न्यू मिडिया र पत्रकार


खोज पत्रकारिता केन्द्रले असोज ८ गते नयाँ मिडियाका अवर र चुनौतीका विषयमा छलफल गरको छ । यसमा पुर्वका करिव ३० जना पत्रकार र सम्पदकहरुको सहभागिता रहेको थियो । यसमा शिक्षक मासीकका सम्पाद राजेन्द्र दाहाल नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षित र नेपाल रहेर रिपोर्टीङ गरेका फिनलैन्डका पत्रकार जुहा रेकोलाले नयाँ मिडियाको चुनौती र अवसरका बारेमा वोलेका थिए । त्यहा उपस्थित पत्रकारहरु वीचमा भएको अन्तक्रिया आएको विषय वस्तुलाइ जस्ताको त्यस्तै राख्न कोसीस गरेको छु ।

फिनलैन्डका पत्रकार
जुहा रेकोलाको भनाइ
नोकीया कम्पनी फिनलैन्डको राम्रो चलेको कम्पनी हो । यसले मोवाइल फोन वनाउने काम गर्छ । तर पछिल्लो समयमा समयको माग अनुसारको नोकियाले फोन वनाउन नसक्दा तथा प्रतिस्पर्धा गर्न नसक्दा विक्रि घट्यो । संसार भरी उस्को विक्रि कम भए पछी नोकीया कम्पनी २ हप्ता माइक्रो सफ्टलाइ वेचियो । पत्रकारिता गरेको लामो अनुभव छ हामीसग । ३० बर्षको अवधिमा कस्तो ठूलो परिवर्तन आएछ त्यो नोकिया र माक्रोसफ्ट कम्पनीको परिवर्तनको उदाहरणवाट थाहा पाउन सकिन्छ । र सवैभन्दा ठुलो परिवर्तन चाही नागरिकहरुले कसरी सुचना  कहाँवाट कसरी पाउन्छन भन्ने मा नै परिवर्तन भएके छ ।
संसार भरीको मिडिया उध्योगमा एउटा अन्योलता छाएको छ । यो परिवर्नले हाम्रो पेशालाइ कतातिर डोर्याइरहेको छ भन्ने हामीलाइ थाहा छैन ।
जुहा रेकोला
      युरोपमा भएपनि फिनलैन्डमा नेपालमा जस्तै कागजको पत्रिका पढन रुचाउछौ । हामीसग ३ सय पत्रिका २ हजार पाच सय म्यागजीन ५० वटा रेडियो र ४ वटा मुख्य टेलिभिजनहरु छन । पहिला फिनलैन्डको मिडियाको उध्योग शान्त थियो । यति धेरै प्रतिस्पर्धा थिएन । पत्रपत्रिहरु आआफनो क्षेत्रमा प्रकाशित हुन्थे । त्यति धेरै मार्केटिङ गर्नु पदैनथियो । १० अगाडिवाट भने पुरै परिवर्तन हुन थाल्यो । पत्रपत्रिकाहरुले रेडियो र रेडियोले टेलीभिजनसग एकअर्कामा प्रतिस्पर्धा बढन थाल्यो । यो प्रतिस्पर्धा किन आयो भने पत्रिकाको सामाग्री विना शुल्क इन्टरनेटमा पढन पाइन थाल्यो पाठकलाइ अनलाइन सस्करण मार्फत । सय प्रतिसत जनतालाइ इन्टनेटको पहुच छ फिनलैन्डमा बालवालिका वाहेक । अरुतिर जस्तो फिनलैन्डमा पनि पत्रिकाको आम्दानी कि पाठकवाट हो कि विज्ञापनदातावाट हो । रेडियोमा चाही  स्रोतावाट कम आउछ भने धेरै विज्ञापनदातावाट आउछ । विधुतीय माध्यमका सन्चार माध्यमले सरकारी टयाक्सवाट आम्दानी गर्छन ।
     
जुहा रेकोलाको र कुन्द दिक्षित
अनुमान के थियो भने इन्टरनेटमा निशुल्क सामाग्रि राखियो भने पाठकहरु ओरिएर आउँछन । र विज्ञापनदाताहरुले पनि विज्ञापन दिन्छन भन्ने अनुमान थियो । तर त्यस्तो भएन । विकसीत अमेरिका जस्तो अर्थात  फिनलैन्डमा के ट्रेन्ड छ भने पत्रिकाहरु घटदैछन । विज्ञापन पनि घट्दै गएको छ । र त्यो घटेको विज्ञापनले आफनो अललाइ सस्करणको लागि पैसा तिर्न पुग्दैन ।  परम्परागत पत्रकारहरुलाइ अहिले अन्योको स्थीती छ किन भने निशुल्क  सामाग्री  प्रसारण र वितरण हुन थालेपछि र सामाजीक सन्जाल जस्तै फेसवुक र ट्वीटर पनि सामाग्रीहरु पाठकले निशुल्क पढन पाउन थालेका छन । त्यस्तो वेला आयो की पत्रकारको अव काम नै के छ र । सामाजिक सन्जाल र नागरिक पत्रकारहरुले परंम्परागत पत्रकारको काम गर्न थालेपछि हाम्रो काम के त भनेर सोच्ने वेला पनि आएको थियो । तर १० वर्षको अनुभवले फिनलैन्डमा के देखाएको छ भने साच्चीकै राम्रो गहिरिएर हेर्ने स्वतन्त्र खोज पत्रकारिताको अझै खाचो छ । यसलाइ सवैले के भन्थे भने पत्रकारिताको संकट हो भन्थे । तर यो पत्रकारिताको संकट होइन रहेछ । अनलाइन पत्रकारितावाट कसरी पैसा कमाउने भन्ने मालिकहरुको संकट रहेछ । साच्चीको समस्या त्यहा रहेछ । पैसा नकमाउने माध्यमवाट कसरी पत्रकारहरु पाल्ने त । भन्ने संकट आयो ।  नयाँ मिडियाको स्थापना भएको छैन र पुरानो पनि मरिसकेको छैन । गएको ४ वर्षमा १० प्रतिसत मिडिया कर्मीहरुले जागिर गुमाए ।  मालिकहरुमा त्रास छाएपछि वजेट कटौतीसगै र जागिर पनि कटौती गर्न थाले । रक्सीको एक पेग छ भने अरु पेगमा पानी हालेर खाए जस्तै पाठकहरुलाइ पढने सामाग्रीहरु पस्कीरहेका छन । सामाग्री पनि कटौती गरिएको छ । फिनलैन्डको जनसंख्या ५० लाख छ । त्यहाको सवैभन्दा ठुलो मिडिया हाउस हेनसिल्कीको सर्कुलेसन ६ लाख मात्र छ । त्यो पत्रिका ब्रोडसिटवाट ट्यावलेट साइजमा परिवर्न भएको छ । त्यो मिडिया हाउसको न्युज रुमहरु समायोजन गरिएको छ । टिभी रेडियो र पत्रिकाकाहरुको न्युज रुमा समायोजन भयो । र पत्रकारहरुले सवै खाले काम गर्नु पर्यो । समायोजन पछि २० प्रतिसत पाठक  घटेपनि अनलाइन सस्करणमा भने पाठक वढे ।

      त्यसैगरी सानो पत्रिकालाइ अझ धेरै चुनौती आयो । एक आपसमा सहकार्य गर्न थाले । सामाग्री आदान प्रदान गर्न थाले सम्वाददाताहरु कटौती गदै  खर्च कटौती गर्न थाले । अहिले फिनलैन्डमा स्लो जोर्नलिजम एसोसीएसन छ । त्यसले महिनाको एउटा रिपोर्ट प्रकाशित गर्छ खोज गरेर । त्यसले त्यहाको राजनितिक हलचल ल्याएको छ । यसरी अनलाइ पत्रिकाले त्यहाको प्रधानमन्त्रीलाइ पनि हम्मे हम्मे पारेको छ । त्यो भ्रष्टाचार सम्वन्धीको समाचार थियो ।
      अनलाइ पत्रिकामा विज्ञापन आउदैन । विज्ञापनदाताहरुलाइ आर्कषण गर्न विभिन्न अफर ल्याएका छन । विश्वाशनियता स्वतन्त्रता र सृजनात्मक भएमा पत्रकारले जागिर गुमाउनु पदैन भन्ने पुरानो मन्त्र कायम राखे पत्रकारले जतिसुकै नया धारमा पत्रकारिताको ट्रेन्ड परिवर्तन भएपनि पत्रकारले जागिर गुमाउनु पदैन ।

कुन्द दिक्षित

प्रकाशक सम्पादक
नेपाली टाइम्स  

पहिला म इन्टरनेट र सामाजीक सन्जाल नेपालका लागि उपयोगी हुदैन भन्थे । तर यति चाडो परिवर्तन आयो की अक्षर चिनेर मात्र साक्षर नहुने स्थीती आयो । कम्युटर चलाएर नयाँ ज्ञान ल्याउन सक्ने मात्र साक्षर मानिन बेला आएको छ । त्यसैगरी भाषा पनि अंग्रेजी अनिवार्य भएको छ । यसो भएमा हामी विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्छौ । भविष्यमा यी परिवर्तन आफै आउछ । २०१२ नभेम्वरमा भारतमा एउटा तथ्याङक प्रकाशित भएको थियो । त्यो तथ्याङक अनुसार पीसी र ल्यापटपमा इन्टरनेट चलाउने भन्दा पनि मोवाइल र ट्यावलेटमा इन्टरनेट चलाउनेको संख्या धेरै थियो । बीबीसीले पत्रकारलाइ मल्टीमिडियाको तालिमा दिन थालेको छ । अव मल्टीमिडिया पत्रकारिताको जमाना आयो । मो जो अर्थात माइवाइल जोर्नालिजम को जमाना आयो । नेपालमा अनलाइन सस्करणहरुले पैसा कमाउन सकेका छैनन । अझै पनि इन्टनेटले दिएको अवसर प्रयोग गर्न सकेका छैनौ । पत्रकारहरुका माझ नागरिक पत्रकारसग कसरी प्रतिस्पर्धा गर्ने ? यो चुनौती आएको छ । त्यसैले हामी पत्रकारले सुचनालाइ कसरी फिल्टर गर्ने अनी चेक गरेर प्रकाशित गर्ने त्यता ध्यान दिनु पर्छ ।

चिठ्ठीवाट समाचार पठाउने समयका केही अनुभवी पत्रकारहरुको भनाइ
 अनिल अनल
 नविन साप्ताहिकका सम्पादक

चिन्ता हामीले पनि वुझेका छौ । अनलाइन पत्रकारिताका विषयमा तालिम भयो भने हामीले पनि नया मिडियाका वारेमा सहि जानकारि प्राप्त गर्न सक्थे । तालिम दिनुपर्छ तव मात्र स्थानीय पत्रिका स्थापीत हुन सक्छ । जव सम्म नया प्रविधिको माध्यमवाट सिकाइदैन तव सम्म हामि सरभाइव गर्न सक्तैनौ । सम्पादक प्रकाशक र प्राविधिकलाइ खोज पत्रकारिता केन्द्रले तालिम दिनु पर्छ ।




भवानी वराल

पत्रकार
म पनि परंम्परागत पत्रकारिताको एक सदस्य हो । म चिन्तित छु । म पनि पत्रिका किनेर पढन छोडेको छु । इन्टरनेटमा नै पढछु । चाहिएमा प्रिन्ट गर्छु । नया मिडियावाट चुनौती आएको छ । परंम्परागत मिडियालाइ कसरी वचाउन सकिन्छ त्यस विषयमा छलफल नगरि नहुने भएको छ ।


मोहन भन्डारी
सम्पादक उदघोस दैनिक विराटनगर

खासै संकट आएको छैन चलिरहेको छ । अहिले पनि हामी परंम्परागत तरिकाले धामी लगाउने जमानामा छौ ।

हर्ष सुब्बा
कान्तिपुर

चिठ्ठी कुरिअर क्याक्स मर्फत समाचार पठाउथ्यौ । तर नया प्रविधिको विकाससगै पत्रकारले आफुलाइ अपडेट र अपग्रेट गर्नु पर्छ । लेखनमा पनि अपडेट गर्नु पर्छ । २० बर्ष अघि प्रिन्ट मिडिया मानव सभ्यतासग जोडीएकाले विस्थापित हुदैन भन्ने थियो । तर अहिले चुनौती आएको छ । अरु चुनौती आउन सक्छ । अपडेट र अपग्रेट भएर चुनौतीको सामना गर्नु पर्छ ।






0 प्रतिक्रिया:

Post a Comment