मेरो मन भने भरिएन ।

पानी परेकाले मौसम निक्कै चिसो थियो । स्लिपिङ व्यागबाट बाहिर निस्कने मन थिएन । जति उज्यालो हुदै गयो उति मिठो निन्द्रा लागि रहेको थियो । तर बाटो लामो भएकाले सवेरै वाटो लाग्नु पर्ने  बाध्यता थियो हाम्रो । उठेर पालबाट बाहिर निस्किए । महेष मामाले हातमा बाफै बाफ उडिरहेको तातो कफि प्लाष्ट्रिकको ग्लासमा हातमा लिएर उभिरहेका थिए । साथै हामीलाइ पनि खान अनुरोध गरिरहेका थिए । म जिउ तन्काउदै पश्चिम तिर के फर्कीएको थिए । चादि झै सेतो टल्कीएको मकालु हिमसृङखलामा आखाँ टक्क अडियो । हतार हतार क्यामरा निकालेर त्यो दृष्य क्यामरामा कैद गरे । क्यामराको मेमरी भरिरहेको थियो तर त्यो सुन्दर दृष्यको तस्वीर जति खिचे पनि  मेरो मन भने भरिएन । खिचिक खिचिक तस्वीर खिचि रहे । मकालु हिमसृङखलाको सौन्दर्यलाइ यात्रा थुलुङ कविराज घिमिरे अनी भैरव आङला पनि एकहोरो आआफनो एङगलमा कैद गरिरहेका थिए ।  हिड्न नसक्ने भएकाले सुवास मामाले हामीलाइ अगाडि हिडन अनुरोध गरे । आफुले ओढेको स्लिपिङ व्याग पट्टाएपछि दीपा, रेस्मा माइजु र म वाटो लाग्यौ । राम, महेश र सुवास मामा अनि हामीलाइ यात्रालाइ सजिलो वनाइ दिने दुइजना भाइहरु भारी कस्न थाले । वाटो निक्कै अप्ठ्यारो थियो । उकालो वाटो धेरै थियो । बर्षा याममा मात्र यो बाटो हिडिने भएकाले बाटोको डोबहरु स्पस्ट देखिदैन थियो । अगाडी गएका मानिसको पाइला हेदै बाटो सहि हो होइन भनेर छुट्ठाउनु पर्थ्यो । टेकिएका डोबहरु आलो छन कि छैनन भनेर कयौ पटक हामीले घोप्टीएर हेरेका थियौ बाटो भुल्न लाग्दा ।

मकालु हिमाल

      यात्रा भरी खाने पानीको अभाव भएकाले बाटोमा पनि भेट्योको तिर्खा लागे पनि नलागेपनि पिउनु पर्ने वाध्यता थियो हाम्रो । बाटोमा पानी वगिरहेको भेटियो । यो पनि हामीले भेटेको मध्ये सवैभन्दा कन्चन थियो । यात्रा दाइले बोतलमा पानी भरे । यतिक्कैमा पछाडि रहेका सम्पुर्ण सदस्यहरुले हामीलाइ भेटे । जंगलको बाटो भएकाले निक्कै डरलाग्दो थियो । जंगल छिचोलेको करिव एक घन्टा पछि हामी गोरु जुरे डाडामा पुग्यौ । यो गोरु जुरेमा रंगि विरंगी ध्वजा बाधिएका मालिङगोहरु गाडिएका थिए । त्यो गोरुजुरेबाट पश्चिम पट्टी मकालु हिमाल आँखै अगाडि देखियो । भने पुर्व पट्टी कचंजंघा हिमसृङखला देखियो । तर कचंजंघालाइ भने वादलको घुम्टोले छपक्क छोपेको थियो । सवैलाइ फेरी मकालु हिमसृङखलाको सौन्दर्यले मख्ख बनायो । सामुहिक तस्विर खिचेर हाम्रो यात्रा अगाडी वढयो । करिव आधा घन्टा पछि गिद्धेको एउटा गोठमा पुग्यौ । गोठसगै रहेको सौचालयमा आखाँ पुग्यौ । गुफा छोडे पछि सौचालय नभएकाले खुला स्थानमा सौच गर्न वाध्य थियौ। गिद्धेमा वोराले छेकेर बनाएको सौचालय देखेर मनमा एक किसिमको आनन्द आयो । यो गोठ भन्दा उता पिउने पानी नपाउने भएकाले हामीले यही विहानको खाना खाने निर्णय गर्यौ ।
      ताप्लेजुङको फाकुम्बा गाविस र साघु गाविसको सीमाना पर्ने यो गोठ गुफाकी निमा फुङजुको रहेछ । यो स्थान समुन्द्र सतह देखि ३६ सय २० मिटर उचाइमा छ । निमा फुङजु चौरी दुहुदै थिइन । निमा त लिम्बू भाषा पनि वोल्दी रहिछिन । उनले सेवारो लुङवा भन्दै हामीसग मजाले लिम्बू भाषा वोलिन् । उनको गोठ बाहिर अटि नअटि तिर्थ यात्रीहरु खाना पकाउदै थिए । खानेपानी र दाउरा नजिकै नपाउने भएका कारण दउरा र पानी महगोमा किन्नु पर्थ्यो । खाना पकाउन भनी महेस मामा र म गोठ भित्र पस्यौ । धुवा नै धुवाले भरीएकाले पस्ने वित्तिकै केही देखिएन । एकछिन उभिएपछि थाहा भयो गोठ भित्र वरीपरी थुप्रै मानिस तोङवा खाएर वसीरहेका थिए । चुलामा एक महिला खाना पकाउदै थिइन । चुला छेउमा नआउनु भनी ती महिलाले निमा फुङजुलाइ भन्दै थिइन । खाना पकाउनका लागि निमाले ल्याएको दाउरा पनि टाढावाट नै फाल्न अनुरोध गरिन ती महिलाले । महिलाले भने वमोजिम नै निङमाले पनि दाउरा फालि दिइन् । चुलामा नछुन वताएपछि निमा निक्कै रिसाइन। निमाले दिएको पानी दाउरा वाल्न हुने अनी उनको घरको चुलामा पकाउन हुने तर निमालाइ नै चुला छेउमा आउन नदिए पछी फेरी फेरी उनीहरुलाइ खाना पकाएर खान नदिने धम्की दिइरहेकी थिइन निमा। हामीलाइ नी उनले पकाएको वेलामा चुला छेउमा नआउन भनिन् । किन भनेर प्रश्न गर्दा "छोइन्छ" भनिन् । हामीले नटेरी खाना राख्यौ चुलामा । खाना पकाउन नदिएकोमा हामीले उनलाइ सम्झायौ । तर ती महिला मानिन् ।  उनका साथमा आएका उनका छोराहरु काठमाडौ वस्ने भन्दै एम ए पास गरेको धम्की दिदै थिए । जे गरिन आमाले ठिक गरेको भन्दै साथ दिइरहे । तर ती महिलाको श्रीमानले भने गल्ती भएको भन्दै माफी मागे । ती महिला तेह्रथुम आङबुङकी भन्ने थाहा भयो ।
गिद्धेको निमा फूङजु
      मामाहरु हाम्रो लागि खाना पकाउदै थिए । मैले निमा फुङजुको गोठको वसाइ अनी चौरी दुहेको फोटो खिचे । निमाले पालै पालो चौरी दुहुने तयारी गदै थिइन । उनीसग २० वटा चौरी गाइ रहेछन । भाडामा जाडको छोक्रा देखाउदै निमा कराइन नान्दोमा स्यो स्यो भनेर । गोठको केही तल खुला चौरीमा उग्राएर वसीरहकी चौरी निमा कराउने साथ जुरुक्क उठेर गोठमा आइन । नान्दोमाले भाडाको छोक्रा खादा खादै निमाले नान्दोमाको पछाडीको दुवै खुट्टा डोरीले वाधिन् । चौरीको नाकको टुप्पामा सेतो रौ छ । यस्तोलाइ शेर्पा भाषामा नान्दोमा भनिन्छ । नाकमा सेतो भएकाले चौरीको नाम  नान्दोमा राखेको उनले वताइन । निमाले भनिन् "नान्दोमा अलिका वदमास छ । नयाँ मान्छेलाइ यस्ले हान्छ ।"  
      खाना खाएपछि हामी बाटो लाग्यौ । बाटो झन झन अप्ठ्यारो हुदै गयो । गिद्धेवाट करिव एक घन्टाको हिडाइपछि माने भन्जाङ पुगिन्छ । त्यहाँ एउटा गोठ छ । माने भन्जाङवाट करिव आधा घन्टा ओरालो हिडेपछि ठाडे ओडार भेटिन्छ । यस्को करिव ४० जना व्यात्ती अटने क्षमता भएको टिइ एफ इ र अरुण अपत्यका समुहले त्यही ओडारको ढुङगामा लेखेका छन । त्यो ठाडे ओडारको केही माथी भुते ओडार पनि छ । त्यहा पनि करिव २० जना जति बास वस्न सक्छन । मानव वस्ती नएकाले ओडार वा चौरी गोठमा वाँस वस्नु पर्छ तिर्थयात्रीहरु । भुते ओडारपछि आउने ठाडो उकालो काटेपछि ताप्लेजुङको खाबा बले आउछ । यो ठाँउमा माथि सिद्धिवाट गोठालाहरु खाँबा र बलो लिन आउने भएकाले यो ठाँउको नाम खाबा बले रहन गएको कुरा पुर्वको तिर्थ सभापोखरी लेखमा कमल मादेन र हेमचन्द्र भन्डारीले उल्लेख गरेका छन ।  यहा एउटा गोठ छ । ताप्लेजुङ जिल्ला विकास समितले वनाएको एउटा पार्टी पनि छ ।
      खाबा बलेदेखि शुरु हुन्छ उकालोवाटो । यो बाटो अति नै विकट छ । यहाँ ठुल ठुला रुखहरु छैनन । जति माथि हिडदै गयो उती अग्ला रुखहरु देखिन छोडिन्छ । ठुला ठुला हरियो नागिहरु देख्दा बसेर आराम गरु गरु जस्तो लाग्छ । त्यही नागीमा रंगिविरंगी मसीना फुलहरु देख्दा मनै आनन्दित हुन्छ । जित माथि चढदै गयो उती स्या स्या वढदै जान्छ । खुट्टा उचाल्न पनि मुश्किल हुदै जान्छ । एक दुइ पाइला हिड्यो खुइयाँ गदै उभियो । राम्रो ढुङगा देख्ने वित्तिकै थचक्क वस्यो । पुरा निन्द्रा लागेको अनुभुति हुन्छ । तर त्यसरी निद्रा नलाग्दा निदाउन नहुने वाटामा हिडने तिर्थयात्रीहरुले सम्झाए । जति जति उचाइ वढदै गयो उती उती सास वढछ । त्यसमा पनि सुनपाते भैरुङ पाते र धुपीको बास्नाले टाउको दुख्छ । वनस्पती विज्ञ कमल मादेनका अनुसार भैरङ पाती गुराँसको एक प्रजाती हो । यो सभापोखरी आसपासमा पनि पाइन्छ । यो सवै भन्दा होचो गुराँस हो ।
     
एकै छीनमा पानि पर्ने र घाम लाग्ने यहाको मौसमको विशेषता हो । प्रायजसो बादलले सुर्यको प्रकास ढाकी रहन्छ । खाबा बलेवाट पाँच घन्टाको हिडाइपछि मात्र वल्ल साँझमा हामी थुम्की पुग्यौ । त्यहाँ पुग्दा म लखतरान भइसकेको थिए। पुग्न साथ गोठको एक छेउमा वर्की ओडेर निदाएछु । विउझिदा मामाहरुले हाम्रो लागि पाल टागि सक्नु भएको थियो । पाल भित्र पसेर चिया खायौ । वस्दा वस्दै एक्कासी सास वढेर आउथ्यो । सुतिरहेको वेला पनि त्यस्तै हुनथ्यो प्राय सवै जनालाइ । हामीले अनुमान लायौ अक्सिजन कम भएकाले होला भनेर । यहा सम्म आउदा प्रायजसो धेरै जना विरामी हुन्थे । यहाको उचाइ करिव ४१ सय मिटर जति छ । रातभरी पानि पर्यो । डाडा भएकाले हावा पनि अत्याधिक चल्यो । हाम्रो पालमा हावा ठोकिदाको आवाज एकदम डरलाग्दो थियो । जस्ले उडाएर लग्गा झै अनुभुत हुन्थ्यो ।




0 प्रतिक्रिया:

Post a Comment