बहिनी म्यार्दि भिर त आउन नै बाँकी छ भनेर म लगायत मेरो टिम चढेको गाडि धनीले
बताएका थिए । विहान उठने वित्तिक्कै उनले भनेको यो शब्द मेरो दिमागमा दोहोरियो ।
पहाडमा जन्मेको व्याक्तिलाइ के को डर हुन्छ र भन्दै मन वुझाँए । बेसी शहरबाट मनाङ
सम्म जिप चल्दा रहेछन । तर नाकावन्दीको असर र पेट्रोल अभावका कारण गएका
बर्षहरु जस्तो सहज थिएन् । बाटो पनि सहज थिएन । सानो वाटो भएकाले विपरित दिसावाट आएको
गाडिलाइ साइड दिन पनि गाह्रो रहेछ ।तर चालकहरु भने त्यस्तै अप्ठेरो वाटोमा गाडि
चलाउदा चलाउदा अभ्यस्त भएसकेको वताए ।
वेसीशहर चामे सडक खन्ड निर्माण
गरिएको ४ बर्ष भएको छ । ६५ किलोमिटरको दुरी रहेको यो सडक नेपाली सेनाको सडक
निर्माण कार्यदल गणले निर्माण गरेको हो । यस वर्ष २०७२ मा मनाङको सदरमुकाम चामे
देखि मनाङ बजार सम्म कच्चीवाटो पुगेको छ ।
चामे सदरमुकामवाट २ दिनमा मनाङ
पुगियो । लेक नलागोस भनेर विस्तारै हाम्रो टोली चामेवाट पैदल हिडेको थियो ।
चामेबाट एकजना सहयोगिले हाम्रो यात्रालाइ सहज वनाइ दिए । भएभरको झोला उनले नै
बोकी दिए । त्यसबापत दैनिक ज्याला र खाजा खाना खर्च व्यहोर्नु पर्ने सम्झौता भयो ।
दुइ दिनको हिडाइपछि मनाङ पुग्न सफल भइयो । मनाङ पुगेको दिन साझ हाम्रो समुहलाइ
हिउले स्वागत गर्न शुरु गरेको थियो ।
![]() |
मार्दि भीर |
बाटोमा देखिने सेताम्मे हिमालको दृष्य अनी गुरुङ
सस्कृति झल्कने मानेहरु र वरीपरि बार बनी उभिएका अजङगका नाङगो पहाडको दृष्यले
हिड्दाको थकान मेटेको थियो । त्यहाको सुन्दरतालाइ क्यामराले कैद गर्न सम्म गरे ।
तर पनि कहिल्यै मन भरिएन । जति फोटो खिचे पनि खिचुखिचु लाग्ने दृष्यहरु छन । मनाङ
पुग्न लाग्दा हिउले खाएर वनेका माटाका कलात्मक ढिस्काहरुको त के वयान गरु शब्द नै
छैन ।
![]() |
सडक निर्माणका क्रममा ९ जनाले ज्यान गुमाएका थिए । |
0 प्रतिक्रिया:
Post a Comment