अम्वीकाको हाड र छालामात्र छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत फिजीयो थेरापी प्राविधीक अजय ठाकुरले छोरीलाइ उपचार नगरी घरमा नै अमानविय तरिकाले थुनेर राखेका छन ।
       २५ बर्षीया अम्वीका ठाकुरालाइ वुवा अजले करिव चार वर्ष अघि देखि यसरी घरमा थुनेर राखेको नन्दन कुमार राइले वताए । राइ पुश २९ गते विहान पाइपले छोरी कुटदै गरेको सुनेपछि अजय ठाकुरको कोठामा पुगेका थीए । कोठामा पुग्दा बाथ रुपमा पाइपबाट पानी लगाउदै छोरीलाइ कुटपिट गदै गरेको देखि पछि राइले प्रहरीलाइ खवर गरेका थिए ।
प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार गराइरहेकी अम्विका ठाकुर । 
       प्रतिष्ठानको आवास क्षेत्रको सीभील लाइनमा परिवार सहित ठाकुर वस्दै आएका छन । महोत्तरीको लोहारपट्टी निवासी ठाकुर १७ बर्ष देखि प्रतिष्ठानको फिजीयो थेरापी विभागमा प्राविधिक रुपमा काम गदै आएका छन ।
       इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी सन्जयसिं थापाका अनुसार ठाकुरालाइ सोधपुछका लागि पुश २९ गते सोमवार इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । सन्जाय ठाकुरले भने आफुले छोरीलाइ यातना नदिएको वताए । उनले भने मेरो वच्चा हो एक थप्पड हाने । जिद्धि स्वभावको छ । टवाइलेट गरेर हात नधुने झगडा गर्छ । खाना खादैन । कुपोसीत जस्तो देखिने अम्वीकाले ६ वर्ष अघि एसएलसी पास गरेकी हुन ।
       ठाकुरकी छोरी अम्वीकाको हाड र छालामात्र छ । उनी राम्ररी हिडडुल गर्न सक्दिनन । उनलाइ अस्पतालका सुरक्षाकर्मी र प्रहरीको साहयतामा प्रतिष्ठानको आकस्मीक कक्षमा भर्ना गरिएको छ । आकस्मीक कक्षका इन्चार्ज डा ज्ञानेन्द्र मल्लका अनुसार अम्वीकाको ब्लड सुगर उच्च रहेको छ । खाना नखाएको देखिन्छ । उनको अवस्था नाजुक छ । उपचारमा समलग्न चिकित्सकहरुले मानशिक समस्या हुन सक्ने आशंका गरेका छन ।


       

0 प्रतिक्रिया:

Post a Comment