श्रीजुङ विध्यालय स्थापना भएको पचास वर्ष पुगे छ । स्वर्ण उत्सवलाइ सफल वनाउन हामी पनि श्रीजुङ पुगेका हौ । भुपु विध्यार्थी भएको नाताले हामी विध्यालयको स्वर्ण उत्सवमा सहभागिता जनाउन म सगै धरानवाट किरात याक्थुङ चुम्लुङका धरान नगर अध्यक्ष सुवास हुक्पाचोङवाङ, अमृता लिम्बू अनी सुनाखरीका साहायक प्रिन्सीपल राज लिम्बू श्रीजुङ तर्फ हानीयौ । अमूता, सुबास र म विध्यालयका भुपु विध्यार्थी हौ । तर हाम्रो अनुरोधलाइ नकार्न नसकेका राज सरले पनि हाम्रो यात्रा सफल वनाउन साथ दिएका थिए । जिरिखिम्तीमा हामीलाइ स्वागत गर्न दिनभरी कुरेर वसेका थिए मेरो मामा घनश्याम चोङवाङ । कच्चीबाटो भएकाले हिडेर जान शुर कसेका थियौ । तर घनश्याम मामाले वाइक जान्छ भनेका कारण हामी श्रीजुङ तर्फ लाग्यौ । ट्याक्टरले वाटो पुरा विगारेका थियो । घनश्याम मामाको भीआर वाइकमा अमृता चढेकी थिइन । म सुवास मामाले चलाएको वाकइमा वसेकी थिए । वाटो राम्रो थिएन । श्रीजुङ पुग्ने वेला ओक्चेमा पुरै विग्रेको थियो । हामी त्यहा पुग्दा अध्यारो भइसकेको थियो । टयाक्टरको चक्काले वाटो गहिरो वनाएको थियो । त्यो गहिरो वाटोमा वाइक पुरै डुब्यो । वाइकको दुवैतिर खुट्टा राखेर हिडदै बाइकको हेन्डिलमा समाउदै घिसादै वल्ल अप्ठयारो वाटो काटीयो । हिलाम्मे वाटोमा वाइको तातिएको साइलेन्सर पाइप डुब्बा चुवाइ आवाजसगै वाफ उडथ्यो । कतिपय अप्ठयारो वाटोमा घनश्याम मामाले वाइक तारिदिन्थे । इक्या खोला तरेपछि वाटोम झरनाले स्वागत गरेको थियो । भिरको कापवाट झरेको झरनाले स्वागसगै अप्ठयारो वाटोका कारण पसिना पसिना भएर थाकेको शरिरमा चिसो पानी पर्दा आनन्द भयो । वाइक कुदाइरहेका सुवास मामा हूर्रा भनेर चिच्याए । म भने क्यामरा भिज्यो होला भनी अत्तालिए ।
साहसीक यात्रा भो भन्दै चित्त वुझाउदै राती आठ वजे श्रीजुङ पुगियो । हामी पुग्दा गाउ सुनसान थियो । मैले वाल्यकाल विताएको घरमा पनि वत्ती वलीरहेको थियो । गलेर लखतरान शरिर लिएर हामी घनश्याम मामाको घरमा एक छिन आराम गरियो । कहिले उनार हुदै कहिले ओर्लदै वाटो काटीयो । जिउ निक्कै दुखेको थियो ।
विहान उठेर श्रीजुङको असीने गाउ डुल्यौ । गाउको छेउमा रहेको सानो जंगलमा राक्ताम्मे गुरास फुलेको थियो । खेतमा गहु हरियो भएको गियो । खेतका आली अनी भित्तामा सुङगुर काडे एक फिट लामो भएको थियो । घास काटन जादा भोक मेटाउन सो सुङगुर काडे काटेर खाने गथ्यौ । लठ्ठीको साहाराले सुङगुर काडे काटेर चाखियो ।
साहसीक यात्रा भो भन्दै चित्त वुझाउदै राती आठ वजे श्रीजुङ पुगियो । हामी पुग्दा गाउ सुनसान थियो । मैले वाल्यकाल विताएको घरमा पनि वत्ती वलीरहेको थियो । गलेर लखतरान शरिर लिएर हामी घनश्याम मामाको घरमा एक छिन आराम गरियो । कहिले उनार हुदै कहिले ओर्लदै वाटो काटीयो । जिउ निक्कै दुखेको थियो ।
विहान उठेर श्रीजुङको असीने गाउ डुल्यौ । गाउको छेउमा रहेको सानो जंगलमा राक्ताम्मे गुरास फुलेको थियो । खेतमा गहु हरियो भएको गियो । खेतका आली अनी भित्तामा सुङगुर काडे एक फिट लामो भएको थियो । घास काटन जादा भोक मेटाउन सो सुङगुर काडे काटेर खाने गथ्यौ । लठ्ठीको साहाराले सुङगुर काडे काटेर चाखियो ।
कतिखेर श्रीजुङ स्कुल पुगिन्छ र साथी भाइसग भेटिन्छ भन्ने उत्सुकता लिएर हामी विहानको खान खाएर स्कुल तर्फ लाग्यौ । स्कुल पुग्न लाग्दा नौमती वाजाको आवाज कानमा ठोकीयो । स्कुल पढदा खेलेका ठाउ अनी हिडेका वाटो देख्या स्कुले जिवन झलझली आखामा आयो । कता कता नरमाइलो पनि लाग्यो । कार्यक्रम स्कुलको खेल मैदानमा राखिएको रहेछ । हामी पुग्दा निक्कै मान्छे जम्मा भइसकेका थिए । प्लस टु सम्म पढाइ हुन थालेको स्कुल निक्कै परिवर्तन भएको रहेछ । अंग्रेजी माध्यममा समेत पढाइ शुरु हुन थालेको रहेछ । विध्यालयलाइ श्रीजुङ निवासी जो कामका शिलशिला विदेश जाने अनी विभिन्न शहर वस्नेहरुले आर्थीक सहयोग गरेको पाइयो । स्वर्ण उत्सवमा लिम्बुले च्यावुङ नाचे, व्रामणले संंगिनी गाए भने दमाइले नौ मति वाजा वजाए । चन्दा दाताको लिस्ट निक्कै लामो थियो । चन्दा दाताहरुको नाम ताम्रपत्रमा लेखिएको थियो । कार्यक्रम राम्रो भयो । तर भुतपुर्व विध्यार्थी जो स्कुलका साख हुन । कोही पनि देखिन । अहिले सम्ममा धेरैले एलएलसी गरे होलान । तर स्कुलको एसएससी पहिलो व्याच विद्यार्थी र पहिलो पटक २०५४ सालमा प्रथम श्रेणीमा पास गरे विध्यार्थी चोलनाथ लिम्बुलाइ सम्झनु पथ्र्यो ।
आफन्तसगको भेटघाटले फुर¨ग भएको मन श्रीजुङ छोडदा नरमाइलो लाग्यो । हिडने बेलामा पानी पनि छिटायो । वाल्यकाल विताएको त्यो गाउसगको विछोडको पिडा सहन नसकेर होला प्रकृतीले पनि आसु झारीन । पानी परेर वाटो हिलाम्मे हुने पिर लिएर हामी वाटो लाग्यौ तर त्यो पानी धेरै वेर परेन । वाटोको धुलो पनि नमरी रोकियो । कोदालो लिएर हामीलाइ लिन म्याङलुङवाट श्रीजुङ पुगेका थिए घनश्याम मामा । विग्रीएको वाटोलाइ कोदालोले सम्याउदै मोटरसाइकल कुदाउन सजिलो वनाएर हाम्रो यात्रालाइ सहज वनाउन सहयोग गरेका थिए । त्यस्तै सवै युवाहरु विदेएको वेला गाउमा वसेर श्रीजुङको विकास गर्नमा उनको योगदान महत्वपुर्ण रहेछ ।
सिता जी तपाइको नियात्राले मलाइ पनि गाउँ सम्झना गरायो । श्रीजुङ गाउँ साच्चिकै रमाइलो छ । बाल्यकालको याद दिलाउने हरेक क्षणहरू र स्थानहरू साँच्चिकै अमुल्य हुन्छन् जीवनमा ।
ReplyDeleteत्यसैले त भनिएको होला..."कसैले सोधे के माग्छाै भन्दा मँ माग्थे बालाकाल...."