साइकलमा जंगल यात्रा

बुद्ध जयन्तीका दिन ग्रिन ब्हीलका प्रमुख हेम लिम्बूले साइक्लिङ जाने प्रस्ताब गर्नु भो । अस्पतालमा भाउजुको शल्यक्रिया थियो । साइक्लिङ भन्ने वित्तिक्कै नाइ भन्न नै सकिन । शल्यक्रिया सकिएपछि आफनो काम हतार हतार सकेर ग्रिन ब्हीलमा साथी पुर्णीमासग हुइकिए । दिनको २ बजिसकेको थियो । नवराज राइ देव राइ दिपक तामाङ सुजन चौधरी पुर्णिमा तिगेल ग्रिन ब्हिलका प्रमुख हेम लिम्बू अनी म समेत सात जना साइकल लिएर जंगल यात्रा शुरु गर्यौ । घाम टन्टलापुर लागेको थियो । घामले सवैका गाला र कान रातो हुने गरि पोलिरहेको थियो । हिडेको १० मिनेट जतिको यात्रापछि बाजोगरा सामुदायीक वनमा पुग्यौ ।
जंगलको वीचमा रहेको चिल्लो सर्पेबाटो देखेर मनै फुरुङग भो । जंगल छिर्ने वित्तिकै कुक्कु भनेर आवाज निकाल्ने चराको आवाज सुनियो । त्यो चराको आवाजलाइ हामीले पनि नक्कल गदै सुइया हुइकियौ । तर यति तेजगतिमा हुइकियौ की जंगल यात्राको मजा नै लिन पाइएन । जंगल छिरेको १५ मिनेट जतिमा विश्वकर्मा मन्दिरमा पुगियो । यति राम्रो ठाउमा मजा लिन पाइएन भन्दै अगाडी लागेका नवराज राइलाइ सवैले किन यति तेज गतिमा साइकल हुइकाको भनेर गुनासो गर्यौ ।
      केहीछिनको रुखको छहारीमा थकाइ मारेपछि फेरी यात्रा लाङघाली सामुदायकी वनतिर मोडियो । साइकलका प्राविधिक भाइ सुजन चौधरी मयुरको जस्तो आवाज निकाल्दै वीली स्टन्ट गदै अगाडि बढिरहे । घरि घरि उनको स्टन्टले म झुक्कीएर लडुला झै हुन्थ्यो ।
जंगलमा छिरे पछि एउटै साइजको सखुवाको मिलेको रुख दाया बाया अनी वीचमा खाली बाटो थियो । जुन बाटो जंगललाइ आगलागिबाट बचाउनका लागि बनाइएको अग्नी रेखा  थियो । त्यही अग्नी रेखा नै रेखा हामी रमाइलो गदै सुनसान जंगलै जंगल साइकलको पाइडल मादै आगाडि वढयौ । जंगलमा पसेपछि साइकलको चेनको सुइइइइया आवाजलाइ वाटोमा रहेको सुकेको पतकरको आवाजले सुनिन छोडिसकेको थियो । वाटोमा रहेका साना साना विरुवाले घरी घरी हाम्रो हातमा खुट्टामा कोरिन्थ्यो ।
 अनी घरी घरी भुइमा झरेका हागा माथी साइकलको टायर पर्दा मजाले जिउ नै पछारीन्थ्यो ।यो रमाइलो यात्रामा नवराज जीको जोक्सले जंगलै थर्कीने गरी हाम्रो हासो गुन्जिन्यो । अनी वेला वेला सव जना कुर्लिदा जंगलमा हाम्रो आवाज प्रतिध्वनी भएर गुन्जिन्थ्यो । एकहोरो अगाडी वढीरहेको वेला नवराज जीले एक्कासी साइकल रोक्दा वेला वेला हामी सव जनाको साइकल एक आपसमा ठोक्केने क्रम पनि त्यतिकै रह्यो ।
  
    जंगलको वीच भाग भएर खहरे खोलामा वेला वेला साइकल वोक्नु पर्दा मर्नु हुन्थ्यो । तर पुर्णिमा र मेरो साइकल भाइ सुजनले वोकि दिन्थे । चिसो पानीको चुस्की लिदै साइकलको जंगलयात्रा साच्चै आनन्दय मय रह्यो । वाटोमा पुतली विभिन्न किसमका चरा चुरुङगी र मृगहरु देख्न पाइन्छ भनेर हेम लिम्बुले हामीलाइ जानकारी गराए । दुर्भाग्यवस हामीले पुतली र चराको आवाज वाहेक केही सुन्न र देख्न पाइएनौ । बजो गरा, लाङघाली, हरियाली सामुदायीक बन  छिचोलेर हामी हरियाली सामुदायीक बनको उकालो लाग्यौ । सिङगल ट्रयाक अनी उकालो साइकल पेल्नु पर्दा सास वढेर मुटु फुटुला झै भयो सवैजनाको । सानो वाटो भएकाले रुखमा ठोक्किन्छ की भनेर मलाइ डर पनि लाग्यो ।
तर विस्तारै उकालो चढियो । यो उकालोवाटो अघिल्लो पटक नवराज जी ले पुरै साइकल डोर्याएको कुरा हेम लिम्बू मामाले सुनाए । सीता भान्जीले नी नवराज जीलाइ जित्यो भने त हुन्न है भन्दै जिस्काएकाले होला नवराज अघि अघि लागि हाले जतिले गाह्रो भएपनि । उनी भन्दै थिए म कुकुर भएको भए त जिव्रो वाहीर निस्केर र्याल झर्थ्यो होला भनेर आफुलाइ गाह्रो भएको कुरा रमाइलो पारामा सुनाए । उकालोमा लडेदै फेरी साइकल कुदाउदै अनी फोटो खिच्दै आउदाको आनन्दो ओ हो हो वर्णन गरेर साध्य नै छैन । करिव पाच घन्टा जतिको जंगलयात्रा हामी साझमा धरान वजार आइपुगेका थियौ ।  


   नवराज राइको जोक्स अनी दिपक तामाङको शान्त स्वभाव अनी सुजन भाइको स्टन्टले साच्चै रमाइलो भो यात्रा । अनी धनकुटे रोडमा रहेको ग्रिन ब्हिलका प्रमुख हेम लिम्बूले साइकल उपलब्ध गराएर जुराइ दिएको यो जंगलयात्राको अवसरलाइ सलाम छ । अनी जो कोहीले पनि यो जंगलयात्राको मजा लिन अनुरोध गर्छन पुर्णिमा र देव ।  

1 प्रतिक्रिया: