नेपालको प्रथम महिला उप सभामुख लिला श्रेष्ठ सुब्बाको आईतवार ६२ बर्षको उमेरमा निधन भएको छ । २०५५ सालदेखि दमको रगबाट थलिएकि उनको सुनसरिको धरान ७ स्थित आफनै घरमा विहान ५ बजे निधन भएको हो ।
२००५साल कार्तिक ५ गते ताप्लेजुङ्गमा जन्मिएकि सुब्बा २०२२ सालदेखि विद्यार्थि राजनितिमा प्रवेश गरि २०२८ सालको झापा व्रि्रोहबाट नेपालि राजनितिमा प्रबेश गरेकि थिईन्। पञ्चायति व्यबस्थाको आन्दोलनमा पटक पटक गिरफतार परेकि उनी नेपालि महिला राजनितिकि हस्थिको रुपमा परिचित थिइन । २०५१ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुब्बा २०५३ सालमा नेपालको इतिहासमा पहिलो पटक नेकपा एमालेका तर्फाबाट प्रथम महिला उप सभामुख भएकी थिइन । नेकपा एमाले जिल्ला, अञ्चल हुदै पार्टी केन्द्रिय सल्लाहकारको रुपमा समेत रहेर काम गरेकि सुब्बा २०५५ सालदेखि रोगले थलिएर विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरार्इरहेकी थीर्इन् ।उनी निमोनीया र दमको रोगले थलिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

0 प्रतिक्रिया:

Post a Comment