निर्मला खडका कान्छीसग हाम्रो भेट भएको आज असार
३० गते १० दिन पुग्यो । थोरै वोल्ने निर्मला आज धक खोलेर वोलिन सवैलाइ रुवाइन ।
उनी हासेको दिन पनि हामीलाइ रुवाएकी थिइन । साथै हाम्रो मन पनि आनन्दित भएको थियो
। आज पनि निर्मलाको मन परेको गाठो थोरै भए पनि फुकीएको छ । जुन पिडाले उनलाइ सडकको
कठिन जिवन यापन गराउन वाध्य गरायो ।
दिनमा एकपटक सुनीता, सविता, म अनी सीला दिदी निर्मलालाइ भेटन जान्छौ । उनको हेरचाहका लागि एकजना कुरुवा राखेका छौ । कुरुवा दिदीले पनि उनलाइ राम्रो हेरचाह गरिरहेकी छिन । वरीपरीका विरामीका कुरुवा सवैजना निर्मलाका साथी भएका छन । उनलाइ सवैले ठट्टा गदै जिस्काउछन । त्यति वेला घरी घरि निर्मला रिसाउछिन भने घरी घरि मरी मरी हास्छिन । कुरुवाहरुले नै उनलाइ निधारमा कालो टीका लगाइ दिएका छन । उनको दिनभरीको क्रिया कलाव र वोलेका कुरा हामी जानसाथ हामीसग सुनाउछन । कुरुवा वसेकाहरु वाटै गाइघाटमा चेतना र बाली भन्ने दुइ छोरी रहेको थाहा पायौ ।
तीन
दिन अघि निर्मलाले हामीसग मासु खान मन लागेको वताइन । उनको माग वमोजिम खसीको मासु
र चिउरा लगी दियौ । उनी अति खुसी भएर मासु खाइन । हामी अस्पताल आइनपुग्जेल सम्म
कान्छी छोरीले मासु ल्याइ दिन्छ भन्दै हाम्रो वाटो हेरेर वसेको कुरुवा दिदीले सुनाइन । हामीले मासु लगि दियौ खुव रमाइलो
मान्दै निर्मलाले मासु खाइन । भोली कुखुराको मासु ल्याइदिनु ल भनेर हामीलाइ अनुरोध
गरिन । उनले भने वमोजीम खुकुराको मासु पनि लगिदियौ ।
उनको
परिवारमा को छन । उनी कहाकी हुन । त्यो त हामीलाइ थाहा छैन । त्यसैले हामी सधै यही कुरा सोचेर हिडिरहेका
हुन्छौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका विरामीका कुरुवाहरुलाइ
निर्मलाका वारेमा थाहा छ की भनेर सोधिरहन्छौ । तर कसैले पनि उनका वारेमा थाहा
नभएको वताए । उदयपुरमा एक जना गणेश खड्का नामकाको आमा हराएको थाहा पायौ । त्यसपछि
सविता राइले आमा गणेश खडका चिन्नु हुन्छ भन्दा चिन्छु । कान्छा छोरा हो भनिन । तर फेरी
दोर्याएर आमा गणेशलाइ चिन्नु हुन्छ भनेर प्रश्न गर्दा देउता भनेर नमस्कार गरिन ।
उनको जवाफले उनी वसेको आइसो लेसन कोठा नै हासोले गुन्जीयो । निर्मलासग कुरा गर्न
भेला भएका वरी परीका विरामीका कुरुवा अनी हामी सव जना पेट मिची मिचि हास्यौ । कति अवोध छीन निर्मला भन्दै कुरा गर्यौ
।
निर्मला
सौचालय जान सक्ने भएकी छिन । आफै लुगा धुन सक्ने पनि भएकी छिन । उनी खाना पनि
मजाले खान थालेकी छिन । उनलाइ मासु खुव मन पर्दो रहेछ । उनलाइ हामीले चप्पल पनि
किनेर लगिदियौ । चप्पल लगाउन पाएको दिन पनि खुव खुशी भइन । खुरुरुरु चप्पल लाएर
उनी सौचालय गइन । फुर्तीसाथ हावा खान जाने भन्दै वाहिर पनि निस्कीन । चप्पल लगाउन
वानी नभएकाले होला उनको आधा खुट्टा भुइमा निस्कन्छ ।
आजभोली
त दिनमा एक पटक निर्मलालाइ नभेट्दा हामीलाइ पनि कस्तो लाग्छ । साझ साझमा अस्पताल
गएर नर्मलासग कुराकानी गर्ने हाम्रो दैनिकी वनेको छ । यसैक्रममा आज हामी भेला भएर
साझतिर सवैजना अस्पताल पुग्यौ । हामि अस्पताल पुग्दा निर्मला सौचालय गएकी रहेछिन ।
उनलाइ केही वेर कुर्यौ । उनी वाहिर आएपछि नमस्कार भन्दै वोल्दै हामीसग वाहिर आइन ।
उनको लागि खसीको मासु र चिउरा लगि दिएका थियौ । उनले चुपचाप प्लाष्टिकमा पोको
पारिएको मासु र चिउरा खोलिन । उनलाइ खान खान भनी प्लाष्टिकको वट्टा एउदा किनिदिएका
छौ । त्यसै वट्टामा चिउरा र मासु खन्याएर मुसीन । कहिल्यै पनि खाने कुरा नवाड्ने
निर्मलाले आज उनको कुरुवालाइ एक चोक्टा मासु निकालेर दिन लागिन । हामीले तपाइ नै
खानु भने पछि चुपचाप खाइन ।
सल्लाह
वमोजिम एक्लै राखेर उनको मनको कुरा खोतल्न सवितालाइ अनुरोध गर्यौ । सविताले कुरा
खोतल्न थाले पछी उनी आँखा भरी आँसु पारेर रोइन ।
निर्मलाले उनको घर उदयपुरको राम पुर वताइन । उनको पतिको नाम पुष्प खड्का हो
रे । गाँउमा उनका श्रीमानलाइ पुस्पे भनेर वोलाउछन रे । तर विरामले थलिएर उनको
मृत्यु भएको वताउछिन । उनका १ छोरा २ छोरी छन भएको वताइन । छोरीहरु गाइघाटमा छन रे
। उनको छोराको नाम भाइ रे । छोरा र वुहारी रामपुरमा भएको वताइन
। छोरा वुहारीले कुटने गरेको र खान नदिएको सुनाइन । छोरा वुहारीको कुटाइ र नराम्रो व्यवहार सहन नसकेको कारण उनी रीमरीम उज्याले हुन लाग्दा घरवाट भागेर हिडेको वताइन । उनको दुइ वटै खुट्टा
दाग छ । त्यो दाग के हो भनेर सोध्दा छोरा वुहारीले दाम्लाले बाधेर कुटेको वताइन ।
यति भनी सक्दा उनी धुरु धुरु रोइन । सविताले पनि मन थाम्न सकिनन । भरखरै करुणा
एवार्ड पाएकी सविताको कोमल स्वभावले निर्मलालाइ पगालिन । पग्लाइ सगै धक खुलेर
निर्मलाले आज मुख खोलिन । उनले वोलेका यी कुरा साचो हुन या होइन त्यो त हामीलाइ
थाहा छैन । तर घर परिवारको कुरा गर्दा उनको मुहारमा हुने परिवर्तन देख्दा त साचो
हो जस्तो लाग्छ ।
Plz kept the link for FB
ReplyDelete