Showing posts with label फोटो. Show all posts
Showing posts with label फोटो. Show all posts

म्यार्दि भिरको कथा

म्यार्दि भिर । साच्चै कहाली लाग्दो छ । पहाड जस्तो अग्लो ढुङगालार्इ खोपेर बाटो वनाइएको छ । यो भिर लमजुङ र मनाङ जिल्लाको सीमानामा पर्छ । म्यार्दि भिर खोप्दा सडकको दायाँपट्टी मनाङ तर्फ जादा ढुङगाको केही भाग बाँकि रहेको छ । त्यसले भिरमा बारको काम गरेको छ । त्यही बारको काम गरेको ढुङगाको भित्तामा सिमेन्टको कुर्सी जस्तो आकार वनाइएको छ । कुर्सिमा ढल्केर वस्नलाइ अडेस लगाउने स्थान जस्तोमा कालो मार्वल टासीएको छ । मार्वलमा पहेली रङगमा चामे सडक खन्ड निर्माणको क्रममा ज्यान गुमाएका ३ जना सैनिक जवान र ६ जना सर्वसाधारणको नाम खोपीएको छ । बाटोको छेउमा उभिएर एसो तल तिर हेर्दा आङ नै सिरिङग हुन्छ ।  
      पारी भित्ताहरुमा अहो !  कति ठुला ठुला चट्टानका पहाडहरु । त्यो पहाडलाइ छिचोलेर मस्याङदी नदि वगेको छ । बाटो नै भरी झरनाले मन नलोभ्याउने पनि होइन । तर बाटोका लागि त्यो झरनाहरु खतरा मानिदा रहेछन । अलि पानी वढेसी गाडी आवाज जावतमा समस्या पार्दो रहेछ ति झरनाले । ताल बजार नजिकैको बाटो थोरै सिमेन्टले ढलान गरिएको रहेछ । त्यहा पनि सानो झरना छ । त्यो झरनाको पानी कस्सीएर भुइमा झर्दा उडेको पानी बोकेको हावाका कारण वाटो राम्ररी नदेख्दा कयौ पटक अन्दाजको भरमा गाडि गुडाएको म चढेको जिपका चालक रुपेस लामाले वताए । रुपेसको यो भनाइ सुनेर मन मनै झन डर लागेर आयो । तर डराएर पनि भएन त्यो बाटो जसरी पनि काटेर जानु पर्थ्यो ।
नजिकवाट म्यार्दि भिर 
वेसीशहर बाट चामेको सडक ६५ किलो मिटर छ । बाटो नेपाली सेनाको  सडक निर्माण कार्यदलले वनाएको हो । अतिनै कठिन गरि जिलेटिनको प्रयोग गरेर बाटो बनाइएको छ । सडक डिभिजन कार्यलयका दमौली तनहुँका अनुसार यो बाटो सुरक्षाको हिसावले एकदमै खतरामा पर्दोरहेछ। भौगोलीक रुपमा पनि देश कै कठिन बाटोको सुचीमा कार्यलयले राखेको जनाएको छ । सडक डिभिजन कार्यलय दमौलीका प्रमुख भानु जोशीका अनुसार कर्णाली राजमार्ग भन्दा पनि कठिन सडकका रुपमा यस्लाइ लिइएको छ । यो राम्रो मौसममा मात्र गाडि चल्ने सडक हो । सजिलो ठाँउ बाहेक भिरमा मुस्कीलले बाटोको चौडा ४ मिटर छ कतै कतै त ३ पनि छ । साघुँरो भएका कारण सवारी ओहोर दोहर गर्दा पालो दिने ठाँउ पनि छैन कतिपय स्थानमा । बाटो चौडा गर्ने ठाँउ पनि छैन । त्यसैले साँझ ६ बजे देखि उता सवारी साधनलाइ आवत जावत गर्न प्रहरीले रोक लगाइएको छ ।
टाढाबाट म्यार्दि भिर 
      बाटो खुलेको करिव ४ वर्ष भएको छ । मनाङको सदरमुकाम चामेवाट मनाङ वजारमा गाडि पुगेको त एक वर्ष पनि पुगेको छ । चामेबाट मनाङको वाटो भने त्यति धेरै कठिन छैन । अप्ठयारो ठाँउमा ढलाना गर्न अनी खोलाहरुमा पुल वनाउन यो आर्थिक वर्षमा ५ करोडको ठेक्का लगाइएको छ । तर गएको वैशाख १२ गतेको भुइचालो पछि काम गर्न भने नसकिएको सडक डिभिजन कार्यलय दमौलीलीले जानकारी दिएको छ । भौगोलिक रुपमा भिरालो भएका कारण ग्राभलिङ गर्दा एक वर्ष पनि टिक्दैन । बाटो सुधार गर्न थोरै रकमले पुग्दैन । अरवौ खर्च हुन्छ । अहिले छुट्याउदै आएको वजेटले बाटो मर्मत गर्न छेउ पनि भ्याउदैन । वर्षा याममा असार देखि भदौ सम्म सडक मर्मतको काम गर्न सकिदैन । बर्षको ६ महिना मात्र काम गर्न सकिन्छ । भिरमा पहिरो जाने अनी ढुङगा खस्ने भएकाले पनि काम गर्न चुनौतीपुर्ण रहेको डिभिजन कार्यलय दमौलीका प्रमुख जोशीको भनाइ छ ।
ढुङगा खोपेर वनार्इको सडक म्यार्दि भन्दा केही माथि ताल वजार नजिकैको भिर ।
वेसी शहरवाट मनाङ तर्फ जादा जगत, च्याम्चेत र म्यार्दि भिर अनी चामे भन्दा माथी भ्राताङको वाटो साच्चै अप्ठयारो छ । अजङगका ठुल ठुला चट्टानका पहाडहरु आकासै छोला जस्ता छन । यस्तो भिर पहरालाइ फोरेर नेपाली सेनालाइ बाटो वनाउन निक्कै समय लागेको थियो ।
ढुङगाको वीच भागमा खोपेर वनार्इको बाटो 
 मनाङमा वेस्सरी हिउ परेका कारण म र मेरो समुह थोरङला काटन असमर्थ भयौ । मनाङमा दुर्इ दिन वसेर फर्के । २ वजे मनाङबाट जिप हिड्यो । राति आठ वजे धारापानि पुगे । बाटोमा ससना वजार छन । त्यहाँ रोकिदै जिपको चालकले लुकी लुकी रक्सी खाएको थाहा भयो । म सगै यात्रामा रहेका महेश जी ले रक्सी खाएको सुटक्क मलाइ भने । मनमा चिसो पस्यो । तर यो कुरा म र सुनिता वीच नै गोप्य राख्यौ । अप्ठोरो वाटो त्यसमा पनि राति । चालकले निक्कै नियन्त्रण गुमाएका थिए । म र सुनिता अगाडीको सीटमा थियौ । चालक मातेर टिल्ल भए । उनी हातको स्टेरिङ छोडर म माथि ढल्किए । के गरेको भर्इ भनेर मैले कराए । उनको टाँउको मेरो दाँया कुममा पुगेको थियो । हतार हतार मैले स्टेरीङ समाएर भित्ता तर्फ वटारे । त्यतिन्जेलमा पछाडिको सीटमा वस्ने महेस जी र एक जना यात्री झ्याँल खोलेर हतार हतार निस्किए । धन्न ज्यान जोगियो ।
गाडि साइर्ड दिनलार्इ निक्कै गाह्रो हुन्छ ।
चालकले मादक पदार्थ सेवन गरेको भनी प्रहरी कार्यलयमा उजुरी गर्न साथि सुनिता र म गयौ । पछि अरु यात्रीहरुले पनि साथ दिए । त्यो जिपमा म लगायत ११ जना सवार थियौ । भोली पल्ट विहान चालकलाइ एक हजार जरिवाना तिराएर छोड्यो ट्राफिक प्रहरीले । चामेमा गएको फागुन
(२०७२ फागुन ) वाट मात्र अस्थाइ ट्राफिक प्रहरी कार्यलय स्थापना गरिएको छ । ट्राफिक प्रहरी कार्यलय स्थापना गर्न पुर्व सवारी आवत जावतको काम नेपाल प्रहरीले नै हेरिरहेको थियो ।  प्रहरीका अनुसार यो रुट भएर चल्ने अधिकांश जिपका चालकले पहिला चिसोबाट वच्न भन्दै मादक पदार्थ सेवन गर्थे । जरिवाना र कार्वाही गर्न थालेपछि सेवान गर्न छोडे पनि फाट्टफुट्टले अहिले पनि सेवन गरेको पाइएको छ ।

बाटो कठिन भएकाले यात्रा गर्ने जो कोही पनि साँझ परेपछि बाटो काटिन्छ भन्दै रातमा नहिडेकै राम्रो हुन्छ । गाडिवालाहरुले जाउ भनेर कर गर्दा रहेछन । 


मनाङ यात्रा भाग दुइ



बहिनी म्यार्दि भिर त आउन नै बाँकी छ भनेर म लगायत मेरो टिम चढेको गाडि धनीले बताएका थिए । विहान उठने वित्तिक्कै उनले भनेको यो शब्द मेरो दिमागमा दोहोरियो । पहाडमा जन्मेको व्याक्तिलाइ के को डर हुन्छ र भन्दै मन वुझाँए । बेसी शहरबाट मनाङ सम्म जिप चल्दा रहेछन । तर नाकावन्दीको असर र पेट्रोल अभावका कारण गएका बर्षहरु जस्तो सहज थिएन् । बाटो पनि सहज थिएन । सानो वाटो भएकाले विपरित दिसावाट आएको गाडिलाइ साइड दिन पनि गाह्रो रहेछ ।तर चालकहरु भने त्यस्तै अप्ठेरो वाटोमा गाडि चलाउदा चलाउदा अभ्यस्त भएसकेको वताए ।

 
चाम्चे भिर



विदेशी पर्यटकहरु कति आए यसको गणनाका लागि धरापानिमा चेक पइन्ट स्थापना गरिएको छ । मनाङ हुदै थोरङ्ला पास जाने अनी लार्के पास जाने पर्यटकहरुले धारापानी चेकपोष्टमा अनिवार्य नाम दर्ता गरेर जानु पर्ने नियम वनाइएको छ । धरापानी काटेपछि अप्ठेरो बाटो शुरुहुन्छ । पहाड र ठुला ठुला ढुङगा खोपेर वाटोहरु वनार्इएका छन् । अझ मनाङ र लमजुङको सीमाना म्यार्दि भिरमा वाटोको ट्रयाक खोल्ने क्रममा १२ जनाको मृत्यु भएको थियो । उनीहरुको नाम म्यार्दि भिरमा रहेको ढुङगामा खोपेर राखिएको छ ।

      वेसीशहर चामे सडक खन्ड निर्माण गरिएको ४ बर्ष भएको छ । ६५ किलोमिटरको दुरी रहेको यो सडक नेपाली सेनाको सडक निर्माण कार्यदल गणले निर्माण गरेको हो । यस वर्ष २०७२ मा मनाङको सदरमुकाम चामे देखि मनाङ बजार सम्म कच्चीवाटो पुगेको छ ।
      चामे सदरमुकामवाट २ दिनमा मनाङ पुगियो । लेक नलागोस भनेर विस्तारै हाम्रो टोली चामेवाट पैदल हिडेको थियो । चामेबाट एकजना सहयोगिले हाम्रो यात्रालाइ सहज वनाइ दिए । भएभरको झोला उनले नै बोकी दिए । त्यसबापत दैनिक ज्याला र खाजा खाना खर्च व्यहोर्नु पर्ने सम्झौता भयो । दुइ दिनको हिडाइपछि मनाङ पुग्न सफल भइयो । मनाङ पुगेको दिन साझ हाम्रो समुहलाइ हिउले स्वागत गर्न शुरु गरेको थियो ।
मार्दि भीर
       बाटोमा देखिने सेताम्मे हिमालको दृष्य अनी गुरुङ सस्कृति झल्कने मानेहरु र वरीपरि बार बनी उभिएका अजङगका नाङगो पहाडको दृष्यले हिड्दाको थकान मेटेको थियो । त्यहाको सुन्दरतालाइ क्यामराले कैद गर्न सम्म गरे । तर पनि कहिल्यै मन भरिएन । जति फोटो खिचे पनि खिचुखिचु लाग्ने दृष्यहरु छन । मनाङ पुग्न लाग्दा हिउले खाएर वनेका माटाका कलात्मक ढिस्काहरुको त के वयान गरु शब्द नै छैन । 
सडक निर्माणका क्रममा ९ जनाले ज्यान गुमाएका थिए ।

सो डाउन धरान २०१५

साहसीक खेलका रुपमा चिनिने माउन्टेन वाइकिङ शूरु भएको त्यति धेरै भएको छैन । तर पछिल्लो पाच वर्षमा यो खेलको आर्कषण ह्वात्तै वढेको माउन्टेन बाइकिङको प्रवर्द्धन गदै आएको सस्था नार्लिले जानकारी दिएको छ । नेपालमा माउन्टन वाइकिङका लागि प्रसस्त ट्रेलहरु भएकाले यो खेलको सम्भावना वढी भएको जानकारहरुको भनाइ छ । पुर्वी नेपालको धरान स्थित डाउनहिल ट्रेल अतिनै जोखिम र चुनौती पुर्ण छ भन्छन नार्लिका सस्थापक श्याम लिम्बू । डाउनहिल अन्तर्गत २१ जना खेलाडीले भाग लिएका थिए । जम्मा दुरी ६ प्वाइन्ट ८ किलोमिटर थियो माउन्बाटेन बाइक ओरालोमा कुदाएको हेर्दा मनै सिरीङग हुन्थ्यो । डाउनहिल प्रतियोगितामा खिचिएका केही तस्वीरहरु ।
प्रतियोगिताका विजयी खेलाडी राजेस मगर ।






धरानका फुर्वा तामाङ ।

धरानका खेलाडी दिपक जिमी ।

स्याम्पेन गदै प्रथम राजेश (वीचमा ) दोस्रो क्रिस र तेस्रो सागर  ।


धरानका खेलाडी हुकमन राइ ।
 

लिम्बू अन्तराष्ट्रिय सम्मेलनका तस्वीरहरु ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्य समितीको आयोजनामा धरानमा अन्तराष्ट्रिय लिम्बु सम्मेलन शूरु भएको छ ।
     सम्मेलनमा नेपाल लगायत भारतको सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, युके, वराइन, मलेसीया, हङकङ, थाइलैन्डमा वसोवास गर्ने लिम्बूहरुको सहभागिता रहेको छ । 

चुम्लुङका अनुसार भारतमा तीन लाख बर्मामा ६० हजार थाइलैन्डमा २५ हजार लिम्बूहरुको स्थाइ वसोवास रहेको छ । पहिचान अनी एक आपसको सस्कृती र अनुभव आदान प्रदान गर्ने उदेश्यका साथ अन्तराष्ट्रि सम्मेलन आयोजना गरिएको चुम्लुङका अध्यक्ष उत्तम सिं थाङदेनले जानकारी दिएका छन ।

       सम्मेलनमा २० वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन । २०६८ सालको जनगना अनुसार लिम्बूहरुको जनसंख्या ३ लाख ५९ हजार ३ सय ७९ रहेको छ ।

धरानको भानुचोकमा भएको र्याली । 

के लाङ कलाकारहरु । 

उदघाटन सत्र । 

सीलाम साक्मा लगाउदै सभामुख सुबास चन्द्र नेम्वाङ । 

च्याब्रुङ बजाएर कार्यक्रमको उदघाटन गर्दै सभामुख नेम्बाङ । 

ताप्लेजुङका सभासद भुपेन्द्र थेबे । 

पदम सम्बाहाङफेले वनाएको च्याव्रुङ अध्यक्ष थाङदेनलाइ हस्तान्तरण गदै सभामुख 

पाचथरका सभाषद भिष्मराज आङदेम्बे । 

थाइलैन्डकी भारती सुब्बा । 

प्राज्ञ वैरागी काइला लिम्बू मुन्धुमका विषयमा वोल्दै । 

चुम्लूङका अध्यो थाङदेन र महासचिन लिला सिङगक । 

निर्मला र तस्वीरहरु


असार २१ गते अस्पतालको आकस्मिक कक्ष अगाडि सुतेकी थिइन निर्मला ।


उपचारत र्निमला ।




परामर्ष गदै साथी सविता राइ ।




निर्मलाको उपचारमा समलग्न चिकित्सक डा रिकेश कार्की ।

उपचारत निर्मलालाइ सम्झाउदै साथी सविता र सुनिता ।



होप ट्री नेपालका अध्यक्ष डा समिर चौधरी ।

होप ट्री नेपालक अध्यक्ष डा समिर कुरुवा लक्की शेर्पालाइ विरामी स्याहार गरेवापतको रकम साढे सात हजार प्रदान गदै ।




उपचार पछि फर्कदै निर्मला ।


निर्मलालाइ सहयोग गर्ने सहयोगीहरु ।



छि छि दुर दुर नगरी लक्की सेर्पाले निर्मलालाइ स्यहारेकी थीइन ।