तिर्खा मेटिएन ।

उज्यालो छयाङग भएपछि मात्र आँखा खुल्यो । मुख धोएर हतार हतार क्यामरा बोकेर गुफा पोखरीको फोटो खिच्न पोखरी तिर पुग्दा, पारिलो घाम लागिसकेको थियो । साउनको महिना भएपनि गुफाको तापक्रम करिव १५ डिग्री जति थियो होला । पोखरी पुग्दा नपुग्दै हाम्रो टिमका सव जना तस्विर खिच्न पुगिसकेका थियौ । गुफा पोखरीको सुन्दरता पोखरी छेउमा रहेको एउटा रुखले थपेको छ । त्यो रुखलाइ कहिले वीचमा कहिले छेउमा राखेर पोखरीको तस्वीर खिचियो । मौसम खुलेको वेला पोखरीमा मकालु हिमाल प्रतिविम्वत हुदा दृष्यलाइ क्यामरामा कैद गर्न जो कोही पनि आतुर हुन्छन । वनस्पती विज्ञ कमल मादेनका अनुसार पोखरीको पुर्व तर्फ करिव २० मिनेटको दुरीमा  २० देखि २५ जना मानिस अटाउने गुफा छ । त्यही र पोखरीको कारण त्यहाको नाम गुफा पोखरी रहेको हो । गुफा बजारको शिरमा मेन्छ्या येम डाडा छ । लिम्बू भाषामा मेन्छया येप को अर्थ उभिएको तरुनी अर्थ लाग्छ । त्यो डाडामा तरुनी उभीएको बारम्बार देखिएका कारण नै सो डाडाको नाम मेन्छ्या येम रहन गएको किम्वदन्ती छ । तर येप शब्द अपभ्रम्स भएर येम भएको लिम्बू मुन्धुसाबाहरुको भनाइ छ ।
खोपीङको पोखरी । 
      विश्व संरक्षण संघ आइयुसीएनका अनुसार गुफा समुद्री सतहवाट २८९० मिटर उचाइमा छ । यहाँ बसोवास गर्नेको व्यावसाय होटल सन्चालन गर्छन । छुर्पी घिउ र चौरी गाइको मासु र याकको सुकुटी पनि बनाउछन यहाँ । गुफा बासीहरु वर्षा याममा भेडा चराउन र चौरी गोठ राख्न सभापोखरी क्षेत्रमा जादा रहेछन परिवार सहित । गुफा नजिकै सुके बजार पनि छ । त्यहा पनि होटल र पसलहरु सन्चालन गरेका छन स्थानीयबासीहरुले । गुफा नुनढाकी गाउ विकास समितीमा पर्छ । यो तेह्रथुम संखुवासभा र ताप्लेजुङको संगम स्थल पर्छ ।
      चिया खाइसके पछि हामी आआफ्नो झोला वोकेर सभापोखरी तर्फ हाम्रो यात्रा अगाडि वढ्यो । सुके वजार पुग्दा थाहा भयो राम मामाले घरवाट सभापोखरीमा चढाउन वोकेको फुलपाती होटलमा नै विर्षिएछ । हामी सुके वजार छेउमा तस्वीर खिच्दै वस्यौ । महेस मामा र बाजे फुलपाति लिन फेरी गुफा वजारमा फर्कनु भयो । उनीहरु फर्केर आएपछि हामी वाटो लाग्यौ । सुकेपोखरी देखि केही पर बरावर साइजका ढुङगाहरु माथीवाट तल सम्म दाउराको भारी घोप्टयाए झै थियो १८ बर्ष अगाडि म त्यहाँ पुग्दा । तर अहिले ती ढुङगाहरु निकालेर नयाँ खनीएको सडक माथी ढुङगाहरु छापीएको रहेछ । नुनढाकी गाउ बिकास समीतीको पाश्र्व चित्रमा उल्लेख भए अनुसार पोरोक्मी यम्फामी माङ (भिमसेन) मिल्के डाँडामा घर बनाउन गुफा पोखरीको बाटो हुदै ढुङगा बोकेर जादा मिल्ले नपुग्दै ढुङाको भारी भाले बासेको हुदा त्यही ठाँउमा ढुङगाको भारी खन्याएका थिए । अनी यम्फामीले छेलो हानेको ठुलो ढुङगा अहिले नी सडकको दक्षिणी भागमा देख्न पाइन्छ ।

       जोर पोखरीवाट हाम्रो यात्रा उकालो तर्फ अघि वढ्यो । घाम पनि छिप्पिदै गएकाले पोल्न शुरु गर्यो । उकालो हिडाइ अनी घामको पोलाइले पसिनासरी सव जना स्याँ स्याँ हुदै अगाडी वढ्यौ । पसिना धेरै वगेकाले तिर्खाले नी सताउन थाल्यो । पानी पिउन नपाएर मुख सुक्न थाल्यो । तिर्खाले प्याक प्याक भइयो । लाम पोखरीमा दुइ वटा पोखरी त थिए । तर त्यो पोखरीमा भैसी आहाल वसेकाले त्यो पानी खाने आँट हामी कसैले गरेनौ । पानी पाइदैन भन्ने जानकारी हाम्रो समुहको कसैलाइ थाहा थिएन । हुन त यो मेरो दोस्रो पटकको यात्रा थियो सभापोखरी तर सानो छदा त्यहाँ पुगेकाले त्यो यात्रावारेमा राम्रो जानकारि म मा थिएन । त्यसैगरी मामा द्धय सुवास र महेश पनि पहिला सभापोखरी पुगेको त वताउदै थिए तर उनीहरुलाइ पनि पानीको अभावका विषयमा केही जानकारी थिएन । गुराँस नै गुरासले ढाकेको वन र नागीको वाटो हुदै हाम्रो यात्रा अगाडि वढि रह्यो । पानी पाउने छाटकाट देखिएन । मानव वस्ती नभएकाले कसैलाइ सोध्न नी पाइएन । वाख्रा भैसी गाइ गोरुहरु नागीमा चरिरहेका थिए । त्यसवाट पानी छ भन्ने अनुमान त लगायौ तर खान लायक भने कहि भेटिएन । गुफावाट हिडेको पाँच घन्टा पछि वल्ल एउटा पोखरी भेटियो । त्यो खोपिङको पोखरी थियो । त्यो पोखरीको छेउछाउमा तिर्थ यात्रीहरु खाना पकाउदै थिए । कोही खादै थिए । खाना खाइसकेकाहरु भजन गाउदै नाचिरहेका थिए । केही भने वाटो लाग्नलाइ आफनो सामानहरु झोला र डोकोमा थन्काउदै थिए ।
    
  तिर्खाले हर हर भएको हाम्रो आतलाइ साम्य वनाउन रुमालले छानेर पानी खायौ । पानीमा उफ्रने साना किराहरु प्रस्टै देखिन्थे । पानीको रङ पनि चियाको रङ जस्तै थियो । तर त्यो पानी खान बाहेका कुनै विकल्प नै थिएन । बोतलमा छानेर राखिएको पानी ठाडो घाँटी लएर सवैले घट घट पिए । मेरो घाटीमा पानी छिदै छिरेन । वल्ल वल्ल एक घुट्की पिए । तिर्खा मेटिएन । नखाइ सन्चै भएन । आखाँ चिम्म पारेर घुटु घुट एक सासमा आधा बोतल पानी पिएपछि वल्ल तिर्खा मेटिए झै लाग्यो । पानीको तिर्खा मेटेपछि हामी खाना पकाउन थाल्यौ । हाम्रो खाना पाकेर हिड्दा सम्ममा अरु तिर्थयात्रीहरु सवैजना वाटो लागि सकेका थिए ।
      उकालै उकालो हाम्रो यात्रा अघि वढिरहयो । लामपोखरी, खोपिङ हुदै साँझमा हर्कटे पुगियो । हर्कटे पुग्न लाग्दा चौरी र याकहरु देखिन थाले । हरियो चौरमा चरिरहेको चौरीले घाँस मुखले चुट्टयाउदा उस्को घाँटीमा भएको घन्टी हल्लीन्थ्यो र टङ टङ आवाज निस्कथ्यो । त्यो आवाजले चौरी कहाँ चरिरहेको छ भनेर चौरी धनीलाइ ठम्याउन सजिलो हुदो रहेछ । सुनसान ठाँउमा घन्टी आवाजले मनै आनन्द भएको भान हुन्थ्यो । चौरीको नायकको कानमा रातो रंगको फुल जस्तो धागो बाधि दिदा रहेछन ।  हर्कटेमा एउटा चौरीको गोठ छ । सो चौरी गोठमा हामीले चौरी गाइको दुधको चिया खायौ । हर्कटेको पुर्व पट्टीको जंगलमा आगलागि भएकाले गुराँसको बन पुरै सुकेको थियो । अनी गोव्रे सल्लाका वोटहरु डढेर मुड्का मात्र बाकी रहेको छ । करिव एक घन्टा जति उकालो हिडेपछि डल्ले आहाल पुगिन्छ । डल्ले आहालको उकालो वाटोमा माथी अगाडीतरको वाटो हेर्ने हो भने टोपी झर्ने उकालो छ । एक पाइला सार्दै झोला विसाउदै । कहिले चारपाउ टेक्दै त्यो उकालो वल्ल तल्ल काटीयो ।
हर्कटेकी निमा । 
      समुन्द्र सतह देखि ३४ सय मिटर उचाइमा दोवाटे छ । दोवाटे ताप्लेजुङ र संखुवासभा जिल्लाको संगम स्थलमा पर्छ । दोवाटेमा दुइवटा चौरी गोठ छन । दोवाटेवाट ओरालो लाग्दा साझ परिसकेको थियो । साँझमा टर्च लाइट वालेर वल्ल तल्ल हिले पुगियो । हिले ताप्लेजुङको फाकुम्बा गाविसमा वडा नं ६ मा पर्छ । त्यहा दोर्जे लिम्बूको चौरी गोठ छ । उनकी आमा सेर्पा भएकोले उनी पनि चौरी पालनमा लागेको वताए । दोर्जेको गोठमा पुग्दा झमक्कै रात परेको थियो । पानि पर्ला झै गरेर विजुली चम्कदै थियो । कोही दाउरा खोज्न लाग्यो कोही हामी वस्ने डेरा वनाउन थाल्यौ नभन्दै पानीले दर्कियो । त्यसै त चिसो ठाँउ पानी पर्न थाले पछि झन जाडो भयो । मट्टीतेल लागएर महेस मामा , बाजे र म मिलेर फुकेको आगो पानीले निभायो ।
     
हर्कटे ।
पानी अलिक रहे पछि फेरी पाल टाग्न थाले मामाहरुले । पाल टागि सकुन्जेल सम्ममा मेरो त हात खुट्टा जिउ झम झमाउन थाल्यो । हात त चिसोले चिमोट्दा नी थाहा नपाउने भयो । यात्रा दाइले स्लीपीङ व्याग निकालेर दिनु भयो त्यहाँ पसेर म गुटुमुटीए पछि अलिक राहत भो । हात रगडे । टाँउको फुटने गरी दुखेको थियो । औषधी खाएर निदाएछु । दिपा माइजुलाइ गाह्रो भएको थियो । सवै भन्दा कमजोर थियौ दिपा माइजु र म । खाना खाएपछि सव जना आराम गयौ । आकाश गर्जेका कारण चट्टयाङ पर्ला भनेर डर लागि राँ को थियो । म रातभर निदाउन सकिन । अरु त निदाएका होलान भन्ठानेको थिए । एक्कासी राम मामा भने "भालु आयो " त्यसपछि सव जना वोल्न थाले । मलाइ झै अरुलाइ नी निन्द्रा लागेन छ ।
दोस्रो दिन गुफा साउन ३ गते  २०७० ।



0 प्रतिक्रिया:

Post a Comment