वन्दुक वोकेका एक युवा

दैनिक १२ देखि १३ घन्टाको हिडाइका कारण मलाइ अतिनै थकान महसुस भयो । यो भन्दा अघि हिडनलाइ मेरो आत हारिसकेको थियो । वढि थकाइका कारण होला खाना सधै झै रुच्न छोड्यो । खाना नै खान नसकेपछि हिड्न लाइ धेरै गाहो भो । हिड्दा पनि मेरा खुट्टाहरु काम्थे । अझ चिसोको कारण अनुहार सुन्नीएको थियो । पानी अभावका कारण मैले मुख नधुएको पनि २ दिन भइसकेको थियो । हात र खुट्टा फोहोर भइसकेका थिए । दिउसो भरी पानीमा हिड्यो अनी त्यही चिसो लुगामा वेलुका सुत्यो । सव जना हामी फोहोरी भइसकेका थियौ । गोठमा वसेका गोठालाहरुको लुगामा लेघ्रा लेघ्रा मयल देखेको थिए । सेतो खुट्टा र हातहरुमा पनि मयलका टाटा वसेको देख्दा उलुक उलुक भएको थियो मलाइ । तर आफनो पनि पानि अभावका कारण त्यही गोठालाको हालत भएकाले वल्ल महसुस गरे जाडो त्यस माथी पनि नभएका कारण उनीहरु फोहोरी भएर वसेका रहेछन भनेर ।

 थुम्कीको सुताइ गजव भो । मजाले निन्द्रा पर्यो । तिर्थायात्रीहरुको आवाजले हामीसवैको निन्द्रा खुल्यो । राम्रो उज्यालो भएको थिएन । सारा हाम्रो सामान त्यही छोडेर हामी सभापोखरी तर्फ लाग्यौ । थुम्की देखि केही माथि डाडामा पुग्दा हावा यसरी चल्यो की उडाउला झै गरी । ओडेको प्लाष्ट्रिक सम्हाल्नुकी झोला सम्हाल्नु भयो । वल्ल वल्ल त्यो उकालो काटियो । उकालो काटेपछि जलजला डाडामा पुगिन्छ । यो समुन्द्र सतह देखि ४ हजार ४ सय ७० मिटर उचाइमा छ । यहा पुग्दा लेक लाग्ने धेरै सम्भावना हुन्छ । कति तिर्थयात्रीहरु थुम्की नपुग्दै लेक लागेका कारण विरामी भएर सभापोखरी पुग्न नपाउदै फर्कन्छन । थुम्कीको भकारी छिरुवावाट पश्चिम लाग्नु पर्नेमा हामी पुर्व  तर्फ लागेछौ । बाटो भुलेकाले भिर पाखा हुदै सुनलङगुर पुग्यौ । यो पुरानो वाटो हो । यो वाटो अप्ठ्यारो भएकाले सात जना तिर्थयात्रीहरु लडेर ज्यान गुमाएको सभापोखरी धार्मिक पर्यटन बिकास उपभोत्ता समितिका अध्यक्ष मन बहादुर थक्लुङले जानकारी दिए । मनवहादुरका अनुसार थुम्कीवाट राते ओडार तिर वाटो गरिएको रहेछ । सुनलङगुरवाट हामी सेलेले ओरालो लाग्यो । मसीनो गिटी नै गिटी भएकाले जुत्ता चिप्लीएर थचक्क कयौ पटक म थेचारिए । यात्रा थुलुङ भैरव अनी हाम्रो सहयोगी भाइ गरी चार जना अगाडी थियौ । बाकी सात जना पछाडि थिए । म हिडन नसकेको कारण मेरो क्यामराको झोला पनि ती सहयोगी भाइले वोकीदिएका थिए । तस्वीर खिच्ने हिम्मत ममा थिएन । अझ सुनपाती र भैरङ पातिको गन्ध वेला वेला हावाले ल्याएर नाकमा बारम्बार ठोक्काइ  दिएका कारण टाउको दुखेर हैरान भएको थियो । वल्ल वल्ल सेलेले ओरालो काटियो । हामी सभापोखरी छेउछाउ पुगेका थियौ । त्यहा भने प्रसस्त पानी थियो । पानी खादै हाम्रो यात्रा अगाडि वढ्यो । खाली पेट भएकाले होला खुट्टा उचालिन छोडिसकेको थियो मेरो । यात्रा दाइलाइ म जादिन मेरो क्यामरा लगेर पोखरीको फोटो खिचेर ल्याइ दिनु भनी मैले अनुरोध गरे तर दाइ मानेनन्। हुन पनि हो बाह्र हात नाघेर आएपछि वित्तामा हार्ने भनेर म विस्तारै हिडे । हाम्रो झोलामा चाउचाउ र चिउरा थियो । ढुङगामा वसेर खायौ । आराम गर्यौ । त्यहा भेडिगोठ पनि थियौ । टाढाबाट सेतो र कालो रंगका भेडाहरु हरियो नागिमा चरिरहेको दृष्यले मनै लोभ्यायो । तर के गर्ने फोटो खिच्ने साहस म मा सकि सकेको थियो ।

   
सभापोखरी
   बाटोमा वन्दुक वोकेका एक युवा भेट्टायौ । गोठालाहरुका अनुसार उनी डाफे र मुनाल मार्ने सिकारी रहेछन । सभापोखरी पुगेर फर्कनेहरुको भिड थियो । हामी फेलेले उकालो चढ्यौ वल्ल वल्ल । सो उकालो वाट यसो पछाडी फर्केर हेर्दा आङ नै सिरङग हुने भिर छ । मुटु ढुक ढकु हुदै बल्ल बल्ल मैले त्यो फेलेले उकालो चढे । यस्लाइ धर्म द्धर पनि भनिदो रहेछ । उकालो सक्ने वित्तक्कै डाडामा ढुङगेसाघुका धन प्रसाद नेयोङले सात लाखमा तिर्थयात्री वस्ने पार्टि वनाइ दिएका रहेछन । अनी सभापोखरीको छेउमा धन वहादुर वनेमले पनि पार्टि वनाइ दिएका छन । जस्का कारण तिर्थयात्रीलाइ वास वस्न धेरै सजिलो भएको रहेछ ।
      करिव हामी १२ वजे तिर सभापोखरि पुग्यौ । मौसम खुलेको थियो । मैले विभिन्न ठाउवाट २५ वटा जति पोखरीको तस्विर खिच्न नपाउदै कुहिरोले डाम्मै ढयाक्यौ । अनी फेरी मुसलधारै पानी पर्न थाल्यौ । क्यामरा लुकाएर फर्कन सिवाय कुनै उपाय नै भएन । हामिले फोटो खिचिसक्दा अरुले पुजा आजा गरि सकेका थिए । पुजारी ब्रिटिस गुरुङका अनुसार दैत्यहरुको विनास रोक्न र दैत्यहरुसग विजय प्राप्त गर्न पोखरीमा देवताहरुले सभा गरेको थियो । सभा गरिने स्थान भएकाले यस्लाइ सभापोखरी भनिएको हो । पोखरीको विचमा हरियो थुम्का छ त्यसलाइ व्यास भनिन्छ । त्यो व्यासमा कम्पनी पैसा फाल्दा पुगेमा चिताएको पुग्ने विश्वास रहेको अर्का पुजारी बाबुराम अधिकारीले जानकारी दिए । विश्व संरक्षण संघ आइयुसीएनका अनुसार यो पोखरी ३८ सय मिटर उचाइमा छ । यो अल्पाइन क्षेत्रमा पर्छ । लाली गुराँसको अनुसन्धान गर्न सात चोटी सभापोखरी पुगेका वनस्पती विज्ञ कमल मादेनका अनुसार पोखरीको लम्बाइ २ सय मिटर चौडाइ १ सय मिटर छ । पुजारी अधिकारीका अनुसार सभापोखरीको वरीपरी अग्यो पहाड छ । ती पहाडलाइ जेठो माइलो र कान्छो लङगुर भनी उनीहरुले नामाकरण गरेका छन ।


      सभापोखरीवाट फर्कदा करिव ३ वजी सकेको थियो । हिडन सक्नेहरु अगाडी पुगेर खाना पकाउने सर्तमा सरासर हिडे । हिड्न नसक्ने यात्रा थुलुङ राम मामा महेश मामा दिपा माइजु म र हाम्रा सहयोगी २ भाइहरु विस्तारै विस्तारै फोटो खिच्दै थुम्की तर्फ फर्कदै थियौ । करिव आधा वाटो नपुग्दै साझ पर्यौ । राते ओडारमा तिर्थयात्रीहरु वास वसीसकेका थिए । रातभरी हिड्दा हिड्दा कहिले पनि हामी थुम्की पुगेनौ । सुनसान रात छ । कता कता खोला सुसाएको आवाज वाहेक कानमा केहीको आवाज पनि ठोकिएन । जति हिड्यो उती वाटो वढेको महसुस भयो । हामी हिडदा हिड्दा निरास भइसकेका थियौ । कहिल्यै त्यो वाटो पार भएन । अव आइपुगिन्छ की भन्यो आइपुग्दैन । रातको १० बजीसकेको थियो । जे भए हुन्छ भन्दै हामी हिडिरह्यौ । हिड्दा हिडदा थाकेको शरिर । भोक लाग्न सम्म लागेको थियो । हामीसग भएको खानेकुरा सवै सकिएको थियो । वल्लवल्ल डाडा पुग्यौ । डाडामा पुग्दा कपीको एक पानामा वाटो यता भनेर लेखिएको कागज ढुङगाले थिचिएको थियो । त्यसपछि
हाम्रो सास आयो । त्यतिकैमा तल लाइट पिलिक पिलिक वल्यो । हामी सव जना चिच्यायौ । हाम्रो आवाज सुनेर तलवाट पनि चिच्याए साथीहरु । हामीलाइ लिन वाजे कर्ण बहादुर र कविराज माथि सम्म टर्च लाइट वालेर आइपुगे । म विरामी जस्तै भइसकेको थिए । पुरा वमिटीङ भयो । वल्ल वल्ल थुम्की आएपुगे । थुम्की पुग्दा खाना पाकी सकेको थियो । भोक त लागेको थियो तर जति खान खोज्यो घाटिवाट तल खाना छिदै छिरेन । सवैले गाली गरे । खान मन नलागेपछि कस्को के लाग्छर । 

0 प्रतिक्रिया:

Post a Comment