धरानमा बुढासुब्वा गोल्डकप

धरानमा जारी १५ औ बुढासुब्बा फुटवल प्रतियोगिता अन्तर्गत चैत २६ भएको खेलमा त्रीभुवन आर्मी क्लवले मनाङ मस्याङदी क्लवलाइ १ ० गोलले पराजित गर्दै सेमी फाइनलमा पुगेको छ ।
      दोस्रो हाफको १५ मिनेटमा त्रीभुवन आर्मी क्लवका टेक वहादुर बुढाथोकीले दिएको पासलाइ सदुपयोग गदै नवयुग श्रेष्ठले निर्णायक १ गोल गरि आफनो टिमलाइ सेमी फाइनलको यात्रा सुनिश्चित गराएका हुन ।
हङकङ नेपाली महासंघ र नेपाल पुलिस क्लव भीडदै । तस्वीर सोहन श्रेष्ठ
      गोल गर्ने पाच मौकालाइ राम्रो सदुपयोग गर्न नसकेको मनाङलाइ आर्मि क्लवले निक्कै दवावमा राखेको थियो । मनाङका डिफेन्स कमजोर भएकाले हार सहनु परेको टिम कोच छिरिङ लोप्साङले वताए । मनाङले एनसेल कप र सुपर लिगमा आर्मिलाइ हराएको थियो । मनाङले २०६० र २०६७ मा वुढासुब्बा गोल्डकप जितिसकेको छ । आर्मी क्लव भने २०६५ मा उपविजेता वनेको थियो । मनाङका गोलकिपर विसाल श्रेष्ठ म्यान अफ द म्याच घोसित भएका छन ।  
      गोल्डकपको पहिलो खेलमा आयोजक धरान ११ ले भुटानको ए डिभिजन क्लव क्लियरिङ फुटवल क्लवलाइ २ १ गोलले पराजित गरिसकेको छ । चार पटक उप विजेतामै चित्त वुझाएको आयोजकले यो पटकको वुढासुब्बा जित्ने लक्ष्य लिएको छ । तीन जना अफ्रिकन खेलाडीलाइ आयोजकले खेलाएको छ । त्यसैगरी ए डिभिजन टिममा खेल्ने धरानका खेलाडी दीपक राइ चाल्स राइ लक्ष्मी श्रेष्ठ विनय श्रेष्ठ प्रकाश वुढाथोकी  र रिपेस अग्रवाल सम्मीलित छन । आयोजक धरान ११ ले खारिएको टीम त्रीभुवन आर्मी क्लवसग सामना गर्नु पर्नेछ ।
      त्यसैगरी चैत २६ गते भएको दोस्रो खेलमा थ्री स्टार क्लवले साहारा क्लव पोखरालाइ सडेन डेथका आधार ३ २ गोलले पराजित गरेको थियो । साहाराका सुवास गुरुङले खेल शुरु भएको २९ मिनेटमा १ गोल गरेका थिए । इन्जुरी समयको गर या मरको स्थितिमा थ्रीस्टारका सन्दिप राइको पासलाइ सदुपयोग गदै गोल किपर किरण चेम्जोङको हेडिङले पोष्टको जाली चुमाएर खेललाइ वरावरीमा ल्याए । ट्राइवेकरमा पनि ३३ गोलको वरावरी भएपछी सडेन डेथको साहरा लिनु परेको हो । थ्री स्टारले २०६१६३६५ र ६८ सालको गोल्डकपको उपाधि जितिसकेको छ । थ्री स्टारले २६ गते हुने विजेता टिमसग खेल्नेछ । चैत २६ गते नेपाल पुलिस क्लव काठमाडौ र हङकङ नेपाली महासंघ वीचको खेलमा पुलसिलाइ हङकङले २ १ गोले हरायो । गत वर्ष देखि गोल्डकपमा सहभागिता जनाउन शुरु गरेको महासंघले ४ जना अफ्रिकन खेलाडि खेलाएको छ । हङकङ नेपाली महासंघका टिम क्याप्टेन सागर थापा रहेका छन । महासंघका तर्फवाट पुकार गहतराज २ गोल गरेका थिए । पुलिस क्लवका खेलाडि पर्वत पान्डेले पेनाल्टी गोल गरेका थिए । टिमको तालमेल नमिलेका कारण पुलिसले हार व्यहर्नु परेको पुलिस क्लवका प्रशिक्षक हरि खड्काले वताए । पुलिस क्लवले २०५६५८५९ र ६४ को बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको छ । राष्ट्रिय खेलाडिले सुसज्जित पुलिस क्लवसग हङकङ नेपाली महासंघलाइ खेल जित्न निक्कै चुनौती पुर्ण अडकल गरिए पनि सजिलै हङकङले खेल जितेको छ ।
दर्शक । तस्वीर क्वान चाङ राइ (वी धराने)
२०५५ साल देखि शुरु भएको बुढासुब्बा गोल्डकपको पन्ध्रौ सस्करण पुग्दा विजेता र उपविजेता क्लवहरु


साल
विजेता
उप विजेता
२०५५
वेल्गेरिया स्पोटिङ कुल  

धरान फुटवल क्लव
२०५६
महेन्द्र पुलिस क्लव

धरान फुटवल क्लव
२०५७
धनमुन्दी कुल वंगलादेश

महेन्द्र पुलिस क्लव

२०५८
महेन्द्र पुलिस क्लव

धरान फुटवल क्लव
२०५९
महेन्द्र पुलिस क्लव
फ्रेन्डस क्लव
२०६०
मनाङ मस्याङदी
महेन्द्र पुलिस क्लव

२०६१
थ्रीस्टार क्लव
जाउलाखेल युथ क्लव
२०६२
अफ्रिकन युनाइटेड

धरान फुटवल क्लव
२०६३
थ्री स्टार क्लव

अफ्रिकन युनाइटेड

२०६४
महेन्द्र पुलिस क्लव

जाउलाखेल युथ क्लव
२०६५
थ्री स्टार

त्रिभुवन आर्मी क्लव
२०६६
रानी पोखरी कर्नर टिम

नेपाल पुलिस क्लव
२०६७
मानाङ मस्याङदी

रानी पोखरी कर्नर टिम

२०६८
थ्री स्टार  

मानाङ मस्याङदी




















0 प्रतिक्रिया:

Post a Comment