बत्तिस किलोमीटर छिचोल्दा ।

सीटीको सुइया आवाजसगै यात्रा शुरु भयो । मेरो लागि यो यात्रा त्यति सहज थिएन । मनमनै भेटेटारको उकालो वाटो सोचेर हार मानी सकेको थिए । कसरी पुरा गर्ने होला भन्ने चुनौती म मा थियो । धरान नगरपालिकाका वातावरण अधिकृत सुनिल नेपाल प्रमुख अथिती थिए । उनले धरानको भानुचोकवाट शुरुहूने हाम्रो यात्रालाइ सीटी वजाएर शुरु भएको संकेत गरे । लेडिज फस्ट भनेर मलाइ अगाडी वोलाए । म अगाडी साइकल चढेर हिडे । अरु सव जना पछि पछि आए । धरानको भानुचोकवाट अमरहाटको उकालो सम्म त म अघी अघी अरु पछी पछि थिए । त्यो उकालो कटन नपाउदै मुखवाट अटि नअटी स्वास स्वाँ स्वाँ निस्कियो । खुट्टा गलेर चल्न नसक्ने भइसकेको थियो । त्यती वेला सम्ममा मलाइ सवैले उछिनि सकेका थिए ।  म साइकल डोर्याउन थाले । भेडेटार पुग्ने चाहाना मरेर गयो । साथी सुर्य पुनले  एम्वुलेन्स चढेमा तस्वीर खिचेर फेसबुकमा राख्ने चुनौती दिइसकेका थिए । धरानको वेसक्याम्पमा नपुग्दै आट हारि सकेको थियो । बेस क्याम्पमा पानी खाएपछि साइक्लीस्ट भाइ फुर्वा तामाङलाइ मेरो साइकल कुदाउन अनुरोध गरे । नभन्दै उनले मेरो साइकल सुइया उकालो चढाइहाले । 
तस्विर यात्रा थुलुङ
हिम शिखरका क्यामरा पर्सन भाइलाइ पछाडी राखेर म स्कुटरमा हुइकिए । करिव एक किलोमिटर माथी रमिते डाडामा सम्म गए साइकल कुदाएर सहयोग गरे भाइ फुर्वाले । रमिते डाँडाँ पुगेर ग्लुकोज पानी पिएपछी रमितेको थोरै ओरालोवाटोले साइकल चलाउने हिम्मत थपी दियो म मा । त्यसमा पनि भाइ भुमेश काफ्ले र साथी सुर्यले साइकल चलाउने हौसला दिइरहे । त्यो हौसलाले मेरो हिम्मत अझ वढ्यो ।
      विस्तारै हाम्रो यात्रा अगाडी वढि रह्यो । कहि साइकलको पेडल पेल्दै यात्रा अगाडि वढायौ भने कहि साइकल डोर्याउदै अघि वढि रह्यौ । एक एक गदै हामीलाइ सवैले उछिने । हामी सवै भन्दा अन्तिममा थियौ । मोवाइलमा गित सुन्दै हाम्रो यात्रालाइ थप रमाइलो वनायौ आफैले । प्रत्येक घुम्ती अनी मोडहरुलाइ रमाइलो वनाउन पालो पालो गफ चुटिहयौ । सुर्य र मेरो भन्दा भुमेस अलिक साइकल कुदाउन सक्थे । त्यसैले होला हामीले साइकल डोर्याउन थालेको केही मिनट पछि साइकल चढेर कुदाउन अनुरोध गरिरहन्थे । तर उनको अनुरोध हामी दुइ जना नसुने झै गथ्यौ । यात्रा अवधी भर दुइ जनाले मलाइ साथ दिइरहे ।
      आधाबाटो पुगेका थियौ । वाटोमा राजिव र विश्वराम कार्की मोटर साइकलमा सुइया हुइकिदै आइपुगे । हामी तीन जना आराम गरेर वसी रहेका थियौ । उनीहरुले कार्टुनमा फ्रुटी वोकेका थिए । उनीहरुले वोकेको कार्टुनवाट तीन वटा फ्रुटी निकाले । एकै सासमा भुमेश र सुर्यले फ्रुटी पिए । मैले भने थोरै खाए । थोरै भरैलाइ साचेकी थिए । हामीसग भएको पानी पनि सकि सकेको थियो । विस्कुट बाकी थियो । फेरी वाटोमा धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ र भेटेटारमा भइरहेको चङगा चेट उत्सवका आयोजक सिल्भर इन्टरटेनमेन्टका सौरभ स्कुटरमा उकालो चढिरहेका थिए । उनीहरुले एक वोतल पानी दिएर गए । त्यो पानीले उकालो हिड्दा हिड्दा लागेको प्यास गुजार्न सहयोग दियो ।

      बाटो घरी घरी वादलले छपक्कै ढाकिन्थ्यो भने घरी घरी प्रचन्ड घाम । मौसम रमाइलो नै थियो । ठुल ठुला ट्रक र वसहरुले हामीलाइ उछिनेर जान्थे । छेवैवाट मोटर साइकल कार अनी स्कुटर सुइया गुड्दा भने यसैगरी गुडकिन पाए नी हुन्थ्यो भन्ने विचार मनको एक कुनामा आइ नै रहयो । यात्रा वढि रहेको थियो । अचानक मेरो खुट्टामा अप्ठ्यारो भएर आयो । निक्कै दुख्यो । यसो घोप्टीएर हेरे मेरो दुइवटै फिलाका मसल पल्टीएको देखे । पुरा मसल टाइट भयो । एक्कासी चिच्याए मेरो खुट्ठा पल्टीयो भनेर । केही अगाडी वढिसकेका भुमेश र सुर्य कुदेर आइपुगे । मेरो खुट्टा चलेन । म उभिएको उभियै भए । एकछिनको आरामपछी फेरी हाम्रो यात्रा अगाडि वढ्यौ । त्यतिखेल हामी भेडेटार वजार भन्दा दुइ घम्ती तल थियौ । एक घुम्ती माथी प्यारा ग्याइडिङ प्वाइन्टमा हामीलाइ कुरेर वसी रहेका थिए अरु साइक्लिस्टहरु । घुम्तीमा एक छिनको थकाइ मारियो । ग्रिन ब्हीलका प्रमुख हेम लिम्बू भाइहरु विवेक तामाङले हामीलाइ पानी खुवाए । करिव चार घन्टामा हामीले १६ किलोमिटरको उकालो यात्रा पार गर्न सफल भयौ । भेडेटार वजार पुग्दा युद्ध नै जितेको अनुभव भयो । चङगा चेट उत्सवलाइ सफल वनाउन धरानको ग्रिन ब्हील्स राइडर्स तथा एमटीभी जोन अनी इस्टर्न ट्रेलवाट करिव ३१ जनाले साइकलमा भेटेटारको उकालो वाटो छिचोलेका थियौ ।

      भेडेटारको चिसो मौसमले जो कोहीको पनि मन तान्छ । त्यही मौसमको आर्कषणले जति पटक भेडेटार पुगे पनि मन अघाउदैन । भेडेटार देखि नौ किलोमिटर धनकुटा पट्टी नमस्ते झरना अनी नाम्जेको आत्मघर शंखेश्वरको मुर्तीका कारण पनि पर्यटकहरुको आउने क्रम वढेको छ । करिव पाच घन्टाको वसाइपछी नाकवेली वाटो छिचोल्दै धरान झरियो । सीम सीम पानीसगै साइकलको द्रुतगतिको आवाजले मनै भुरुङग हुन्थ्यो । जति कठिनले उकालो चढेका थियौ त्यती नै सहज अनी रमालो हुदो रहेछ डाउहिल राइडीङ । साहसीक यात्राको अवसरका लागि ग्रिन ब्हीलका सन्चालक हेम लिम्बूलाइ मुरी मुरी धन्यवाद ।
       


     

0 प्रतिक्रिया:

Post a Comment