तपाइको साइकल दिनुहोस



 घाम निक्कै चर्कदै थियो । नयाँ उत्साहका साथ म अनी सविता राइ, पुर्णीमा तिगेला, सुनीता केसी, महेश राइ सवजना राइडर्स एण्ड एमटिभि जोनमा पुग्यौ । किरण राइ र सन्तोस थेगिम भाइहरु हाम्रो लागि साइकल तयार गदै थिए । बराहक्षेत्रको त्यो ग्राभेलबाटो सम्झदा त कता कता साइकल कुदाउन सकिदैन की भन्ने पिर मनको एक कुनामा थियो । तर साइक्लीङमा जाने उत्साहले त्यो पिरलाइ भुलेका थियौ सवजनाले । हामी करिव नौ वजे विहान धरानवाट वराहक्षेत्र लाग्यौ । राइडर्स एण्ड एमटीभी जोन क्लवका अध्यक्ष हेम लिम्बू सवैभन्दा अगाडी लागे । अनी सवैभन्दा पछि भाइ सन्तोस थेमिम । साथी सुनिता केसी भने छोरा स्पर्सका साथमा स्कुटरमा हुइकिइन ।

      बाटोमा अध्यक्ष हेम लिम्बू र सन्तोस भाइले साइकल चलाउदा ध्यान दिनु पर्ने कुराहरु वताउदै हामीलाइ साथ दिएका थिए । म साइकल कुदाउनमा त्यति पोक्त व्यात्ती होइन । सवैजना आत्मविश्वासका साथ अघि अघि लागे । सबैभन्दा पछि म थिए । मेरो पछी भाइ सन्तोस थिए । बिस्तारै हाम्रो यात्रा अगाडि वढ्यो । ग्राभेल बाटोमा साइकल कुदाउदा एकदमै थर्थराउदो रहेछ । साइकलको प्याडल पछाडी फर्कीएर कयौ पटक मेरो खुट्टाको नलि हिर्काउथ्यो । हुरुक्क हुने गरी दुख्यो तर पनि विस्तारै कुदाउदै गए । अध्यक्ष अर्थात मेरो मामा हेम लिम्बू अलि चाडो कुदाउन हौस्याउदै थिए । सुस्ताउदै सुस्ताउदै हाम्रो यात्रा वढिरहयो । सन्तोस भाइ भन्दै थिए । सीता दिदीको कुदाइ ढिलो पनि होइन चाडो पनि होइन ठिक्कको छ ।
      साथी सुनीताले हाम्रो तस्वीरहरु क्यामरामा कैद गदै थिइन । पटनाली जंगल, वयरवन हुदै चतरा पुग्यौ । चतरा पुगेपछि उकालो वाटो आयो । साइकलको प्याडल घुमाउन निक्कै कसरत गर्नु पर्यो । उकालो वाटोमा कुदाउन एकदमै गाह्रो भो । साइकलवाट ओर्लीएर डोर्याउदै घरी घरी कुदाउदै हाम्रो यात्रा अगाडि वढ्यो । घाम छिप्पीएकाले गर्मी वढिरहेको थियो । हामी सवजना थाकीसकेका थियौ । सप्तकोशीले पनि हामी जिस्क्याएको भान हुन लाग्यो । जाबो यतिको उकालोमा नी स्या स्या हुने भनेर । तर पनि हाम्रो यात्रालाइ रोकेनौ । उकाली ओराली अनी सम्म वाटो हुदै हामी बराहक्षेत्र पुग्यौ । गलेर लखतरान भएका थियौ । गर्मीले शरिर गलेको थियो । चिसो कोक खाएर एकछिन आराम गर्यौ ।
थाकेको शरिल लिएर गर्मी छल्न हामी कोका र सप्तकाशीको दोभानमा रहेको दहमा पुग्यौ । हतार हतार मामा हेम लिम्बू दहमा पसेर डुवुल्की मारिहाले । टाउको मात्र देखाएर चिसो पानी डुवेर आनन्द लिनथाले । हामी पनि सवजना त्यही दहमा पुगेर डुवुल्की मार्यौ । एक आपसमा पनिले छ्यापा छ्याप गर्यौ । कोका खोलामा नुहाउने र लुगाधुनेहरुको निक्कै घुइचो थियो । कसैको मतलव नगरी हाम्रो टीम रमाइलो गदै फोटो खिच्दै करिव १ घन्टा पानीसग रमायौ । भोक लागेकाले मन नलागी नलागी हामी होटल तर्फ लाग्यौ ।
      खाना खाएपछि हामी फर्कने तरखरमा लाग्यौ । सुनीता हतार भएकाले हामी भन्दा अगाडी घर फर्किइन । सविता साइकल गाडिमा चढेर जाउ भन्न थालिन । महेश जीले नी गाडिमा जौ भन्न थाल्नुभयो । तर साइकलमै फर्कनु पर्छ भन्ने मेरो धारणा थियो । घरी घरी साइकल डोर्याउदै हाम्रो यात्रा वढीरह्यो । ती रमाइला पलहरुलाइ क्यमरामा कैद गरियो । टन्टलापुर घामलाइ वादलले छपक्कै छोप्यो । पानि छिट्याउन थाल्यो । मोवाइल क्यामरालाइ प्लाष्टीकमा पोको पारियो ।

      साइकल चलाउदा निक्कै शाक्ती चाहिदो रहेछ । कुदाउने बानी नभएकाले साइकलको सीटले सारै दुखाउदो रहेछ । महेश जीलाइ निक्कै गाह्रो भयो । मलाइ वेला वेला सीता जी तपाइको साइकल दिनुहोस भनी मागिरहन्थे । घर घर मेरो सीट कभर माग्थे । मैले कुदाइको माउन्टेन बाइकमा मामा हेम लिम्बूले वेग्लै सीट थपी दिएका थिए । त्यसले निक्कै सजिलो वनाएको थीयो । महेश जी वस्न पनि छोडनु भएको थियो । हामीले नी खुव जिस्क्यायौ । उहाँले पनि ठट्ट गदै हामीलाइ जिस्याउनु भयो । हाम्रो पनि हालत महेश जी को जस्तै भयो । एक हिसावले सारै थकित थियौ तर समुहमा हिड्दा त्यो प्रकृतीको सुन्दरताले सारा थकान भुल्न सहयोग गरिरहेको थियो । शहरको कोलाहलबाट टाढा जादा हुने आनन्द नै वेग्लै हुदोरहेछ । साइकल नचालाएको व्यात्तीलाइ साइकल कुदाउदा निक्कै गाह्रो हुदोरहेछ । साइकल कुदाउदा लगाइने हाफपेन्ट पाउदो रहेछ ।  हामी पहिलोचोटी गएकाले हामीसग कुनै अनुभव नै थिएन । साइकल कुदाउदा लगाउने फर्मवाला हाफपेन्ट लगाउन जरुरी रहेछ भन्ने महसुस भयो ।  
     
बराहक्षेत्र रुट साइक्लिङका लागि उत्कृष्ट लाग्यो । उकालो ओरालो अनी सम्मवाटो अनुभव लिन सकिन्छ । त्यतिमात्र होइन सप्तकोशीको किनरावाट साइकल कुदाउदाको मजा नै वेग्लै छ । चार धाम मध्ये महत्वपुर्ण मानिने धार्मिक हिसावले अत्यन्त महत्वपुर्ण ठाँउ हो । यहाँ गाउँले जिवन र रहन सहन देख्न पाइन्छ । अझ सप्तकोशी नदिको सौन्दर्यले लठ्ठ वनाउदाको क्षण त वर्णन गर्न सकिदैन ।
      धरानका जुझारु युवाहरुले धरानलाइ साइकलसीटी बनाउन लागि परेका छन । उनीहरुको यो प्रयासलाइ इटा थप्ने काम हामी पनि गरौन भन्ने सोच लिएर बराहक्षेत्र गएका थियौ । हाम्रो योजनालाइ सजिलो वनाइ दिएर सहयोग गर्ने  दाइ देवेन्द्र थेगिमलाइ धेरै धेरै धन्यवात छ । अनी  अध्यक्ष अर्थात मेरो मामा हेम लिम्बू र गाइड सन्तोस भाइलाइ पनि यरीक यरीक नोगेन छ । अझ साहसीक साइकल यात्रा गर्ने चाहाना छ ।


1 प्रतिक्रिया:

  1. Barah Kshetra trail is one of the shortest tails.Its basically good for beginner riders.A great ride not to miss when you are in Dharan.

    ReplyDelete