बेलुकाको सात बजेर अठ्ठाइस
मिनट गएको थियो । दाइहरुसग चुनावको विषयमा छलफल हुदै थियो । मेरो घडिमा सात बजेर
अठ्ठाइस मिनेट गएको थियो । फोनमा हेल्लो भन्न नपाइ पत्रकार गोपाल देवान दाइले सीता
मलाइ गोली हान्यो भने । म छक्क परे । एकछीनपछि मलाइ उहाले घटनाको विवरण सुनाए ।
सुन्ने वित्तिकै मैले इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षकलाइ फोन गरे तर
उहाको मोवाइल फोन व्यस्त भनेपछी मैले अन्चल प्रहरी कार्यलयमा प्रमुख एसएसपी
यादवराज खनाललाइ फोन गरे । त्यसपछि म दाइको कार्यलय धरान १२ चतरा लाइनमा जादा
निक्कै मानिस जम्मा भइसकेका थिए । दाइले घटनाको विवरण यसरी सुनाए ।सुन्न यहा क्लिक गर्नुहोस ।
धरानमा पटक पटक यस्ता गोली
कान्डहरु घटिरहेका छन । तर यस्ता घटना घटाउनेहरुलाइ दलका नेताहरुको संरक्षण छ ।
त्यै भएर पटक पटक यस्ता घटनाहरु दोहोरिन्छन । प्रहरी लाचार छ । देखेर पनि नदेखे
जस्तो भएर वसिरहेको छ । चुनाव नजिकिदै जादा धरानको सुरक्षा व्यबस्था भने झन कमजोर
हुदै गएको महसुस हुन थालेको छ ।
![]() |
प्रहरीलाइ घटनाको विवरण वताउदै पत्रकार देवान विश्वस्तसुत्रको कार्यलयमा । |
0 प्रतिक्रिया:
Post a Comment