निर्मलाको घाउ पुरिएको छ ।



निर्मलाको घाउ पुरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा सुरेश शाहले उनको घाउलाइ मजाले सीलाइ दिएका छन । अव घाउ आफै पुरिएर जाने छ । यदि पुरिएन भने शरिरको अन्य भागको मासु ल्याएर टाली दिने डा शाहले वताएका छन । अत्यन्तै व्यस्तताका वावजुत पनि डा शाहले निर्मलाको टाउको घाउलाइ सीलाइ दिएकोमा हाम्रो टिम आभारी छौ ।
      कोशी अन्चल प्रहरी कार्यलयलाइ फोटो सहित परिवार खोज्न आग्रह गर्यौ । तर पत्ता लाग्न सकेको छैन । निर्मला पनि परिवारमा फर्कन मन लागेको छैन । अव उहालाइ कुनै आश्रममा लगेर राख्ने योजनामा छौ । 
निर्मलाको घाउ सीलाएको दिनको तस्वीरहरु ।
डा रिकेश कार्कीलाइ पर्खदै निर्मला र साथमा सुनीता र सीला ।

घाउ सिलाउनको लागि कपाल खौरिदै । कपाल खौरिएको रकम मन्जु शाक्यले दिएकी थिइन ।

घाउ सिलाए पछि अपरेशन कक्षवाट फर्कदै निर्मला ।

डा सुरेश शाहको साथमा निर्मला ।

डा सुरेश शाहको साथमा निर्मला ।

निर्मलाको घाउ सीलाउदा ओटी अगाडि कुर्दै सीला, सुनिता र सविता ।

4 प्रतिक्रिया:

  1. nirmala boju ko chhori haru lai mannai parchha :)

    ReplyDelete
  2. सलाम छ मेरो दिदीहरु लाई

    ReplyDelete
  3. सलाम छ मेरो दिदीहरु लाई

    ReplyDelete