पुर्वी नेपालमा चल्ने विभिन्न किसीमका यातायातका साधनमा लिम्बूवान राज्य लेखिएको छ । लिम्बूवानका नाममा विभिन्न दुर्इ दर्जन भन्दा वढि समुहहरु सक्रिय छन् । त्यस मध्ये भूमीगत देखी सदनमा पुगेका संगठनहरु छन् । ति संगठनहरुले ऐतिहासीक पृष्ठभूमीको आधारमा आत्मनिर्णय सहित लिम्बूवान राज्य हुनु पर्ने माग गदै आएका छन् । २०२१ सालको भूमीसुधार ऐन लागु सगै लिम्बूहरुको किपट खोसीयो । किपट खोसीए पछि विर नेम्बाङले वि स २०४५ सालमा लिम्बूवान मुत्तिमोर्चा गठन गरेर लिम्बूवानका लागि आवाज उर्ठाईरहेका छन् । २०४६ सालको जनआनदोलन पछि स्व काजिमान कन्दङवले लिम्बूवान समितको १२ वटा संघिय राज्यको खाका सहित जनजाति पार्टि खोले । तर निर्वाचन आयोगले दर्ता गरी दिएन । २०५२ सालमा नेकपा माओवादीले शशस्त्र भूमीगत आन्दोलन शुरु गर्यो । माओवादीले पुर्वमा लिम्बूवानको विषयलाई मुख्य मुद्दा वनाएर आन्दोलन शुरु गर्यो । २०५६ साल पुश २० गते मोरङमा स्व. भत्तराज कदङवाको नेतृत्वमा लिम्बूवान स्वशाशन अध्ययन मन्चको स्थापना भयो । त्यसको एकबर्षपछि सो अध्ययन मन्च २०५७ कार्तिक २७ र २८ गते मोरङमा भूमीगत रुपमा स्व.कदङवाको अध्यक्षतामा लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा गठन भयो । भत्तराज कदङवको लिरामो र गोपाल खम्बुको खरामोको संखुवासभाको आखिभुर्इ सम्मेलनमा लिम्बूवान किरात प्रदेशमा विलिन भयो । र धरानमा सम्पन्न भएको दोस्रो सम्मेलनमा किराती राष्ट्रिय मुत्तिमोर्चामा वदललियो । यसले २०६० साल माघ १९ गते किरात प्रदेश सरकारपनि घोषणा गर्यो । गोपाल खम्बु र कदङवा पनि माओवादी जनयुद्धमा लागे ।
संघिय लिम्बूवान राज्य परिषद स्थापना गर्न अगाडि परिषदका अहिलेका अध्यक्ष सन्जुहाङ पालुङवा जनमुत्ति पाटिका पुर्वान्चल अध्यक्ष थिए । पार्टि महासचिव गोरे बहादुर खपाङ्गी मन्त्री भएपछि राजाको हातबाट टिका थाप्न गए । दशै वहिष्कारको आन्दोलन गरिरहका गोरे बहादुर खपाङ्गीले आफैले राजाको हातबाट टिका लगाएपछि पार्टिमा खटपट शुरु भयो । खटपट भईरहेको समयमा २०५८ सालमा काठमाडौमा पार्ष सम्मेलनमा पालुङवाले अधिकार प्राप्तीका लागि आन्दोलन गर्नु पर्छ भन्ने अवधारणा अघि सारेका कारण पार्टिसग उनको सम्बन्ध चिसीन थाल्यो । २०६१ साल माघ १९ को शाहि कदमलाई पार्टिले र्समर्थन गर्यो । अरु ठूला राजनितिक दलले शाहि कदमका विरुद्ध आन्दोलन गरिरहे्को र चुनाव वहिष्कार गरिहेको अवस्थामा जनमुत्तिपार्टिले २०६२ नगर पालिका चुनावमा भाग लिने निर्ण्र्ााका विरुद्ध पालुङवाले खुलेर विरोध गर्न थाले पछि उनलाई पार्टिले निष्काशन गर्यो । २०६३ कार्तिक २७ गते गठित संघिय लिम्बूवान राज्य परिषदको नेतृत्व पालुङवाले गरे ।
२०६२ मंसीर २६ र २७ झापाको विर्तामोडमा भएको भेलाले संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चको गठन गर्यो त्यसको संयोजक पनि सन्जुहाङ पालुङवा नै भए । दुवै संगठनले लिम्बूवान स्वायत्त राज्यको मागलाई अगाडि सारी आन्दोलन गरे । मन्च, खम्बुवान र परिषद वीच २०६४ साउन २८ गते काभ्रेको धुलीखेलमा पहिलो चरणको वार्ता भयो । दोस्रो चरणको वार्ताका भदौ १२ गते गर्ने भनिएको थियो तर सरकारले आपसमा गृहकार्य आवश्यक भएको भन्दै भदौ १५ गते सारिएको सरकारले औपचारीक पत्र पठायो । तर परिषद, खम्बुवान र मन्चले वार्ता भंग भएको घोषणा गरे । र संविधानसभाको चुनाव अगाडि संघिय गणतान्त्रिक मोर्चाले पुर्वमा २०६४ फागुन ८ गते आम हड्तालको घोषणा गर्यो । सो मोर्चामा तामाङसालिङ, मधेसी जनअधिकार फोरम विश्वास समुह, थारुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टि, संघिय लिम्बूवान राज्य परिषद, तामाङ सालिङ, माधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रीक मधेसी मोर्चाले पुर्वमा आन्दोलन गरे । आन्दोलन पछि सरकारसग सरकारसग वार्ता भयो । वार्तामा पाच वुदे सहमति समेत भएकेा छ । सहमति पछि मन्च राजनैतिक पार्टिका रुपमा दर्ता भई चुनावमा समेत भाग लियो । समानुपातीकवाट दुर्इ वटा सिट समेत पाएको छ । राजकुमार नाल्वो र रुक्मीणी चौधरी सभासद रहेका छन् ।
आन्दोलनमा क्रममा कार्यकर्ता वीच विवाद भयो । त्यही विवादका कारण संघिय लिम्बूवान राज्य परिषद दुर्इ टुक्रा भयो । एउटा संघिय लिम्बूवान राज्य परिषदको नेतृप्व कुमार लिङदेनले गरे भने अर्को पालुङले गरे । दुर्इ संगठन वीच पटक पटक वार्ता भयो । परिषद मन्च भातृसंगठन वनाएर लाने भने पनि पछि पालुङ्वाले सो प्रस्ताव अस्किार गरे । लिङदेनले नेतृत्व गरेको परिषद मन्चको भातृसंगठनका रुपमा रह्यो भने पालुङवाले भने परिषद एक्लिएको औपचारीक घोषणा २०६४ मंसीर २४ गते गरे ।
स्वतन्त्र रहेर लिम्बुवान प्राप्तीको आन्दोलन गर्ने वताउने पालुङवा सम्वद्ध परिषको झन्डा प्रयोग गरेको भन्दै मन्च सम्वद्ध संघिय लिम्बूवान राज्य परिषदका कार्यकर्तालाई आक्रमण गरेका थिए । मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषदको धरान नगरको वोर्ड र झण्डा पालुङवा पक्षका कार्यकर्ताले झिके पछि दर्ुइ दिन सम्म धरान तनाव ग्रस्त वनेको थियो । प्रहरी प्रशाशनलाई दुर्इ तर्फो विवाद सम्य पार्न तीन दिन लागेको थियो । संघिय लिम्बूवान राज्य परिषद पालुङवा पक्ष र सरकार वीच २०६४ चैत ६ गते वार्ता भई पाच वुदे सहमति भएको थियो । औपचारीक रुपमा विभाजन भएपछि दुवै संगठनले आआफ्नै तरीकाले आन्दोलन गर्न थाले ।
लिम्बूहरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङले २०६३ जेठ २५- २९ गते दमकमा भएको छैठौ अधिवेशनले आत्मनिर्णयको अधिकार सहित लिम्बूवान स्वायत्त राज्यको स्थापनाको माग गर्यो । त्यसपछि २०६४ भदौ २२ र २३ गते धरानमा भएको लिम्बूवान जातिय स्वयत्त त्तता प्राप्तीको निम्ती राजनितिक अर्न्तक्रिया कार्यक्रममा धरान घोषणा पत्र जारी गदै सम्पुर्ण लिम्बूवान चाहने संस्थाहरुको एउटै सन्जाल निर्माण गर्ने सहमति भयो । सहमतिमा लिम्बूवानका माओवादी सहित १२ वटा राजनैतिक पार्टिका प्रतिनिधि र १८ वटा लिम्बूजन्य संगठनहरुको सहभागिता रहेको
थियो । चुम्लुङका उपाध्यक्ष उत्तम सिं थाङदेनको संयोजकत्वमा समाजिक सन्जाल पनि निर्माण गरिएको थियो । तर त्यो सन्जालले निष्क्रिय भयो । त्यसपछि चुम्लुङको समन्वयमा संयुत्त लिम्बूवान मोर्चा २०६५ साउमा गठन भयो । मोर्चामा एमाले सम्वद्ध लोकतान्त्रिक लिम्बू संघ, नेपाली कांग्रेस, नेकपा माओवादी संवद्ध लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा, जनमुत्ति पार्टि संवद्ध लिम्बूवान प्रान्तिय परिषद, एकिकृत सम्बद्ध लिम्बूवान स्वसासीत संघ, लोकतान्त्रिक राष्ट्रिय मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषद -कुमार लिङदेन ) विर नेम्बाङको लिम्बूवान मुत्तिमोर्चा, र किरात याक्थुङ चुम्लुङ लगायतका आठ वटा संगठनहरु रहेका छन् । त्यो मोर्चामा पालुङ्वाको संघिय लिम्बूवान राज्य परिषद सहभागि छैन । परिषले २०६५ असार १४ गते पदम अधिकारीको संयोजकत्वमा लिम्बूवान पत्रकार परिषद पनि गठन गरेको छ ।
लोकतान्त्रिक राष्ट्रिय मन्चको विधान अनुसार एक वर्षसम्म मात्र अध्यक्ष रहने प्रवाधान छ । सोही प्रावधान अर्न्तगत कमल छाराहाङको कार्यकाल सकियो र त्यसको अध्यक्षमा डिके वुद्धिष्ट भए । हाल मन्चका अध्यक्ष्ँ लक्ष्मण थारु भएका छन् । त्यसपछि कमल छाराहाङले २०६५ मंसीरमा आदिवासी जनजाति गणतान्त्रीक मोर्चा गठन गरे । त्यमा मन्चका सभासद राजकुमार नाल्बो पनि रहेका छन् । कार्वाहि पछि छाराहाङले परिषदका अध्यक्ष कुमार लिङदेन, मन्चका भुतपुर्व अध्यक्ष डिके वुद्धिष्ट, महासचिव खगेन्द्र माखिमलाई कार्वाहि गरेको विज्ञप्ती निकालीयो । मन्चका सभासद राजकुमार नाल्वो पार्टिको निती विपरित काम गरेको भन्दै पार्टिवाट निष्काशन गरिएको छ । पार्टिले २०६५ जेठ १९ गते नाल्वोलाई सभाषदवाट हटाउन संविधानसभा अध्यक्षलाई निवेदन पनि दिईसकिएको छ ।
लिङदेनकै महासचिव मिसेकहाङले पनि संघिय लिम्बूवान राज्य परिषद क्रान्तीकारी संगठन भरखरै गठन गरेका छन् । किरात याक्थुङ चुम्लुङले अघि सारेको अवधारणालाई र्समर्थन गदै २०६३ साल जेठ २३ गते प्रसाद थेवेको अध्यक्षतामा लिम्बूवान स्वायत्त सरोकार मन्च गठन गरिएको थियो । त्यो मन्च अहिले माओवादीको लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चासग विलीन भएको छ । त्यसैगरी लिम्बूवानको मुद्धा पुर्वमा उठ्न थालेपछि नेकपा एमाले पनि २०६३ मंसीर २० र २१ गते पाचथरमा सम्मेलन भयो । सम्मेलनमा अरुण पुर्वका क्षेत्र लिम्बूवान हुनुपर्ने माग गदै नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ गठन गरियो । संघको अध्यक्ष तिल कुमार मेयाङवो रहेका छन् । त्यसैगरी डम्वर लावतीको पल्लोकिरात लिम्बूवान राटि्रय मन्च पनि गठन गरिएको छ । अहिले सो मन्च अस्थित्वमा छैन । पछिल्लो समयमा नेपाली कांग्रेसले पनि लिम्बू संघ गठन गरेको छ । त्यसको अध्यक्ष प्रविण नेम्बाङ रहेका छन् । लिम्बूवान चाहने यी सम्पुर्ण संगठनहरुले एक संयुत्त लिम्बूवान मोर्चा वनाएका छन् ।

Jay Limbuwan, ekdamai ramro chha tapaile dinu bhayeko details..sewaro
ReplyDeletebut tapaiko post haru sabai lamo lamo chha, i mean "more" rakhera shortcut banaunu na,