Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

मन्तरे अकुर

पानि रहने छाँट नै देखिएन । अलिक मन कस्तो कस्तो भर्इरहेको थियो । सधै समाचार संकलन गर्न जाँदा फुरुङग हुने मन आज कता कता गह्रुगो लागिरहेको थियो । सम्पादकसँग कसरी सहज हुन्छ त्यसैगरी अन्तवार्ता लिने भन्ने सल्लाह भयो । अकुरको घरमा फोन गरे । जेठि भाउजुले फोन अठार्इन । मैले मेरो परिचय दिए । त्यसपछि अकुरको जेठा दार्इ देव वहादुर तामाङसग कुराकानी भयो । मैले अप्ठ्यारो मानी मानी म तपार्इहरुसग कुराकानी गर्न चाहान्छु अकुरकाबारेमा आउन सक्छु भनेर अनुमति मागे । उनले सहजै अनुमति दिए । "आमा बुवा भने वोल्न सक्दैनन" देव वहादुरले मसग टेलीफोनमा सुनाए । घरको लोकेसन सोधे । भेट्ने समय लिएपछि । एकछिन तयारि गरे । कसरी प्रश्न सोध्नेहोला भनेर ? मेरो प्रश्नले पिडामा भएका बेला झन पिडा हुन्छ की भनेर खुव चिन्ता लाग्यो । रुवाबासी होला । यहि कल्पना गरे । तर पनि उनीहरुसँग कुरा नगरि सुखै छैन । यही कुरा मनमा खेलाउदै म तरहरा अकुरको घर तिर हुइकिए । पानी परिरहेको थियो । पानिमा रुझ्दै अनेकन मनमा कुरा खेलाउदै चारकोसे जंगल छिचोले । फोटो, भिडियो पनि लिनु पर्ने । कुराकानीका लागि मसँग जम्मा जम्मी २ मिनेट समय छुट्यार्इएको छ । चुनौती नै चुनौती ।
लाखमाँया तामाङ (अकुरकी आमा )
      तरहरा पुगेर अंकुरको घरमा फोन गरे । मलार्इ वजारवाट पश्चिम तिर आउनु भनियो । त्यही अनुसार म घर तर्फ गए । दुर्इ तले आर्कषक घर नजिकै पुगे । घरको पहिलो तलाको बाहिर पट्टीको बरन्डामा थुप्रै जना मानिस देखे । अकुरको घर हो की भन्दै यसो नियालेको मात्र के थिए एक जना महिलाले हातले बोलार्इन । अकंरको घर यहि भन्ने संकेत मिलेपछि घर अघि स्कुटर रोके । स्कुटरको डिकीमा राखेको रेकर्डर, मोबार्इल, क्यामेरा  झिके । अनि घर भित्र छिरे । सवैसग परिचय गरे । आफन्त र छिमेकी जम्मा भएका थिए । कहाँबाट कसरी कुरा शुरु गर्ने भनेर एकदमै अप्ठ्यारो महसुस भयो । पानी कति परेको भन्दै अनौपचारिक कुरा गरे । त्यहाँ उपस्थित भएकाहरुले पनि हिजो देखि परेको पानी रोकिएको छैन भने । घर छेउको खाली जग्गामा भ्यागुत्ताहरु यसरी करार्इरहेका थिए की मानौ अकुरको निधनको खवरले रोएको झै भान भो मलार्इ । भ्यागुत्ता किन यति सारो बोलेको भन्दै वरन्डावाट खेततिर हेरे । वरन्डावाट भ्यागुत्ताहरु घाँटी फुलार्इ फुलार्इ कराएको स्पस्ट देखे । पानी पर्दा यसरी नै भ्यागुत्ता कराउने गरेको उनीहरुले सुनाए ।
      अफगानिस्तानको राजधानी कावुलमा भएको अात्मघाति वम हमलामा ज्यान गुमाउने १२ मध्ये अकुर तामाङ एक थिए । मलार्इ कसरी कुरा गरौ भनेर विलखवन्धमा परिरहेको वेला अकुरको निधन प्रति समवेदना व्यक्त गर्न आएकी एक महिला दिदीले  मोरङका एक जना घार्इते भएको कुरा कोट्यार्इन । अकुरको परिवारलार्इ भेटेर छापिएको समाचारपत्र घरमा राखिएको रैछ । अर्की एक महिलाले नागरिक देखाउदै भनिन् "नानी यहाँ समाचार छ।" मैले हेरे अकुरको दाजु भाउजुसग कुरा गरेर लेखिएको समाचार थियो । त्यसपछि वल्ल कुराकानी गर्ने गर्न अलिक सहज भयो । अकुरका जेठा दाजु देव वाहदुरले अकुरको पार्थिव शरिरलार्इ ल्याउनका लागि सहि गरेर पठार्इ सकेको वताए । उनी पनि सात वर्ष सम्म अफगानिस्तान वसेको अनुभव सुनाए । भार्इ अकुर साब्रे इन्टर नेसनल कम्पनी मार्फत अफगानिस्तान गएको वताए । त्यसपछि उनले उहाँ मेरो आमा हो । अहिले ६५ बर्ष पुग्नु भो भनेर आमा तर्फ औला देखाउदै चिनाए । यति कुराकानी गर्दा गदै अकुरका ठुलो आमा र सानीआमाहरु आर्इपुगे । गेटमा दिदी वहिनीहरु देख्न साथ अकुरकी आमा लाख माँया तामाङ फेरी ठुलो आवाज निकालेर रुन थालिन । फेरी कुराकानि रोके । त्यो दुखद घडिको भिडियो खिचे । तस्वीर खिचे । मन मनै कस्तो पेशा  ? अरु रुदा अरुको पिडालार्इ चाख मानि मानि खिचेर वाहिर ल्याउनु पर्ने हो भनेर भुतभुताए । रुवार्इ कम भएपछि एकछिन सन्नटा छायो । सानो एक वालकले किन फोटो खिचेको भनेर मेरो छेउमा आएर सोधे । म अवाक भए ।
बुबा भिम वहादुर तामाङ
      के गर्नु तपार्इहरु पिडामा हुनुहुन्छ । तर पनि म कुराकानी गर्न आएको छु । तपार्इहरुलार्इ गारो लाग्छ भने पनि ठिकै छ कुराकानी नगर्दा पनि हुन्छ । तपार्इहरुको सुझाव मान्न तयार छु भने । अकुरका दार्इले कुरा गरौ न हुन्छ नी भनेर सहजै अनुमति दिए । कुराकानी शुरु गर्दा मैले अकुरको नाम अङकुर भनेर उच्चारण गरे । पत्रपत्रिकाले अङकुर भने तर सहि नाम चाही अकुर हो भनेर मलार्इ सम्झाए । मेरो नाम देव वहादुर हो देवराज लेखेछन । अङकुर भनेर गरेको उच्चारण मैले अकुर भनी सच्याए । उनीसग १५ मिनेट जति कुराकानि गरे । कुरा गर्दा गदै उनी कयौ पटक भक्कानिए । अकुरको निधनको खवर आए देखि परिवारका सदस्य सवै जना सोकमा डुवेका । "मलार्इ सम्हाल्न गाह्रो भर्इरहेको छ" देव वहादुरले भने । बुहारी आउदै छ हेटौडाबाट झन गारो हुने होला अव भन्दै थिए । कुराकानी सकेर म विदा माग्ने तरखरमा थिए । अकुरकी मार्इली भाउजुले चिया खान भान्सामा वोलार्इन । म चिया खाँदिन । ढिला भो जान्छु भने । पानी परिराँको छ । तातो चिया खाएर जानलार्इ उनले कर गरिन् । मैले नार्इ भन्न सकिन् । चियाको एक सुर्को के तानेकी थिए अकुरकी श्रीमती गोमा गोले आर्इपुगिन । फेरी घरमा रुवावासी चल्यौ । म चिया खान छोडेर फोटो खिच्न भिडतिर हिडे । अकुरकी श्रीमती गोमाले आमा लाखमाँयालार्इ च्याप्प अङगालो मारेर आमा के भयो नी भन्दै रुर्इरहेकी थिर्इन । साथमा अरु पनि रोइरहेका थिए ।  रोएको देखेर मेरा पनि आँखा रसाए । फोटो खिच्न नै भुलेछु । एक जना पत्रकार साथिले भने धमाधम भिडियो खिचिरहे । भिडभाड भयो । भिडभाड नगर्नु उता खुला ठाँउमा लानुन आमा र गोमालार्इ मैले अकुरकी जेठी भाउजुलार्इ सुटुक्क भने । नभन्दै अडेसा दिदै आमा लाखमाँया र गोमालार्इ खुला ठाँउमा लगियो । म अलमल्ल परे । घरको बरन्डामा जेठा दार्इ देव वहादु आँसु पुछिरहेका थिए । बिदा माग्न सकिन । समाचार संकलन गर्न आइपुगेका धन वहादुर पुरी पनि डाइरी र कलम लिएर चुपचाप वसीरहेका थिए । फोटो खिच्नु भो भन्दै हातले संकेत गरिरहेका थिए । मैले छैन भनेर टाँउको हल्लाए । यति खेर सम्म म पुगेको चार घन्टा वितेको थियो । मलार्इ घर फर्कन हतार भएर पनि फर्कन सकिरहेको थिइन । पत्रकार हतार हतार आयो । सोधे गए । भन्छन होला भनेर मन भित्र डर भर्इरहेको थियो । भित्र रुवावासी चलिरहेकै थियो । देव वहादुर उठेर वरन्डामा छिरेको पानी वाइफरले सोर्न थाले । अव विदा माग्ने समय यो नै हो भनेर मनमनै फैसला गरे । कुरा कानी गरे दुख दिए नरिसाउनु होला भनेर देव वहादुरसग हात जोड्दै माफ मागे  । "किन रिसाउनु । अव के गर्नु यस्तै भयो । अव रोएर भार्इ आउदैन ।" हात जोडेर विदा मागे । यता भन्सामा मलार्इ दिर्इएको चिया त्यसै थियो । चिया दिने अकुरकी मार्इली भाउजु पनि आँसुका ठुला ठुला ढिक्का खसाउदै देवरलार्इ सम्झदै थिर्इन । एकछिन सम्झाए । रुन छोडिन । त्यसपछि उनीसग पनि विदा मागे । फेरी आउदै गर्नु है भनेर अनुरोध गरिन् । अकुर लाख माँया र ७८ वर्षिया भिम वहादुर तामाङका मन्तरे छोरा हुन ।
अकुरका परिवार 

      पत्रकारिता गर्ने क्रममा कयौ चोटी प्रश्न गर्दा गदै धेरैको आँसु झारियो । रोर्इरहेकालार्इ अन्तवार्ता गर्नु पर्दा सारै मन अमिलो भएका कयौ उदाहरण छन । यस्तो परिस्थितिमा के सोध्ने होला । कसरी कुरा गर्ने होला । कुरा गर्न नपरे नी हुने थियो भन्ने कुरा मेरो मनमा आउछ  । तर पेशा हो गर्नै पर्यो । त्यही भएर पत्रकार सारै कठोर अनी निष्ठुरी हुन्छन भनेर वेला वेला टिका टिप्पणी पनि आएका थुप्रै उदाहरण छन । प्रश्न सोध्दा । विचार पुर्याउन पर्छ । तर यति ध्यान दिदा दिदै पनि कहिले काही पनि चिप्लिहालिदो रहेछ । नसोध्नु पर्ने प्रश्नहरु सोधिदो रहेछ । कस्तो वाध्यता । धन्न अहिले सम्म कसैले यसरी कुरा गर्दा गदै हप्काएका छैनन । रिसएका छैनन । गालि गरेका छैनन । धन्य छु ति महान मन भएका अनी चौडा छाति लिएका सम्पुर्ण समाचारका मेरा पात्रहरुसँग ।  

बाकी जिवन त्यही आश्रममा वित्नेछ ।

आज भोली निक्कै सुन्य महसुस हुन्छ ।  मन शान्त पनि भएको छ । कसैलाइ नियमित खाने कुरा वोकेर भेटन जाने रुटिन सकिएको छ । आफनो काम मनग्गे गर्न पाएका छौ म लागायत मेरा अननिय मित्र सविता सुनिता अनी दिदी सीलाले । हामी नभेटेको र कुरा नभएको दिन प्राय हुदैन । केही नयाँ कुरा भयो की एक आपसमा हामी आदान प्रदान गछौ । समस्या परेमा एक भएर जुटछौ । त्यसैकारण वेवारिसे अवस्थामा भेटिएकी निर्मलाको सफल उपचार भयो । उनलाइ धनकुटा मुलघाटमा रहेको विश्रान्ती बृद्धा आश्रममा आश्रय दिलाउन सफल भयौ ।

      बाटोभरी निर्मलालाइ जिसक्याउदै लग्यौ । उनी पनि हामीलाइ कान्छु छोरी भन्दै मायाँले वोलाउछिन । उनका लागि हामी सवैजना कान्छु छोरी हौ । उनलाइ हाम्रो नाम थाहा छैन । सायद सम्झन नसेकेकी हुन सक्छ । हातमा पाउरोटी वोकेर हामीलाइ भोक लाग्यो खाउ भन्दै पटक पटक वाटोमा अनुरोध गरिन । अव हामी भेटन आउदैनौ । एक्लै वस्नु ल भन्दा अ।।।।।।। भन्दै रिसाइन । यसपटक  हामीले उनको परिवारको वारेमा कुरा कोट्याएनौ । उनलाइ परिवारको कुरा गर्ने वित्तीकै भक भकाउन थाल्छीन । बोल्न नै छोडछिन । करिव साढे १ घन्टापछि हामी आश्रममा पुग्यौ । आश्रमकी कमला दिदी र व्यवस्थापन समितिको अध्यक्षलाइ जिम्मा लिएर हामी त्यहावाट निर्मलालाइ हात हल्लाउदै विदा भयौ । निर्मला खाना खानमा नै व्यस्त थिइन ।
आश्रममा निर्मला ।
      अहिले निर्मला हाम्रो गफ गर्ने माध्य भएको छ । भेट भयो की निर्मलाको बारेमा कुरा गरेर रमाइलो गछौ कहिले काही । मन पनि खिन्न हुन्छ । परिवार भेट्टाउन नसकेकोमा । तर हामीले परिवार खोज्न धेरै कोसीस गरेका थियौ तर सफल भएनौ । निर्मलाले राती निद्रामा बाली बाली भनेर वरवराउने गर्छिन रे । २ महिना धरानको छाता चोक स्थीत पुर्नस्थपना केन्द्रमा उनी सगै वसेका वहिनीहरुका अनुसार । निर्मलाले सविता राइसग वाली र चेतना नाम गरेकी छोरी छन भनेकी थिइन । उनीहरु गाइघाटमा छन रे । तर हामीले पत्ता लगाउन सकेनौ ।
हामीले निर्मलाका लागि कसैलाइ चामल माग्यो । लुगाफाटा माग्यौ । अनी ओढने ओछ्याउने माग्यौ । मनकारी कसैले नाइ भनेन । यही सहयोगी हातहरुका कारण आज हामीले निर्मला खडकाको जिवनमा थोरै भएपनि रंग थप्न सफल भयौ । समाचार पढेका र फेसवुक अनी ट्वीटरका माध्यमवाट धेरैले सहयोग गरे । धरानकी महेन्द्र स्वो रुमकी दिदी धन माया तामाङले ओढने ओछयाउने दिइन । साथी पुर्णिमा तिगेलाले पुरानो कपडा संकलन गरेर दिइन । अनी साथी अमृताले उनको अफिसका साथीसग आर्थिक संकलन गरेर सहयोग गरिन । मिना श्रेष्ठ दिदीले एक वोरा चामल र दाल दिएन् । एलिसा दिदीले खाने तेल र खाजाका लागि वाइ वाइ प्रदान गरिन् । यसरी सहयोग गर्ने धेरै छन् । उहाँहरु सवैलाइ धेरै धन्यवात दिन चाहान्छौ । त्यसैगरी आश्रम राख्नका लागि धरानका समाजसेवी मदन प्रसाद श्रेष्ठले धेरै सहयोग गरे । निर्मलालाइ आश्रम सम्म पुर्याउन गाडि पनि उपलब्ध गराए ।
      असार २१ गते वेवारिसे अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षा अगाडि भेटेका थियौ । २ महिना लामो उपचार पछि उनको टाउकोको घाउ पुरीएको छ । उनी मोटाएकी छिन । उनको स्वभाव अनौठो छ । कसैसग वोल्दीनन । उनलाइ मासु असाध्य मन पर्छ । मासु भन्न साथ खुशीले चिच्याउछिन ।

      निर्मलाको सफल उपचार पछि असोज ३ गते हामीले निर्मलालाइ आश्रमा पुर्याएका छौ । उनको अवको बाकी जिवन त्यही आश्रममा वित्नेछ ।

निर्मलाको घाउ पुरिएको छ ।



निर्मलाको घाउ पुरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा सुरेश शाहले उनको घाउलाइ मजाले सीलाइ दिएका छन । अव घाउ आफै पुरिएर जाने छ । यदि पुरिएन भने शरिरको अन्य भागको मासु ल्याएर टाली दिने डा शाहले वताएका छन । अत्यन्तै व्यस्तताका वावजुत पनि डा शाहले निर्मलाको टाउको घाउलाइ सीलाइ दिएकोमा हाम्रो टिम आभारी छौ ।
      कोशी अन्चल प्रहरी कार्यलयलाइ फोटो सहित परिवार खोज्न आग्रह गर्यौ । तर पत्ता लाग्न सकेको छैन । निर्मला पनि परिवारमा फर्कन मन लागेको छैन । अव उहालाइ कुनै आश्रममा लगेर राख्ने योजनामा छौ । 
निर्मलाको घाउ सीलाएको दिनको तस्वीरहरु ।
डा रिकेश कार्कीलाइ पर्खदै निर्मला र साथमा सुनीता र सीला ।

घाउ सिलाउनको लागि कपाल खौरिदै । कपाल खौरिएको रकम मन्जु शाक्यले दिएकी थिइन ।

घाउ सिलाए पछि अपरेशन कक्षवाट फर्कदै निर्मला ।

डा सुरेश शाहको साथमा निर्मला ।

डा सुरेश शाहको साथमा निर्मला ।

निर्मलाको घाउ सीलाउदा ओटी अगाडि कुर्दै सीला, सुनिता र सविता ।

बेलवारीको जुत्ता र मोसोको कथा ।


मोरङ वेलवारी करम डाडाकी माया सार्की र मनोज विश्वकर्मालाइ गाउलेले मोसो दलेर जुत्ताको माला लगाइ दिएको घटना फेसवुक मार्फत सनसनी भो । वास्तविकता वुझन म पनि करम डाडा तर्फ हुइकिए । स्थानीय पत्रकार साथीहरुको सहयोगमा घटना भएको स्थान करम डाडाको अन्नपुर्ण एकेडेमीमा पुगे । म पुग्ने वित्तिकै घटनाको वारेमा वुझन मानवअधिकारकर्मी र सन्चारकर्मीहरु पनि आइपुगे । माया सार्कीलाइ सहयोग गर्नेहरु डराएका जस्ता देखिन्थे । भएको घटना पनि खुलेर भन्ने अवस्थामा थिएनन । साउन ६ गते वेलुका माया सार्की कामबाट घर फर्कदै गर्दा  उनको घर नजिकै सिसौली खोलामा उनलाइ एकजनाले मुख थुनेर दुव्यावहार गर्न खोज्यो । जसो तसो जोगीइन । रीम रिम साझ भएकाले अनुहार राम्ररी ठम्याउन सकिनन । हातपात गर्ने व्यत्ती उनका छिमेकी जिवन भेटवाल जस्तै लाग्यो उनलाइ । अनी वोली र जिउडाल पनि उस्तै लाग्यो । हात टोकेर चिच्याएर वल्ल तल्ल उम्कीइन । अनी कुदेर घर आएर गाउलेलाइ गुहार मागिन ।
अन्नपुर्ण एकेडेमी जहा माया र मनोजलाइ दुव्यावहार गरिएको थियो ।
उनलाइ साथ  मिना भुजेल विमला राइ दिपा तामाङ हर्कमाया भुजेल  मैया तामाङ र विमला थापा र मनोज विश्कर्मा लगायतले साथ दिए । राती आठ वजे इलाका कार्यलय वेलवारीमा उजुरी दिन पुगे । उनको मौखिक उजुरीको आधारमा माया सार्कीले शका गरेकी जिवन भेटवाललाइ प्रहरीले प्रहरी कार्यलयमा ल्यायो । तर मायाले भने अनुसार हातमा टोकेको नभेटीएपछि । प्रहरीले उल्टै हप्काएर पठायो । उनका सहयोगी पनि खङग्रगै भएर फर्कीए । राम्रो केर कार गर्नको साटो प्रसस्त प्रमाण नभएको भन्दै जिवन भेटवाललाइ छोड्यो । मायाले प्रहरी कार्यलयमा माफ पनि मागिन ।
    साउन ७ गते विहान आठ वजे सम्म माया सार्कीले समाज भेला हुने भनेकाले पर्खिइन । तर कसै गाउले भेला नभएका कारण उनी काम गर्न गइन । विस्तारै गाउले भेला हुन थाले । माया सार्कीलाइ साथ दिने मिना भुजेलले कुटाइ खाइन । पत्रकार मनोज विश्वकर्मालाइ त मसो दलेर कुटपिट गरे । अरु सहयोगीहरुलाइ पनि जिवन भेटवालका आमा श्रीमतीले कुटपिट गरेछन । सारा जम्मा भएर मनोजलाइ तथानाम गालि गरेको मनोजले वताए ।
माया सार्कीको घर
त्यतिकैमा माया सार्की अन्नपुर्ण एकेडेमीमा आइपुगिन । उनलाइ उपस्थीत पुरुषहरुले कस्ले उचालेर थाना गइस भन्दै गालि गरे । उनलाइ मसो दलि दिए । जुत्ताको माला लगाइ दिए । उनलाइ त्यस्तो दुव्यावहार गरि रहदा सारा गाउले रमिता हेरेर रमाए । ठिक्क पर्यौ भन्दै तालि पिटे । भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र वचाउन सकेनन । मन हुदा हुदै वचाउन नसकेको गुनासो उनीहरुले म सग पोखेका थिए । उनीहरुसग मैले निक्कै वेर एक्लै वसेर छलफल गरे । अलिकति अधिकारका कुरा कुनै कार्य गरेमा सुवेदी प्रसाइ र भेटवालहरु रिसाउने गरेको गुनासो उनीहरुले पोखे । चाहेर पनि उनीहरु सत्य कुरा वोल्न नसकेका रहेछन भन्ने थाहा भयो । उनीहरु सारै नै पेलिएर वसेका रहेछन । त्यहाका स्थानीय सन्जय सुवेदीले त वलमा वल पैसामा पैसा भन्दै अरुलाइ धम्क्याउने गरेको गुनासो समेत पोखे गाउलेहरुले । वेलवारीको प्रहरीहरु पनि यस्तै सीमीत व्यात्तीहरुको इसारामा चल्ने गरेको गुनासो पोखे । 
मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थितीमा पक्ष र विपक्षसग कुराकानी गरिएको थियो । कुराकानीका क्रममा उपस्थीत विपक्षका महिलाहरुले माया सार्की र मनोज विश्कर्मा माथि भएको दुव्यावहारलाइ ठिक मानीरहेका थिए । शिक्षित भनाउदाहरु पनि जुत्ताको माला लगाउनु र मोसो दल्नु वेठीक भएको वताइरहदा उनीहरुको व्यावहार भने पिडित प्रति सकरात्मक देखिएन । पिडककै एजेन्टको काम गरिरहेका रहेछन भन्ने महसुस गरे । प्रत्यक्षदर्सीहरुको भनाइ यस्तो छ । 
मोसो दल्न र जुत्ताको माला लगाउन  भोजराज वस्नेतले उकासेको कुरा टकमाया प्रसाइ लगायत अरुले मानवअधिकार कर्मी र पत्रकारको उपस्थितिमा वताएका थिए । थप बुझ्न यहा सुन्नुहोस ।
ट‌कमया प्रसाइ ।

              घटना घटेपछि मनोजले इलाका प्रहरी कार्यलयमा आफुमाथी दुव्यावहार भएको भन्दै निवेदन दिएका थिए । निवेदन यस्तो थियो ।

तर इलाका प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी निरिक्षकले पिडकको पक्षमा रहेर सहमति गराउन वाध्य पारे । उल्टै माया सार्की र मनोज विश्वकर्मालाइ माफ मगाइयो । सहमति यस्तो भएको थियो ।

माया सार्कीलाइ दुव्यावहार गरेपछि उनी गाउ छोडेर गइन । माइतीघर इन्द्रपुर ३ मा छोरा छोरी सहित वसेका वेला उनीसग गरिएको कुराकानी यस्तो छ । कुराकानी सुन्न यहा क्लिक गर्नुहोस ।
२०६८ साउनमा उनका छिमेकी ६० बर्षिया रामचन्द्र भेटवालले माया सार्कीकी आफन्त १३ बर्षिया वालिकालाइ वलत्कार गरेका थिए । वलत्कार गरेको कुरा माया सार्कीले देखेकी थिइनन । त्यही आधारमा वलात्कार जस्तो गम्भिर घटनालाइ पाच कठ्ठा जमिनमा सामसुम पारीएको थियो । त्यो घटना पछि रामचन्द्र भेटवालका परिवारसग मायाको वोलचाल वन्द भएको थियो । रामचन्द्र भेटवाल जिवन भेटवालका वुवा हुन । यसैकारण पनि त्यो परिवारले उनलाइ सिद्धयाउन खोजेको माया सार्कीको आशका छ ।
रामचन्द्र भेटवाल ।
 माया सार्की माथी दुव्यावहार हुदा रामचन्द्र भेटवाल पनि उपस्थित थिए । तर उनले आफनो भने सहभागिता नभएको वताए । तर भिडियोमा उनको पनि उपस्थिति भएको स्पष्ट हुन्छ । यो घटना प्रति उनको भनाइ यस्तो छ ।  मिलापत्र गराइएको घटनाका विषयमा सार्वाजानीक भएपछी प्रहरीले माया सार्कीलाइ खोजेर ल्याएर जाहेरी दिन लगायो । जाहेरीमा जीवन भेटवाल उनीकी श्रीमती सोविता भेटवाल आमा अम्बीका भेटवाल काकाका छोरा अमित भेटवाल कमला भेटवाल चन्द्रकला भेटवाल र कविन्द्र प्रसाइका विरुद्धमा दिइन । कविन्द्र प्रसाइ पक्राउ परेका छैनन । त्यसैगरी मनोजले घटनालाइ उक्साएको भन्दै वेतना एफएमका भोजराज वस्नेत  र राजु वस्नेतका विरुद्धमा जाहेरी दिइएको छ । साइवर अपराध अन्तर्गत वेतना एफएमका नरेन्द्र वस्नेतका विरुद्धमा पनि जाहेरी दिइएको छ ।  तर अहिले सम्म पनि प्रहरीले उनीहरुलाइ पक्राउ गरेको छैन । उनीहरुलाइ सार्वजानीक अपराध र जातिय विभेद तथा  छुवाछुत एन २०६८ अनुसार मुद्धा चलाइएको छ । मायाँ सार्कीलाइ मनो परामर्षका लागि ओरेक नेपाल विराटनगरमा राखिएको जिल्ला प्रसासन कार्यलय मोरङले जानकारि दिएको छ । घटना २०७०  साउन ६ र ७ गते भएको थियो ।
घटना भएदेखि माया सार्कीको घर वन्द छ । 




मुख खोलिन निर्मला कान्छीले


निर्मला खडका कान्छीसग हाम्रो भेट भएको आज असार ३० गते १० दिन पुग्यो । थोरै वोल्ने निर्मला आज धक खोलेर वोलिन सवैलाइ रुवाइन । उनी हासेको दिन पनि हामीलाइ रुवाएकी थिइन । साथै हाम्रो मन पनि आनन्दित भएको थियो । आज पनि निर्मलाको मन परेको गाठो थोरै भए पनि फुकीएको छ । जुन पिडाले उनलाइ सडकको कठिन जिवन यापन गराउन वाध्य गरायो ।
           निर्मला आज कल खुसी छीन कान्छी छोरी भन्दै हातका औलाहरुले गालामा म्वाइ खान्छिन । अनी हामी जान लाग्दा बाइबाइ भन्दै विदाइ गर्छिन । टाढा वाट हामीलाइ उमममम्मा भन्दै म्वाइ खान्छिन । धक खुलेर हास्छिन । जव परिवारको कुरा निकाल्न थाल्यो उनको मुहारमा एक्कासी अध्यारो हुन्छ । मुख आ पारेर हाइ गदै हामीले बोलेको कुरा नसुने झै गरेर हाम्रो कुरा टार्छिन । अनी हामीसग झोकिन्छिन् । हामी रमाइलो कुरा गरेर अनी मासु ल्याइदिन्छौ ल भनेर फकाउदा फेरी उनको मुहार हसीलो हुन्छ । अनी कान्छि छोरी भनेर तोते बोली बोल्दै हामी सवैजनाको गालामा मुसार्छिन ।

             दिनमा एकपटक सुनीता, सविता, म अनी सीला दिदी निर्मलालाइ भेटन जान्छौ । उनको हेरचाहका लागि एकजना कुरुवा राखेका छौ । कुरुवा दिदीले पनि उनलाइ राम्रो हेरचाह गरिरहेकी छिन । वरीपरीका विरामीका कुरुवा सवैजना निर्मलाका साथी भएका छन । उनलाइ सवैले ठट्टा गदै जिस्काउछन । त्यति वेला घरी घरि निर्मला रिसाउछिन भने घरी घरि मरी मरी हास्छिन । कुरुवाहरुले नै उनलाइ निधारमा कालो टीका लगाइ दिएका छन । उनको दिनभरीको क्रिया कलाव र वोलेका  कुरा हामी जानसाथ हामीसग सुनाउछन । कुरुवा वसेकाहरु वाटै गाइघाटमा चेतना र बाली भन्ने दुइ छोरी रहेको थाहा पायौ ।  


    तीन दिन अघि निर्मलाले हामीसग मासु खान मन लागेको वताइन । उनको माग वमोजिम खसीको मासु र चिउरा लगी दियौ । उनी अति खुसी भएर मासु खाइन । हामी अस्पताल आइनपुग्जेल सम्म कान्छी छोरीले मासु ल्याइ दिन्छ भन्दै हाम्रो वाटो हेरेर वसेको कुरुवा दिदीले सुनाइन । हामीले मासु लगि दियौ खुव रमाइलो मान्दै निर्मलाले मासु खाइन । भोली कुखुराको मासु ल्याइदिनु ल भनेर हामीलाइ अनुरोध गरिन । उनले भने वमोजीम खुकुराको मासु पनि लगिदियौ ।

    उनको परिवारमा को छन । उनी कहाकी हुन । त्यो त हामीलाइ थाहा छैन ।  त्यसैले हामी सधै यही कुरा सोचेर हिडिरहेका हुन्छौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका विरामीका कुरुवाहरुलाइ निर्मलाका वारेमा थाहा छ की भनेर सोधिरहन्छौ । तर कसैले पनि उनका वारेमा थाहा नभएको वताए । उदयपुरमा एक जना गणेश खड्का नामकाको आमा हराएको थाहा पायौ । त्यसपछि सविता राइले आमा गणेश खडका चिन्नु हुन्छ भन्दा चिन्छु । कान्छा छोरा हो भनिन । तर फेरी दोर्याएर आमा गणेशलाइ चिन्नु हुन्छ भनेर प्रश्न गर्दा देउता भनेर नमस्कार गरिन । उनको जवाफले उनी वसेको आइसो लेसन कोठा नै हासोले गुन्जीयो । निर्मलासग कुरा गर्न भेला भएका वरी परीका विरामीका कुरुवा अनी हामी सव जना  पेट मिची मिचि  हास्यौ । कति अवोध छीन निर्मला भन्दै कुरा गर्यौ  ।


    निर्मला सौचालय जान सक्ने भएकी छिन । आफै लुगा धुन सक्ने पनि भएकी छिन । उनी खाना पनि मजाले खान थालेकी छिन । उनलाइ मासु खुव मन पर्दो रहेछ । उनलाइ हामीले चप्पल पनि किनेर लगिदियौ । चप्पल लगाउन पाएको दिन पनि खुव खुशी भइन । खुरुरुरु चप्पल लाएर उनी सौचालय गइन । फुर्तीसाथ हावा खान जाने भन्दै वाहिर पनि निस्कीन । चप्पल लगाउन वानी नभएकाले होला उनको आधा खुट्टा भुइमा निस्कन्छ ।

    आजभोली त दिनमा एक पटक निर्मलालाइ नभेट्दा हामीलाइ पनि कस्तो लाग्छ । साझ साझमा अस्पताल गएर नर्मलासग कुराकानी गर्ने हाम्रो दैनिकी वनेको छ । यसैक्रममा आज हामी भेला भएर साझतिर सवैजना अस्पताल पुग्यौ । हामि अस्पताल पुग्दा निर्मला सौचालय गएकी रहेछिन । उनलाइ केही वेर कुर्यौ । उनी वाहिर आएपछि नमस्कार भन्दै वोल्दै हामीसग वाहिर आइन । उनको लागि खसीको मासु र चिउरा लगि दिएका थियौ । उनले चुपचाप प्लाष्टिकमा पोको पारिएको मासु र चिउरा खोलिन । उनलाइ खान खान भनी प्लाष्टिकको वट्टा एउदा किनिदिएका छौ । त्यसै वट्टामा चिउरा र मासु खन्याएर मुसीन । कहिल्यै पनि खाने कुरा नवाड्ने निर्मलाले आज उनको कुरुवालाइ एक चोक्टा मासु निकालेर दिन लागिन । हामीले तपाइ नै खानु भने पछि चुपचाप खाइन ।


    सल्लाह वमोजिम एक्लै राखेर उनको मनको कुरा खोतल्न सवितालाइ अनुरोध गर्यौ । सविताले कुरा खोतल्न थाले पछी उनी आँखा भरी आँसु पारेर रोइन ।  निर्मलाले उनको घर उदयपुरको राम पुर वताइन । उनको पतिको नाम पुष्प खड्का हो रे । गाँउमा उनका श्रीमानलाइ पुस्पे भनेर वोलाउछन रे । तर विरामले थलिएर उनको मृत्यु भएको वताउछिन । उनका १ छोरा २ छोरी छन भएको वताइन । छोरीहरु गाइघाटमा छन रे ।  उनको छोराको नाम भाइ रे । छोरा र वुहारी रामपुरमा भएको वताइन । छोरा वुहारीले कुटने गरेको र खान नदिएको सुनाइन । छोरा वुहारीको कुटाइ र नराम्रो व्यवहार सहन नसकेको कारण उनी रीमरीम उज्याले हुन लाग्दा घरवाट भागेर हिडेको वताइन । उनको दुइ वटै खुट्टा दाग छ । त्यो दाग के हो भनेर सोध्दा छोरा वुहारीले दाम्लाले बाधेर कुटेको वताइन । यति भनी सक्दा उनी धुरु धुरु रोइन । सविताले पनि मन थाम्न सकिनन । भरखरै करुणा एवार्ड पाएकी सविताको कोमल स्वभावले निर्मलालाइ पगालिन । पग्लाइ सगै धक खुलेर निर्मलाले आज मुख खोलिन । उनले वोलेका यी कुरा साचो हुन या होइन त्यो त हामीलाइ थाहा छैन । तर घर परिवारको कुरा गर्दा उनको मुहारमा हुने परिवर्तन देख्दा त साचो हो जस्तो लाग्छ ।  

धरानमा साइक्लीङ

 किरण राई (१४), दिपेन भुजेल (१५) र हुकमेन राई (१८) साइकलका विली, स्टपी र जम्प स्टण्टमा पोख्त छन्। शहरका कार्यक्रमहरूमा निम्त्याइन थालिएका उनीहरू साइकलका अरू स्टण्ट पनि सिकिरहेका छन्। 'राइडर्स एण्ड एमटिभी जोन क्लब'ले यी तीन जनालाई साइकलमा जोखिमपूर्ण कौशल (स्टण्ट) देखाउने खेलाडी बन्न हौस्याइरहेको छ।
किरण क्लबमै गाइड छन्। अब बनी हम्प र स्टपी रोल गर्ने सोचमा रहेका उनी साइकल राइडिङ समूहको नेतृत्व गरेर विभिन्न स्थानमा जान्छन्। धरान१० का दिपेन एसएलसी परीक्षा दिएर साइक्लिङमा फुलटाइमर भएका छन्। यसैगरी, हात्तीसार क्याम्पसमा पढिरहेका हुमेन धरान वरिपरि जहाँ पनि साइकलमै भेटिन्छन्। पेट्रोल नचाहिने, स्वास्थ्य र वातावरण दुवैको लागि साइकल राम्रो भएको उनी बताउँछन्।
धरानमा साइक्लिङ सोख निकै बढेको छ। फरेन्द्र लिम्बूले साहसिक यात्राका लागि रु.८५ हजारको साइकल किनेका छन्। बाइकिङ क्लबबाट साइक्लिङ शुरू गरेका फरेन्द्र राइडर्स एण्ड एमटिभी जोन क्लबका एक जना संस्थापक हुन्। धरानमा माउन्टेन बाइकको पसल समेत खोलेका उनले एक वर्षमा रु.५० हजार गोटाका ६ वटा साइकल बेचे।

हात्तीसार क्याम्पसकी विद्यार्थी रकिला पौडेल महिलाहरूलाई साइक्लिङमा ल्याउने कसरतमा छिन्। क्लबले पनि महिलाहरूलाई साइक्लिङमा ल्याउन प्याकेज टुरका कार्यक्रम ल्याउने गरेको छ।
साइक्लिङ रुट
रेस राइडिङ, फ्री राइडिङ, अरबान राइडिङ र रोड बाइकिङका लागि राम्रो मानिने धरान वरिपरि साइकल राइडिङका गजबका रुटहरू रहेको क्लबका अध्यक्ष हेम लिम्बू बताउँछन्। त्यसमध्ये उत्तरमा भेडेटार, डाँडाबजार, ध्वजे डाँडा, राजारानी, ओख्रेबाट डाउनहिल याङसिला, पानमारा हुँदै एक दिनमा धरान आइपुगिने साहसिक रुट रहेको बताउँदै लिम्बू भन्छन्, “चिसो मौसममा पहाडी जनजीवन नियाल्दै धरान झार्नु यो रुटको विशेषता हो। 
धनकुटाको जोरपाटीमा फरेन्द्र लिम्बू ।
धरानको दक्षिणतिर चारकोसे झाडी र तालतलैया हुँदै अगाडि बढ्ने पाँच किलोमिटरको अर्को रुट छ। त्यसैगरी, पूर्वमा पानमाराको कृषि रुट भएर सेरा खोलाबाट धरान फर्कन सकिन्छ। पश्चिमतर्फ चतराबराहक्षेत्रकोशीटप्पुरामधुनी रुट छ। कोशीटप्पु आरक्ष विश्वकै दुर्लभ अर्ना र ४०० प्रजातिका चराको लागि प्रसिद्ध छ। बराहक्षेत्र हिन्दूहरूको चारधाममध्येको एक हो भने रामधुनीको पनि ठूलै धार्मिक महत्व छ। क्लबका अध्यक्ष लिम्बूका अनुसार, यो रुटमा पर्ने सप्तकोशीमा क्याम्पिङ, फिसिङ र बिच राइडिङ पनि गर्न सकिन्छ।

राइडरहरूका लागि क्लबले गु्रप राइडको व्यवस्था गरेको छरु.५०० मा दिनभरिलाई माउन्टेन बाइकसहित। गु्रप राइडिङको लागि स्थानीय र साहसिक साइक्लिङका लागि विदेशीसहित इटहरी र काठमाडौंका सौखिन धरान आउन थालेका छन्। उनीहरूका लागि दिपेनसहित दुई जना गाइड छन्।
साइकल सिटी

२०६७ सालमा दिपक राई, मनोज चाम्लिङ, सचिन राई, सन्तोष राई, दिलीप चाम्लिङ, कृष्ण राई र विष्णु लिम्बूले ग्रीन पायनियर्स ग्रुपमार्फत धरानमा साइक्लिङ अभियान शुरू गरेका हुन्। धरानको साइक्लिङ अभियानमा सुधन थापाको पनि देन छ। डिपो हाईस्कूलमा वातावरण विज्ञानका शिक्षक दिपक धरानमा वातावरणीय चेतना जगाउन पायनियर्स गु्रप खोलेको बताउँछन्। भन्छन्, “मोटरसाइकलको जादुमा परेका धराने युवालाई हामीले हेलमेट लगाएर साइकल चलाउन हौस्यायौं।

अहिले पायनियर्स ग्रुपका सदस्यहरू राइडिङ एण्ड एमटिभी जोन क्लबमा आबद्ध छन्। दुई वर्षअघि स्थापित राइडर्स क्लबका अनुसार अहिले धरानमा २०० जनाले नियमित साइकल चलाइरहेका छन्। त्यसमध्ये करीब २० जनासँग रु.३० हजारदेखि रु.१ लाख ५० हजारसम्मको माउन्टेन बाइक छ। क्लबले आउँदो तीन वर्षभित्र धरानलाई साइकलको शहर बनाउने लक्ष्य लिएको छ। क्लबले उदय सामुदायिक वनमा साइकल पार्क समेत बनाउँदैछ।

धरानमा बुढासुब्वा गोल्डकप

धरानमा जारी १५ औ बुढासुब्बा फुटवल प्रतियोगिता अन्तर्गत चैत २६ भएको खेलमा त्रीभुवन आर्मी क्लवले मनाङ मस्याङदी क्लवलाइ १ ० गोलले पराजित गर्दै सेमी फाइनलमा पुगेको छ ।
      दोस्रो हाफको १५ मिनेटमा त्रीभुवन आर्मी क्लवका टेक वहादुर बुढाथोकीले दिएको पासलाइ सदुपयोग गदै नवयुग श्रेष्ठले निर्णायक १ गोल गरि आफनो टिमलाइ सेमी फाइनलको यात्रा सुनिश्चित गराएका हुन ।
हङकङ नेपाली महासंघ र नेपाल पुलिस क्लव भीडदै । तस्वीर सोहन श्रेष्ठ
      गोल गर्ने पाच मौकालाइ राम्रो सदुपयोग गर्न नसकेको मनाङलाइ आर्मि क्लवले निक्कै दवावमा राखेको थियो । मनाङका डिफेन्स कमजोर भएकाले हार सहनु परेको टिम कोच छिरिङ लोप्साङले वताए । मनाङले एनसेल कप र सुपर लिगमा आर्मिलाइ हराएको थियो । मनाङले २०६० र २०६७ मा वुढासुब्बा गोल्डकप जितिसकेको छ । आर्मी क्लव भने २०६५ मा उपविजेता वनेको थियो । मनाङका गोलकिपर विसाल श्रेष्ठ म्यान अफ द म्याच घोसित भएका छन ।  
      गोल्डकपको पहिलो खेलमा आयोजक धरान ११ ले भुटानको ए डिभिजन क्लव क्लियरिङ फुटवल क्लवलाइ २ १ गोलले पराजित गरिसकेको छ । चार पटक उप विजेतामै चित्त वुझाएको आयोजकले यो पटकको वुढासुब्बा जित्ने लक्ष्य लिएको छ । तीन जना अफ्रिकन खेलाडीलाइ आयोजकले खेलाएको छ । त्यसैगरी ए डिभिजन टिममा खेल्ने धरानका खेलाडी दीपक राइ चाल्स राइ लक्ष्मी श्रेष्ठ विनय श्रेष्ठ प्रकाश वुढाथोकी  र रिपेस अग्रवाल सम्मीलित छन । आयोजक धरान ११ ले खारिएको टीम त्रीभुवन आर्मी क्लवसग सामना गर्नु पर्नेछ ।
      त्यसैगरी चैत २६ गते भएको दोस्रो खेलमा थ्री स्टार क्लवले साहारा क्लव पोखरालाइ सडेन डेथका आधार ३ २ गोलले पराजित गरेको थियो । साहाराका सुवास गुरुङले खेल शुरु भएको २९ मिनेटमा १ गोल गरेका थिए । इन्जुरी समयको गर या मरको स्थितिमा थ्रीस्टारका सन्दिप राइको पासलाइ सदुपयोग गदै गोल किपर किरण चेम्जोङको हेडिङले पोष्टको जाली चुमाएर खेललाइ वरावरीमा ल्याए । ट्राइवेकरमा पनि ३३ गोलको वरावरी भएपछी सडेन डेथको साहरा लिनु परेको हो । थ्री स्टारले २०६१६३६५ र ६८ सालको गोल्डकपको उपाधि जितिसकेको छ । थ्री स्टारले २६ गते हुने विजेता टिमसग खेल्नेछ । चैत २६ गते नेपाल पुलिस क्लव काठमाडौ र हङकङ नेपाली महासंघ वीचको खेलमा पुलसिलाइ हङकङले २ १ गोले हरायो । गत वर्ष देखि गोल्डकपमा सहभागिता जनाउन शुरु गरेको महासंघले ४ जना अफ्रिकन खेलाडि खेलाएको छ । हङकङ नेपाली महासंघका टिम क्याप्टेन सागर थापा रहेका छन । महासंघका तर्फवाट पुकार गहतराज २ गोल गरेका थिए । पुलिस क्लवका खेलाडि पर्वत पान्डेले पेनाल्टी गोल गरेका थिए । टिमको तालमेल नमिलेका कारण पुलिसले हार व्यहर्नु परेको पुलिस क्लवका प्रशिक्षक हरि खड्काले वताए । पुलिस क्लवले २०५६५८५९ र ६४ को बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको छ । राष्ट्रिय खेलाडिले सुसज्जित पुलिस क्लवसग हङकङ नेपाली महासंघलाइ खेल जित्न निक्कै चुनौती पुर्ण अडकल गरिए पनि सजिलै हङकङले खेल जितेको छ ।
दर्शक । तस्वीर क्वान चाङ राइ (वी धराने)
२०५५ साल देखि शुरु भएको बुढासुब्बा गोल्डकपको पन्ध्रौ सस्करण पुग्दा विजेता र उपविजेता क्लवहरु


साल
विजेता
उप विजेता
२०५५
वेल्गेरिया स्पोटिङ कुल  

धरान फुटवल क्लव
२०५६
महेन्द्र पुलिस क्लव

धरान फुटवल क्लव
२०५७
धनमुन्दी कुल वंगलादेश

महेन्द्र पुलिस क्लव

२०५८
महेन्द्र पुलिस क्लव

धरान फुटवल क्लव
२०५९
महेन्द्र पुलिस क्लव
फ्रेन्डस क्लव
२०६०
मनाङ मस्याङदी
महेन्द्र पुलिस क्लव

२०६१
थ्रीस्टार क्लव
जाउलाखेल युथ क्लव
२०६२
अफ्रिकन युनाइटेड

धरान फुटवल क्लव
२०६३
थ्री स्टार क्लव

अफ्रिकन युनाइटेड

२०६४
महेन्द्र पुलिस क्लव

जाउलाखेल युथ क्लव
२०६५
थ्री स्टार

त्रिभुवन आर्मी क्लव
२०६६
रानी पोखरी कर्नर टिम

नेपाल पुलिस क्लव
२०६७
मानाङ मस्याङदी

रानी पोखरी कर्नर टिम

२०६८
थ्री स्टार  

मानाङ मस्याङदी