आज भोली निक्कै सुन्य महसुस हुन्छ । मन शान्त पनि भएको छ । कसैलाइ नियमित खाने कुरा
वोकेर भेटन जाने रुटिन सकिएको छ । आफनो काम मनग्गे गर्न पाएका छौ म लागायत मेरा
अननिय मित्र सविता सुनिता अनी दिदी सीलाले । हामी नभेटेको र कुरा नभएको दिन प्राय
हुदैन । केही नयाँ कुरा भयो की एक आपसमा हामी आदान प्रदान गछौ । समस्या परेमा एक
भएर जुटछौ । त्यसैकारण वेवारिसे अवस्थामा भेटिएकी निर्मलाको सफल उपचार भयो । उनलाइ
धनकुटा मुलघाटमा रहेको विश्रान्ती बृद्धा आश्रममा आश्रय दिलाउन सफल भयौ ।
बाटोभरी
निर्मलालाइ जिसक्याउदै लग्यौ । उनी पनि हामीलाइ कान्छु छोरी भन्दै मायाँले
वोलाउछिन । उनका लागि हामी सवैजना कान्छु छोरी हौ । उनलाइ हाम्रो नाम थाहा छैन ।
सायद सम्झन नसेकेकी हुन सक्छ । हातमा पाउरोटी वोकेर हामीलाइ भोक लाग्यो खाउ भन्दै
पटक पटक वाटोमा अनुरोध गरिन । अव हामी भेटन आउदैनौ । एक्लै वस्नु ल भन्दा अ।।।।।।।
भन्दै रिसाइन । यसपटक हामीले उनको
परिवारको वारेमा कुरा कोट्याएनौ । उनलाइ परिवारको कुरा गर्ने वित्तीकै भक भकाउन
थाल्छीन । बोल्न नै छोडछिन । करिव साढे १ घन्टापछि हामी आश्रममा पुग्यौ । आश्रमकी
कमला दिदी र व्यवस्थापन समितिको अध्यक्षलाइ जिम्मा लिएर हामी त्यहावाट निर्मलालाइ
हात हल्लाउदै विदा भयौ । निर्मला खाना खानमा नै व्यस्त थिइन ।
आश्रममा निर्मला । |
अहिले निर्मला
हाम्रो गफ गर्ने माध्य भएको छ । भेट भयो की निर्मलाको बारेमा कुरा गरेर रमाइलो गछौ
कहिले काही । मन पनि खिन्न हुन्छ । परिवार भेट्टाउन नसकेकोमा । तर हामीले परिवार
खोज्न धेरै कोसीस गरेका थियौ तर सफल भएनौ । निर्मलाले राती निद्रामा बाली बाली
भनेर वरवराउने गर्छिन रे । २ महिना धरानको छाता चोक स्थीत पुर्नस्थपना केन्द्रमा उनी
सगै वसेका वहिनीहरुका अनुसार । निर्मलाले सविता राइसग वाली र चेतना नाम गरेकी छोरी
छन भनेकी थिइन । उनीहरु गाइघाटमा छन रे । तर हामीले पत्ता लगाउन सकेनौ ।
हामीले निर्मलाका लागि कसैलाइ चामल माग्यो । लुगाफाटा
माग्यौ । अनी ओढने ओछ्याउने माग्यौ । मनकारी कसैले नाइ भनेन । यही सहयोगी हातहरुका
कारण आज हामीले निर्मला खडकाको जिवनमा थोरै भएपनि रंग थप्न सफल भयौ । समाचार पढेका
र फेसवुक अनी ट्वीटरका माध्यमवाट धेरैले सहयोग गरे । धरानकी महेन्द्र स्वो रुमकी
दिदी धन माया तामाङले ओढने ओछयाउने दिइन । साथी पुर्णिमा तिगेलाले पुरानो कपडा
संकलन गरेर दिइन । अनी साथी अमृताले उनको अफिसका साथीसग आर्थिक संकलन गरेर सहयोग
गरिन । मिना श्रेष्ठ दिदीले एक वोरा चामल र दाल दिएन् । एलिसा दिदीले खाने तेल र
खाजाका लागि वाइ वाइ प्रदान गरिन् । यसरी सहयोग गर्ने धेरै छन् । उहाँहरु सवैलाइ
धेरै धन्यवात दिन चाहान्छौ । त्यसैगरी आश्रम राख्नका लागि धरानका समाजसेवी मदन
प्रसाद श्रेष्ठले धेरै सहयोग गरे । निर्मलालाइ आश्रम सम्म पुर्याउन गाडि पनि उपलब्ध
गराए ।
असार २१ गते
वेवारिसे अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षा
अगाडि भेटेका थियौ । २ महिना लामो उपचार पछि उनको टाउकोको घाउ पुरीएको छ । उनी
मोटाएकी छिन । उनको स्वभाव अनौठो छ । कसैसग वोल्दीनन । उनलाइ मासु असाध्य मन पर्छ
। मासु भन्न साथ खुशीले चिच्याउछिन ।
निर्मलाको सफल
उपचार पछि असोज ३ गते हामीले निर्मलालाइ आश्रमा पुर्याएका छौ । उनको अवको बाकी
जिवन त्यही आश्रममा वित्नेछ ।
0 प्रतिक्रिया:
Post a Comment