यात्राको तयारी गदै थियौ । पानी सीम सीम पर्न थाल्यो । आफ्नो उचाइ अनुसारको
प्लाष्टिक काटेर तयार पारियो । नभन्दै पानी पनि पर्न रोकियो । प्लाष्टिकलाइ
पट्याएर सानो बनाएर आआफनो झोलाको साइडको गोजीमा घुसायौ । अनी हातमा एउटा एउटा
लठ्ठी वोकेर संखुवासभाको टुटे देउरालीवाट हाम्रो यात्रा शुरु भयो । हाम्रो यात्रा
संखुवसभाको प्रसिद्ध तिर्थ स्थल सभापोखरी सम्म थियो । यात्रामा धरानवाट फोटो
पत्रकार यात्रा थुलुङ, पत्रकार द्धय भैरव आङला र
कविराज घिमिरे अनी मामाहरु महेश्वर, सुबास हुक्पाचोङवाङ राम सम्वाहाङफे माइजु द्धय रेस्मा
र दिपा र साथमा बाजे थियौ । हाम्रो यात्रालाइ सजिलो वनाउन वसन्तपुरबाट दुइजना
भाइहरुले साथ दिएका थिए हामीलाइ ।
टुटे देउराली सम्म लेन्डरोवर
पुगेकाले त्यहाँवाट पैदल यात्राको शुरुवात भयो । त्यहाँपुग्दा दिउसोको १ वजी सकेको
थियो । ५ वटा जति घर छ टुटे देउरालीमा । पहिला सनो छदा नी यो वाटो हिडेकी थिए ।
त्यतिवेला सानो घोरेटो वाटो थियो । एक्लै हिडदा डर लाग्ने स्थान थियो । वाक्लो
जंगल थियो । तर अहिले फराकिलो वाटो खनिएको रहेछ । ताप्लेजुङ र तेह्थुमेलीहरु धरान
अर्थात राजधानी जानु पर्यौ भने यो वाटो हुदै हिडथे । तर अहिले तेह्रथुममा गाडीको
वाटो खुलेपछि कम भयो रे । हिड्दा हिड्दा गलेको शरिरलाइ विश्राम दिने ठाउ हो टुटे
देउराली । देउराली हुदै हाम्रो यात्रा तिनजुरे छिचोल्दै हामी चौकी पुग्यौ । चौकीको
लाली गुराँस होटलमा खाजा खान भनी रोकियौ । त्यहाँ पस्ने वित्तिकै मेरा पाइलाहरु
रोकिए झै भयो ।
|
टुटे देउराली । |
एकछिन होटलको भित्तामा टागिएका तस्विरमा आखाँ टक्क अडियो । मुना
दिदीकी आमा होटलको रिसेप्सनमा वसीरहनु भएको थियो । मुना दिदीको रातो गाला अनी
निधारको छेउमा रहेको कोठी मेरो दिमागमा झलझली आयो । धनकुटा वहुमुखी क्याम्पस पढदा
मुना लो दिदि र म एउटै घरमा डेरा लिएर वसेका थियौ । दिदि अति मिलनसार थिएन ।
धनकुटा पढदा देखिको हाम्रो सम्वन्ध ज्यादै नजिक थियो । प्रविणता प्रमाणपत्र तहको
पढाइ सकेर मैले धनकुटा छोडे । लामो समयको अन्तरालपछि लालिगुराँस महोत्सवमा मुना
दिदिसग उनको होटल लालिगुराँस होटलमा भेट भएको थियो । म पनि धरानवाट समाचार संकलनका
लागि गएकी थिए । त्यतिवेलाको यात्रा गुफा पोखरी सम्मको थियो । दिदि त्यतिवेला
तिनजुरे प्रावीको प्रधाध्यापक थिइन । हतारमा भएकाले चियामात्र खान भ्याइयो दिदिकाँ
। दिदीले सीता खाजा खान नी भ्याएन । यो वाटोमा खानु ल भनी क्रिम केकर विस्कुट अनी
चाउचाउ कालो प्लाष्टिकको झोलामा राखेर दिइन नाइ भन्दा नी धर पाइन जवरजस्ती मैले
बोकेको झोलामा राखि दिनुभएको क्षण अहिले जस्तै लाग्छ । तर समय पनि निष्ठुरी हुदो
रहेछ । यो भेट दिदिसगको अन्तिम भेट थिएछ । पछि दिदी बिरामी पर्नु भएछ । के रोग
लाग्यो पत्ता लागेन रे सुनेको । उहाँको उपचार धरान स्थीत वीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमै भएको रहेछ र अन्तिम सस्कार नी धरानमा नै भएको रहेछ । तर मैले
त पत्तो नै पाइन । पछि मात्र थाहा पाए मैले । छगावाट खसेझै भयो । कयौ दिन राम्ररी
निदाउन सकिन । मिलनसार र इमान्दार मानिस धेरै वाचिदैन भनेको हो क्यारे ।
|
मुना दिदीको आमा । |
लालि गुराँस होटलमा खाँजा
खादाखादै यी सव कुरा सम्झीए । मुना दिदीको वारेमा कहाँवाट कुरा शुरु गरौ । दिदीलाइ
के भएको थियो भनेर सोधु की नसोधु दोधारमा परे । त्यहाँ वसुन्जेल दिदिको वारेमा
मैले कसैलाइ पनि सोध्न हिम्मत गरिन । खाजा खाइ सकेर मन गह्रुगो पादै म हिडे । वाटो
भरी दिदिको सम्झना आइरहयो । उहाँको विषयमा यात्रामा रहेकाहरुसग गदै हिडे । घाँटीमा
केही अड्कीए झै भयो । आँखाभरी आँसु झर्न नपाउदै प्रकृतीले आँसु झारिन । हतार हतार
झोलाको गोजीमा अघि घुसाएको प्लाष्टिक खोलेर मैले ओडे । अरुले पनि ।
चौकीमा पहिला होटल नै होटल थियो ।
तर अहिले भने पहिला जति होटल चल्दैन भन्ने कुरा लाली गुरास होटलकी वन्दना तामाङले
जानकारी दिएन । अहिले त्यहा होटलको संख्या पनि घटेको रहेछ । चौकीवाट मंगलवारे
पुग्न करिव साढे चार किलो मिटर जति हिडनु पर्छ ।
मंगलबारेमा पहिलाको तुलनामा केही
घर ख्या वढेको रहेछ । बाटो फराकिलो भएकाले हिडन खासै समस्या परेन । साउनको महिना
भएकाले बाटोमा अलि अलि जुका पनि लाग्दो रहेछ । विस्तारै विस्तारै हाम्रो यात्रा
अगाडी वढीरहयो । मंगलवारेवाट केही पर श्रीमाने भालुखोप र लाम पोखरीको वस्ती भने लुटपाट
भएकै कारण सवै उठेछ । लाम पोखरीको सतह पनि सुकेको कुरा गुफाकी हिमा खनालले वताइन ।
गुरासकवोट नी किरा लागेको कारण फुल्न छोडेको रहेछ ।
|
होटल लागिगुरासवाट मंगलवारे वजारको दृष्य । |
सुस्तरी सुस्तरी तस्वीर खिच्दै संखुवासभाको
प्रसिद्ध पर्यटकिय स्थल गुफा पोखरी पुग्यौ । हामी गुफा पुग्दा झमक्कै साझ परिसकेको
थियो । वादलले पुरै गुफावजार ढाकेको थियो । साउन महिना भएपनि निक्कै चिसो थियो ।
झोला थन्क्याएर चिसो मौसमलाइ चुनौती दिन तोङबा अनी झनेको सेजङवाको साथ पनि राम्रै
भयो ।
सिता जी धेरै राम्रो लाग्यो यात्रा संस्मरण आफ्नै गाउ ताप्लेजुंगको बिगतको यात्रा लाइ ताजा बनाइदिएको छ हजुरको सभापोखरी यात्रा ले आउदो प्रस्तुतिमा अझै बिस्तृत रुपमा प्रस्तुत गर्नु हुन्छ होला भन्ने प्रतीक्षा मा छु....
ReplyDelete