आज निर्मला हासीन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी युनीट तीनको वेड न‌ २३ मा उपचार गराइरहेकी निर्मला आज अचानक हासीन । उनको अवस्थाका वारेमा वुझन सुनीत र म अस्पतालमा पुग्दा उज्यालो अनुहार लिएर वसेकी भेटीइन । गनाउछ भनेर गुनासो गर्नेहरुलाइ हामीले सम्झायौ । अनी ती विरामी वोजुसग एकहोरो कुरा पनि गर्यौ उनी ल भन्दै टाउको हल्लाइ मात्र रहिन । अचाउक उनी हामीलाइ देखेर हासीन । हामी पनि खुशीले द‌ग पर्यौ ।
      आज उनको मुहार फेरीएको पायौ । उनको घाउ पनि गनाउन अलिक कम भएको रहेछ । नर्सहरुले पनि उनलाइ राम्ररी स्याहार गर्न थालेका रहेछन । उनको स्याहार सुसारका लागि धरानकी एक दिदीलाइ अनुरोध गरेका छौ । दिन रात उनले स्याहार गरिरहेकी छीन । उनलाइ हामीले खाना सहित दिनको पाचसय दिने भनेका छौ ।
         गएको शुक्रवार असार २१ गते निर्मला खड्का कान्छीलाइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मीक कक्ष अगाडिको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा भेटेका थियौ । वोलाइ मार्दा नी नवोल्ने  निर्मला खड्काले शुरुको दिन आफ्नो नाम निर्मला कान्छी भनिन । हिजो शनीवारका दिन भेटन जादा थर खड्का भनीन । आज उनीसग कुरा गर्दा हासीन । अनी हामी गयौ है वोजु वाइ भनेर सुनीता र मैले भन्दा उनेले हासेर हातले वाइ पनि गरिन ।  सुनिता र म नी खुशीले गद गद भयौ । उनी कहाकी हुन त्यो त हामीलाइ थाहा छैन । तर मानवताको नाताले उनको उपचारमा सविता राइ, सुनीता केसी राइ अनी सीला दिदी र म लागि परेका छौ । सहयोगी हातहरुले हामीलाइ साथ दिइरहेका छन । सहयोग गर्ने सवैलाइ धन्यवात छ ।  होप ट्री नेपालले कुरुवा वस्नेको खर्च व्याहोर्ने भएको छ । यस्का लागि अध्यक्ष डा समीर चौधरी र सल्लाहकार हेम लिम्बूसग हामी आभारी छौ । त्यसैगरी निशुल्क औषधी उपलब्ध गराउने हलेसी फार्मेसीका नवराज र सत्यम फर्माका सुवास जी सग पनि आभारी छौ । उनी निशुल्क उपचार गरि दिन प्रतिष्ठानलाइ धन्यवात छ ।
     अव उनी पुरै निको भएपछी आफन्त भए खोजेर जिम्मा लगाउने छौ । नत्र कुनै वृद्धाश्रममा लगेर राखिदिन अनुरोध गर्ने योजनामा  छौ ।

5 प्रतिक्रिया:

  1. muri muri dhanyabad 6 ti haatharu lai

    ReplyDelete
  2. muri muri dhanyabad 6 ti haat haru lai

    ReplyDelete
  3. अति सराहनिय सेवा सीता जी, खुशी लाग यो ।

    ReplyDelete
  4. साह्रै राम्रो काम! धन्यवाद!!

    ReplyDelete