म्यार्दि भिरको कथा

म्यार्दि भिर । साच्चै कहाली लाग्दो छ । पहाड जस्तो अग्लो ढुङगालार्इ खोपेर बाटो वनाइएको छ । यो भिर लमजुङ र मनाङ जिल्लाको सीमानामा पर्छ । म्यार्दि भिर खोप्दा सडकको दायाँपट्टी मनाङ तर्फ जादा ढुङगाको केही भाग बाँकि रहेको छ । त्यसले भिरमा बारको काम गरेको छ । त्यही बारको काम गरेको ढुङगाको भित्तामा सिमेन्टको कुर्सी जस्तो आकार वनाइएको छ । कुर्सिमा ढल्केर वस्नलाइ अडेस लगाउने स्थान जस्तोमा कालो मार्वल टासीएको छ । मार्वलमा पहेली रङगमा चामे सडक खन्ड निर्माणको क्रममा ज्यान गुमाएका ३ जना सैनिक जवान र ६ जना सर्वसाधारणको नाम खोपीएको छ । बाटोको छेउमा उभिएर एसो तल तिर हेर्दा आङ नै सिरिङग हुन्छ ।  
      पारी भित्ताहरुमा अहो !  कति ठुला ठुला चट्टानका पहाडहरु । त्यो पहाडलाइ छिचोलेर मस्याङदी नदि वगेको छ । बाटो नै भरी झरनाले मन नलोभ्याउने पनि होइन । तर बाटोका लागि त्यो झरनाहरु खतरा मानिदा रहेछन । अलि पानी वढेसी गाडी आवाज जावतमा समस्या पार्दो रहेछ ति झरनाले । ताल बजार नजिकैको बाटो थोरै सिमेन्टले ढलान गरिएको रहेछ । त्यहा पनि सानो झरना छ । त्यो झरनाको पानी कस्सीएर भुइमा झर्दा उडेको पानी बोकेको हावाका कारण वाटो राम्ररी नदेख्दा कयौ पटक अन्दाजको भरमा गाडि गुडाएको म चढेको जिपका चालक रुपेस लामाले वताए । रुपेसको यो भनाइ सुनेर मन मनै झन डर लागेर आयो । तर डराएर पनि भएन त्यो बाटो जसरी पनि काटेर जानु पर्थ्यो ।
नजिकवाट म्यार्दि भिर 
वेसीशहर बाट चामेको सडक ६५ किलो मिटर छ । बाटो नेपाली सेनाको  सडक निर्माण कार्यदलले वनाएको हो । अतिनै कठिन गरि जिलेटिनको प्रयोग गरेर बाटो बनाइएको छ । सडक डिभिजन कार्यलयका दमौली तनहुँका अनुसार यो बाटो सुरक्षाको हिसावले एकदमै खतरामा पर्दोरहेछ। भौगोलीक रुपमा पनि देश कै कठिन बाटोको सुचीमा कार्यलयले राखेको जनाएको छ । सडक डिभिजन कार्यलय दमौलीका प्रमुख भानु जोशीका अनुसार कर्णाली राजमार्ग भन्दा पनि कठिन सडकका रुपमा यस्लाइ लिइएको छ । यो राम्रो मौसममा मात्र गाडि चल्ने सडक हो । सजिलो ठाँउ बाहेक भिरमा मुस्कीलले बाटोको चौडा ४ मिटर छ कतै कतै त ३ पनि छ । साघुँरो भएका कारण सवारी ओहोर दोहर गर्दा पालो दिने ठाँउ पनि छैन कतिपय स्थानमा । बाटो चौडा गर्ने ठाँउ पनि छैन । त्यसैले साँझ ६ बजे देखि उता सवारी साधनलाइ आवत जावत गर्न प्रहरीले रोक लगाइएको छ ।
टाढाबाट म्यार्दि भिर 
      बाटो खुलेको करिव ४ वर्ष भएको छ । मनाङको सदरमुकाम चामेवाट मनाङ वजारमा गाडि पुगेको त एक वर्ष पनि पुगेको छ । चामेबाट मनाङको वाटो भने त्यति धेरै कठिन छैन । अप्ठयारो ठाँउमा ढलाना गर्न अनी खोलाहरुमा पुल वनाउन यो आर्थिक वर्षमा ५ करोडको ठेक्का लगाइएको छ । तर गएको वैशाख १२ गतेको भुइचालो पछि काम गर्न भने नसकिएको सडक डिभिजन कार्यलय दमौलीलीले जानकारी दिएको छ । भौगोलिक रुपमा भिरालो भएका कारण ग्राभलिङ गर्दा एक वर्ष पनि टिक्दैन । बाटो सुधार गर्न थोरै रकमले पुग्दैन । अरवौ खर्च हुन्छ । अहिले छुट्याउदै आएको वजेटले बाटो मर्मत गर्न छेउ पनि भ्याउदैन । वर्षा याममा असार देखि भदौ सम्म सडक मर्मतको काम गर्न सकिदैन । बर्षको ६ महिना मात्र काम गर्न सकिन्छ । भिरमा पहिरो जाने अनी ढुङगा खस्ने भएकाले पनि काम गर्न चुनौतीपुर्ण रहेको डिभिजन कार्यलय दमौलीका प्रमुख जोशीको भनाइ छ ।
ढुङगा खोपेर वनार्इको सडक म्यार्दि भन्दा केही माथि ताल वजार नजिकैको भिर ।
वेसी शहरवाट मनाङ तर्फ जादा जगत, च्याम्चेत र म्यार्दि भिर अनी चामे भन्दा माथी भ्राताङको वाटो साच्चै अप्ठयारो छ । अजङगका ठुल ठुला चट्टानका पहाडहरु आकासै छोला जस्ता छन । यस्तो भिर पहरालाइ फोरेर नेपाली सेनालाइ बाटो वनाउन निक्कै समय लागेको थियो ।
ढुङगाको वीच भागमा खोपेर वनार्इको बाटो 
 मनाङमा वेस्सरी हिउ परेका कारण म र मेरो समुह थोरङला काटन असमर्थ भयौ । मनाङमा दुर्इ दिन वसेर फर्के । २ वजे मनाङबाट जिप हिड्यो । राति आठ वजे धारापानि पुगे । बाटोमा ससना वजार छन । त्यहाँ रोकिदै जिपको चालकले लुकी लुकी रक्सी खाएको थाहा भयो । म सगै यात्रामा रहेका महेश जी ले रक्सी खाएको सुटक्क मलाइ भने । मनमा चिसो पस्यो । तर यो कुरा म र सुनिता वीच नै गोप्य राख्यौ । अप्ठोरो वाटो त्यसमा पनि राति । चालकले निक्कै नियन्त्रण गुमाएका थिए । म र सुनिता अगाडीको सीटमा थियौ । चालक मातेर टिल्ल भए । उनी हातको स्टेरिङ छोडर म माथि ढल्किए । के गरेको भर्इ भनेर मैले कराए । उनको टाँउको मेरो दाँया कुममा पुगेको थियो । हतार हतार मैले स्टेरीङ समाएर भित्ता तर्फ वटारे । त्यतिन्जेलमा पछाडिको सीटमा वस्ने महेस जी र एक जना यात्री झ्याँल खोलेर हतार हतार निस्किए । धन्न ज्यान जोगियो ।
गाडि साइर्ड दिनलार्इ निक्कै गाह्रो हुन्छ ।
चालकले मादक पदार्थ सेवन गरेको भनी प्रहरी कार्यलयमा उजुरी गर्न साथि सुनिता र म गयौ । पछि अरु यात्रीहरुले पनि साथ दिए । त्यो जिपमा म लगायत ११ जना सवार थियौ । भोली पल्ट विहान चालकलाइ एक हजार जरिवाना तिराएर छोड्यो ट्राफिक प्रहरीले । चामेमा गएको फागुन
(२०७२ फागुन ) वाट मात्र अस्थाइ ट्राफिक प्रहरी कार्यलय स्थापना गरिएको छ । ट्राफिक प्रहरी कार्यलय स्थापना गर्न पुर्व सवारी आवत जावतको काम नेपाल प्रहरीले नै हेरिरहेको थियो ।  प्रहरीका अनुसार यो रुट भएर चल्ने अधिकांश जिपका चालकले पहिला चिसोबाट वच्न भन्दै मादक पदार्थ सेवन गर्थे । जरिवाना र कार्वाही गर्न थालेपछि सेवान गर्न छोडे पनि फाट्टफुट्टले अहिले पनि सेवन गरेको पाइएको छ ।

बाटो कठिन भएकाले यात्रा गर्ने जो कोही पनि साँझ परेपछि बाटो काटिन्छ भन्दै रातमा नहिडेकै राम्रो हुन्छ । गाडिवालाहरुले जाउ भनेर कर गर्दा रहेछन । 


0 प्रतिक्रिया:

Post a Comment