । यहा पुग्दा लेक लाग्ने धेरै सम्भावना हुन्छ । कति तिर्थयात्रीहरु थुम्की नपुग्दै लेक लागेका कारण विरामी भएर सभापोखरी पुग्न नपाउदै फर्कन्छन । थुम्कीको भकारी छिरुवावाट पश्चिम लाग्नु पर्नेमा हामी पुर्व  तर्फ लागेछौ । बाटो भुलेकाले भिर पाखा हुदै सुनलङगुर पुग्यौ । यो पुरानो वाटो हो । यो वाटो अप्ठ्यारो भएकाले सात जना तिर्थयात्रीहरु लडेर ज्यान गुमाएको सभापोखरी धार्मिक पर्यटन बिकास उपभोत्ता समितिका अध्यक्ष मन बहादुर थक्लुङले जानकारी दिए । मनवहादुरका अनुसार थुम्कीवाट राते ओडार तिर वाटो गरिएको रहेछ । सुनलङगुरवाट हामी सेलेले ओरालो लाग्यो । मसीनो गिटी नै गिटी भएकाले जुत्ता चिप्लीएर थचक्क कयौ पटक म थेचारिए । यात्रा थुलुङ भैरव अनी हाम्रो सहयोगी भाइ गरी चार जना अगाडी थियौ । बाकी सात जना पछाडि थिए । म हिडन नसकेको कारण मेरो क्यामराको झोला पनि ती सहयोगी भाइले वोकीदिएका थिए । तस्वीर खिच्ने हिम्मत ममा थिएन । अझ सुनपाती र भैरङ पातिको गन्ध वेला वेला हावाले ल्याएर नाकमा बारम्बार ठोक्काइ  दिएका कारण टाउको दुखेर हैरान भएको थियो । वल्ल वल्ल सेलेले ओरालो काटियो । हामी सभापोखरी छेउछाउ पुगेका थियौ । त्यहा भने प्रसस्त पानी थियो । पानी खादै हाम्रो यात्रा अगाडि वढ्यो । खाली पेट भएकाले होला खुट्टा उचालिन छोडिसकेको थियो मेरो । यात्रा दाइलाइ म जादिन मेरो क्यामरा लगेर पोखरीको फोटो खिचेर ल्याइ दिनु भनी मैले अनुरोध गरे तर दाइ मानेनन्। हुन पनि हो बाह्र हात नाघेर आएपछि वित्तामा हार्ने भनेर म विस्तारै हिडे । हाम्रो झोलामा चाउचाउ र चिउरा थियो । ढुङगामा वसेर खायौ । आराम गर्यौ । त्यहा भेडिगोठ पनि थियौ । टाढाबाट सेतो र कालो रंगका भेडाहरु हरियो नागिमा चरिरहेको दृष्यले मनै लोभ्यायो । तर के गर्ने फोटो खिच्ने साहस म मा सकि सकेको थियो ।

   
सभापोखरी
   बाटोमा वन्दुक वोकेका एक युवा भेट्टायौ । गोठालाहरुका अनुसार उनी डाफे र मुनाल मार्ने सिकारी रहेछन । सभापोखरी पुगेर फर्कनेहरुको भिड थियो । हामी फेलेले उकालो चढ्यौ वल्ल वल्ल । सो उकालो वाट यसो पछाडी फर्केर हेर्दा आङ नै सिरङग हुने भिर छ । मुटु ढुक ढकु हुदै बल्ल बल्ल मैले त्यो फेलेले उकालो चढे । यस्लाइ धर्म द्धर पनि भनिदो रहेछ । उकालो सक्ने वित्तक्कै डाडामा ढुङगेसाघुका धन प्रसाद नेयोङले सात लाखमा तिर्थयात्री वस्ने पार्टि वनाइ दिएका रहेछन । अनी सभापोखरीको छेउमा धन वहादुर वनेमले पनि पार्टि वनाइ दिएका छन । जस्का कारण तिर्थयात्रीलाइ वास वस्न धेरै सजिलो भएको रहेछ ।
      करिव हामी १२ वजे तिर सभापोखरि पुग्यौ । मौसम खुलेको थियो । मैले विभिन्न ठाउवाट २५ वटा जति पोखरीको तस्विर खिच्न नपाउदै कुहिरोले डाम्मै ढयाक्यौ । अनी फेरी मुसलधारै पानी पर्न थाल्यौ । क्यामरा लुकाएर फर्कन सिवाय कुनै उपाय नै भएन । हामिले फोटो खिचिसक्दा अरुले पुजा आजा गरि सकेका थिए । पुजारी ब्रिटिस गुरुङका अनुसार दैत्यहरुको विनास रोक्न र दैत्यहरुसग विजय प्राप्त गर्न पोखरीमा देवताहरुले सभा गरेको थियो । सभा गरिने स्थान भएकाले यस्लाइ सभापोखरी भनिएको हो । पोखरीको विचमा हरियो थुम्का छ त्यसलाइ व्यास भनिन्छ । त्यो व्यासमा कम्पनी पैसा फाल्दा पुगेमा चिताएको पुग्ने विश्वास रहेको अर्का पुजारी बाबुराम अधिकारीले जानकारी दिए । विश्व संरक्षण संघ आइयुसीएनका अनुसार यो पोखरी ३८ सय मिटर उचाइमा छ । यो अल्पाइन क्षेत्रमा पर्छ । लाली गुराँसको अनुसन्धान गर्न सात चोटी सभापोखरी पुगेका वनस्पती विज्ञ कमल मादेनका अनुसार पोखरीको लम्बाइ २ सय मिटर चौडाइ १ सय मिटर छ । पुजारी अधिकारीका अनुसार सभापोखरीको वरीपरी अग्यो पहाड छ । ती पहाडलाइ जेठो माइलो र कान्छो लङगुर भनी उनीहरुले नामाकरण गरेका छन ।


      सभापोखरीवाट फर्कदा करिव ३ वजी सकेको थियो । हिडन सक्नेहरु अगाडी पुगेर खाना पकाउने सर्तमा सरासर हिडे । हिड्न नसक्ने यात्रा थुलुङ राम मामा महेश मामा दिपा माइजु म र हाम्रा सहयोगी २ भाइहरु विस्तारै विस्तारै फोटो खिच्दै थुम्की तर्फ फर्कदै थियौ । करिव आधा वाटो नपुग्दै साझ पर्यौ । राते ओडारमा तिर्थयात्रीहरु वास वसीसकेका थिए । रातभरी हिड्दा हिड्दा कहिले पनि हामी थुम्की पुगेनौ । सुनसान रात छ । कता कता खोला सुसाएको आवाज वाहेक कानमा केहीको आवाज पनि ठोकिएन । जति हिड्यो उती वाटो वढेको महसुस भयो । हामी हिडदा हिड्दा निरास भइसकेका थियौ । कहिल्यै त्यो वाटो पार भएन । अव आइपुगिन्छ की भन्यो आइपुग्दैन । रातको १० बजीसकेको थियो । जे भए हुन्छ भन्दै हामी हिडिरह्यौ । हिड्दा हिडदा थाकेको शरिर । भोक लाग्न सम्म लागेको थियो । हामीसग भएको खानेकुरा सवै सकिएको थियो । वल्लवल्ल डाडा पुग्यौ । डाडामा पुग्दा कपीको एक पानामा वाटो यता भनेर लेखिएको कागज ढुङगाले थिचिएको थियो । त्यसपछि
हाम्रो सास आयो । त्यतिकैमा तल लाइट पिलिक पिलिक वल्यो । हामी सव जना चिच्यायौ । हाम्रो आवाज सुनेर तलवाट पनि चिच्याए साथीहरु । हामीलाइ लिन वाजे कर्ण बहादुर र कविराज माथि सम्म टर्च लाइट वालेर आइपुगे । म विरामी जस्तै भइसकेको थिए । पुरा वमिटीङ भयो । वल्ल वल्ल थुम्की आएपुगे । थुम्की पुग्दा खाना पाकी सकेको थियो । भोक त लागेको थियो तर जति खान खोज्यो घाटिवाट तल खाना छिदै छिरेन । सवैले गाली गरे । खान मन नलागेपछि कस्को के लाग्छर । 

मेरो मन भने भरिएन ।

पानी परेकाले मौसम निक्कै चिसो थियो । स्लिपिङ व्यागबाट बाहिर निस्कने मन थिएन । जति उज्यालो हुदै गयो उति मिठो निन्द्रा लागि रहेको थियो । तर बाटो लामो भएकाले सवेरै वाटो लाग्नु पर्ने  बाध्यता थियो हाम्रो । उठेर पालबाट बाहिर निस्किए । महेष मामाले हातमा बाफै बाफ उडिरहेको तातो कफि प्लाष्ट्रिकको ग्लासमा हातमा लिएर उभिरहेका थिए । साथै हामीलाइ पनि खान अनुरोध गरिरहेका थिए । म जिउ तन्काउदै पश्चिम तिर के फर्कीएको थिए । चादि झै सेतो टल्कीएको मकालु हिमसृङखलामा आखाँ टक्क अडियो । हतार हतार क्यामरा निकालेर त्यो दृष्य क्यामरामा कैद गरे । क्यामराको मेमरी भरिरहेको थियो तर त्यो सुन्दर दृष्यको तस्वीर जति खिचे पनि  मेरो मन भने भरिएन । खिचिक खिचिक तस्वीर खिचि रहे । मकालु हिमसृङखलाको सौन्दर्यलाइ यात्रा थुलुङ कविराज घिमिरे अनी भैरव आङला पनि एकहोरो आआफनो एङगलमा कैद गरिरहेका थिए ।  हिड्न नसक्ने भएकाले सुवास मामाले हामीलाइ अगाडि हिडन अनुरोध गरे । आफुले ओढेको स्लिपिङ व्याग पट्टाएपछि दीपा, रेस्मा माइजु र म वाटो लाग्यौ । राम, महेश र सुवास मामा अनि हामीलाइ यात्रालाइ सजिलो वनाइ दिने दुइजना भाइहरु भारी कस्न थाले । वाटो निक्कै अप्ठ्यारो थियो । उकालो वाटो धेरै थियो । बर्षा याममा मात्र यो बाटो हिडिने भएकाले बाटोको डोबहरु स्पस्ट देखिदैन थियो । अगाडी गएका मानिसको पाइला हेदै बाटो सहि हो होइन भनेर छुट्ठाउनु पर्थ्यो । टेकिएका डोबहरु आलो छन कि छैनन भनेर कयौ पटक हामीले घोप्टीएर हेरेका थियौ बाटो भुल्न लाग्दा ।

मकालु हिमाल

      यात्रा भरी खाने पानीको अभाव भएकाले बाटोमा पनि भेट्योको तिर्खा लागे पनि नलागेपनि पिउनु पर्ने वाध्यता थियो हाम्रो । बाटोमा पानी वगिरहेको भेटियो । यो पनि हामीले भेटेको मध्ये सवैभन्दा कन्चन थियो । यात्रा दाइले बोतलमा पानी भरे । यतिक्कैमा पछाडि रहेका सम्पुर्ण सदस्यहरुले हामीलाइ भेटे । जंगलको बाटो भएकाले निक्कै डरलाग्दो थियो । जंगल छिचोलेको करिव एक घन्टा पछि हामी गोरु जुरे डाडामा पुग्यौ । यो गोरु जुरेमा रंगि विरंगी ध्वजा बाधिएका मालिङगोहरु गाडिएका थिए । त्यो गोरुजुरेबाट पश्चिम पट्टी मकालु हिमाल आँखै अगाडि देखियो । भने पुर्व पट्टी कचंजंघा हिमसृङखला देखियो । तर कचंजंघालाइ भने वादलको घुम्टोले छपक्क छोपेको थियो । सवैलाइ फेरी मकालु हिमसृङखलाको सौन्दर्यले मख्ख बनायो । सामुहिक तस्विर खिचेर हाम्रो यात्रा अगाडी वढयो । करिव आधा घन्टा पछि गिद्धेको एउटा गोठमा पुग्यौ । गोठसगै रहेको सौचालयमा आखाँ पुग्यौ । गुफा छोडे पछि सौचालय नभएकाले खुला स्थानमा सौच गर्न वाध्य थियौ। गिद्धेमा वोराले छेकेर बनाएको सौचालय देखेर मनमा एक किसिमको आनन्द आयो । यो गोठ भन्दा उता पिउने पानी नपाउने भएकाले हामीले यही विहानको खाना खाने निर्णय गर्यौ ।
      ताप्लेजुङको फाकुम्बा गाविस र साघु गाविसको सीमाना पर्ने यो गोठ गुफाकी निमा फुङजुको रहेछ । यो स्थान समुन्द्र सतह देखि ३६ सय २० मिटर उचाइमा छ । निमा फुङजु चौरी दुहुदै थिइन । निमा त लिम्बू भाषा पनि वोल्दी रहिछिन । उनले सेवारो लुङवा भन्दै हामीसग मजाले लिम्बू भाषा वोलिन् । उनको गोठ बाहिर अटि नअटि तिर्थ यात्रीहरु खाना पकाउदै थिए । खानेपानी र दाउरा नजिकै नपाउने भएका कारण दउरा र पानी महगोमा किन्नु पर्थ्यो । खाना पकाउन भनी महेस मामा र म गोठ भित्र पस्यौ । धुवा नै धुवाले भरीएकाले पस्ने वित्तिकै केही देखिएन । एकछिन उभिएपछि थाहा भयो गोठ भित्र वरीपरी थुप्रै मानिस तोङवा खाएर वसीरहेका थिए । चुलामा एक महिला खाना पकाउदै थिइन । चुला छेउमा नआउनु भनी ती महिलाले निमा फुङजुलाइ भन्दै थिइन । खाना पकाउनका लागि निमाले ल्याएको दाउरा पनि टाढावाट नै फाल्न अनुरोध गरिन ती महिलाले । महिलाले भने वमोजिम नै निङमाले पनि दाउरा फालि दिइन् । चुलामा नछुन वताएपछि निमा निक्कै रिसाइन। निमाले दिएको पानी दाउरा वाल्न हुने अनी उनको घरको चुलामा पकाउन हुने तर निमालाइ नै चुला छेउमा आउन नदिए पछी फेरी फेरी उनीहरुलाइ खाना पकाएर खान नदिने धम्की दिइरहेकी थिइन निमा। हामीलाइ नी उनले पकाएको वेलामा चुला छेउमा नआउन भनिन् । किन भनेर प्रश्न गर्दा "छोइन्छ" भनिन् । हामीले नटेरी खाना राख्यौ चुलामा । खाना पकाउन नदिएकोमा हामीले उनलाइ सम्झायौ । तर ती महिला मानिन् ।  उनका साथमा आएका उनका छोराहरु काठमाडौ वस्ने भन्दै एम ए पास गरेको धम्की दिदै थिए । जे गरिन आमाले ठिक गरेको भन्दै साथ दिइरहे । तर ती महिलाको श्रीमानले भने गल्ती भएको भन्दै माफी मागे । ती महिला तेह्रथुम आङबुङकी भन्ने थाहा भयो ।
गिद्धेको निमा फूङजु
      मामाहरु हाम्रो लागि खाना पकाउदै थिए । मैले निमा फुङजुको गोठको वसाइ अनी चौरी दुहेको फोटो खिचे । निमाले पालै पालो चौरी दुहुने तयारी गदै थिइन । उनीसग २० वटा चौरी गाइ रहेछन । भाडामा जाडको छोक्रा देखाउदै निमा कराइन नान्दोमा स्यो स्यो भनेर । गोठको केही तल खुला चौरीमा उग्राएर वसीरहकी चौरी निमा कराउने साथ जुरुक्क उठेर गोठमा आइन । नान्दोमाले भाडाको छोक्रा खादा खादै निमाले नान्दोमाको पछाडीको दुवै खुट्टा डोरीले वाधिन् । चौरीको नाकको टुप्पामा सेतो रौ छ । यस्तोलाइ शेर्पा भाषामा नान्दोमा भनिन्छ । नाकमा सेतो भएकाले चौरीको नाम  नान्दोमा राखेको उनले वताइन । निमाले भनिन् "नान्दोमा अलिका वदमास छ । नयाँ मान्छेलाइ यस्ले हान्छ ।"  
      खाना खाएपछि हामी बाटो लाग्यौ । बाटो झन झन अप्ठ्यारो हुदै गयो । गिद्धेवाट करिव एक घन्टाको हिडाइपछि माने भन्जाङ पुगिन्छ । त्यहाँ एउटा गोठ छ । माने भन्जाङवाट करिव आधा घन्टा ओरालो हिडेपछि ठाडे ओडार भेटिन्छ । यस्को करिव ४० जना व्यात्ती अटने क्षमता भएको टिइ एफ इ र अरुण अपत्यका समुहले त्यही ओडारको ढुङगामा लेखेका छन । त्यो ठाडे ओडारको केही माथी भुते ओडार पनि छ । त्यहा पनि करिव २० जना जति बास वस्न सक्छन । मानव वस्ती नएकाले ओडार वा चौरी गोठमा वाँस वस्नु पर्छ तिर्थयात्रीहरु । भुते ओडारपछि आउने ठाडो उकालो काटेपछि ताप्लेजुङको खाबा बले आउछ । यो ठाँउमा माथि सिद्धिवाट गोठालाहरु खाँबा र बलो लिन आउने भएकाले यो ठाँउको नाम खाबा बले रहन गएको कुरा पुर्वको तिर्थ सभापोखरी लेखमा कमल मादेन र हेमचन्द्र भन्डारीले उल्लेख गरेका छन ।  यहा एउटा गोठ छ । ताप्लेजुङ जिल्ला विकास समितले वनाएको एउटा पार्टी पनि छ ।
      खाबा बलेदेखि शुरु हुन्छ उकालोवाटो । यो बाटो अति नै विकट छ । यहाँ ठुल ठुला रुखहरु छैनन । जति माथि हिडदै गयो उती अग्ला रुखहरु देखिन छोडिन्छ । ठुला ठुला हरियो नागिहरु देख्दा बसेर आराम गरु गरु जस्तो लाग्छ । त्यही नागीमा रंगिविरंगी मसीना फुलहरु देख्दा मनै आनन्दित हुन्छ । जित माथि चढदै गयो उती स्या स्या वढदै जान्छ । खुट्टा उचाल्न पनि मुश्किल हुदै जान्छ । एक दुइ पाइला हिड्यो खुइयाँ गदै उभियो । राम्रो ढुङगा देख्ने वित्तिकै थचक्क वस्यो । पुरा निन्द्रा लागेको अनुभुति हुन्छ । तर त्यसरी निद्रा नलाग्दा निदाउन नहुने वाटामा हिडने तिर्थयात्रीहरुले सम्झाए । जति जति उचाइ वढदै गयो उती उती सास वढछ । त्यसमा पनि सुनपाते भैरुङ पाते र धुपीको बास्नाले टाउको दुख्छ । वनस्पती विज्ञ कमल मादेनका अनुसार भैरङ पाती गुराँसको एक प्रजाती हो । यो सभापोखरी आसपासमा पनि पाइन्छ । यो सवै भन्दा होचो गुराँस हो ।
     
एकै छीनमा पानि पर्ने र घाम लाग्ने यहाको मौसमको विशेषता हो । प्रायजसो बादलले सुर्यको प्रकास ढाकी रहन्छ । खाबा बलेवाट पाँच घन्टाको हिडाइपछि मात्र वल्ल साँझमा हामी थुम्की पुग्यौ । त्यहाँ पुग्दा म लखतरान भइसकेको थिए। पुग्न साथ गोठको एक छेउमा वर्की ओडेर निदाएछु । विउझिदा मामाहरुले हाम्रो लागि पाल टागि सक्नु भएको थियो । पाल भित्र पसेर चिया खायौ । वस्दा वस्दै एक्कासी सास वढेर आउथ्यो । सुतिरहेको वेला पनि त्यस्तै हुनथ्यो प्राय सवै जनालाइ । हामीले अनुमान लायौ अक्सिजन कम भएकाले होला भनेर । यहा सम्म आउदा प्रायजसो धेरै जना विरामी हुन्थे । यहाको उचाइ करिव ४१ सय मिटर जति छ । रातभरी पानि पर्यो । डाडा भएकाले हावा पनि अत्याधिक चल्यो । हाम्रो पालमा हावा ठोकिदाको आवाज एकदम डरलाग्दो थियो । जस्ले उडाएर लग्गा झै अनुभुत हुन्थ्यो ।