Showing posts with label पत्रकारिता. Show all posts
Showing posts with label पत्रकारिता. Show all posts

म्यार्दि भिरको कथा

म्यार्दि भिर । साच्चै कहाली लाग्दो छ । पहाड जस्तो अग्लो ढुङगालार्इ खोपेर बाटो वनाइएको छ । यो भिर लमजुङ र मनाङ जिल्लाको सीमानामा पर्छ । म्यार्दि भिर खोप्दा सडकको दायाँपट्टी मनाङ तर्फ जादा ढुङगाको केही भाग बाँकि रहेको छ । त्यसले भिरमा बारको काम गरेको छ । त्यही बारको काम गरेको ढुङगाको भित्तामा सिमेन्टको कुर्सी जस्तो आकार वनाइएको छ । कुर्सिमा ढल्केर वस्नलाइ अडेस लगाउने स्थान जस्तोमा कालो मार्वल टासीएको छ । मार्वलमा पहेली रङगमा चामे सडक खन्ड निर्माणको क्रममा ज्यान गुमाएका ३ जना सैनिक जवान र ६ जना सर्वसाधारणको नाम खोपीएको छ । बाटोको छेउमा उभिएर एसो तल तिर हेर्दा आङ नै सिरिङग हुन्छ ।  
      पारी भित्ताहरुमा अहो !  कति ठुला ठुला चट्टानका पहाडहरु । त्यो पहाडलाइ छिचोलेर मस्याङदी नदि वगेको छ । बाटो नै भरी झरनाले मन नलोभ्याउने पनि होइन । तर बाटोका लागि त्यो झरनाहरु खतरा मानिदा रहेछन । अलि पानी वढेसी गाडी आवाज जावतमा समस्या पार्दो रहेछ ति झरनाले । ताल बजार नजिकैको बाटो थोरै सिमेन्टले ढलान गरिएको रहेछ । त्यहा पनि सानो झरना छ । त्यो झरनाको पानी कस्सीएर भुइमा झर्दा उडेको पानी बोकेको हावाका कारण वाटो राम्ररी नदेख्दा कयौ पटक अन्दाजको भरमा गाडि गुडाएको म चढेको जिपका चालक रुपेस लामाले वताए । रुपेसको यो भनाइ सुनेर मन मनै झन डर लागेर आयो । तर डराएर पनि भएन त्यो बाटो जसरी पनि काटेर जानु पर्थ्यो ।
नजिकवाट म्यार्दि भिर 
वेसीशहर बाट चामेको सडक ६५ किलो मिटर छ । बाटो नेपाली सेनाको  सडक निर्माण कार्यदलले वनाएको हो । अतिनै कठिन गरि जिलेटिनको प्रयोग गरेर बाटो बनाइएको छ । सडक डिभिजन कार्यलयका दमौली तनहुँका अनुसार यो बाटो सुरक्षाको हिसावले एकदमै खतरामा पर्दोरहेछ। भौगोलीक रुपमा पनि देश कै कठिन बाटोको सुचीमा कार्यलयले राखेको जनाएको छ । सडक डिभिजन कार्यलय दमौलीका प्रमुख भानु जोशीका अनुसार कर्णाली राजमार्ग भन्दा पनि कठिन सडकका रुपमा यस्लाइ लिइएको छ । यो राम्रो मौसममा मात्र गाडि चल्ने सडक हो । सजिलो ठाँउ बाहेक भिरमा मुस्कीलले बाटोको चौडा ४ मिटर छ कतै कतै त ३ पनि छ । साघुँरो भएका कारण सवारी ओहोर दोहर गर्दा पालो दिने ठाँउ पनि छैन कतिपय स्थानमा । बाटो चौडा गर्ने ठाँउ पनि छैन । त्यसैले साँझ ६ बजे देखि उता सवारी साधनलाइ आवत जावत गर्न प्रहरीले रोक लगाइएको छ ।
टाढाबाट म्यार्दि भिर 
      बाटो खुलेको करिव ४ वर्ष भएको छ । मनाङको सदरमुकाम चामेवाट मनाङ वजारमा गाडि पुगेको त एक वर्ष पनि पुगेको छ । चामेबाट मनाङको वाटो भने त्यति धेरै कठिन छैन । अप्ठयारो ठाँउमा ढलाना गर्न अनी खोलाहरुमा पुल वनाउन यो आर्थिक वर्षमा ५ करोडको ठेक्का लगाइएको छ । तर गएको वैशाख १२ गतेको भुइचालो पछि काम गर्न भने नसकिएको सडक डिभिजन कार्यलय दमौलीलीले जानकारी दिएको छ । भौगोलिक रुपमा भिरालो भएका कारण ग्राभलिङ गर्दा एक वर्ष पनि टिक्दैन । बाटो सुधार गर्न थोरै रकमले पुग्दैन । अरवौ खर्च हुन्छ । अहिले छुट्याउदै आएको वजेटले बाटो मर्मत गर्न छेउ पनि भ्याउदैन । वर्षा याममा असार देखि भदौ सम्म सडक मर्मतको काम गर्न सकिदैन । बर्षको ६ महिना मात्र काम गर्न सकिन्छ । भिरमा पहिरो जाने अनी ढुङगा खस्ने भएकाले पनि काम गर्न चुनौतीपुर्ण रहेको डिभिजन कार्यलय दमौलीका प्रमुख जोशीको भनाइ छ ।
ढुङगा खोपेर वनार्इको सडक म्यार्दि भन्दा केही माथि ताल वजार नजिकैको भिर ।
वेसी शहरवाट मनाङ तर्फ जादा जगत, च्याम्चेत र म्यार्दि भिर अनी चामे भन्दा माथी भ्राताङको वाटो साच्चै अप्ठयारो छ । अजङगका ठुल ठुला चट्टानका पहाडहरु आकासै छोला जस्ता छन । यस्तो भिर पहरालाइ फोरेर नेपाली सेनालाइ बाटो वनाउन निक्कै समय लागेको थियो ।
ढुङगाको वीच भागमा खोपेर वनार्इको बाटो 
 मनाङमा वेस्सरी हिउ परेका कारण म र मेरो समुह थोरङला काटन असमर्थ भयौ । मनाङमा दुर्इ दिन वसेर फर्के । २ वजे मनाङबाट जिप हिड्यो । राति आठ वजे धारापानि पुगे । बाटोमा ससना वजार छन । त्यहाँ रोकिदै जिपको चालकले लुकी लुकी रक्सी खाएको थाहा भयो । म सगै यात्रामा रहेका महेश जी ले रक्सी खाएको सुटक्क मलाइ भने । मनमा चिसो पस्यो । तर यो कुरा म र सुनिता वीच नै गोप्य राख्यौ । अप्ठोरो वाटो त्यसमा पनि राति । चालकले निक्कै नियन्त्रण गुमाएका थिए । म र सुनिता अगाडीको सीटमा थियौ । चालक मातेर टिल्ल भए । उनी हातको स्टेरिङ छोडर म माथि ढल्किए । के गरेको भर्इ भनेर मैले कराए । उनको टाँउको मेरो दाँया कुममा पुगेको थियो । हतार हतार मैले स्टेरीङ समाएर भित्ता तर्फ वटारे । त्यतिन्जेलमा पछाडिको सीटमा वस्ने महेस जी र एक जना यात्री झ्याँल खोलेर हतार हतार निस्किए । धन्न ज्यान जोगियो ।
गाडि साइर्ड दिनलार्इ निक्कै गाह्रो हुन्छ ।
चालकले मादक पदार्थ सेवन गरेको भनी प्रहरी कार्यलयमा उजुरी गर्न साथि सुनिता र म गयौ । पछि अरु यात्रीहरुले पनि साथ दिए । त्यो जिपमा म लगायत ११ जना सवार थियौ । भोली पल्ट विहान चालकलाइ एक हजार जरिवाना तिराएर छोड्यो ट्राफिक प्रहरीले । चामेमा गएको फागुन
(२०७२ फागुन ) वाट मात्र अस्थाइ ट्राफिक प्रहरी कार्यलय स्थापना गरिएको छ । ट्राफिक प्रहरी कार्यलय स्थापना गर्न पुर्व सवारी आवत जावतको काम नेपाल प्रहरीले नै हेरिरहेको थियो ।  प्रहरीका अनुसार यो रुट भएर चल्ने अधिकांश जिपका चालकले पहिला चिसोबाट वच्न भन्दै मादक पदार्थ सेवन गर्थे । जरिवाना र कार्वाही गर्न थालेपछि सेवान गर्न छोडे पनि फाट्टफुट्टले अहिले पनि सेवन गरेको पाइएको छ ।

बाटो कठिन भएकाले यात्रा गर्ने जो कोही पनि साँझ परेपछि बाटो काटिन्छ भन्दै रातमा नहिडेकै राम्रो हुन्छ । गाडिवालाहरुले जाउ भनेर कर गर्दा रहेछन । 


मन्तरे अकुर

पानि रहने छाँट नै देखिएन । अलिक मन कस्तो कस्तो भर्इरहेको थियो । सधै समाचार संकलन गर्न जाँदा फुरुङग हुने मन आज कता कता गह्रुगो लागिरहेको थियो । सम्पादकसँग कसरी सहज हुन्छ त्यसैगरी अन्तवार्ता लिने भन्ने सल्लाह भयो । अकुरको घरमा फोन गरे । जेठि भाउजुले फोन अठार्इन । मैले मेरो परिचय दिए । त्यसपछि अकुरको जेठा दार्इ देव वहादुर तामाङसग कुराकानी भयो । मैले अप्ठ्यारो मानी मानी म तपार्इहरुसग कुराकानी गर्न चाहान्छु अकुरकाबारेमा आउन सक्छु भनेर अनुमति मागे । उनले सहजै अनुमति दिए । "आमा बुवा भने वोल्न सक्दैनन" देव वहादुरले मसग टेलीफोनमा सुनाए । घरको लोकेसन सोधे । भेट्ने समय लिएपछि । एकछिन तयारि गरे । कसरी प्रश्न सोध्नेहोला भनेर ? मेरो प्रश्नले पिडामा भएका बेला झन पिडा हुन्छ की भनेर खुव चिन्ता लाग्यो । रुवाबासी होला । यहि कल्पना गरे । तर पनि उनीहरुसँग कुरा नगरि सुखै छैन । यही कुरा मनमा खेलाउदै म तरहरा अकुरको घर तिर हुइकिए । पानी परिरहेको थियो । पानिमा रुझ्दै अनेकन मनमा कुरा खेलाउदै चारकोसे जंगल छिचोले । फोटो, भिडियो पनि लिनु पर्ने । कुराकानीका लागि मसँग जम्मा जम्मी २ मिनेट समय छुट्यार्इएको छ । चुनौती नै चुनौती ।
लाखमाँया तामाङ (अकुरकी आमा )
      तरहरा पुगेर अंकुरको घरमा फोन गरे । मलार्इ वजारवाट पश्चिम तिर आउनु भनियो । त्यही अनुसार म घर तर्फ गए । दुर्इ तले आर्कषक घर नजिकै पुगे । घरको पहिलो तलाको बाहिर पट्टीको बरन्डामा थुप्रै जना मानिस देखे । अकुरको घर हो की भन्दै यसो नियालेको मात्र के थिए एक जना महिलाले हातले बोलार्इन । अकंरको घर यहि भन्ने संकेत मिलेपछि घर अघि स्कुटर रोके । स्कुटरको डिकीमा राखेको रेकर्डर, मोबार्इल, क्यामेरा  झिके । अनि घर भित्र छिरे । सवैसग परिचय गरे । आफन्त र छिमेकी जम्मा भएका थिए । कहाँबाट कसरी कुरा शुरु गर्ने भनेर एकदमै अप्ठ्यारो महसुस भयो । पानी कति परेको भन्दै अनौपचारिक कुरा गरे । त्यहाँ उपस्थित भएकाहरुले पनि हिजो देखि परेको पानी रोकिएको छैन भने । घर छेउको खाली जग्गामा भ्यागुत्ताहरु यसरी करार्इरहेका थिए की मानौ अकुरको निधनको खवरले रोएको झै भान भो मलार्इ । भ्यागुत्ता किन यति सारो बोलेको भन्दै वरन्डावाट खेततिर हेरे । वरन्डावाट भ्यागुत्ताहरु घाँटी फुलार्इ फुलार्इ कराएको स्पस्ट देखे । पानी पर्दा यसरी नै भ्यागुत्ता कराउने गरेको उनीहरुले सुनाए ।
      अफगानिस्तानको राजधानी कावुलमा भएको अात्मघाति वम हमलामा ज्यान गुमाउने १२ मध्ये अकुर तामाङ एक थिए । मलार्इ कसरी कुरा गरौ भनेर विलखवन्धमा परिरहेको वेला अकुरको निधन प्रति समवेदना व्यक्त गर्न आएकी एक महिला दिदीले  मोरङका एक जना घार्इते भएको कुरा कोट्यार्इन । अकुरको परिवारलार्इ भेटेर छापिएको समाचारपत्र घरमा राखिएको रैछ । अर्की एक महिलाले नागरिक देखाउदै भनिन् "नानी यहाँ समाचार छ।" मैले हेरे अकुरको दाजु भाउजुसग कुरा गरेर लेखिएको समाचार थियो । त्यसपछि वल्ल कुराकानी गर्ने गर्न अलिक सहज भयो । अकुरका जेठा दाजु देव वाहदुरले अकुरको पार्थिव शरिरलार्इ ल्याउनका लागि सहि गरेर पठार्इ सकेको वताए । उनी पनि सात वर्ष सम्म अफगानिस्तान वसेको अनुभव सुनाए । भार्इ अकुर साब्रे इन्टर नेसनल कम्पनी मार्फत अफगानिस्तान गएको वताए । त्यसपछि उनले उहाँ मेरो आमा हो । अहिले ६५ बर्ष पुग्नु भो भनेर आमा तर्फ औला देखाउदै चिनाए । यति कुराकानी गर्दा गदै अकुरका ठुलो आमा र सानीआमाहरु आर्इपुगे । गेटमा दिदी वहिनीहरु देख्न साथ अकुरकी आमा लाख माँया तामाङ फेरी ठुलो आवाज निकालेर रुन थालिन । फेरी कुराकानि रोके । त्यो दुखद घडिको भिडियो खिचे । तस्वीर खिचे । मन मनै कस्तो पेशा  ? अरु रुदा अरुको पिडालार्इ चाख मानि मानि खिचेर वाहिर ल्याउनु पर्ने हो भनेर भुतभुताए । रुवार्इ कम भएपछि एकछिन सन्नटा छायो । सानो एक वालकले किन फोटो खिचेको भनेर मेरो छेउमा आएर सोधे । म अवाक भए ।
बुबा भिम वहादुर तामाङ
      के गर्नु तपार्इहरु पिडामा हुनुहुन्छ । तर पनि म कुराकानी गर्न आएको छु । तपार्इहरुलार्इ गारो लाग्छ भने पनि ठिकै छ कुराकानी नगर्दा पनि हुन्छ । तपार्इहरुको सुझाव मान्न तयार छु भने । अकुरका दार्इले कुरा गरौ न हुन्छ नी भनेर सहजै अनुमति दिए । कुराकानी शुरु गर्दा मैले अकुरको नाम अङकुर भनेर उच्चारण गरे । पत्रपत्रिकाले अङकुर भने तर सहि नाम चाही अकुर हो भनेर मलार्इ सम्झाए । मेरो नाम देव वहादुर हो देवराज लेखेछन । अङकुर भनेर गरेको उच्चारण मैले अकुर भनी सच्याए । उनीसग १५ मिनेट जति कुराकानि गरे । कुरा गर्दा गदै उनी कयौ पटक भक्कानिए । अकुरको निधनको खवर आए देखि परिवारका सदस्य सवै जना सोकमा डुवेका । "मलार्इ सम्हाल्न गाह्रो भर्इरहेको छ" देव वहादुरले भने । बुहारी आउदै छ हेटौडाबाट झन गारो हुने होला अव भन्दै थिए । कुराकानी सकेर म विदा माग्ने तरखरमा थिए । अकुरकी मार्इली भाउजुले चिया खान भान्सामा वोलार्इन । म चिया खाँदिन । ढिला भो जान्छु भने । पानी परिराँको छ । तातो चिया खाएर जानलार्इ उनले कर गरिन् । मैले नार्इ भन्न सकिन् । चियाको एक सुर्को के तानेकी थिए अकुरकी श्रीमती गोमा गोले आर्इपुगिन । फेरी घरमा रुवावासी चल्यौ । म चिया खान छोडेर फोटो खिच्न भिडतिर हिडे । अकुरकी श्रीमती गोमाले आमा लाखमाँयालार्इ च्याप्प अङगालो मारेर आमा के भयो नी भन्दै रुर्इरहेकी थिर्इन । साथमा अरु पनि रोइरहेका थिए ।  रोएको देखेर मेरा पनि आँखा रसाए । फोटो खिच्न नै भुलेछु । एक जना पत्रकार साथिले भने धमाधम भिडियो खिचिरहे । भिडभाड भयो । भिडभाड नगर्नु उता खुला ठाँउमा लानुन आमा र गोमालार्इ मैले अकुरकी जेठी भाउजुलार्इ सुटुक्क भने । नभन्दै अडेसा दिदै आमा लाखमाँया र गोमालार्इ खुला ठाँउमा लगियो । म अलमल्ल परे । घरको बरन्डामा जेठा दार्इ देव वहादु आँसु पुछिरहेका थिए । बिदा माग्न सकिन । समाचार संकलन गर्न आइपुगेका धन वहादुर पुरी पनि डाइरी र कलम लिएर चुपचाप वसीरहेका थिए । फोटो खिच्नु भो भन्दै हातले संकेत गरिरहेका थिए । मैले छैन भनेर टाँउको हल्लाए । यति खेर सम्म म पुगेको चार घन्टा वितेको थियो । मलार्इ घर फर्कन हतार भएर पनि फर्कन सकिरहेको थिइन । पत्रकार हतार हतार आयो । सोधे गए । भन्छन होला भनेर मन भित्र डर भर्इरहेको थियो । भित्र रुवावासी चलिरहेकै थियो । देव वहादुर उठेर वरन्डामा छिरेको पानी वाइफरले सोर्न थाले । अव विदा माग्ने समय यो नै हो भनेर मनमनै फैसला गरे । कुरा कानी गरे दुख दिए नरिसाउनु होला भनेर देव वहादुरसग हात जोड्दै माफ मागे  । "किन रिसाउनु । अव के गर्नु यस्तै भयो । अव रोएर भार्इ आउदैन ।" हात जोडेर विदा मागे । यता भन्सामा मलार्इ दिर्इएको चिया त्यसै थियो । चिया दिने अकुरकी मार्इली भाउजु पनि आँसुका ठुला ठुला ढिक्का खसाउदै देवरलार्इ सम्झदै थिर्इन । एकछिन सम्झाए । रुन छोडिन । त्यसपछि उनीसग पनि विदा मागे । फेरी आउदै गर्नु है भनेर अनुरोध गरिन् । अकुर लाख माँया र ७८ वर्षिया भिम वहादुर तामाङका मन्तरे छोरा हुन ।
अकुरका परिवार 

      पत्रकारिता गर्ने क्रममा कयौ चोटी प्रश्न गर्दा गदै धेरैको आँसु झारियो । रोर्इरहेकालार्इ अन्तवार्ता गर्नु पर्दा सारै मन अमिलो भएका कयौ उदाहरण छन । यस्तो परिस्थितिमा के सोध्ने होला । कसरी कुरा गर्ने होला । कुरा गर्न नपरे नी हुने थियो भन्ने कुरा मेरो मनमा आउछ  । तर पेशा हो गर्नै पर्यो । त्यही भएर पत्रकार सारै कठोर अनी निष्ठुरी हुन्छन भनेर वेला वेला टिका टिप्पणी पनि आएका थुप्रै उदाहरण छन । प्रश्न सोध्दा । विचार पुर्याउन पर्छ । तर यति ध्यान दिदा दिदै पनि कहिले काही पनि चिप्लिहालिदो रहेछ । नसोध्नु पर्ने प्रश्नहरु सोधिदो रहेछ । कस्तो वाध्यता । धन्न अहिले सम्म कसैले यसरी कुरा गर्दा गदै हप्काएका छैनन । रिसएका छैनन । गालि गरेका छैनन । धन्य छु ति महान मन भएका अनी चौडा छाति लिएका सम्पुर्ण समाचारका मेरा पात्रहरुसँग ।  

पत्रकारले गर्दा मानीसको भिड जम्मा भयो ।

विराटनगरबाट आएकाले ज्यान निक्कै थाकेको थियो । घर नपुग्दै विजय रिमाल दाइले फोन गर्नु भो । फोनमा प्रतिष्ठानको फीजीयो थेरापी कक्षमा कार्यरत प्राविधिक अजय ठाकुरले छोरी अम्वीकालाइ थुनेर राखेको जानकारी दिए । म हतार हतार प्रतिष्ठानमा गए । अम्वीकालाइ प्रतिष्ठानको आकस्मीक कक्षमा राखिएको थियो । मैले हेरे । उनको हाड र छालामात्र थियो । उनको आवाज पनि सानो थियो । उनलाइ चिकित्सकले स्याइन पानी चढाएकाले होला कामीरहेकी थिइनन । उनलाइ हेर्नेहरुको भिड थियो । त्यही भिडमा मैले २ स्नाप फोटो खिचेर बाहिरिए । आकस्मीक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले अम्वीकाको अवस्था नाजुक रहेको प्रतिक्रिया दिए । त्यसपछि सर्जरी विभाग तर्फ साथीहरुसग लागे । पाचकन्याकी एक १७ वर्षिया दिलकुमारी अधिकारी पाठेघरमा पलाएको एजेरीको सल्यक्रिया गर्दा वाया किडनी निकालिएको सुचना पाए पछि त्यस तर्फ लागियो । सुचना संकलन गरिरहदा एक चिकित्सक वहिनी भेटिइन उनलाइ चिनेको नाताले मैले वोलाए । उनीसग कुराकानी भो । कुराकानी भइरहदा अम्वीकाको कुरुवा रहेका राजकुमार राइले तपाइ सफाइन दिने काम नगर्नुहोस । यहावाट जानुहोस भनी ठूलो स्वरमा कराए । त्यति नभन्दै ती चिकित्सक वहिनीले अस्पताल नै उचालिने गरि कराइन । हामी चिकित्सक र कुरुवालाइ सम्झाउदै घर तिर लाग्यौ ।
दिल कुमारी अधिकारी 
      आज पुश ३० गते २ वजे घटनाका विषयमा जानकारी लिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तिर गएकी थिए । प्रतिष्ठानका सुचना विभाग प्रमुख सुजेन्द्र तामाङसगको कुराकानी पछी म र पत्रकार साथी रत्न आचार्य पाचकन्याकी दिल कुमारीको अवस्था वुझ्न सर्जरी विभागमा गयौ । उनलाइ भिडियो एक्सरे गर्न लगिएको थियो । भिडियो एक्सरे सकिएपछि उनलाइ हामीले वेडमा भेट्यौ । मैले उनीसग कुराकानी गरे । चिकित्सकले वृस राज जोशीले किडनी झीकेको कुरा सुनाए छन । सुनाएपछी चिकित्सक त लागि हाले । तर उनलाइ चित्त दुखेछ र वेस्सरी रोइछीन । यति भनिरहदा वेडको छेउमा वसेकी उनकी आमा सावित्रा अधिकारी रुन थालिन । आसु पुछदै मेरो छोरीको भविष्य वर्वाद भो भन्दै थिइन । दिल कुमारीले पनि चिकित्सकले राम्ररी आफुलाइ नसम्झाउदा चित्त दुखेको वताइन । अनी आमाले पनि विना जानकारी छोरीको किडनी निकालेकोमा उनलाइ चित्त नै वुझेको रहेन छ । शल्यक्रिया गरेको ६ दिन पछी वल्ल चिकित्सले भनेछन । त्यसैले चित्त नवुझेको कारण उनले इलाका प्रहरी कार्यलयमा छानविनको माग गदै इलाका प्रहरी कार्यलयमा  निवेदन दिएकी रहेछिन । आज दिल कुमारीलाइ अस्पचालले डिस्चार्ज दिएको छ । उनको छोरीको उपचारमा लागेको खर्च अस्पतालले व्यहोरेछ ।
      दिल कुमारीसगको कुराकानी पछि मेडिसिन २ मा गए । त्यहा अम्वीका ठाकुरालाइ उपचारका लागि राखिएको छ । उनलाइ क्याविनमा राखिएको थियो । उनलाइ हेर्नेको भिड थियो । भिडको कारण कुराकानी गर्न सकिएन । अम्वीका आराम गरिरहेका कारण नवोलाइ म सरासर चिकित्सक र नर्स वस्ने कक्षमा आए । एस क्युज मी भनेर एकजना चस्मा लगाएर वसेका पुरुषलाइ अम्विकाको अवस्थाका वारेमा सोधे । जानकारी दिदा पनि अलिक गैर जिम्मेवार शैलिमा वोलिरहेका थिए । तर उनलाइ एक्कासी के भो कुन्नी वोल्दा वोल्दै तपाइहरु जस्ताले हामीलाइ काम गर्न दिएनन । भनेर कडकीए । तपाइलाइ एमेजेन्सीमा देखेको थिए । मैले हिस्ट्री लिन पाइन तपाइहरुको कारण भन्दै थिए । पत्रकारले गर्दा मानीसको भिड जम्मा भएको गुनासो पोख्दै थिए । ठ्याक्कै शब्द त याद छैन तर विना कारण पत्रिकामा ती महिलाको वारेमा विज्ञापन गरेको उनको भनाइको आसय थियो । तर त्यहाँ सवै भन्दा भिड गर्ने अस्पतालका विध्यार्थी कर्मचारी र नर्सहरु वढी मैले देखे । तर ती डा रोसन क्षेत्रीले देखेको भिड उनी पढने प्रतिष्ठानको थिए भन्ने थोरै पनि आकलन गरेको देखिएना । अस्पतालको गेटमा अनावश्यक मानीसहरुलाइ हत्तपत्त पस्न दिइदैन । तर पत्रकारको कारण भिड जम्मा भएको भन्दै ती चिकित्सकले सारा भुल पत्रकारले गरेको वताउदै थिए । खै के भएको थियो सवैको रिस मलाइ पोखे एमवीवीएस पढ्दै गरेका ति चिकित्सकले । मैले तपाइको नाम भने उनले भने मेरो नाम रोसन क्षेत्री भने । तर उनलाइ पत्रकार भनेका सवै नराम्रो लेख्छन भन्ने उनको भनाइको आसय थियो । विना कारण म सग उनी कड्कीए । मैले मन मनै विचार गरे विना कारण चिकित्सकहरु कुटाइ खादैनन रहेछ । तपाइको वोल्ने शैली परिवर्तन गर्नु पर्यो भन्दै म त्यहाँवाट लागे ।


      बाहिर निस्कदै गर्दा डा मुकेश शाह भाइसग भेट भयो । उनलाइ नजिकवाट चिनेकाले भाइ डाक्टरी पढदै गरेकालाइ राम्रो वोल्ने शैली सिकाउनु पर्यो तपाइहरु जस्ताले भने । उनले पनि दिदी डाक्टर पढेरमात्र नहुने रहेछ व्यवहार परिवर्तन भएको छैन भने । भरखरै प्रतिष्ठानमा चिकित्सा विज्ञान र मानवियताको विषयमा छफफल भएको थियो । ती कार्यक्रमा आयोजना गर्ने पनि विध्यार्थी थिए । प्रतिष्ठानमा पढिरहेका धेरै विध्यार्थी तथा चिकित्सकसग चिनजान छ । उनीहरु एकदम नम्र छन । राम्रो व्यावहार छ । तर कोही कोही यति विरामीसग कड्किन्छन की उनीहरुलाइ मात्र रिस उठछ झै गरी । कयौ पटक इमेजेन्सीमा जादा यस्ता व्यवहार देखेकी छु मैले । तर त्यसो भन्दैमा सवैको व्यवहार नराम्रो भन्न खोजेकी भने होइन । 

अख्तीयारका प्रमुख लोकमान सिं कार्कि र पत्रकारवीच भएको विवाद ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिह कार्कीले २०७० पुश २८ गते दिउसो विराटनगरमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा पत्रकार र प्रमुख वीच विवाद भएको थियो । यो विवादको केही अंश जस्ताको त्यस्तै राखिएको छ । यो आवाज वीवीसी नेपाली सेवाका विक्रम निरौलाले रेकर्ड गरेका थिए ।आवाज सुन्न यहाँ क्लीक गर्नुहोस ।

मलाइ गोली हान्यो ।

बेलुकाको सात बजेर अठ्ठाइस मिनट गएको थियो । दाइहरुसग चुनावको विषयमा छलफल हुदै थियो । मेरो घडिमा सात बजेर अठ्ठाइस मिनेट गएको थियो । फोनमा हेल्लो भन्न नपाइ पत्रकार गोपाल देवान दाइले सीता मलाइ गोली हान्यो भने । म छक्क परे । एकछीनपछि मलाइ उहाले घटनाको विवरण सुनाए । सुन्ने वित्तिकै मैले इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षकलाइ फोन गरे तर उहाको मोवाइल फोन व्यस्त भनेपछी मैले अन्चल प्रहरी कार्यलयमा प्रमुख एसएसपी यादवराज खनाललाइ फोन गरे । त्यसपछि म दाइको कार्यलय धरान १२ चतरा लाइनमा जादा निक्कै मानिस जम्मा भइसकेका थिए । दाइले घटनाको विवरण यसरी सुनाए ।सुन्न यहा क्लिक गर्नुहोस ।
     धरानमा पटक पटक यस्ता गोली कान्डहरु घटिरहेका छन । तर यस्ता घटना घटाउनेहरुलाइ दलका नेताहरुको संरक्षण छ । त्यै भएर पटक पटक यस्ता घटनाहरु दोहोरिन्छन । प्रहरी लाचार छ । देखेर पनि नदेखे जस्तो भएर वसिरहेको छ । चुनाव नजिकिदै जादा धरानको सुरक्षा व्यबस्था भने झन कमजोर हुदै गएको महसुस हुन थालेको छ ।  
प्रहरीलाइ घटनाको विवरण वताउदै पत्रकार देवान विश्वस्तसुत्रको कार्यलयमा । 

पुर्वका उमेद्धवारको स‍ंख्या



 पुर्वी नेपालका जिल्लामा संविधानसभाको निर्वाचन २०७० मंसीर ४ गतेका लागि उठेका उमेरद्धवारको विवरण निम्न तालिकामा राखिएको छ ।  सीराहा र सप्तरीमा तथ्याङक आउन बाँकी छ । 

जिल्ला
जम्मा
महिला
स्वतन्त्र

सेलु
१२ जना


खोटाङ
२४ जना
 २ जना


पाचथर
३५


इलाम
४०

मोरङ
२७५
२७
२८

उदयपु
७०
१३

संखुवासभा 
३२


ओखलढुङगा
३०

तेह्रथुम
१९


सुनसरी
२२७
२५
३६

झापा
१८०
२७
१५

ताप्लेजुङ
२३


धनकुटा
३२


भोजपुर
 २६
२ 
 १

सीराहा




सप्तरी




जम्मा





स्रोत निर्वाचन आयोग 

न्यू मिडिया र पत्रकार


खोज पत्रकारिता केन्द्रले असोज ८ गते नयाँ मिडियाका अवर र चुनौतीका विषयमा छलफल गरको छ । यसमा पुर्वका करिव ३० जना पत्रकार र सम्पदकहरुको सहभागिता रहेको थियो । यसमा शिक्षक मासीकका सम्पाद राजेन्द्र दाहाल नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षित र नेपाल रहेर रिपोर्टीङ गरेका फिनलैन्डका पत्रकार जुहा रेकोलाले नयाँ मिडियाको चुनौती र अवसरका बारेमा वोलेका थिए । त्यहा उपस्थित पत्रकारहरु वीचमा भएको अन्तक्रिया आएको विषय वस्तुलाइ जस्ताको त्यस्तै राख्न कोसीस गरेको छु ।

फिनलैन्डका पत्रकार
जुहा रेकोलाको भनाइ
नोकीया कम्पनी फिनलैन्डको राम्रो चलेको कम्पनी हो । यसले मोवाइल फोन वनाउने काम गर्छ । तर पछिल्लो समयमा समयको माग अनुसारको नोकियाले फोन वनाउन नसक्दा तथा प्रतिस्पर्धा गर्न नसक्दा विक्रि घट्यो । संसार भरी उस्को विक्रि कम भए पछी नोकीया कम्पनी २ हप्ता माइक्रो सफ्टलाइ वेचियो । पत्रकारिता गरेको लामो अनुभव छ हामीसग । ३० बर्षको अवधिमा कस्तो ठूलो परिवर्तन आएछ त्यो नोकिया र माक्रोसफ्ट कम्पनीको परिवर्तनको उदाहरणवाट थाहा पाउन सकिन्छ । र सवैभन्दा ठुलो परिवर्तन चाही नागरिकहरुले कसरी सुचना  कहाँवाट कसरी पाउन्छन भन्ने मा नै परिवर्तन भएके छ ।
संसार भरीको मिडिया उध्योगमा एउटा अन्योलता छाएको छ । यो परिवर्नले हाम्रो पेशालाइ कतातिर डोर्याइरहेको छ भन्ने हामीलाइ थाहा छैन ।
जुहा रेकोला
      युरोपमा भएपनि फिनलैन्डमा नेपालमा जस्तै कागजको पत्रिका पढन रुचाउछौ । हामीसग ३ सय पत्रिका २ हजार पाच सय म्यागजीन ५० वटा रेडियो र ४ वटा मुख्य टेलिभिजनहरु छन । पहिला फिनलैन्डको मिडियाको उध्योग शान्त थियो । यति धेरै प्रतिस्पर्धा थिएन । पत्रपत्रिहरु आआफनो क्षेत्रमा प्रकाशित हुन्थे । त्यति धेरै मार्केटिङ गर्नु पदैनथियो । १० अगाडिवाट भने पुरै परिवर्तन हुन थाल्यो । पत्रपत्रिकाहरुले रेडियो र रेडियोले टेलीभिजनसग एकअर्कामा प्रतिस्पर्धा बढन थाल्यो । यो प्रतिस्पर्धा किन आयो भने पत्रिकाको सामाग्री विना शुल्क इन्टरनेटमा पढन पाइन थाल्यो पाठकलाइ अनलाइन सस्करण मार्फत । सय प्रतिसत जनतालाइ इन्टनेटको पहुच छ फिनलैन्डमा बालवालिका वाहेक । अरुतिर जस्तो फिनलैन्डमा पनि पत्रिकाको आम्दानी कि पाठकवाट हो कि विज्ञापनदातावाट हो । रेडियोमा चाही  स्रोतावाट कम आउछ भने धेरै विज्ञापनदातावाट आउछ । विधुतीय माध्यमका सन्चार माध्यमले सरकारी टयाक्सवाट आम्दानी गर्छन ।
     
जुहा रेकोलाको र कुन्द दिक्षित
अनुमान के थियो भने इन्टरनेटमा निशुल्क सामाग्रि राखियो भने पाठकहरु ओरिएर आउँछन । र विज्ञापनदाताहरुले पनि विज्ञापन दिन्छन भन्ने अनुमान थियो । तर त्यस्तो भएन । विकसीत अमेरिका जस्तो अर्थात  फिनलैन्डमा के ट्रेन्ड छ भने पत्रिकाहरु घटदैछन । विज्ञापन पनि घट्दै गएको छ । र त्यो घटेको विज्ञापनले आफनो अललाइ सस्करणको लागि पैसा तिर्न पुग्दैन ।  परम्परागत पत्रकारहरुलाइ अहिले अन्योको स्थीती छ किन भने निशुल्क  सामाग्री  प्रसारण र वितरण हुन थालेपछि र सामाजीक सन्जाल जस्तै फेसवुक र ट्वीटर पनि सामाग्रीहरु पाठकले निशुल्क पढन पाउन थालेका छन । त्यस्तो वेला आयो की पत्रकारको अव काम नै के छ र । सामाजिक सन्जाल र नागरिक पत्रकारहरुले परंम्परागत पत्रकारको काम गर्न थालेपछि हाम्रो काम के त भनेर सोच्ने वेला पनि आएको थियो । तर १० वर्षको अनुभवले फिनलैन्डमा के देखाएको छ भने साच्चीकै राम्रो गहिरिएर हेर्ने स्वतन्त्र खोज पत्रकारिताको अझै खाचो छ । यसलाइ सवैले के भन्थे भने पत्रकारिताको संकट हो भन्थे । तर यो पत्रकारिताको संकट होइन रहेछ । अनलाइन पत्रकारितावाट कसरी पैसा कमाउने भन्ने मालिकहरुको संकट रहेछ । साच्चीको समस्या त्यहा रहेछ । पैसा नकमाउने माध्यमवाट कसरी पत्रकारहरु पाल्ने त । भन्ने संकट आयो ।  नयाँ मिडियाको स्थापना भएको छैन र पुरानो पनि मरिसकेको छैन । गएको ४ वर्षमा १० प्रतिसत मिडिया कर्मीहरुले जागिर गुमाए ।  मालिकहरुमा त्रास छाएपछि वजेट कटौतीसगै र जागिर पनि कटौती गर्न थाले । रक्सीको एक पेग छ भने अरु पेगमा पानी हालेर खाए जस्तै पाठकहरुलाइ पढने सामाग्रीहरु पस्कीरहेका छन । सामाग्री पनि कटौती गरिएको छ । फिनलैन्डको जनसंख्या ५० लाख छ । त्यहाको सवैभन्दा ठुलो मिडिया हाउस हेनसिल्कीको सर्कुलेसन ६ लाख मात्र छ । त्यो पत्रिका ब्रोडसिटवाट ट्यावलेट साइजमा परिवर्न भएको छ । त्यो मिडिया हाउसको न्युज रुमहरु समायोजन गरिएको छ । टिभी रेडियो र पत्रिकाकाहरुको न्युज रुमा समायोजन भयो । र पत्रकारहरुले सवै खाले काम गर्नु पर्यो । समायोजन पछि २० प्रतिसत पाठक  घटेपनि अनलाइन सस्करणमा भने पाठक वढे ।

      त्यसैगरी सानो पत्रिकालाइ अझ धेरै चुनौती आयो । एक आपसमा सहकार्य गर्न थाले । सामाग्री आदान प्रदान गर्न थाले सम्वाददाताहरु कटौती गदै  खर्च कटौती गर्न थाले । अहिले फिनलैन्डमा स्लो जोर्नलिजम एसोसीएसन छ । त्यसले महिनाको एउटा रिपोर्ट प्रकाशित गर्छ खोज गरेर । त्यसले त्यहाको राजनितिक हलचल ल्याएको छ । यसरी अनलाइ पत्रिकाले त्यहाको प्रधानमन्त्रीलाइ पनि हम्मे हम्मे पारेको छ । त्यो भ्रष्टाचार सम्वन्धीको समाचार थियो ।
      अनलाइ पत्रिकामा विज्ञापन आउदैन । विज्ञापनदाताहरुलाइ आर्कषण गर्न विभिन्न अफर ल्याएका छन । विश्वाशनियता स्वतन्त्रता र सृजनात्मक भएमा पत्रकारले जागिर गुमाउनु पदैन भन्ने पुरानो मन्त्र कायम राखे पत्रकारले जतिसुकै नया धारमा पत्रकारिताको ट्रेन्ड परिवर्तन भएपनि पत्रकारले जागिर गुमाउनु पदैन ।

कुन्द दिक्षित

प्रकाशक सम्पादक
नेपाली टाइम्स  

पहिला म इन्टरनेट र सामाजीक सन्जाल नेपालका लागि उपयोगी हुदैन भन्थे । तर यति चाडो परिवर्तन आयो की अक्षर चिनेर मात्र साक्षर नहुने स्थीती आयो । कम्युटर चलाएर नयाँ ज्ञान ल्याउन सक्ने मात्र साक्षर मानिन बेला आएको छ । त्यसैगरी भाषा पनि अंग्रेजी अनिवार्य भएको छ । यसो भएमा हामी विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्छौ । भविष्यमा यी परिवर्तन आफै आउछ । २०१२ नभेम्वरमा भारतमा एउटा तथ्याङक प्रकाशित भएको थियो । त्यो तथ्याङक अनुसार पीसी र ल्यापटपमा इन्टरनेट चलाउने भन्दा पनि मोवाइल र ट्यावलेटमा इन्टरनेट चलाउनेको संख्या धेरै थियो । बीबीसीले पत्रकारलाइ मल्टीमिडियाको तालिमा दिन थालेको छ । अव मल्टीमिडिया पत्रकारिताको जमाना आयो । मो जो अर्थात माइवाइल जोर्नालिजम को जमाना आयो । नेपालमा अनलाइन सस्करणहरुले पैसा कमाउन सकेका छैनन । अझै पनि इन्टनेटले दिएको अवसर प्रयोग गर्न सकेका छैनौ । पत्रकारहरुका माझ नागरिक पत्रकारसग कसरी प्रतिस्पर्धा गर्ने ? यो चुनौती आएको छ । त्यसैले हामी पत्रकारले सुचनालाइ कसरी फिल्टर गर्ने अनी चेक गरेर प्रकाशित गर्ने त्यता ध्यान दिनु पर्छ ।

चिठ्ठीवाट समाचार पठाउने समयका केही अनुभवी पत्रकारहरुको भनाइ
 अनिल अनल
 नविन साप्ताहिकका सम्पादक

चिन्ता हामीले पनि वुझेका छौ । अनलाइन पत्रकारिताका विषयमा तालिम भयो भने हामीले पनि नया मिडियाका वारेमा सहि जानकारि प्राप्त गर्न सक्थे । तालिम दिनुपर्छ तव मात्र स्थानीय पत्रिका स्थापीत हुन सक्छ । जव सम्म नया प्रविधिको माध्यमवाट सिकाइदैन तव सम्म हामि सरभाइव गर्न सक्तैनौ । सम्पादक प्रकाशक र प्राविधिकलाइ खोज पत्रकारिता केन्द्रले तालिम दिनु पर्छ ।




भवानी वराल

पत्रकार
म पनि परंम्परागत पत्रकारिताको एक सदस्य हो । म चिन्तित छु । म पनि पत्रिका किनेर पढन छोडेको छु । इन्टरनेटमा नै पढछु । चाहिएमा प्रिन्ट गर्छु । नया मिडियावाट चुनौती आएको छ । परंम्परागत मिडियालाइ कसरी वचाउन सकिन्छ त्यस विषयमा छलफल नगरि नहुने भएको छ ।


मोहन भन्डारी
सम्पादक उदघोस दैनिक विराटनगर

खासै संकट आएको छैन चलिरहेको छ । अहिले पनि हामी परंम्परागत तरिकाले धामी लगाउने जमानामा छौ ।

हर्ष सुब्बा
कान्तिपुर

चिठ्ठी कुरिअर क्याक्स मर्फत समाचार पठाउथ्यौ । तर नया प्रविधिको विकाससगै पत्रकारले आफुलाइ अपडेट र अपग्रेट गर्नु पर्छ । लेखनमा पनि अपडेट गर्नु पर्छ । २० बर्ष अघि प्रिन्ट मिडिया मानव सभ्यतासग जोडीएकाले विस्थापित हुदैन भन्ने थियो । तर अहिले चुनौती आएको छ । अरु चुनौती आउन सक्छ । अपडेट र अपग्रेट भएर चुनौतीको सामना गर्नु पर्छ ।