लिम्बू अन्तराष्ट्रिय सम्मेलनका तस्वीरहरु ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्य समितीको आयोजनामा धरानमा अन्तराष्ट्रिय लिम्बु सम्मेलन शूरु भएको छ ।
     सम्मेलनमा नेपाल लगायत भारतको सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, युके, वराइन, मलेसीया, हङकङ, थाइलैन्डमा वसोवास गर्ने लिम्बूहरुको सहभागिता रहेको छ । 

चुम्लुङका अनुसार भारतमा तीन लाख बर्मामा ६० हजार थाइलैन्डमा २५ हजार लिम्बूहरुको स्थाइ वसोवास रहेको छ । पहिचान अनी एक आपसको सस्कृती र अनुभव आदान प्रदान गर्ने उदेश्यका साथ अन्तराष्ट्रि सम्मेलन आयोजना गरिएको चुम्लुङका अध्यक्ष उत्तम सिं थाङदेनले जानकारी दिएका छन ।

       सम्मेलनमा २० वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन । २०६८ सालको जनगना अनुसार लिम्बूहरुको जनसंख्या ३ लाख ५९ हजार ३ सय ७९ रहेको छ ।

धरानको भानुचोकमा भएको र्याली । 

के लाङ कलाकारहरु । 

उदघाटन सत्र । 

सीलाम साक्मा लगाउदै सभामुख सुबास चन्द्र नेम्वाङ । 

च्याब्रुङ बजाएर कार्यक्रमको उदघाटन गर्दै सभामुख नेम्बाङ । 

ताप्लेजुङका सभासद भुपेन्द्र थेबे । 

पदम सम्बाहाङफेले वनाएको च्याव्रुङ अध्यक्ष थाङदेनलाइ हस्तान्तरण गदै सभामुख 

पाचथरका सभाषद भिष्मराज आङदेम्बे । 

थाइलैन्डकी भारती सुब्बा । 

प्राज्ञ वैरागी काइला लिम्बू मुन्धुमका विषयमा वोल्दै । 

चुम्लूङका अध्यो थाङदेन र महासचिन लिला सिङगक । 

0 प्रतिक्रिया:

Post a Comment