निर्मला कान्छी ।

 लामो समयको केरकार पछी वल्ल थाहा भयो उनको नाम निर्मला कान्छी रहेछ । अन्दाजी ६० वर्ष भन्दा वढी उमेरकी यी निर्मला कान्छिलाइ हामीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्ष अगाडी भेटेका हौ । उनलाइ झीगाले घेरेको थियो । छेउमा जानै नसक्ने गरी गनाएको थियो । त्यही वाटो भएर सेतो एप्रोन लगाएका अनी घाटीमा एथेस्टेकोप भिरेर ओहोर दोहोर गरिरहेका देखिन्थे । तर उनीहरुको आखाँ त्यो निर्मला कान्छीको तिर परेन । अनी यस्तो लाग्यो की मानवताको सेवा गर्न चिकित्सासास्त्र पढने चिकित्सकहरु पैसा कमाउन मात्र चिकित्साशास्त्र पढन थाले भन्नने  आम गुनासो साचो सावित भयो ।
         एकजना वृद्ध मानीस अस्पतालको आकस्मीक कक्ष अगाडी टाउकोमा किरा नै किरा लिएर सुतेको खवर आएपछि पत्रकार सुनीता राइ, सविता राइ र समाजसेवी सिला वज्रचार्य र म अस्पताल तिर हानीएका थियौ । त्यहाँ गएपछी चुप लागेर हेर्न सकेनौ । प्रतिष्ठानका उपकुलपतिसग कुराकानी भो । शुरुमा उपकुल पतिले सकरात्मक लिएनन । उपचार गर्छौ तर कस्ले हेर्छ । हाम्रोमा ४ महिना देखि एकजना वेवारिसे विरामी अस्पतालमा परेको छ त्यसको नी जिम्मा लिनुहोस भन्ने जवाफ दिए । तर उनीसग लामो कुरा कानी भएपछी निशुल्क उपचार गर्ने वचन दिए । हामीलाइ साथ दिए प्रतिष्ठानका सुरक्षा प्रमुख वलराम जी ले । उहाँले हातमा पन्जा लागाएर गनाइरहेकी निर्मलालाइ जुरुक्कै उचालेर आकस्मीक कक्ष भित्र लगियो ।
       कस्ले हेर्छ । हामीले पहिला पनि उपचार गरेर पठाको हो भनेर आकस्मीक कक्षका चिकित्सकले जवाफ दिए । धेरै खर्च लाग्ने अनी उपचार गाह्रो हुन्छ भन्दै थिए चिकित्सकहरु । उनीहरुको कुराले हामी केही छीन निरास भयौ । अव कसरी यी वृद्धाको उपचार गर्ने भनेर  ।  तर वलराम जीको सहयोगका कारण फेरी हामीले उपचारको  प्रक्रियालाइ अगाडी वढयौ ।
         एक जना विरामी लिएर उपचारमा आएका प्रकाशपुरका कृष्ण घिमिरेले मलाइ सोधे तपाइहरु कुन सस्थावाट आउनु भएको हो ? मैले हामी कुनै सस्थाबाट आएको होइन । वृद्धाको बारेमा सुनेर आएको भन्ने जवाफ दिए । उनले नवोली पाच सय गोजीवाट निकालेर मेरो तर्फवाट यति सहयोग भयो भनेर दिए । हामीले प्रक्रिया अगाडी वढाएपछी प्रतिष्ठानका प्रहरीका प्रमुख तिलक कार्की लगायत अरु प्रहरीहरुले विरामीको एक्सरे, सीटी स्क्यान गर्न सहयोग गरे । अनी सुरक्षा गार्डहरुले नि सहयोग गरे ।
             चिकित्सकले एक्सरे गर्न भने पछी  हामी एक्सरे गर्ने कक्षमा गयौ । विरामीको घाउ धेरै गनाएका कारण एक्सरे गर्ने प्राविधिकले एक्सरे गर्न मानेनन् । तर चिकित्सक प्रज्वलले कराएपछी उनले एक्सरे गरिदिए । घाउ धेरै गनाएको कारण विरामीको छेउमा जान सक्नने अवस्था थिएन । प्रहरीले केही नभनी सघाए । हामीले केही व्यात्तीहरुवाट सहयोग समेत माग्यौ । फुलमाया लिम्बूले १ सय, चन्द्र फोम्वी र राजेन्द्र शर्मा सरले ३/ ३ सय र शान्ता लिम्बूले १ सय प्रदान गरेका छन ।
            बिरामी कुरुवा नभएका कारण चिकित्सकहरुले उपचार गर्न नमानेका कारण हामीले कयौ प्रयासवाट विरामी कुरुवा खोजेर ल्यायौ । विरामी कुरुवालाइ दिनको पाच सय उपलब्ध गराउने सर्तमा एक जना महिला ल्याएर उनको स्याहार सुसार गर्न राखेका छौ ।
           विरामी  टाउकोमा ठूलो प्वाँल परे छ । घाउमा स्याउ स्याउती किरा छन । पुरा घाउ गनाइरहेको छ । उनी कहाँकी हुन । उनका आफन्त छन की छैनन । त्यो वताएको छैनन । कयौ कोसीस पछी वल्ल नाम वताएकी छीन । हेरौ उनको उपचार कस्तो हुने हो । दयालुहरुको सहयोगको आसा राखेका छौ । जे भए पनि उनलाइ निको पारेर पठाउन लागि परेका छन । त्यसमा अस्पतालले उपचार निशुल्क गर्ने भएको छ । हसेलीका नवराज ढुङगाना र सत्यम फर्माका सुवास जी ले औषधी निशुल्क उपलब्ध गराउने भनेका छन । विरामी कुरुवालाइ दिने रकम केही जम्मा भएको छ । बाकी दयालु हृदय भएकाहरुसग सहयोग पाउने अपेक्षा राखेका छौ ।

                                                      निर्मला कान्छीको तस्वीरहरु

आकस्मी कक्ष आगडी निर्मला कान्छी ।

    



उपचारका लागि लगिदै ।


2 प्रतिक्रिया:

  1. मानिस पैसामा बिक्ने भैसक्यो, उसलाई पैसा भए पुग्नथाल्यो, मानवता किन चाहियो?

    ReplyDelete
  2. Mero Salam chha tapai haru ko yo niswartha bhawana ko lagi. Khadka didi jasta dukha payeka haru ko lagi hospital le nisulka swasthya upachar dine bebasta hunu parchha and thiyo pani pahila. Yo sab sadh bibek ma bhar parne kura rahechha. Thank you again for this story.

    ReplyDelete