पत्रकारले गर्दा मानीसको भिड जम्मा भयो ।

विराटनगरबाट आएकाले ज्यान निक्कै थाकेको थियो । घर नपुग्दै विजय रिमाल दाइले फोन गर्नु भो । फोनमा प्रतिष्ठानको फीजीयो थेरापी कक्षमा कार्यरत प्राविधिक अजय ठाकुरले छोरी अम्वीकालाइ थुनेर राखेको जानकारी दिए । म हतार हतार प्रतिष्ठानमा गए । अम्वीकालाइ प्रतिष्ठानको आकस्मीक कक्षमा राखिएको थियो । मैले हेरे । उनको हाड र छालामात्र थियो । उनको आवाज पनि सानो थियो । उनलाइ चिकित्सकले स्याइन पानी चढाएकाले होला कामीरहेकी थिइनन । उनलाइ हेर्नेहरुको भिड थियो । त्यही भिडमा मैले २ स्नाप फोटो खिचेर बाहिरिए । आकस्मीक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले अम्वीकाको अवस्था नाजुक रहेको प्रतिक्रिया दिए । त्यसपछि सर्जरी विभाग तर्फ साथीहरुसग लागे । पाचकन्याकी एक १७ वर्षिया दिलकुमारी अधिकारी पाठेघरमा पलाएको एजेरीको सल्यक्रिया गर्दा वाया किडनी निकालिएको सुचना पाए पछि त्यस तर्फ लागियो । सुचना संकलन गरिरहदा एक चिकित्सक वहिनी भेटिइन उनलाइ चिनेको नाताले मैले वोलाए । उनीसग कुराकानी भो । कुराकानी भइरहदा अम्वीकाको कुरुवा रहेका राजकुमार राइले तपाइ सफाइन दिने काम नगर्नुहोस । यहावाट जानुहोस भनी ठूलो स्वरमा कराए । त्यति नभन्दै ती चिकित्सक वहिनीले अस्पताल नै उचालिने गरि कराइन । हामी चिकित्सक र कुरुवालाइ सम्झाउदै घर तिर लाग्यौ ।
दिल कुमारी अधिकारी 
      आज पुश ३० गते २ वजे घटनाका विषयमा जानकारी लिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तिर गएकी थिए । प्रतिष्ठानका सुचना विभाग प्रमुख सुजेन्द्र तामाङसगको कुराकानी पछी म र पत्रकार साथी रत्न आचार्य पाचकन्याकी दिल कुमारीको अवस्था वुझ्न सर्जरी विभागमा गयौ । उनलाइ भिडियो एक्सरे गर्न लगिएको थियो । भिडियो एक्सरे सकिएपछि उनलाइ हामीले वेडमा भेट्यौ । मैले उनीसग कुराकानी गरे । चिकित्सकले वृस राज जोशीले किडनी झीकेको कुरा सुनाए छन । सुनाएपछी चिकित्सक त लागि हाले । तर उनलाइ चित्त दुखेछ र वेस्सरी रोइछीन । यति भनिरहदा वेडको छेउमा वसेकी उनकी आमा सावित्रा अधिकारी रुन थालिन । आसु पुछदै मेरो छोरीको भविष्य वर्वाद भो भन्दै थिइन । दिल कुमारीले पनि चिकित्सकले राम्ररी आफुलाइ नसम्झाउदा चित्त दुखेको वताइन । अनी आमाले पनि विना जानकारी छोरीको किडनी निकालेकोमा उनलाइ चित्त नै वुझेको रहेन छ । शल्यक्रिया गरेको ६ दिन पछी वल्ल चिकित्सले भनेछन । त्यसैले चित्त नवुझेको कारण उनले इलाका प्रहरी कार्यलयमा छानविनको माग गदै इलाका प्रहरी कार्यलयमा  निवेदन दिएकी रहेछिन । आज दिल कुमारीलाइ अस्पचालले डिस्चार्ज दिएको छ । उनको छोरीको उपचारमा लागेको खर्च अस्पतालले व्यहोरेछ ।
      दिल कुमारीसगको कुराकानी पछि मेडिसिन २ मा गए । त्यहा अम्वीका ठाकुरालाइ उपचारका लागि राखिएको छ । उनलाइ क्याविनमा राखिएको थियो । उनलाइ हेर्नेको भिड थियो । भिडको कारण कुराकानी गर्न सकिएन । अम्वीका आराम गरिरहेका कारण नवोलाइ म सरासर चिकित्सक र नर्स वस्ने कक्षमा आए । एस क्युज मी भनेर एकजना चस्मा लगाएर वसेका पुरुषलाइ अम्विकाको अवस्थाका वारेमा सोधे । जानकारी दिदा पनि अलिक गैर जिम्मेवार शैलिमा वोलिरहेका थिए । तर उनलाइ एक्कासी के भो कुन्नी वोल्दा वोल्दै तपाइहरु जस्ताले हामीलाइ काम गर्न दिएनन । भनेर कडकीए । तपाइलाइ एमेजेन्सीमा देखेको थिए । मैले हिस्ट्री लिन पाइन तपाइहरुको कारण भन्दै थिए । पत्रकारले गर्दा मानीसको भिड जम्मा भएको गुनासो पोख्दै थिए । ठ्याक्कै शब्द त याद छैन तर विना कारण पत्रिकामा ती महिलाको वारेमा विज्ञापन गरेको उनको भनाइको आसय थियो । तर त्यहाँ सवै भन्दा भिड गर्ने अस्पतालका विध्यार्थी कर्मचारी र नर्सहरु वढी मैले देखे । तर ती डा रोसन क्षेत्रीले देखेको भिड उनी पढने प्रतिष्ठानको थिए भन्ने थोरै पनि आकलन गरेको देखिएना । अस्पतालको गेटमा अनावश्यक मानीसहरुलाइ हत्तपत्त पस्न दिइदैन । तर पत्रकारको कारण भिड जम्मा भएको भन्दै ती चिकित्सकले सारा भुल पत्रकारले गरेको वताउदै थिए । खै के भएको थियो सवैको रिस मलाइ पोखे एमवीवीएस पढ्दै गरेका ति चिकित्सकले । मैले तपाइको नाम भने उनले भने मेरो नाम रोसन क्षेत्री भने । तर उनलाइ पत्रकार भनेका सवै नराम्रो लेख्छन भन्ने उनको भनाइको आसय थियो । विना कारण म सग उनी कड्कीए । मैले मन मनै विचार गरे विना कारण चिकित्सकहरु कुटाइ खादैनन रहेछ । तपाइको वोल्ने शैली परिवर्तन गर्नु पर्यो भन्दै म त्यहाँवाट लागे ।


      बाहिर निस्कदै गर्दा डा मुकेश शाह भाइसग भेट भयो । उनलाइ नजिकवाट चिनेकाले भाइ डाक्टरी पढदै गरेकालाइ राम्रो वोल्ने शैली सिकाउनु पर्यो तपाइहरु जस्ताले भने । उनले पनि दिदी डाक्टर पढेरमात्र नहुने रहेछ व्यवहार परिवर्तन भएको छैन भने । भरखरै प्रतिष्ठानमा चिकित्सा विज्ञान र मानवियताको विषयमा छफफल भएको थियो । ती कार्यक्रमा आयोजना गर्ने पनि विध्यार्थी थिए । प्रतिष्ठानमा पढिरहेका धेरै विध्यार्थी तथा चिकित्सकसग चिनजान छ । उनीहरु एकदम नम्र छन । राम्रो व्यावहार छ । तर कोही कोही यति विरामीसग कड्किन्छन की उनीहरुलाइ मात्र रिस उठछ झै गरी । कयौ पटक इमेजेन्सीमा जादा यस्ता व्यवहार देखेकी छु मैले । तर त्यसो भन्दैमा सवैको व्यवहार नराम्रो भन्न खोजेकी भने होइन । 

0 प्रतिक्रिया:

Post a Comment