Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

मलाइ गोली हान्यो ।

बेलुकाको सात बजेर अठ्ठाइस मिनट गएको थियो । दाइहरुसग चुनावको विषयमा छलफल हुदै थियो । मेरो घडिमा सात बजेर अठ्ठाइस मिनेट गएको थियो । फोनमा हेल्लो भन्न नपाइ पत्रकार गोपाल देवान दाइले सीता मलाइ गोली हान्यो भने । म छक्क परे । एकछीनपछि मलाइ उहाले घटनाको विवरण सुनाए । सुन्ने वित्तिकै मैले इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षकलाइ फोन गरे तर उहाको मोवाइल फोन व्यस्त भनेपछी मैले अन्चल प्रहरी कार्यलयमा प्रमुख एसएसपी यादवराज खनाललाइ फोन गरे । त्यसपछि म दाइको कार्यलय धरान १२ चतरा लाइनमा जादा निक्कै मानिस जम्मा भइसकेका थिए । दाइले घटनाको विवरण यसरी सुनाए ।सुन्न यहा क्लिक गर्नुहोस ।
     धरानमा पटक पटक यस्ता गोली कान्डहरु घटिरहेका छन । तर यस्ता घटना घटाउनेहरुलाइ दलका नेताहरुको संरक्षण छ । त्यै भएर पटक पटक यस्ता घटनाहरु दोहोरिन्छन । प्रहरी लाचार छ । देखेर पनि नदेखे जस्तो भएर वसिरहेको छ । चुनाव नजिकिदै जादा धरानको सुरक्षा व्यबस्था भने झन कमजोर हुदै गएको महसुस हुन थालेको छ ।  
प्रहरीलाइ घटनाको विवरण वताउदै पत्रकार देवान विश्वस्तसुत्रको कार्यलयमा । 

धरानको गोली कान्ड ।

धरानमा कार्तीक १४ गते िविहान  धरानको शान्ती चौकमा  गोलि कान्ड भएको छ । स‌ंघिय समाजवादी पार्टी नेपालका सुनसरी जिल्ला उपाध्यक्ष पारस काङमाङ राइ र क्षेत्रीय उप सचिव मदन कुमार तामाङमाथी युवासंघका धरान नगर इन्चार्ज दिवस राइले कन्चटमा पेस्तोल राखेको वताएका छन । उनीहरुले राइ विरुद्ध इलाका प्रहरी कार्यलय धरानमा ज्यान मार्ने उध्योग तथा हतियार तथा खरखजना को मद्धा दायर गरेका छन । नेकपा एमाले यो घटनाका वारेमा केही वोलेको छैन । तर युवा संघका केन्द्रिय सदस्य हिमाल लिम्बूले भने यो प्रपोगन्डा भएको प्रतिक्रिया दिएका छन । स्थानीयवासीले पनि गोलि पटकेको आवाज सुनेको वताएका छन । तर प्रहरीले भने त्यसको पुष्टी नभएको वताएका छन ।  
प्रहरीले नियन्त्रण गरेको दिवस राइको जीप । 
केहि बर्ष अघि युवासंघका नगर इन्चार्ज दिवस राइ एक ठेकेदार अपहरण कान्डमा पनि पक्राउ परेका थिए ६० लाखको चेक सहित । तर नेकपा एमालेले ४ दिन पछि प्रहरीवाट छुटाएर फुलमाला लगाएर धरान वजार परिक्रमा गराएको थियो । घटनाका बारेमा मदन कुमार तामाङ र पारस काङमाङको भनाइ सुन्न यहाँ क्लिक गर्नुहोस ।

लिम्बूवानको सामानन्तर अदालत

                                                                     
- एकसाता अघि पर्ूव सभासद कुन्ता शर्माको विरुद्धमा धरान ४ का राधे कार्कीले संघिय लिम्बूवान राज्य परिषदको कार्यलयमा निवेदन दिए । निवेदनमा मलाई अन्याय भयो न्याय दिलाई पाउ भन्ने लेखिएको थियो । जवकी कुन्ता शर्मा र राधेकार्कीको जग्गा सम्बन्धिको यो विवाद जिल्ला अदालत सुनसरीले फैसला गरिसकेको हो । मुद्धा कुन्ता शर्माले जितेकी छिन । राधेकार्कीको घर जग्गा लिलामका लागि अदालतले पछिल्लो पटक जेठ १३ गते पत्रलेखेको छ । घर जग्गा लिलाम हुन बाट वचाउन गुहार माग्दै लिम्बूवानमा निवेदन दिएको राधे कार्कीले वताए ।

-त्यसैगरी धरान १० की फूल कुमारी सुनुवारले जग्गामा बैना हालेको रकम नदिएको आरोप लगाउदै धरानकै कर्ण्र्ााेष्ठका विरुद्धमा निवेदन दिईन् । कर्ण्र्ााेष्ठबाट उनलाई लिम्बूवानले चार लाख पचासहजार क्षतिपर्ुर्ति दिलाईदियो ।



- धरान ९ का रुस्तम मियाले आफ्नो साढे सातधुर जग्गा धरानका बलराम शाहले कब्जा गरेकालेे दिलाई पाउ भन्दै संघिय लिम्बूवान राज्य परिषदमा निवेदन दिए । निवेदन दिएको २५ दिन पछि न्याय सम्पादन समितिले १३ लाख ६५ हजार बलरामबाट रुस्तम मियालाई उपलब्ध गार्राई दिए ।

यी यस्तै समस्या लिएर धरानर्,र् इटहरी लगायतका व्यात्तिहरु संघिय लिम्बूवान राज्य परिषदको कार्यलयमा अन्यायमा पर्‍यौ न्याय दिलाई पाउ भन्दै निवेदन लिएर धाउन थालेका छन् । यसमा धेरैजसो जग्गा सम्बन्धि विवाद, आर्थिक हिनामीन र वैदेशिक रोजगारीमा ठगि गर्नेका विरुद्धमा निवेदन लिएर आउने गरेको न्यायसम्पादन समितिका सुनसरी संयोजक रमेश योङहाङले जानकारी दिए । उनका अनुसार परिषदले एकसय ५० वटा जति निवेदनको फैसला गरिसकेको छ । यसरी निवेदन लिए वापत परिषदले एकसय शुल्क लिन्छ । निवेदन दिने व्यात्तिको विपक्षीलाई वोलाउदा टेलीफोन खर्च लाग्ने गरेकोले निवेदकवाट शुल्क लिने गरिएको हो । यस्ता निवेदन दिनमा दर्ुइ वटा भन्दा बढि परिषदको केन्द्रिय सर्म्पर्क कार्यलय धरानमा र्सवसाधारणहरु ल्याएर आउने गरेको परिषदले जानकारी दिएको छ ।

कार्यलयमा निवेदन दर्ता गरिएपछि तपाईको नाममा लिम्बूवानमा उजुरी परेको छ भनेर फोन विपक्षी व्यात्तिलाई वोलाईन्छ -न्याय सम्पादन समितिका सचिव परमाणु श्रेष्ठले समयलाई बताए । उनी भन्छन् - "फोनवाट वोलाउदा नआएमा पत्रबाट वोलाउछौ । पत्र पठाएपछि पनि उपस्थित नभएमा हामी घरमा गाडि लिएर घरमा पुग्छौ, उनीहरुलाई सोैहाद्र पर्ुण्ा वातावरणमा ल्याउने गछौ ।

न्याय सम्पादन समितिले सौहाद्र पर्ुण्ा वातावरणमा विपक्षीलाई ल्याउने वताए पनि व्यावाहारमा उनीहरुले लागु नगरेको गुनासो गर्छन नाम वताउन नचाहाने एक पिडित । उनी भन्छन् - हामी संगठनवाट वोलेको तुरुन्त संगठनमा आउनुहोस । समयमा नगए हामीलाई नटेरेको हामीसग अर्ध भूमीगत ससस्त्र फोर्स छ भन्छन् । ज्यान जोगाउन पर्‍यो नी ।

अर्का एक पिडित नाम नछाप्ने अनुरोध गदै भन्छन् - मेरो बिरुद्धमा पनि निवेदन पर्‍यो । सरकार गठन हुन्छ र केही राहत हुन्छकी भनेर विवाद मिलाउने समयलाई वढाउदै लग्यौ तर सरकार गठन भएन । केही नलागे पछि चार लाख पैसा तीरेर विवाद मिलायौ ।

परिषदमा परेको निवेदनका आधारमा उनीहरुले मध्यस्तकर्ताको भूमीका निर्वाह गरि न्याय सम्पादनको काम गरेको उनीहरुको भनाई छ । १२ सदस्यीय न्याय सम्पादन समितीले विभिन्न विषयका मुद्धाहरुलाई एक महिना देखि तीन महिना लगाएर मिलाउने गरेका छन् । धरानमा दर्ुइ महिना देखि न्याय सम्पादनको काम भईरहेको छ । त्यसैगरी झापाको विर्तामोडमा पनि टेक तिलिङको संयोजकत्वमा न्याय सम्पादन समितिको गठन भएको परिषदले जानकारी दिएको छ ।

संगठनले विवाद मिलाए बापत निश्चित रकम लिने गरेको पिडितहरुको आरोप छ । यस विषयमा परिषदका केन्द्रिय सदस्य दिपक लिम्बूले भने "हामी जवरजस्ती लिदैनौ तर दिएमा पनि नाई भन्दैनौ संगठन चलाउनु पर्छ । हामीलाई राहत पाउनेले २ हजार देखि ५५ हजार सम्म दिएका छन् । कसैले कार्यलय सन्चालनका लागि कर्ुर्सि, पंखा पनि दिएका छन् ।"

भविष्यमा स्वयायत्त राज्य संचालन गर्दा सजिलो होस । जनता समक्ष पुग्नका निम्ति र प्रत्यक्ष राजनीति लाभ लिनका लागि न्याय सम्पादनको काम शुरु गरेको लिम्बूवानको तर्क छ । समाजमा सामाजिक न्याय प्रणाली पहिले देखि चलिआएको छ । यो त्यसकै अभ्यास हो यसलाई गैर कानुनी भन्न नमिल्ने कानुन तथा न्याय प्रसासन विभागका प्रमुख छवि सम्वाहाङफे लीलीमहाङका धारणा छ ।

यसरी लिम्बूवानले सन्चालन गरेको न्यायलयकोे बिषयमा सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिबी अधिकारीले थाहा नभएको वताए । उनले भने - यो कुरा हाम्रो जानकारीमा छैन जानकारी भएन हामीले पहल गर्ने हो भित्रभित्रै गोप्य रुपमा के गर्छन त्यो त हामीलाई के थाहा हुन्छ र -

अहिले राज्यको उपस्थिी सुन्य भएको समय छ । यस्तो अवस्थामा हामिले पनि विरोध गर्न सकेका छैनौ । नया नेपाल भन्छन् तर हामिले त त्रासै क्रासमा बसेका छौ कतिखेर के हुन्छ ग्यारेन्टी छैन । धरानका एक पिडित यसरी आफ्नो गुनासो त पोखे तर आफ्नो बारेमा पत्रिकामा नलेख्न समेत आग्रह गरे ।

परिषदले असार २९ गते पत्रकार सम्मेलन गरि न्याय सम्पादन काम गरेको धरानका पत्रकारलाई जानकारी दिएको थियो । २०६४ कार्तिक ८ देखि ११ गते सम्मर् इलाममा भएको परिषदको दोस्रो वैठकले कानून तथा न्याय प्रसासन विभाग सन्चालन गर्न निर्ण्र्ाागरेको पत्रकार सम्मेलन पछि तिरण गरिएको विज्ञप्तीमा लेखिएको छ ।

रकम असुलीमा

लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघिय लिम्बूवान राज्य परिषद, संघिय लिम्बूवान परिषद पालुङवा समुह र पल्लो किरात लिम्बूवान राष्ट्रिय मन्चले पाचथर र्रर् इलामका विभिन्न स्थानमा निकासी कर उर्ठाईरहेका छन् ।

तीन वटा संगठनले फिक्कल र्रर् इलाम र झापाको सीमाना बर्नेको वीचमा तीन ठा



"उमा निकासी कर उठाउने गरेका हुन् । कर उठाउन उनीहरुको होडवाजी नै चलेको छ र्।र् इलामका व्यापारी गोविन्द पौडेलका अनुसार तीन वटा लिम्बूवान संगठनले वेग्लवेग्लै ठाउमा एकै दिन एक गाडि अदुवाको १८ सयका दरले ५४ सय उर्ठाईरहेका छन् । त्यसैगरी अलैचीको प्रतिवोरा एक सय, काठको लकडी एक गाडिको ३ सय रुपैया उर्ठाईरहेका छन् ।यसरी कर हो भन्दै राजनीतिक संगठनले कर लिन उचित हो की अनुचित हो त्यस विषयमा जिल्ला प्रशासन कार्यलयर् इलामले छुट्टयाउनु पर्‍यो । हामि किसानहरु एकदम मारमा परेका छौ - गोविन्द पौडेलले वताए ।

अवैध रुपमा भारतवाट व्यापारीले ल्याएके मट्टतिेल र डिजेर लिम्बूवानले पक्राउ गरी भन्सारमा बुझाउन लादा पशुपतिनगरको तीन खुट्टेमा व्यापारी र कार्यकर्ता वीच झडप समेत भएको थियो । झडपको विरोध र लिम्बूवानका संगठनको चन्दा आतंक, निकासी कर लिने कार्य तत्काल बन्द माग गदै व्यापारी र व्यवसायीहरुलर्ेर् इलामको पशुपतिनगर बजार साउन ५ गने बन्द गएका छन् । पाच दिनभत्रमा कर भन्दै रकम उठाउन लिम्बूवानले नछोडे व्यापारी र यातायात व्यवसायीले लिम्बूवानका विरुद्धमा आन्दोलन गर्ने वताएका छन् । प्रशासनले उनीहरुको यस्तो क्रियाकलाव चाडै वन्द गराउन माग गदर्ैर् इलामको जिल्ला प्रसासन कार्यलयमा ज्ञापनपत्र समेत व्यापारीले वुझाएका छन् ।

लिम्बूवान संगठनको अस्थिरता

संघिय लिम्बूवान राज्य परिषद स्थापना गर्न अगाडि परिषदका अहिलेका अध्यक्ष सन्जुहाङ पालुङवा जनमुत्ति पाटिका पर्ुवान्चल अध्यक्ष थिए । पार्टि महासचिव गोरे बहादुर खपाङ्गी मन्त्री भएपछि राजाको हातबाट टिका थाप्न गए । दशै वहिष्कारको आन्दोलन गरिरहका गोरे बहादुर खपाङ्गीले आफैले राजाको हातबाट टिका लगाएपछि पार्टिमा खटपट शुरु भयो । खटपट भईरहेको समयमा २०५८ सालमा काठमाडौमा पार्ष सम्मेलनमा पालुङवाले अधिकार प्राप्तीका लागि आन्दोलन गर्नु पर्छ भन्ने अवधारणा अघि सारेका कारण पार्टिसग उनको सम्बन्ध चिसीन थाल्यो । २०६१ साल माघ १९ को शाहि कदमलाई पार्टिले र्समर्थन गर्‍यो । अरु ठूला राजनितिक दलले शाहि कदमका विरुद्ध आन्दोलन गरिरहे्को र चुनाव वहिष्कार गरिहेको अवस्थामा जनमुत्तिपार्टिले २०६२ नगर पालिका चुनावमा भाग लिने निर्ण्र्ााका विरुद्ध पालुङवाले खुलेर विरोध गर्न थाले पछि उनलाई पार्टिले निष्काशन गर्‍यो । २०६३ कार्तिक २७ गते गठित संघिय लिम्बूवान राज्य परिषदको नेतृत्व पालुङवाले गरे ।

२०६२ मंसीर २६ र २७ झापाको विर्तामोडमा भएको भेलाले संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चको गठन गर्‍यो त्यसको नेतृत्व कुमार लिङदेनले गरे । दुवै संगठनले लिम्बूवान स्वायत्त राज्यको मागलाई अगाडि सारी आन्दोलन गरे । मन्च, खम्बुवान र परिषद वीच २०६४ साउन २८ गते काभ्रेको धुलीखेलमा पहिलो चरणको वार्ता भयो । दोस्रो चरणको वार्ताका भदौ १२ गते गर्ने भनिएको थियो तर सरकारले आपसमा गृहकार्य आवश्यक भएको भन्दै भदौ १५ गते सारिएको सरकारले औपचारीक पत्र पठायो । तर परिषद, खम्बुवान र मन्चले वार्ता भंग भएको घोषणा गरे ।

बर्ता भंगपछि पर्ूवमा आन्दोलन गरिरहेका थिए । मंसीर ६ गतेको संविधानसभाको चुनाव सरेपछि परिषद र खम्बुवानले विज्ञप्ती निकाली आन्दोलन फिर्ता भएको घोषणा गरे । तर मन्चका कुमार लिङदेनले आन्दोलनकै समयमा बन्द फिर्ता लिएको भन्दै परिषदका केन्द्रिय सदस्य जनक चेम्जोङलाई कार्वाहि गरेको भनी विज्ञप्ती निकाले पछि मन्च र परिषदको संम्बन्धमा चिसो हुदै गएको थियो । मन्च राजनैतिक पार्टिका रुपमा चुनाव लडेर जाने भयो । भने स्वतन्त्र रहेर परिषदले आन्दोलन गर्न थाल्यो । मन्चले आन्दोलन गर्दा संघिय लिम्बूवान राज्य परिषदको झण्डा प्रयोग गरेको भन्दै लिम्बूवान बन्दका क्रममा धरान आएका मन्चका कार्यकर्तालाई परिषदका कार्यकर्ता आक्रमणको प्रयास गरेका थिए । त्यसपछि दईवटै संगठनको सम्बन्धमा पानी वारावारको स्थिती आयो । तर पनि दुवै संगठनलाई एक भएर लानका लागि कार्यकर्ताले भित्रभित्रै धेरै मिलाउने कोसीर गरेका थिए । सघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले संघिय लिम्बूवान राज्य परिषदलाई भातृ संगठनको रुपमा रहनु पर्ने अडान लियो । उता परिषद मन्चको अधिनमा रहेर काम नगर्ने भएपछि औपचारीक रुपमा २०६४ मंसीर २४ गते विभाजन भएको वताउछन् परिषदका कानुन तथा न्याय प्रशासन प्रमुख छवि सम्वाहाङफे ।

लिम्बूवान खम्बुवान, थारुवान र कर्ण्ााली मुत्तिमोर्चा लगायत सातवटा संगठनले २०६४ फागुन ८ गते आह्न गरेका थिए । तर र्सवसाधारण बन्दले आजित भएका छन् भन्दै संघिय लिम्बूवान राज्य परिषद पालुङवा पक्षले बन्दको फिर्ता लियो । खम्बूवानले विज्ञप्ती जारी गरि लिम्बूवानले धोका दिएकोले सहकार्य नगर्ने जानकारी दिएको थियो । जवकी लिम्बूवान र खम्बूवानको अलग्गीन पर्ूव कार्यलयसगै थियो ।

शशस्त्र तथा भूमिगत समुह जनवादी वर्कस पार्टिसगपनि परिषदले सहकार्य गदैआएको जानकारी दिएको छ । संघिय लिम्बूवान राज्य परिषद पालुङवा पक्ष र सरकार वीच २०६४ चैत ६ गते वार्ता भई पाच वुदे सहमति भएको थियो ।

उता लोकतान्त्रिक राष्ट्रिय मन्चले भने संविधानसभाको निर्वाचनमा भाग लिएर समानु पातिकमा दर्ुइ सिट जितेको छ । तर यी संगठनहरु वीचमा भने पानी वारावारको स्थिती छ । एकले अर्काको अस्थित्व स्विकार गर्न सकेका छैनन् । संगठन वीच एकताको संभावना पनि कम देखिन्छ । त्यसैले लिम्बूवानको आन्दोलनलाई संक्रमण कालिन अवस्थामा आएको खहरेको भेलको संज्ञा समेत दिएको पाईन्छ । लिम्बुवानका संगठनका जनमुत्ति पार्टिका धेरै कार्यकर्ताहरुको उपस्थिती छ । लिम्बूवान स्वायत्त प्रदेशको माग गर्ने १८ वटा संगठन छ ।

Special Security Plan falters

Eastern Nepal has seen little respite from strikes called by armed groups following the implementation of the Rs 3.8 billion Special Security Plan (SSP) a year ago. Looting, arson, murder, kidnapping, seizure of property, and extortion is rampant, and people are living in fear.

On 4 May, Kirant Workers Party (KWP) launched a successful attack on a police post in Khotang district. They looted five 303 rifles and one Chinese pistol from Nunthala Police Post, the first such incident since the launch of the SSP. Immediately afterwards, the party torched the offices of Hasposh and Duwagadi VDC of Sunsari district and continued with its forced donation drive. KPWP plans to extort Rs 300,000 a year from each VDC within its sphere of influence, and party president Bibas 'Bidrohi' is candid: "We will be harsh with those who refuse. We will form 'people's governments' in different places and continue our military activities."

VDC secretaries have been leaving villages to take shelter in district headquarters, and feel the government has not done anything for their security. Vice President of the VDC Rights Protection Centre Ram Kumar Yadav claims demands for donations and threats forced them to leave their post. "You can hardly find secretaries in the VDCs now," he says, and not without reason. A bomb was defused recently in the house of Gokarna Prasad Koirala, VDC Secretary of Triyuga Municipality of Udaypur district. The Joint Ethnic Liberation Front claimed responsibility.


On 14 May, police found 3 pistols, a homemade gun, 10 shotguns, 14 rounds of magnum bullets, and one SLR magazine in Tirahut temple of Trikol VDC, Saptari district. It has not been determined who these arms belong to. Udaypur District Police Chief Police Manoj Kumar Yadav complains, "Terrorism activities can never be controlled without the help of the people. But those affected hesitate to inform us, as they fear being targeted."

The first few months of the SSP looked encouraging. It set up 10 security base camps of the Nepal Police in the eastern Tarai and 13 camps of the Armed Police Force in hilly districts (see box). The KPWP's donation drive, which had caused such havoc in the eastern hills, flagged. Bhisma Prasain, police chief of the eastern region, claims incidents of kidnapping and extortion declined significantly. In 2008/9, he says, there were 268 incidents of kidnapping. This went down to 46 with the introduction of the SSP, and except for a solitary case where ransom was paid, all victims were rescued by the police. Further, murders are down to two this year from thirteen in the previous year, and there have been only 34 strikes called (down from 166Â last year).


With police cracking down, some armed groups have been forced to merge or cease activities altogether. The Limbuwan National Liberation Forum and Upper Kirant and Limbuwan Liberation Army have all but disappeared while the Limbuwan and Khambuwan Fronts have merged. About 20 cadres of KPWP, including its secretary, have been arrested with arms. But despite claims of success on the part of the authorities, extortion continues.

The regional and ethnic fronts of the east, who are fighting for their own states, have been opposed to the SSP from the very start. Spokesperson of the Khambuwan National Front, Rajan Bantawa, says, "This is a plan to sabotage our movement for liberation." He claims his group is already on a peaceful course to achieve this, but like other groups, their future strategy will depend on how government approaches the issue of security. They want the SSP to be withdrawn. Kumar Lingdel, president of the Democratic National Forum, says, "We have started training Limbuwan volunteers to fight on all fronts. If the government does not address our demand of an autonomous state, we will form a shadow government and even a parallel government."

Businessmen, too, are unhappy with the SSP. "The government has poured billions into the sand in the name of the security plan," says Dharan businessman Sitaram Acharya. "But we don't feel secure, extortion is getting worse, and we are afraid to speak up." General secretary of Sunsari district's Nepal Industries and Commerce Federation, Bijay Shrestha, agrees.

Analyst Kamal Tigela says the SSP is a paper plan, and has not had sustained impact. "The Maoists were the only group during the insurgency, now there are many such groups," he says.

Bhawani Baral, who has been closely studying the ethnic movements in the east, warns, "The SSP could boomerang if ethnic sentiments are not addressed properly. If the ethnic movement is not handled properly, it could lead to communal violence and a separatist movement.

Centre For Investigative Journalism

Armed groups in the eastern hills
Khambuwan National Front
Khambuwan Democratic Front
Federal Limbuwan State Council (Kumar Lingden group)
Federal Limbuwan State Council (Sanju Hang Palungwa group)
Federal Limbuwan State Council (Revolutionary)
Upper Kirant Limbuwan National Forum
Kirant People's Workers Party
Khambuwan Combatant Party

Source: Home Ministry

Special Security Plan
Started: August 2009
Budget: Rs 3,800,100,000
Security base camps: 13
Eastern Tarai districts: 10
Eastern hill districts: 13
Control room vehicle (CRV): 14 (Sunsari, Morang industrial corridor)
Special Security Campaign: Mechi highway
Arms recovered: homemade guns/rifles: 63;
revolvers/pistols: 205; live bullets: 213 rounds

Source: Regional Police Office, Biratnagar
नेपालको प्रथम महिला उप सभामुख लिला श्रेष्ठ सुब्बाको आईतवार ६२ बर्षको उमेरमा निधन भएको छ । २०५५ सालदेखि दमको रगबाट थलिएकि उनको सुनसरिको धरान ७ स्थित आफनै घरमा विहान ५ बजे निधन भएको हो ।
२००५साल कार्तिक ५ गते ताप्लेजुङ्गमा जन्मिएकि सुब्बा २०२२ सालदेखि विद्यार्थि राजनितिमा प्रवेश गरि २०२८ सालको झापा व्रि्रोहबाट नेपालि राजनितिमा प्रबेश गरेकि थिईन्। पञ्चायति व्यबस्थाको आन्दोलनमा पटक पटक गिरफतार परेकि उनी नेपालि महिला राजनितिकि हस्थिको रुपमा परिचित थिइन । २०५१ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुब्बा २०५३ सालमा नेपालको इतिहासमा पहिलो पटक नेकपा एमालेका तर्फाबाट प्रथम महिला उप सभामुख भएकी थिइन । नेकपा एमाले जिल्ला, अञ्चल हुदै पार्टी केन्द्रिय सल्लाहकारको रुपमा समेत रहेर काम गरेकि सुब्बा २०५५ सालदेखि रोगले थलिएर विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरार्इरहेकी थीर्इन् ।उनी निमोनीया र दमको रोगले थलिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रथम महिला उप सभामुख लिला श्रेष्ठ सुब्बाको निधन

नेपालको प्रथम महिला उप सभामुख लिला श्रेष्ठ सुब्बाको आईतवार ६२ बर्षको उमेरमा निधन भएको छ । २०५५ सालदेखि दमको रगबाट थलिएकि उनको सुनसरिको धरान ७ स्थित आफनै घरमा विहान ५ बजे निधन भएको हो ।
२००५साल कार्तिक ५ गते ताप्लेजुङ्गमा जन्मिएकि सुब्बा २०२२ सालदेखि विद्यार्थि राजनितिमा प्रवेश गरि २०२८ सालको झापा व्रि्रोहबाट नेपालि राजनितिमा प्रबेश गरेकि थिईन्। पञ्चायति व्यबस्थाको आन्दोलनमा पटक पटक गिरफतार परेकि उनी नेपालि महिला राजनितिकि हस्थिको रुपमा परिचित थिइन । २०५१ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुब्बा २०५३ सालमा नेपालको इतिहासमा पहिलो पटक नेकपा एमालेका तर्फाबाट प्रथम महिला उप सभामुख भएकी थिइन । नेकपा एमाले जिल्ला, अञ्चल हुदै पार्टी केन्द्रिय सल्लाहकारको रुपमा समेत रहेर काम गरेकि सुब्बा २०५५ सालदेखि रोगले थलिएर विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरार्इरहेकी थीर्इन् ।उनी निमोनीया र दमको रोगले थलिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।



धरान नजिकैको खत्री धारामा अन्तिम श्रन्द्धाजली दिर्इदै ।



नेपालको प्रथम उपसभामुख लिला श्रेष्ठ सुब्बाको शव यात्रा

रिपोर्ट

अराजकता आईएल'-१६९ को नाममा आईएल' अभिसन्धि-१६९ ले दिएको अधिकार भन्दै जातीय मुक्तिका लागि खुलेका समूहहरूले आतङ्कित पार्ने गरी कर असुल्न थालेका छन्। दाङबाट गजेन्द्र बोहरा र धरानबाट सीता मादेम्बा को रिपोर्ट .
जातीय राज्यको माग गर्दै आएका समूहहरूको जबर्जस्ती चन्दा अभियान र निजी सेना गठनको शृङ्खला पछिल्लो समय झ्न् तीब्र भएको छ। युद्धकालीन मावादीको सिको गर्दै पश्चिमको थरुहट तथा पूर्वका लिम्बुवान र खम्बुवानका नाममा खुलेका यी समूहका लडाकू सङ्गठनका कारण राज्य प्रभावहीन देखिन थालेको छ भने कर र सहयोगका नाममा उनीहरूले शुरु गरेको आर्थिक सङ्कलनका कारण सर्वसाधारण र व्यवसायी पीडित छन्। कानून बहाल गर्नुपर्ने स्थानीय प्रशासन यी समूहका अराजक गतिविधि थाहा नपाए/नदेखे जसरी बसिरहेको छ। <br><br>

छुट्टै थारू राज्यको माग गर्दै आएको थरुहट स्वायत्त राज्यपरिषद ले १८ असारमा दाङमा सूचना टाँसेर थरुहट सेना को चार वटा ब्रिगेडका लागि मुलुकभरिबाट एक लाख सैनिक लिने भन्दै भर्ती खोलेको बताएपछि मुलुक थप अराजकतामा प्रवेश गर्ने सङ्केत देखिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरेर परिषद्लाई यस्तो अवैधानिक कार्य नगर्न/नगराउन आग्रह गरे पनि परिषद्ले सैन्यभर्ती नरोकिने बताएको छ। उता, संघीय लिम्बुवान राज्यपरिषद्, लोकतान्त्रिक राष्ट्रिय मञ्च, पल्लो किरात राष्ट्रिय मञ्च, जनवादी वर्कर्स पार्टीलगायत समूहहरूले सेनाका नाममा यसअघि नै लडाकू दस्ता परिचालन गरिरहेका छन्। <br><br>

जल, जमिन र जङ्गलमा आदिवासीको पहिलो अधिकार तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएल)को धारा १६९ को अभ्यासको नाममा पछिल्लो समय ढाट राखेरै कर सङ्कलन गर्न थालेका जातीय समूहहरूले आफ्नो त्यस्ता गतिविधिलाई स्वशासनको नाम दिएका छन्। ढाट राखेर करको नाममा रकम सङ्कलन गर्नेमा अन्य समूहभन्दा थरुहट स्वायत्त राज्यपरिषद् अघि देखिएको छ। उता, जनवादी किरात वर्कर्सले रु.२ लाख चन्दा नदिए ज्यान मार्ने धम्की दिएपछि भागेर सदरमुकाम गाईघाट आइपुगेका उदयपुरका ४४ गाविस सचिवका श्रीमतीहरूलाई १९ असारमा श्रीमान्लाई सम्झ्ाउन भनेपछि उनीहरू झ्नै त्रस्त बनेका छन्। <br><br>

हतियार उठाउने धम्की
थरुहट स्वायत्त राज्यपरिषद्ले २२ माघ २०६५ मा पत्रकारबीच दाङको देउखुरीमा पहिलो पटक कार्यकर्ताहरूको समूहलाई लाठीसहितको परेड खेलाएर सेना बनाउन लागेको जनाउ दिएको थियो। गत फागुन दोस्रो साता भएको थारू आन्दोलनमा चितवन र दाङमा मृत्यु भएका चार जना कार्यकर्ताको नामबाट चारवटा ब्रिगेड तयार गरेको परिषदले बताएको छ। थरुहटका सेना प्रमुख वीरेन्द्र चौधरी परिषद्को सैन्यशक्ति स्थानीय सरकार बहिष्कार गर्न परिचालित हुने बताउँछन्। उनी स्थानीय प्राकृतिक स्रोतसाधनमा आफ्नो स्वामित्व कायम गर्न सैन्य विस्तार अभियान थालेको पनि दाबी गर्छन्। शान्तिपूर्ण लडाइँ लड्ने तथा आवश्यक परे हतियार प्रयोग गर्ने धम्की दिँदै चौधरी भन्छन्, “राज्यले दमन गरे हामीसँग भएको हतियार पनि प्रयोग गर्छौं।” शान्ति प्रक्रियामा आए लगत्तै मावादी छाडेका परिषद्का अध्यक्ष लक्ष्मण थारूले त्यतिबेलै आफूसँग केही हतियार रहेको बताएका थिए।<br><br>

युद्धकालीन मावादीले जस्तै परिषद्का कार्यकर्ताहरू स्थानीय सत्ता चलाउन यस्ता गतिविधि गरिरहेको दाबी गर्छन्। उनीहरूले दाङ देउखुरीको लमही इलाका प्रहरी कार्यालयभन्दा पाँच सय मिटर पर ढाट राखेर काठ, दाउरा, ढुङ्गा, बालुवा र कोइला बोकेका सवारी साधनबाट कर असुल्ने तथा सङ्कटकालताका नेपाली सेनाले गरेझ्ैँ मालवाहक र यात्रुवाहक सवारी खानतलासी गर्न थालेका छन्। परिषद्ले खयरको काठ बोकेका ट्रकसँग रु.३ हजार तथा सालको काठ बोकेका ट्रकसँग रु.२ हजारदेखि २५ सयसम्म असुल्दै आएको छ। असुलिएको कर सङ्गठनकै काममा खर्च गर्ने परिषद्का कार्यकर्ता प्रकाश चौधरी बताउँछन्। १५ माघ २०६५ मा खडा गरिएको थरुहटको ढाट त्यतिबेला प्रशासनले हटाए पनि २ चैतदेखि निर्वाध छ। प्रशासनको भनाइलाई बेवास्ता गरेर परिषद्ले ढाट चलाइरहेको बताउँदै दाङका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल भन्छन्, “अब कानूनी कारबाही नै अघि बढाउँछौं।” <br><br>
बाँकेमा पनि परिषद्ले चैत महिनादेखि चप्परगौडी, बानियाभार र मैटहवामा चेकपोष्ट राखेर कर उठाइरहेको छ। माटो, गिट्टी, बालुवा, ढुङ्गाको प्रति ट्याक्टर रु.१०, प्रति ट्रक रु.१००, दाउराका लागि दर्ता भएका प्रति ट्रक रु.५००, दर्ता नभएकालाई रु.१०००, कवाडी ढुवानीमा प्रति ट्रक रु.१०० कर तोकेको छर दैनिक रु.१० हजार ती चेकपोष्टबाट उसले उठाइरहेको छ। दोहोरो चेपुवामा परेका निरीह व्यवसायीहरूले बालुवा र गिट्टीको प्रति ट्रक रु.१०० परिषद्लाई, रु.११३ जिविस र रु.२०० वन कार्यालयलाई बुझ्ाइरहेका छन्।<br><br>

खुलेआम चेकपोष्ट राखेर कर उठाइँदा समेत प्रहरी-प्रशासन मौन छ। कर उठाउन थालेको चार महिनाको अवधिमा प्रहरीले उनीहरूलाई एकपटक पक्राउ गरेपनि तत्कालै छाडेको थियो। परिषद् सम्बद्धहरूको भनाइमा प्रशासन र उनीहरूबीच भएको पछिल्लो छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले खुशी बनाएर रकम लिनू भनेका थिए। परिषद्का बाँके अध्यक्ष चौधरी भन्छन्, “पैसा जस्तो कुरो कसले खुशी भएर दिन्छ र? एक किसिमको बाध्य त बनाउनै पर्छ नि!” उता निमित्त प्रजिअ हरि प्याकुरेल भने परिषद्ले कर उठाएको जानकारी नभएको बताउँदै भन्छन्, “प्रहरीबाट त्यस्तो खबर आएको छैन। आएमा गैरकानूनी रूपमा कर उठाउनेलाई कारबाही गर्छौं।”
परिषद्ले स्थानीय सरकार बहिष्कार अभियान पनि शुरु गरेको छ। आफ्नो प्रभाव रहेका तराईका जिल्लामा स्थानीय सरकार बहिष्कार गर्ने भन्दै गएको चैत/वैशाखमा उनीहरूले दाङका १४ वटा गाविस भवनमा आगजनी गरेका थिए। परिषद्को हस्तक्षेपका कारण स्थानीय नदी तथा खोलाका ढुङ्गा, बालुवा र गिट्टीका लागि जिविसले ठेक्का लगाउन सकेको छैन। यस्तै परिषद्ले आर्थिक वर्ष २०६६/०६७ का लागि जिविस, बाँकेबाट माटो, ढुङ्गाका लागि रु.३६ लाख २१ हजारमा स्थानीय शिवम् ट्रेडर्सले पाएको ठेक्कालाई अवैधानिक बताउँदै छुट्टै टेण्डर प्रकाशित गरेको छ। असार मसान्तसम्मको म्याद राखी ढुङ्गा, गिट्टी, बालुवा, ग्राबेलका लागि वार्षिक ठेक्का रकम रु.४० लाख तोकेर रु.१००० टेण्डर फारम शुल्कसहितको गोप्य सिलबन्दी बोलपत्र पनि आह्वान गरिएको छ। परिषद्का बाँके अध्यक्ष महेन्द्र चौधरी आईएल १६९ ले स्थापित गरेको प्राकृतिक स्रोतसाधनमा आदिवासीको अधिकारको प्रयोग गर्न राज्यलाई कर उठाउन प्रतिबन्ध लगाइएको बताउँछन्।<br><br>
पूर्वी पहाडमा लिम्बुवानको नाममा फैलिएको जबर्जस्ती चन्दा र करअसुली रोक्न प्रहरीले मेची राजमार्गमा विशेष सुरक्षा अभियान चलाए पनि खम्बुवान मुक्तिको नारा दिँदैआएको जनवादी किरात वर्कर्स पार्टीको चन्दा अभियानको आतङ्क जारी छ। संघीय लिम्बुवान राज्यपरिषद्, संघीय लिम्बुवान राज्यपरिषद् (पालुङवा समूह), संघीय लिम्बुवान राज्यपरिषद् (क्रान्तिकारी), किरात जनवादी वर्कर्स पार्टी र पल्लोकिरात लिम्बुवानले पनि व्यापारीहरूसँग चन्दा उठाइरहेका छन्। व्यापारीहरूका अनुसार अलैंची निकासी गर्दा जिविसमा तिर्ने करभन्दा बढी रकम जातीय मोर्चाहरूलाई बुझ्ाउनुपर्दछ।<br><br>
पूर्वमा जातीय स्वायत्तताका नाममा खुलेका मोर्चाहरूले युद्धकालीन मावादीको हिंसात्मक शैली अपनाएका छन्। जातीय मोर्चाले मेची अञ्चलका चारै जिल्लाका सीमा क्षेत्रमा कर उठाउँदै आएका छन्। सामुदायिक वनबाट समेत चन्दा असुल्दै आएको संघीय लिम्बुवान राज्यपरिषद् (क्रान्तिकारी)का संयोजक मिसेकाहाङ पूर्णकालीन कार्यकर्ता पाल्न चन्दा उठाएको बताउँछन्। त्यस क्षेत्रमा कुनै योजना, परियोजना तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालन गर्न परिषद्सँग सहमति लिनुपर्ने उर्दी जारी गरिएको छ। <br><br>
जिल्ला सिंचाई सब-डिभिजन पाँचथरले नहर निर्माणका लागि आह्वान गरेको टेण्डरमा क्षेत्रीय दल लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्ले अरूलाई दरखास्त हाल्नै दिएन। रानीटार गाविसको बाटो खन्ने टेण्डर पनि उसैले कब्जा गर्योा। सन्जुहाङ समूहले फिदिमस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेढ रोपनी जग्गा कब्जा गरेर इमासिं चेम्जङ पार्क घोषणा गरेको छ। <br><br>
झापा, अनारमनी-४ को नेपाल खाद्य संस्थानको जग्गा बिक्रीका लागि गरिएको रु.५ करोडभन्दा बढीको टेण्डर सो जग्गा व्यक्तिको स्वामित्वमा जान हुँदैन भनी दलहरूले विरोध गर्दागर्दै राजेन्द्र लिङदेनलाई पारियो। जग्गा विवाद अहिले अख्तियारमा पुगेको छ भने त्यसमा किरात जनवादी वर्कर्स पार्टी र संघीय लिम्बुवान राज्यपरिषद् (क्रान्तिकारी)ले आ-आफ्नो झ्ण्डा गाडेका छन्। विकास निर्माण, टेण्डरलगायतका काममा जातीय सङ्गठनहरूको हस्तक्षेप बढेपछि दमकस्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालयले इन्टरनेटबाट बोलपत्र आह्वान गरेको छ। <br><br>
थरुहटले जस्तै सेना बनाउने क्रममा रहेको संघीय लिम्बुवान राज्यपरिषद्का अध्यक्ष सन्जुहाङपालुङ्वाले लिम्बुवान भोलेन्टियर्स (एलभी) लाई स्वयंसेवक दस्ता बनाउने प्रस्ताव गरेका छन् भने कानून विभाग प्रमुख छवि सम्वाहाङ्फेले हतियारसहितको अर्धसैनिक दस्ता बनाउनुपर्ने धारणा राखेका छन्। निरस्त्र एलभीलाई युद्ध-तालिम पनि दिइएको छ।लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि एलभी भन्ने युवा दस्ता छ। मञ्चका महासचिव खगेन्द्र माखिम सैनिक पोशाकमा खटिने यो दस्तामा १० हजार सदस्य रहेको दाबी गर्छन्।<br><br>
राजाको शासनको अन्त्यसँगै पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै पल्लोकिरात लिम्बुवान राष्ट्रिय मञ्चले नेपाललाई मित्रराष्ट्र घोषित गरेको छ। यसैगरी, किरातहरूको धार्मिकस्थल माङ्सेवुङको सुरक्षार्थ गठन गरिएको विवादास्पद कम्राङ को नाम परिवर्तन गरेर भिलेज सेन्ट्री फोर्स बनाइएको छ। यो पनि विवादमा आएपछि चन्द्रप्रसाद योङयाले पल्लोकिरात लिम्बु राष्ट्रिय मोर्चा गठन गरेका छन्।
खम्बुवान राज्यका लागि बनेको भनिएको खम्बुवान राष्ट्रिय मोर्चाका सञ्चार विभाग प्रमुख रामकुमार खम्बुक खम्बुवान भोलेन्टियर्स (केभी) मा हतियारसहितका १२ हजार तालिमप्राप्त सदस्य रहेको तथा त्यो सङ्ख्या बढाएर ७२ हजार पुर्याीउने योजना रहेको बताउँछन्। आर्थिक विवादपछि खम्बुवान राष्ट्रिय मोर्चाबाट टुक्रिएर खम्बुवान डेमोक्रेटिक फ्रन्ट (केडीभी) गठन भएको छ।

Source - http://www.himalkhabar.com/

अहिले सम्म लिम्बुवान

पुर्वी नेपालमा चल्ने विभिन्न किसीमका यातायातका साधनमा लिम्बूवान राज्य लेखिएको छ । लिम्बूवानका नाममा विभिन्न दुर्इ दर्जन भन्दा वढि समुहहरु सक्रिय छन् । त्यस मध्ये भूमीगत देखी सदनमा पुगेका संगठनहरु छन् । ति संगठनहरुले ऐतिहासीक पृष्ठभूमीको आधारमा आत्मनिर्णय सहित लिम्बूवान राज्य हुनु पर्ने माग गदै आएका छन् । २०२१ सालको भूमीसुधार ऐन लागु सगै लिम्बूहरुको किपट खोसीयो । किपट खोसीए पछि विर नेम्बाङले वि स २०४५ सालमा लिम्बूवान मुत्तिमोर्चा गठन गरेर लिम्बूवानका लागि आवाज उर्ठाईरहेका छन् । २०४६ सालको जनआनदोलन पछि स्व काजिमान कन्दङवले लिम्बूवान समितको १२ वटा संघिय राज्यको खाका सहित जनजाति पार्टि खोले । तर निर्वाचन आयोगले दर्ता गरी दिएन । २०५२ सालमा नेकपा माओवादीले शशस्त्र भूमीगत आन्दोलन शुरु गर्यो । माओवादीले पुर्वमा लिम्बूवानको विषयलाई मुख्य मुद्दा वनाएर आन्दोलन शुरु गर्यो । २०५६ साल पुश २० गते मोरङमा स्व. भत्तराज कदङवाको नेतृत्वमा लिम्बूवान स्वशाशन अध्ययन मन्चको स्थापना भयो । त्यसको एकबर्षपछि सो अध्ययन मन्च २०५७ कार्तिक २७ र २८ गते मोरङमा भूमीगत रुपमा स्व.कदङवाको अध्यक्षतामा लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा गठन भयो । भत्तराज कदङवको लिरामो र गोपाल खम्बुको खरामोको संखुवासभाको आखिभुर्इ सम्मेलनमा लिम्बूवान किरात प्रदेशमा विलिन भयो । र धरानमा सम्पन्न भएको दोस्रो सम्मेलनमा किराती राष्ट्रिय मुत्तिमोर्चामा वदललियो । यसले २०६० साल माघ १९ गते किरात प्रदेश सरकारपनि घोषणा गर्यो । गोपाल खम्बु र कदङवा पनि माओवादी जनयुद्धमा लागे ।
संघिय लिम्बूवान राज्य परिषद स्थापना गर्न अगाडि परिषदका अहिलेका अध्यक्ष सन्जुहाङ पालुङवा जनमुत्ति पाटिका पुर्वान्चल अध्यक्ष थिए । पार्टि महासचिव गोरे बहादुर खपाङ्गी मन्त्री भएपछि राजाको हातबाट टिका थाप्न गए । दशै वहिष्कारको आन्दोलन गरिरहका गोरे बहादुर खपाङ्गीले आफैले राजाको हातबाट टिका लगाएपछि पार्टिमा खटपट शुरु भयो । खटपट भईरहेको समयमा २०५८ सालमा काठमाडौमा पार्ष सम्मेलनमा पालुङवाले अधिकार प्राप्तीका लागि आन्दोलन गर्नु पर्छ भन्ने अवधारणा अघि सारेका कारण पार्टिसग उनको सम्बन्ध चिसीन थाल्यो । २०६१ साल माघ १९ को शाहि कदमलाई पार्टिले र्समर्थन गर्यो । अरु ठूला राजनितिक दलले शाहि कदमका विरुद्ध आन्दोलन गरिरहे्को र चुनाव वहिष्कार गरिहेको अवस्थामा जनमुत्तिपार्टिले २०६२ नगर पालिका चुनावमा भाग लिने निर्ण्र्ााका विरुद्ध पालुङवाले खुलेर विरोध गर्न थाले पछि उनलाई पार्टिले निष्काशन गर्यो । २०६३ कार्तिक २७ गते गठित संघिय लिम्बूवान राज्य परिषदको नेतृत्व पालुङवाले गरे ।
२०६२ मंसीर २६ र २७ झापाको विर्तामोडमा भएको भेलाले संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चको गठन गर्यो त्यसको संयोजक पनि सन्जुहाङ पालुङवा नै भए । दुवै संगठनले लिम्बूवान स्वायत्त राज्यको मागलाई अगाडि सारी आन्दोलन गरे । मन्च, खम्बुवान र परिषद वीच २०६४ साउन २८ गते काभ्रेको धुलीखेलमा पहिलो चरणको वार्ता भयो । दोस्रो चरणको वार्ताका भदौ १२ गते गर्ने भनिएको थियो तर सरकारले आपसमा गृहकार्य आवश्यक भएको भन्दै भदौ १५ गते सारिएको सरकारले औपचारीक पत्र पठायो । तर परिषद, खम्बुवान र मन्चले वार्ता भंग भएको घोषणा गरे । र संविधानसभाको चुनाव अगाडि संघिय गणतान्त्रिक मोर्चाले पुर्वमा २०६४ फागुन ८ गते आम हड्तालको घोषणा गर्यो । सो मोर्चामा तामाङसालिङ, मधेसी जनअधिकार फोरम विश्वास समुह, थारुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टि, संघिय लिम्बूवान राज्य परिषद, तामाङ सालिङ, माधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रीक मधेसी मोर्चाले पुर्वमा आन्दोलन गरे । आन्दोलन पछि सरकारसग सरकारसग वार्ता भयो । वार्तामा पाच वुदे सहमति समेत भएकेा छ । सहमति पछि मन्च राजनैतिक पार्टिका रुपमा दर्ता भई चुनावमा समेत भाग लियो । समानुपातीकवाट दुर्इ वटा सिट समेत पाएको छ । राजकुमार नाल्वो र रुक्मीणी चौधरी सभासद रहेका छन् ।
आन्दोलनमा क्रममा कार्यकर्ता वीच विवाद भयो । त्यही विवादका कारण संघिय लिम्बूवान राज्य परिषद दुर्इ टुक्रा भयो । एउटा संघिय लिम्बूवान राज्य परिषदको नेतृप्व कुमार लिङदेनले गरे भने अर्को पालुङले गरे । दुर्इ संगठन वीच पटक पटक वार्ता भयो । परिषद मन्च भातृसंगठन वनाएर लाने भने पनि पछि पालुङ्वाले सो प्रस्ताव अस्किार गरे । लिङदेनले नेतृत्व गरेको परिषद मन्चको भातृसंगठनका रुपमा रह्यो भने पालुङवाले भने परिषद एक्लिएको औपचारीक घोषणा २०६४ मंसीर २४ गते गरे ।
स्वतन्त्र रहेर लिम्बुवान प्राप्तीको आन्दोलन गर्ने वताउने पालुङवा सम्वद्ध परिषको झन्डा प्रयोग गरेको भन्दै मन्च सम्वद्ध संघिय लिम्बूवान राज्य परिषदका कार्यकर्तालाई आक्रमण गरेका थिए । मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषदको धरान नगरको वोर्ड र झण्डा पालुङवा पक्षका कार्यकर्ताले झिके पछि दर्ुइ दिन सम्म धरान तनाव ग्रस्त वनेको थियो । प्रहरी प्रशाशनलाई दुर्इ तर्फो विवाद सम्य पार्न तीन दिन लागेको थियो । संघिय लिम्बूवान राज्य परिषद पालुङवा पक्ष र सरकार वीच २०६४ चैत ६ गते वार्ता भई पाच वुदे सहमति भएको थियो । औपचारीक रुपमा विभाजन भएपछि दुवै संगठनले आआफ्नै तरीकाले आन्दोलन गर्न थाले ।
लिम्बूहरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङले २०६३ जेठ २५- २९ गते दमकमा भएको छैठौ अधिवेशनले आत्मनिर्णयको अधिकार सहित लिम्बूवान स्वायत्त राज्यको स्थापनाको माग गर्यो । त्यसपछि २०६४ भदौ २२ र २३ गते धरानमा भएको लिम्बूवान जातिय स्वयत्त त्तता प्राप्तीको निम्ती राजनितिक अर्न्तक्रिया कार्यक्रममा धरान घोषणा पत्र जारी गदै सम्पुर्ण लिम्बूवान चाहने संस्थाहरुको एउटै सन्जाल निर्माण गर्ने सहमति भयो । सहमतिमा लिम्बूवानका माओवादी सहित १२ वटा राजनैतिक पार्टिका प्रतिनिधि र १८ वटा लिम्बूजन्य संगठनहरुको सहभागिता रहेको

थियो । चुम्लुङका उपाध्यक्ष उत्तम सिं थाङदेनको संयोजकत्वमा समाजिक सन्जाल पनि निर्माण गरिएको थियो । तर त्यो सन्जालले निष्क्रिय भयो । त्यसपछि चुम्लुङको समन्वयमा संयुत्त लिम्बूवान मोर्चा २०६५ साउमा गठन भयो । मोर्चामा एमाले सम्वद्ध लोकतान्त्रिक लिम्बू संघ, नेपाली कांग्रेस, नेकपा माओवादी संवद्ध लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा, जनमुत्ति पार्टि संवद्ध लिम्बूवान प्रान्तिय परिषद, एकिकृत सम्बद्ध लिम्बूवान स्वसासीत संघ, लोकतान्त्रिक राष्ट्रिय मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषद -कुमार लिङदेन ) विर नेम्बाङको लिम्बूवान मुत्तिमोर्चा, र किरात याक्थुङ चुम्लुङ लगायतका आठ वटा संगठनहरु रहेका छन् । त्यो मोर्चामा पालुङ्वाको संघिय लिम्बूवान राज्य परिषद सहभागि छैन । परिषले २०६५ असार १४ गते पदम अधिकारीको संयोजकत्वमा लिम्बूवान पत्रकार परिषद पनि गठन गरेको छ ।
लोकतान्त्रिक राष्ट्रिय मन्चको विधान अनुसार एक वर्षसम्म मात्र अध्यक्ष रहने प्रवाधान छ । सोही प्रावधान अर्न्तगत कमल छाराहाङको कार्यकाल सकियो र त्यसको अध्यक्षमा डिके वुद्धिष्ट भए । हाल मन्चका अध्यक्ष्ँ लक्ष्मण थारु भएका छन् । त्यसपछि कमल छाराहाङले २०६५ मंसीरमा आदिवासी जनजाति गणतान्त्रीक मोर्चा गठन गरे । त्यमा मन्चका सभासद राजकुमार नाल्बो पनि रहेका छन् । कार्वाहि पछि छाराहाङले परिषदका अध्यक्ष कुमार लिङदेन, मन्चका भुतपुर्व अध्यक्ष डिके वुद्धिष्ट, महासचिव खगेन्द्र माखिमलाई कार्वाहि गरेको विज्ञप्ती निकालीयो । मन्चका सभासद राजकुमार नाल्वो पार्टिको निती विपरित काम गरेको भन्दै पार्टिवाट निष्काशन गरिएको छ । पार्टिले २०६५ जेठ १९ गते नाल्वोलाई सभाषदवाट हटाउन संविधानसभा अध्यक्षलाई निवेदन पनि दिईसकिएको छ ।
लिङदेनकै महासचिव मिसेकहाङले पनि संघिय लिम्बूवान राज्य परिषद क्रान्तीकारी संगठन भरखरै गठन गरेका छन् । किरात याक्थुङ चुम्लुङले अघि सारेको अवधारणालाई र्समर्थन गदै २०६३ साल जेठ २३ गते प्रसाद थेवेको अध्यक्षतामा लिम्बूवान स्वायत्त सरोकार मन्च गठन गरिएको थियो । त्यो मन्च अहिले माओवादीको लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चासग विलीन भएको छ । त्यसैगरी लिम्बूवानको मुद्धा पुर्वमा उठ्न थालेपछि नेकपा एमाले पनि २०६३ मंसीर २० र २१ गते पाचथरमा सम्मेलन भयो । सम्मेलनमा अरुण पुर्वका क्षेत्र लिम्बूवान हुनुपर्ने माग गदै नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ गठन गरियो । संघको अध्यक्ष तिल कुमार मेयाङवो रहेका छन् । त्यसैगरी डम्वर लावतीको पल्लोकिरात लिम्बूवान राटि्रय मन्च पनि गठन गरिएको छ । अहिले सो मन्च अस्थित्वमा छैन । पछिल्लो समयमा नेपाली कांग्रेसले पनि लिम्बू संघ गठन गरेको छ । त्यसको अध्यक्ष प्रविण नेम्बाङ रहेका छन् । लिम्बूवान चाहने यी सम्पुर्ण संगठनहरुले एक संयुत्त लिम्बूवान मोर्चा वनाएका छन् ।

Power psychology

Ethnic group - Limbu, Khambu ( Rai), Gurung, Newar, Tamang, Tharu, Madhesi are demanding autonomos state.They are campaning to establish their rights for identity in new constitution.Especially in eastern region Limbu are demanding Limbuwan autonomos state,various groups of Limbu institutionn are also agree to eastablish Limbuwan. they have collictive voice for Limbuwan. The unitary structure doesn't represent the country's diversity so, Rai, Limbu have formed fronts to demand federalism  based on history and ethnicity. All the ethnic groups have own volunteers with combad dress. Let's see differnt kinds of volunteers.

Limbuwan volunteers are performed march pass in Dharan on september 12 th. th

L.V are performed march pass in Dharan on september 12 th.

they are relatetd to Federal National Democratic Fron.

Limbuwan Dhimal volunteers

Limbuwan Dhimal volunteers (Kumar Linden group)

L.V

L.V Of federal Limbuwan state council (palungwa group)

Arm group of Kirat janabadi workas party.

Arm group -  Kirat janabadi workas party.

Khambuwan democretic front

Khambuwan Democratic front.

Republic Nepal



Jestha 15 gate Garatantra ghosana ko parkhai ma dharan ko bhanu chok ma dipawali gardai dharan basiharu.