Showing posts with label Dharan. Show all posts
Showing posts with label Dharan. Show all posts

मनाङ यात्रा भाग दुइ



बहिनी म्यार्दि भिर त आउन नै बाँकी छ भनेर म लगायत मेरो टिम चढेको गाडि धनीले बताएका थिए । विहान उठने वित्तिक्कै उनले भनेको यो शब्द मेरो दिमागमा दोहोरियो । पहाडमा जन्मेको व्याक्तिलाइ के को डर हुन्छ र भन्दै मन वुझाँए । बेसी शहरबाट मनाङ सम्म जिप चल्दा रहेछन । तर नाकावन्दीको असर र पेट्रोल अभावका कारण गएका बर्षहरु जस्तो सहज थिएन् । बाटो पनि सहज थिएन । सानो वाटो भएकाले विपरित दिसावाट आएको गाडिलाइ साइड दिन पनि गाह्रो रहेछ ।तर चालकहरु भने त्यस्तै अप्ठेरो वाटोमा गाडि चलाउदा चलाउदा अभ्यस्त भएसकेको वताए ।

 
चाम्चे भिर



विदेशी पर्यटकहरु कति आए यसको गणनाका लागि धरापानिमा चेक पइन्ट स्थापना गरिएको छ । मनाङ हुदै थोरङ्ला पास जाने अनी लार्के पास जाने पर्यटकहरुले धारापानी चेकपोष्टमा अनिवार्य नाम दर्ता गरेर जानु पर्ने नियम वनाइएको छ । धरापानी काटेपछि अप्ठेरो बाटो शुरुहुन्छ । पहाड र ठुला ठुला ढुङगा खोपेर वाटोहरु वनार्इएका छन् । अझ मनाङ र लमजुङको सीमाना म्यार्दि भिरमा वाटोको ट्रयाक खोल्ने क्रममा १२ जनाको मृत्यु भएको थियो । उनीहरुको नाम म्यार्दि भिरमा रहेको ढुङगामा खोपेर राखिएको छ ।

      वेसीशहर चामे सडक खन्ड निर्माण गरिएको ४ बर्ष भएको छ । ६५ किलोमिटरको दुरी रहेको यो सडक नेपाली सेनाको सडक निर्माण कार्यदल गणले निर्माण गरेको हो । यस वर्ष २०७२ मा मनाङको सदरमुकाम चामे देखि मनाङ बजार सम्म कच्चीवाटो पुगेको छ ।
      चामे सदरमुकामवाट २ दिनमा मनाङ पुगियो । लेक नलागोस भनेर विस्तारै हाम्रो टोली चामेवाट पैदल हिडेको थियो । चामेबाट एकजना सहयोगिले हाम्रो यात्रालाइ सहज वनाइ दिए । भएभरको झोला उनले नै बोकी दिए । त्यसबापत दैनिक ज्याला र खाजा खाना खर्च व्यहोर्नु पर्ने सम्झौता भयो । दुइ दिनको हिडाइपछि मनाङ पुग्न सफल भइयो । मनाङ पुगेको दिन साझ हाम्रो समुहलाइ हिउले स्वागत गर्न शुरु गरेको थियो ।
मार्दि भीर
       बाटोमा देखिने सेताम्मे हिमालको दृष्य अनी गुरुङ सस्कृति झल्कने मानेहरु र वरीपरि बार बनी उभिएका अजङगका नाङगो पहाडको दृष्यले हिड्दाको थकान मेटेको थियो । त्यहाको सुन्दरतालाइ क्यामराले कैद गर्न सम्म गरे । तर पनि कहिल्यै मन भरिएन । जति फोटो खिचे पनि खिचुखिचु लाग्ने दृष्यहरु छन । मनाङ पुग्न लाग्दा हिउले खाएर वनेका माटाका कलात्मक ढिस्काहरुको त के वयान गरु शब्द नै छैन । 
सडक निर्माणका क्रममा ९ जनाले ज्यान गुमाएका थिए ।

अमानविय घटनाको जवाफ दिनु पर्छ



पहिलो संविधानसभाको अवसान हुने पुर्व सन्ध्यामा आदिवासी जनजाति महासंघले आम हडताको घोषणा गरेको थियो । एक मधेस एक प्रदेश र जातिय पहिचान सहितको संघिय राज्यको मागले देश जलिरहेको थियो । अखन्ड सुदर पश्चिमको आन्दोलन चर्कीरहेको थियो । यहि आन्दोलनका क्रममा नवपरासीको डन्डाको थारुहरुको सङग्रालय जलाइयो । त्यो सङग्रालय जलिरहदा भने साम्प्रदायीक सदभाव खलल मानिएन । तर जव महासंघको आन्दोलन चर्कियो जातिय पहिचान सहितको संघिय राज्यको कुरा उठेपछि भने फेसवुकका बालहरुमा  आफनो नाम पछि नेपाली लेख्न थालियो । चर्चित ठुला व्याक्तीहरुले पनि नेपाली  लेख्ने शुरु गरे । टेलीभिजनमा अव हामी नेपाली नेपाली रहेनौ । नेपाल आमा रोइरहेको छ भनेर समाचार विश्लेषणहरु प्रसरण भए । यसो भनेको सुन्दा मरो मन पनि कता कति खिन्न भयो । नेपाली लेख्दा मात्रै नेपाली हुने नामको पछाडी घिमिरे यादव, मुसर, राउटे, लिम्बु ,राइ, याख्खा लेख्ने चाही नेपाली नहुने त  उसो भए । नेपाली लेख्नुको पछाडिका नी आफ्नै तर्क होलात तर यसरी नेपाली लेख्नाले मात्र हाम्रो विविध जाति सस्कृति धर्म र पंम्परालाइ जोडदैन भन्ने मेरो व्यात्तिगत भनाइ हो ।
            टिकापुर घटनापछि सामाजीक सदभावका नाममा हाम्रो जात छैन हामी नेपाली हौ । नेपाली नेपाली एक हौ भन्ने ल्पे कार्ड बोकेर सामाजिक सदभाव रयालीहरु काठमाडौ लगायतका ठाउमा निस्कीए । आफनो नामको पछाडी नेपाली लेख्दैमा मात्र सामाजीक सदभाव कसरी कायम हुन्छ । अनी हामी नेपाली नेपाली एक हौ भन्दैमा सामाजीक सदभाव कायम हुन्छ त ? बरु सामाजीक सदभाव कायम गर्नका लागि हामी सवै जात जाति मिलौ । एक आपसमा सामाजीक सदभाव कायम गरौ भन्ने खुला छाती लिएर एक जातको अस्थित्व अर्को जातिले स्वीकार गर्न सक्नु पर्छ । जातिय राजनिति नगरौ भनेर हिडिरहेका अभियन्ताहरु त्यही जातको आधारमा वनाएर आफनो पार्टीमा प्रतिनिधित्व गरेका छन । संविधानसभामा निर्वाचित भएका छन । आरक्षणमा परेका छन । त्यही जातलाइ नै मागी खाने भाडा वनाएका छन । अनी अहिले जातको कुरा नगरौ हामी सवै नेपालीमात्र हौ भनेर उडन्ते कुरा गरेर अभियान चलाएर हिडेका छन । जातको कुरा गर्नु पर्छ तर सामाजिक सदभाव नै खलल हुने गरी एक जातिले अर्को जातिको अथित्वलाइ नामेट पार्नु भएन । सवैको सह अथित्वलाइ स्वीकार गर्नु पर्छ ।
      नेपालमा जन्मीएपछि स्वात हामी सवै नेपाली हौ ।  आन्दोलनकारी कसैले नी हामी नेपाली होइनौ नेपालमा वस्न चाहदैनौ पनि भनेका छैनन । आफ्नै देश भित्र आफ्नो पहिचान र अधिकार स्थापीत गर्न माग गरिरहेका छन । जवरजस्ती आधिकारका कुरा उठाउने जति चाही नेपाली होइनन भन्ने मान्यता स्थापीत गरिदैछ यहाँ । अखन्ड सुदुर पश्चिमको आन्दोलनमा सहभागि अधिकांश मानीसहरु क्षेत्री व्रामण थिए तर तिनीहरुलाइ चाही जातियताको आरोप लागेन किन ? किनकी त्यो आन्दोलन भिव रावल र सेर वहादुर देउवाको आडमा चलेको थियो त्यै भएर जातिय भएन ।  
       नेकपा माओवादी त्यही जातिय राजनिती गरेर सत्तामा पुग्न सफल भयो । मगरहरुलाइ मगरात नेवारलाइ नेवा थारुलाइ थारुहट लिम्बूहरुलाइ लिम्बू राइलाइ  किरात अनी मधेसीलाइ मधेस प्रदेश दिने भनेर संगठित गरायो । त्यही माओवादीको सिको गदै एमाले र कांग्रेसले पनि आफनो पार्टीमा जातका आधारमा संगठन वनाउन पछि परेनन । यही जातिय कार्डलाइ भोट वैकका रुपमा प्रयोग गरे । अनी आजभोली जातिय कुरा नगरौ भनेर कुर्लेर हिडछन तिनै नेताहरु । जातियताको विउ रोप्न यी नेताहरु पनि त्यतिकै जिम्मेवार छन । जातिय कार्ड प्रयोग गर्दा जातिवादी भएनन ति ठुला दलहरु । तर तिनैको सिको गरेर आन्दोलन गरिरहेकाहरु जातिवादी भए । जातिय राजनितीलाइ उक्साउन जति ठुला पर्टी जिम्मेवार छन अरु पनि त्यति नै जिम्मेवार छन । तराजुमा राखेर जोख्दा कोही पनि तलमाथि हुदैनन सवै वरावर छन । त्यसैले समस्याको निकास पनि सवै मिलेर गर्नु जरुरी देखिन्छ ।
       अव पहिचान पक्षधरका पनि कुरा गरौ । उनीहरु पनि यति अतिवादी छन की सार्वजानिक कार्यक्रममा तालि खानलाइ जे पनि वोलिदिन्छन । भोली लिम्बुवान, मधेस प्रदेश, अनी थारुहट प्रदेश वन्यो भने हामी सर्वै सर्वा हुन्छौ भनेर कार्यकर्तालाइ उक्साउछन । कार्यकर्ताहरु हो न हो भनेर पछि लागिरहेका छन ।  आफुलाइ क्रान्तिकारी वनाउन ब्रामण र क्षेत्रीलाइ गाली गर्न वाहेक केही जान्दैनन । त्यसैको परिणाम स्वरुप मधेसी र जनजातिसग सर्वसाधारण व्रामण क्षेत्री रिसाएका छन । उनीहरुकै कारणले पनि भोली थारुहट लिम्बुवान र मधेस प्रदेश भयो भने हाम्रो स्थान कहा हुने भनेर तर्सिएका छन कतिपयहरु । त्यस्ता तिर पनि सोच्नु पर्छ पहिचानवादी नेताहरुले । त्यसैले ति नेताहरुले उनीहरुमा विश्वासको वातावरण वनाउन नसक्नु नै ठुलो चुनौती सावित भएको छ ।
      माओवादीको सत्ता आए पछि समाजमा धनी र गरिवको खाडल हुदैन भनेर ए माओवादीले भाषण गरेको र कार्यकर्ता आफनो पार्टीमा लाग्न उक्साएको हिजो जस्तो लाग्छ । तर माओवादी सत्तामा पुग्यो ।  तर उक्साहटमा लागेर ज्यानका वाजी थाप्नेहरुको  परिवार घाइतेले के पाए घाम झै छर्लङग छ । बेपत्ताका  परिवारहरु आसुसगै वाचेका छन । राजा ज्ञानेन्द्रले शाशन सत्ता हात लिएपछि सातो हराएका नेताहरु राजलाइ हटाउन एक भएर लागे । राजा हटेपछि त झन के के न हुन्छ भनेर दुनिया जनतालाइ ढाटे । राज हट्यो नेताहरु सत्तामा पुगे सर्वसाधारणले के पाए ?  केही टाठा वाठा वाहेक अरुको अवस्था जस्ताको त्यस्तै । अनी संविधानसभाको चुनाव पछी चुडकीको भरमा विकास हुन्छ अवसर पाउछौ भनेर दुनिया नेता कुर्लिए । कुर्लदा कुर्लदै आठ वर्ष वित्यो । आठ वर्षको प्रतिफल स्वरुप कैलाली घटना घट्यो । मधेस वलिरहेको छ । पुर्व शान्त जस्तो देखिए पनि नेताहरुले सोचे जस्तो शान्त छैन भुसको आगो झै आन्दोलन विस्तारै फैलदै छ । हिजो मिलेर वसेका सवै जातजातिमा फाटो आउन थालिसकेको छ । त्यही फाटोलाइ टाल्न कफर्यु लगाएर सरकारले टाल्न खोजीरहेको छ । दिनै जसो मधेसमा पुलिसको गोलीले ढलिरहेका छन । तर आप झरेको संज्ञा दिइरहेका छन नेताहरु ।
      कैलालीको टिकापुरमा कफर्युका समयमा फूलवारी एफएम जलाइयो अनी कयौ थारुहरुको पसल जलेका छन । टिकापुरको जोशीपुरमा प्रहरीको कुटपिटवाट सतिस थारुको मृत्यु भएको खवर छ ।  त्यहा भएको ज्याजतिको विषयमा कही कतै पनि आएको छैन । सन्चार माध्यमको काम सत्यतथ्य वाहिर आउनु हो । आन्दोलनकारी र प्रहरीको कमी कमजोरीलाइ सन्चार माध्यमले पनि औल्याउन सक्नु पर्छ । थारुहटको आन्दोलनका क्रममा प्रहरी मारिए यो घटना अत्यन्तै निन्दनिय छ । हत्यामा समलग्नलाइ कार्वाही गर्नु पर्छ । अनी एम्वुलेन्समा भएको घाइते शशस्त्र प्रहरीलाइ निकालेर हत्या गरिनु जस्ता घटनाले मधेसी प्रतिको सहानुभुती र सदभाव पनि घटदै जान्छ । अमानविय घटनाको जवाफ आन्दोलनकारीले दिनु पर्छ  । अनी ताकी ताकी गोली हान्ने सरकारले प्रवृत्तीलाइ रोक्नु पर्छ । त्यसैले यस्ता अमानविय कार्य कसैले पनि स्वीकार गर्न सकिदैन । नेपाल प्रहरीले सवैलाइ समान सुरक्षाको प्रत्याभुति दिलाउन सक्नु पर्छ । टिकापुरमा फैलिएको पहाडी र थारु वीचको दरारलाइ कम गर्न त्यति सहज छैन जति हामी टाढा वसेर आकलन गरिरहेका छौ । अनी संघ संस्थामा काम गर्ने सचेत वर्ग सदभावका नाममा  नेपाली नेपालि एक हौ भनेर सामाजिक सदभाव कायम होला त । कदापी पनि हुदैन । त्यसैले हामी नेपाली नेपाली एक हौ भन्नको साट्टो नेपालमा वस्ने सवै जात जाति एक हौ भनेर सन्देश फैलाउ । जातिय राजनितिको आगो जस्ले रोपे उनीहरुले ने निभाउनु  सक्नु पर्छ । सामाजीक सन्जालहरुमा पत्रपत्रिका, रेडियो, टेलीभिजन र च्याउसरी उम्रीएका अनलाइनहरुले पनि सामाजिक सदभाव कायम राख्ने सन्तुलित शब्द प्रयोग गर्नु पर्छ । सवैका आवाजलाइ समान स्थान दिन पनि जरुरी देखिन्छ ।

      ठुला पर्टीका नेताले अहिलेको परिस्थितीमा सम्वाद र वार्ता द्धरा चाडै भन्दा चाडै समस्याको निकास खोज्न जरुरी छ । निकास चाडै खोजीएन भने यो जातियताको आगो डढेलो झै फैलने खतरा छ । सेना परिचालन गरेर दमन गरेर केही क्षणलाइ दवाउन सकिएला तर  दिगो समस्या समाधान पक्कै हुन सक्दैन ।  

मृत्यु साच्चै पिडा दायीहुदो रहेछ

पानी झम झम परिरहेको थियो । म स्कुटर थन्क्याउन वाहिर निस्केको वेला हुँ हुँ हँ गरि चिच्चाएको आवाज मेरो कानमा एक्कासी ठोक्कीयो । सारै नरमाइलो लाग्यो । यदि उ सक्दो हो त सवै छिमेकीलाइ गुहार्थ्यो होला । हत्तपत्त आफन्तले अस्पताल लैजान्थे होला । तर उ एकदम लाचार वनेर चिच्याइरहेको थियो एकहोरो । कहिले पाच मिनेटको फरकमा उस्को चिच्याहट सुनिन्थ्यो कहिले २० मिनेट पछि सुनिथ्यो । लामो समय सम्म चिच्याहट नसुन्दा ठिक भयो की भन्ने मेरो मनमा आसा पलाउथ्यो ।  केही क्षण भए पनि मेरो मन शान्त हुन्थ्यो । अनी काम गर्न शुरु गर्थे । फेरी उनी चिच्याहट दोहोरिदा मन चसक्क हुन्थ्यो । उस्को पिडामा साथ दिन नपाएकोमा अनी केही गर्न नपाएकोमा सारै पिडा बोध भो । मन थाम्न सकिन । उकुस मुकुस भए । पिडाले भरीएको उस्को आवाज रोकिएन । रातभर त्यसरी नै चिच्याइरहयो ।
      दिउसो सम्म त ठिक्कै थियो । साझ परेपछि एक्कासी थला परर्यो । उस्को कमजोर शरिरले त्यत्रो झरी पुरै थाप्यो । शरिर पुरै चिसो थियो । सासमात्र अडिएको थियो । अनी पिडाको आवाज बाकी थियो । सायद सहज मृत्युको कामना गरेर चिच्याउएको थियो होला । दन्तकाली पिन्डेश्वर अनी वुढासुब्बाको क्षेत्रमा ढलेको उस्को शरिर विसेख हुन्छकी भन्दै कति मनमनै गुहार माग्यो होला । तर मान्छेले बजाएको घन्टीको आवाजले वहिरो वनेका ताला चावी भित्र सजाएर राखिएका कसैले उस्को त्यो आवाज के सुन्थेहोला । उ लडेको सडक छेउका छिमेकीहरु रातभरी घुर्दै सुते गर्याम्म ढलेको उस्को शरिरको छेउवाट सुइया मोटर साइकलहरु हुइकिए । तर उस्को पिडामा मल्हम लागाउने कोही भएनन ।
      सायद भाषा हुदो हो त उपचार गरिदिन आग्रह गर्दथ्यो होला । हार गुहार माग्थ्यो होला ।  सुनसान रात भएकाले पिडाले भरेको उस्को आवाजको चिच्याइले पुरै शहर गुन्जिएको थियो । उस्लाइ जिवनभर पाल्छु भनेर घरमा ल्याउने मालिकले त्यो आवाज सुन्दा कस्तो अनुभव गर्यो त्यो त उसैले जानोस तर मलाइ चाही सारै पिडा भयो ।
      उस्लाइ सानैमा घरमा चोर खेदाउछ भनेर ल्याएका रहेछन । हुर्क्यो वढ्यो ठुलो भयो ।  हट्ट कठ्ठा शरिर हुन्जेल सम्म घरमा मान्छे आउनसाथ मालिकलाइ सकेत गर्दथ्यो घरमा मान्छे आयो भनेर । नयाँ मानिसको अनुहार देख्योकी मरुन्जेक भुकेर घरको रक्षामा उ सधै तम्तयार हुन्थ्यो । अझ रातभर नसुती नसुती घरको सुरक्षाका लागि तैनाथ हुन्थ्यो । रातभरी सुरक्षागार्डको काम गरेपछी दिउसो यसो झिमिक्क निदाउथ्यो । तर खिस्रिक्क आवाज आउन साथ उ विउझी हाल्थ्यो । सवैले कति राम्रो कति इमान्दार कहाँवाट ल्याएको भन्दै उस्को प्रसंसा गर्थे । वैस छउन्जेल सवैवाट हाइ हाइ थियो उ । तर अचानक विरामी पर्यो । खै के भएर हो आखाँको ज्योती समेत गुमायो । त्यसपछि उस्को जिवनको दुख शुरु भयो । उस्लाइ उपचार गर्नको साट्टो मालिकले घरबाट नै निकाली दियो । त्यसपछि उस्को बास सडकमा भयो । धेरै बर्ष भयो सडमा जिवन विताएको पनि । आफनो शरिर वचाउन वासी सडेगलेका खाना खान टाढा टाढा सम्म पुग्थ्यो । राम्रो हृष्ट पुष्ट हुन्जेल सम्म घर भित्र मायाँ पाउने । तर केही रोग लागेपछि घर निकाला भएकाहरु अरु पनि थुप्रै उस्का साथी थिए । विरामी शरिर लिएर निक्कै वर्ष सम्म जसो तसो जिवन वितायो तर अन्तिममा उस्को त्यो रोगी शरिर अचानक ढल्यो । ढलेको शरिरलाइ कसैले उठाएन । देख्नेले च्व च्व मात्र भन्दै विचरा भने । हेदै नाघ्दै हिडे ।
      करिव एक घन्टा भयो । उस्को चित्कार सुनिन छोडियो । रातको साढे एक वजे भएको थियो । मन अमिलो पादै म पनि जवरजस्ती निदाउन खोजिरहेकी थिए । फेरी नराम्री दुइ पटक चिच्यायो । अरु वेला धेरै पटक चिच्याउने उ अलि कम चिच्याउन थाल्यो । चिच्याउदा चिच्याउदा उस्को शरिर नी थाकी सकेको थियो । अव यति लाचार भइसक्यो मृत्युलाइ पर्खनु शिवाय अरु उपाय थिएन उ मा । म पनि यति लाचार भएकी उस्को पिडामा मलम लगाउन सकिन । नत सहज मृत्यु वरण गराउन सके न त उस्लाइ उपचार गराउन सके । सीवाय मलाइ शान्त वनाउन उस्को नाममा मात्र यी शब्द कोर्न बाहेक । उ त्यही पानीमा रुझदै घरी घरी चिच्याउदै थियो एकहोरो एकोहोरो । मृत्यु साच्चै पिडा दायीहुदो रहेछ ।    
      विहान उठने वित्तिक्कै फेरी उस्लाइ सम्झे । के भो होला ?  पिडा खेप्दा खेप्दा थाकेको उस्को शरिर ढल्यो होला भन्दै मनमनै सोचे । उ लम्पसार परेर लडिरहेको थियो । बाहिरवाट नै उस्का करङ देखिका थिए । उस्को रौको रङग गेरु रङको थियो । रौहरु पनि पातलिएका थिए । हरियो झारमाथी लडिरहेको थियो । नियालेर हेरे सास फेरेको देखे । एकजना मानिस उस्को छेउमा हेरेर उभीरहेका थियो। कस्ले हो कुन्नी प्लाष्टिकको झोलामा उस्को शरिरलाइ भित्र हालि दिएछ । यस्ले थोरै भएपनि चिसोवाट त वच्यो तर दिनभरीको चर्को घाम अनी रातभरीको झरी पुरै सहेको थियो उस्ले ।
      दिउसो मैले धरान उपमहानगरपालिकाको १४ नं वडा सचिवलाइ गुहारे । पहिला सडकमा रहेका कुकुरलाइ मार्दा पशुअधिकार कर्मीले मुद्धा लगाएको कुरा गरे । भोली केही गर्छु भन्ने आश्वासन दिए । चित्त वुझेन उपमहानगरपालिकाका सामाजीक विकास शाखामा फोन गरे । हुन्छ हामी केही गछौ त भने । तर म साझमा घर उस्को हालत उस्तै देखे । दिउसो भरी चुपचाप लडिरहेको उस्को आवाज रातमा चै किन आएको हो त्यो ठम्याउन सकिन । साझ पर्न साथ उही चित्कार शुरु भयो । रातभर चिच्याइ नै रहयो । बाध्य भएर म सुनीरहे उस्को हँ हुँ हुँ गरेको एकहोरो आवाज ।
       पाँच वर्ष पहिला मैले फुच्चे नामको कुकुर पालेकी थिए । वुढो भयो । उपचार गर्दा नी लागेन । तर उस्को मृत्यु यति पिडादायी भने भएन । थला परेको दिन वेलुका उठन सकेन । सवै खुट्टा लम्पसार परेर गर्याम्म ढलेको थियो । अनी म छेउमा गए । फुच्चे भनेर बोलाए । मेरो आवाज सुन्न साथ वल्ल तल्ल आखाँ उघार्यो अनी दुवै आखाँवाट बरररर आँसु झार्यौ । म चुपचाप कोठामा गएर धेरै रोएकी थिए । अझै पनि उस्ले आखाँ उघारेर वरररररररर आँसु झारेको सम्झदा आँखा रसाउछ ।
            दुइ रातको चित्कार पछि उस्ले सारा दुख विसाएछ । अव उस्को त्यो पिडाले भरिएको चित्कारले टोल गुन्जने छैन । यस्तो पिडादायी मृत्यु कुनै पनि प्राणीको नहोस । श्रदान्जली छ उस्लाइ ।


 पानी झम झम परिरहेको थियो । म स्कुटर थन्क्याउन वाहिर निस्केको वेला हुँ हुँ हँ गरि चिच्चाएको आवाज मेरो कानमा एक्कासी ठोक्कीयो । सारै नरमाइलो लाग्यो । यदि उ सक्दो हो त सवै छिमेकीलाइ गुहार्थ्यो होला । हत्तपत्त आफन्तले अस्पताल लैजान्थे होला । तर उ एकदम लाचार वनेर चिच्याइरहेको थियो एकहोरो । कहिले पाच मिनेटको फरकमा उस्को चिच्याहट सुनिन्थ्यो कहिले २० मिनेट पछि सुनिथ्यो । लामो समय सम्म चिच्याहट नसुन्दा ठिक भयो की भन्ने मेरो मनमा आसा पलाउथ्यो ।  केही क्षण भए पनि मेरो मन शान्त हुन्थ्यो । अनी काम गर्न शुरु गर्थे । फेरी उनी चिच्याहट दोहोरिदा मन चसक्क हुन्थ्यो । उस्को पिडामा साथ दिन नपाएकोमा अनी केही गर्न नपाएकोमा सारै पिडा बोध भो । मन थाम्न सकिन । उकुस मुकुस भएको मनलाइ शान्त पार्न मृत्यु सारै पिडादायी हुने रैछ भन्दै ट्वीटरमा लेखे । फेरी उही चिच्याइ । तिम्रो चिच्चाइले मन च्वस्क भएको छ लम्पसार परेको तिम्री शरिर रोडमा लडिरहदा पनि केही गर्न सकिन थुक्क म कति लाचार । भनेर फरी ट्विटे । अह त्यो पिडाले भरीएको आवाज रोकिएन । रातभर त्यसरी नै चिच्याइरहयो ।
      दिउसो सम्म त ठिक्कै थियो । साझ परेपछि एक्कासी थला परर्यो । उस्को कमजोर शरिरले त्यत्रो झरी पुरै थाप्यो । शरिर पुरै चिसो थियो । सासमात्र अडिएको थियो । अनी पिडाको आवाज बाकी थियो । सायद सहज मृत्युको कामना गरेर चिच्याउएको थियो होला । दन्तकाली पिन्डेश्वर अनी वुढासुब्बाको क्षेत्रमा ढलेको उस्को शरिर विसेख हुन्छकी भन्दै कति मनमनै गुहार माग्यो होला । तर मान्छेले बजाएको घन्टीको आवाजले वहिरो वनेका ताला चावी भित्र सजाएर राखिएका कसैले उस्को त्यो आवाज के सुन्थेहोला । उ लडेको सडक छेउका छिमेकीहरु रातभरी घुर्दै सुते गर्याम्म ढलेको उस्को शरिरको छेउवाट सुइया मोटर साइकलहरु हुइकिए । तर उस्को पिडामा मल्हम लागाउने कोही भएनन ।
      सायद भाषा हुदो हो त उपचार गरिदिन आग्रह गर्दथ्यो होला । हार गुहार माग्थ्यो होला ।  सुनसान रात भएकाले पिडाले भरेको उस्को आवाजको चिच्याइले पुरै शहर गुन्जिएको थियो । उस्लाइ जिवनभर पाल्छु भनेर घरमा ल्याउने मालिकले त्यो आवाज सुन्दा कस्तो अनुभव गर्यो त्यो त उसैले जानोस तर मलाइ चाही सारै पिडा भयो ।
      उस्लाइ सानैमा घरमा चोर खेदाउछ भनेर ल्याएका रहेछन । हुर्क्यो वढ्यो ठुलो भयो ।  हट्ट कठ्ठा शरिर हुन्जेल सम्म घरमा मान्छे आउनसाथ मालिकलाइ सकेत गर्दथ्यो घरमा मान्छे आयो भनेर । नयाँ मानिसको अनुहार देख्योकी मरुन्जेक भुकेर घरको रक्षामा उ सधै तम्तयार हुन्थ्यो । अझ रातभर नसुती नसुती घरको सुरक्षाका लागि तैनाथ हुन्थ्यो । रातभरी सुरक्षागार्डको काम गरेपछी दिउसो यसो झिमिक्क निदाउथ्यो । तर खिस्रिक्क आवाज आउन साथ उ विउझी हाल्थ्यो । सवैले कति राम्रो कति इमान्दार कहाँवाट ल्याएको भन्दै उस्को प्रसंसा गर्थे । वैस छउन्जेल सवैवाट हाइ हाइ थियो उ । तर अचानक विरामी पर्यो । खै के भएर हो आखाँको ज्योती समेत गुमायो । त्यसपछि उस्को जिवनको दुख शुरु भयो । उस्लाइ उपचार गर्नको साट्टो मालिकले घरबाट नै निकाली दियो । त्यसपछि उस्को बास सडकमा भयो । धेरै बर्ष भयो सडमा जिवन विताएको पनि । आफनो शरिर वचाउन वासी सडेगलेका खाना खान टाढा टाढा सम्म पुग्थ्यो । राम्रो हृष्ट पुष्ट हुन्जेल सम्म घर भित्र मायाँ पाउने । तर केही रोग लागेपछि घर निकाला भएकाहरु अरु पनि थुप्रै उस्का साथी थिए । विरामी शरिर लिएर निक्कै वर्ष सम्म जसो तसो जिवन वितायो तर अन्तिममा उस्को त्यो रोगी शरिर अचानक ढल्यो । ढलेको शरिरलाइ कसैले उठाएन । देख्नेले च्व च्व मात्र भन्दै विचरा भने । हेदै नाघ्दै हिडे ।
      करिव एक घन्टा भयो । उस्को चित्कार सुनिन छोडियो । रातको साढे एक वजे भएको थियो । मन अमिलो पादै म पनि जवरजस्ती निदाउन खोजिरहेकी थिए । फेरी नराम्री दुइ पटक चिच्यायो । अरु वेला धेरै पटक चिच्याउने उ अलि कम चिच्याउन थाल्यो । चिच्याउदा चिच्याउदा उस्को शरिर नी थाकी सकेको थियो । अव यति लाचार भइसक्यो मृत्युलाइ पर्खनु शिवाय अरु उपाय थिएन उ मा । म पनि यति लाचार भएकी उस्को पिडामा मलम लगाउन सकिन । नत सहज मृत्यु वरण गराउन सके न त उस्लाइ उपचार गराउन सके । सीवाय मलाइ शान्त वनाउन उस्को नाममा मात्र यी शब्द कोर्न बाहेक । उ त्यही पानीमा रुझदै घरी घरी चिच्याउदै थियो एकहोरो एकोहोरो । मृत्यु साच्चै पिडा दायीहुदो रहेछ ।    
      विहान उठने वित्तिक्कै फेरी उस्लाइ सम्झे । के भो होला ?  पिडा खेप्दा खेप्दा थाकेको उस्को शरिर ढल्यो होला भन्दै मनमनै सोचे । उ लम्पसार परेर लडिरहेको थियो । बाहिरवाट नै उस्का करङ देखिका थिए । उस्को रौको रङग गेरु रङको थियो । रौहरु पनि पातलिएका थिए । हरियो झारमाथी लडिरहेको थियो । नियालेर हेरे सास फेरेको देखे । एकजना मानिस उस्को छेउमा हेरेर उभीरहेका थियो। कस्ले हो कुन्नी प्लाष्टिकको झोलामा उस्को शरिरलाइ भित्र हालि दिएछ । यस्ले थोरै भएपनि चिसोवाट त वच्यो तर दिनभरीको चर्को घाम अनी रातभरीको झरी पुरै सहेको थियो उस्ले ।
      दिउसो मैले धरान उपमहानगरपालिकाको १४ नं वडा सचिवलाइ गुहारे । पहिला सडकमा रहेका कुकुरलाइ मार्दा पशुअधिकार कर्मीले मुद्धा लगाएको कुरा गरे । भोली केही गर्छु भन्ने आश्वासन दिए । चित्त वुझेन उपमहानगरपालिकाका सामाजीक विकास शाखामा फोन गरे । हुन्छ हामी केही गछौ त भने । तर म साझमा घर उस्को हालत उस्तै देखे । दिउसो भरी चुपचाप लडिरहेको उस्को आवाज रातमा चै किन आएको हो त्यो ठम्याउन सकिन । साझ पर्न साथ उही चित्कार शुरु भयो । रातभर चिच्याइ नै रहयो । बाध्य भएर म सुनीरहे उस्को हँ हुँ हुँ गरेको एकहोरो आवाज ।
       पाँच वर्ष पहिला मैले फुच्चे नामको कुकुर पालेकी थिए । वुढो भयो । उपचार गर्दा नी लागेन । तर उस्को मृत्यु यति पिडादायी भने भएन । थला परेको दिन वेलुका उठन सकेन । सवै खुट्टा लम्पसार परेर गर्याम्म ढलेको थियो । अनी म छेउमा गए । फुच्चे भनेर बोलाए । मेरो आवाज सुन्न साथ वल्ल तल्ल आखाँ उघार्यो अनी दुवै आखाँवाट बरररर आँसु झार्यौ । म चुपचाप कोठामा गएर धेरै रोएकी थिए । अझै पनि उस्ले आखाँ उघारेर वरररररररर आँसु झारेको सम्झदा आँखा रसाउछ ।
            दुइ रातको चित्कार पछि उस्ले सारा दुख विसाएछ । अव उस्को त्यो पिडाले भरिएको चित्कारले टोल गुन्जने छैन । यस्तो पिडादायी मृत्यु कुनै पनि प्राणीको नहोस । श्रदान्जली छ उस्लाइ ।

सो डाउन धरान २०१५

साहसीक खेलका रुपमा चिनिने माउन्टेन वाइकिङ शूरु भएको त्यति धेरै भएको छैन । तर पछिल्लो पाच वर्षमा यो खेलको आर्कषण ह्वात्तै वढेको माउन्टेन बाइकिङको प्रवर्द्धन गदै आएको सस्था नार्लिले जानकारी दिएको छ । नेपालमा माउन्टन वाइकिङका लागि प्रसस्त ट्रेलहरु भएकाले यो खेलको सम्भावना वढी भएको जानकारहरुको भनाइ छ । पुर्वी नेपालको धरान स्थित डाउनहिल ट्रेल अतिनै जोखिम र चुनौती पुर्ण छ भन्छन नार्लिका सस्थापक श्याम लिम्बू । डाउनहिल अन्तर्गत २१ जना खेलाडीले भाग लिएका थिए । जम्मा दुरी ६ प्वाइन्ट ८ किलोमिटर थियो माउन्बाटेन बाइक ओरालोमा कुदाएको हेर्दा मनै सिरीङग हुन्थ्यो । डाउनहिल प्रतियोगितामा खिचिएका केही तस्वीरहरु ।
प्रतियोगिताका विजयी खेलाडी राजेस मगर ।






धरानका फुर्वा तामाङ ।

धरानका खेलाडी दिपक जिमी ।

स्याम्पेन गदै प्रथम राजेश (वीचमा ) दोस्रो क्रिस र तेस्रो सागर  ।


धरानका खेलाडी हुकमन राइ ।
 

बत्तिस किलोमीटर छिचोल्दा ।

सीटीको सुइया आवाजसगै यात्रा शुरु भयो । मेरो लागि यो यात्रा त्यति सहज थिएन । मनमनै भेटेटारको उकालो वाटो सोचेर हार मानी सकेको थिए । कसरी पुरा गर्ने होला भन्ने चुनौती म मा थियो । धरान नगरपालिकाका वातावरण अधिकृत सुनिल नेपाल प्रमुख अथिती थिए । उनले धरानको भानुचोकवाट शुरुहूने हाम्रो यात्रालाइ सीटी वजाएर शुरु भएको संकेत गरे । लेडिज फस्ट भनेर मलाइ अगाडी वोलाए । म अगाडी साइकल चढेर हिडे । अरु सव जना पछि पछि आए । धरानको भानुचोकवाट अमरहाटको उकालो सम्म त म अघी अघी अरु पछी पछि थिए । त्यो उकालो कटन नपाउदै मुखवाट अटि नअटी स्वास स्वाँ स्वाँ निस्कियो । खुट्टा गलेर चल्न नसक्ने भइसकेको थियो । त्यती वेला सम्ममा मलाइ सवैले उछिनि सकेका थिए ।  म साइकल डोर्याउन थाले । भेडेटार पुग्ने चाहाना मरेर गयो । साथी सुर्य पुनले  एम्वुलेन्स चढेमा तस्वीर खिचेर फेसबुकमा राख्ने चुनौती दिइसकेका थिए । धरानको वेसक्याम्पमा नपुग्दै आट हारि सकेको थियो । बेस क्याम्पमा पानी खाएपछि साइक्लीस्ट भाइ फुर्वा तामाङलाइ मेरो साइकल कुदाउन अनुरोध गरे । नभन्दै उनले मेरो साइकल सुइया उकालो चढाइहाले । 
तस्विर यात्रा थुलुङ
हिम शिखरका क्यामरा पर्सन भाइलाइ पछाडी राखेर म स्कुटरमा हुइकिए । करिव एक किलोमिटर माथी रमिते डाडामा सम्म गए साइकल कुदाएर सहयोग गरे भाइ फुर्वाले । रमिते डाँडाँ पुगेर ग्लुकोज पानी पिएपछी रमितेको थोरै ओरालोवाटोले साइकल चलाउने हिम्मत थपी दियो म मा । त्यसमा पनि भाइ भुमेश काफ्ले र साथी सुर्यले साइकल चलाउने हौसला दिइरहे । त्यो हौसलाले मेरो हिम्मत अझ वढ्यो ।
      विस्तारै हाम्रो यात्रा अगाडी वढि रह्यो । कहि साइकलको पेडल पेल्दै यात्रा अगाडि वढायौ भने कहि साइकल डोर्याउदै अघि वढि रह्यौ । एक एक गदै हामीलाइ सवैले उछिने । हामी सवै भन्दा अन्तिममा थियौ । मोवाइलमा गित सुन्दै हाम्रो यात्रालाइ थप रमाइलो वनायौ आफैले । प्रत्येक घुम्ती अनी मोडहरुलाइ रमाइलो वनाउन पालो पालो गफ चुटिहयौ । सुर्य र मेरो भन्दा भुमेस अलिक साइकल कुदाउन सक्थे । त्यसैले होला हामीले साइकल डोर्याउन थालेको केही मिनट पछि साइकल चढेर कुदाउन अनुरोध गरिरहन्थे । तर उनको अनुरोध हामी दुइ जना नसुने झै गथ्यौ । यात्रा अवधी भर दुइ जनाले मलाइ साथ दिइरहे ।
      आधाबाटो पुगेका थियौ । वाटोमा राजिव र विश्वराम कार्की मोटर साइकलमा सुइया हुइकिदै आइपुगे । हामी तीन जना आराम गरेर वसी रहेका थियौ । उनीहरुले कार्टुनमा फ्रुटी वोकेका थिए । उनीहरुले वोकेको कार्टुनवाट तीन वटा फ्रुटी निकाले । एकै सासमा भुमेश र सुर्यले फ्रुटी पिए । मैले भने थोरै खाए । थोरै भरैलाइ साचेकी थिए । हामीसग भएको पानी पनि सकि सकेको थियो । विस्कुट बाकी थियो । फेरी वाटोमा धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ र भेटेटारमा भइरहेको चङगा चेट उत्सवका आयोजक सिल्भर इन्टरटेनमेन्टका सौरभ स्कुटरमा उकालो चढिरहेका थिए । उनीहरुले एक वोतल पानी दिएर गए । त्यो पानीले उकालो हिड्दा हिड्दा लागेको प्यास गुजार्न सहयोग दियो ।

      बाटो घरी घरी वादलले छपक्कै ढाकिन्थ्यो भने घरी घरी प्रचन्ड घाम । मौसम रमाइलो नै थियो । ठुल ठुला ट्रक र वसहरुले हामीलाइ उछिनेर जान्थे । छेवैवाट मोटर साइकल कार अनी स्कुटर सुइया गुड्दा भने यसैगरी गुडकिन पाए नी हुन्थ्यो भन्ने विचार मनको एक कुनामा आइ नै रहयो । यात्रा वढि रहेको थियो । अचानक मेरो खुट्टामा अप्ठ्यारो भएर आयो । निक्कै दुख्यो । यसो घोप्टीएर हेरे मेरो दुइवटै फिलाका मसल पल्टीएको देखे । पुरा मसल टाइट भयो । एक्कासी चिच्याए मेरो खुट्ठा पल्टीयो भनेर । केही अगाडी वढिसकेका भुमेश र सुर्य कुदेर आइपुगे । मेरो खुट्टा चलेन । म उभिएको उभियै भए । एकछिनको आरामपछी फेरी हाम्रो यात्रा अगाडि वढ्यौ । त्यतिखेल हामी भेडेटार वजार भन्दा दुइ घम्ती तल थियौ । एक घुम्ती माथी प्यारा ग्याइडिङ प्वाइन्टमा हामीलाइ कुरेर वसी रहेका थिए अरु साइक्लिस्टहरु । घुम्तीमा एक छिनको थकाइ मारियो । ग्रिन ब्हीलका प्रमुख हेम लिम्बू भाइहरु विवेक तामाङले हामीलाइ पानी खुवाए । करिव चार घन्टामा हामीले १६ किलोमिटरको उकालो यात्रा पार गर्न सफल भयौ । भेडेटार वजार पुग्दा युद्ध नै जितेको अनुभव भयो । चङगा चेट उत्सवलाइ सफल वनाउन धरानको ग्रिन ब्हील्स राइडर्स तथा एमटीभी जोन अनी इस्टर्न ट्रेलवाट करिव ३१ जनाले साइकलमा भेटेटारको उकालो वाटो छिचोलेका थियौ ।

      भेडेटारको चिसो मौसमले जो कोहीको पनि मन तान्छ । त्यही मौसमको आर्कषणले जति पटक भेडेटार पुगे पनि मन अघाउदैन । भेडेटार देखि नौ किलोमिटर धनकुटा पट्टी नमस्ते झरना अनी नाम्जेको आत्मघर शंखेश्वरको मुर्तीका कारण पनि पर्यटकहरुको आउने क्रम वढेको छ । करिव पाच घन्टाको वसाइपछी नाकवेली वाटो छिचोल्दै धरान झरियो । सीम सीम पानीसगै साइकलको द्रुतगतिको आवाजले मनै भुरुङग हुन्थ्यो । जति कठिनले उकालो चढेका थियौ त्यती नै सहज अनी रमालो हुदो रहेछ डाउहिल राइडीङ । साहसीक यात्राको अवसरका लागि ग्रिन ब्हीलका सन्चालक हेम लिम्बूलाइ मुरी मुरी धन्यवाद ।
       

साइकलमा जंगल यात्रा

बुद्ध जयन्तीका दिन ग्रिन ब्हीलका प्रमुख हेम लिम्बूले साइक्लिङ जाने प्रस्ताब गर्नु भो । अस्पतालमा भाउजुको शल्यक्रिया थियो । साइक्लिङ भन्ने वित्तिक्कै नाइ भन्न नै सकिन । शल्यक्रिया सकिएपछि आफनो काम हतार हतार सकेर ग्रिन ब्हीलमा साथी पुर्णीमासग हुइकिए । दिनको २ बजिसकेको थियो । नवराज राइ देव राइ दिपक तामाङ सुजन चौधरी पुर्णिमा तिगेल ग्रिन ब्हिलका प्रमुख हेम लिम्बू अनी म समेत सात जना साइकल लिएर जंगल यात्रा शुरु गर्यौ । घाम टन्टलापुर लागेको थियो । घामले सवैका गाला र कान रातो हुने गरि पोलिरहेको थियो । हिडेको १० मिनेट जतिको यात्रापछि बाजोगरा सामुदायीक वनमा पुग्यौ ।
जंगलको वीचमा रहेको चिल्लो सर्पेबाटो देखेर मनै फुरुङग भो । जंगल छिर्ने वित्तिकै कुक्कु भनेर आवाज निकाल्ने चराको आवाज सुनियो । त्यो चराको आवाजलाइ हामीले पनि नक्कल गदै सुइया हुइकियौ । तर यति तेजगतिमा हुइकियौ की जंगल यात्राको मजा नै लिन पाइएन । जंगल छिरेको १५ मिनेट जतिमा विश्वकर्मा मन्दिरमा पुगियो । यति राम्रो ठाउमा मजा लिन पाइएन भन्दै अगाडी लागेका नवराज राइलाइ सवैले किन यति तेज गतिमा साइकल हुइकाको भनेर गुनासो गर्यौ ।
      केहीछिनको रुखको छहारीमा थकाइ मारेपछि फेरी यात्रा लाङघाली सामुदायकी वनतिर मोडियो । साइकलका प्राविधिक भाइ सुजन चौधरी मयुरको जस्तो आवाज निकाल्दै वीली स्टन्ट गदै अगाडि बढिरहे । घरि घरि उनको स्टन्टले म झुक्कीएर लडुला झै हुन्थ्यो ।
जंगलमा छिरे पछि एउटै साइजको सखुवाको मिलेको रुख दाया बाया अनी वीचमा खाली बाटो थियो । जुन बाटो जंगललाइ आगलागिबाट बचाउनका लागि बनाइएको अग्नी रेखा  थियो । त्यही अग्नी रेखा नै रेखा हामी रमाइलो गदै सुनसान जंगलै जंगल साइकलको पाइडल मादै आगाडि वढयौ । जंगलमा पसेपछि साइकलको चेनको सुइइइइया आवाजलाइ वाटोमा रहेको सुकेको पतकरको आवाजले सुनिन छोडिसकेको थियो । वाटोमा रहेका साना साना विरुवाले घरी घरी हाम्रो हातमा खुट्टामा कोरिन्थ्यो ।
 अनी घरी घरी भुइमा झरेका हागा माथी साइकलको टायर पर्दा मजाले जिउ नै पछारीन्थ्यो ।यो रमाइलो यात्रामा नवराज जीको जोक्सले जंगलै थर्कीने गरी हाम्रो हासो गुन्जिन्यो । अनी वेला वेला सव जना कुर्लिदा जंगलमा हाम्रो आवाज प्रतिध्वनी भएर गुन्जिन्थ्यो । एकहोरो अगाडी वढीरहेको वेला नवराज जीले एक्कासी साइकल रोक्दा वेला वेला हामी सव जनाको साइकल एक आपसमा ठोक्केने क्रम पनि त्यतिकै रह्यो ।
  
    जंगलको वीच भाग भएर खहरे खोलामा वेला वेला साइकल वोक्नु पर्दा मर्नु हुन्थ्यो । तर पुर्णिमा र मेरो साइकल भाइ सुजनले वोकि दिन्थे । चिसो पानीको चुस्की लिदै साइकलको जंगलयात्रा साच्चै आनन्दय मय रह्यो । वाटोमा पुतली विभिन्न किसमका चरा चुरुङगी र मृगहरु देख्न पाइन्छ भनेर हेम लिम्बुले हामीलाइ जानकारी गराए । दुर्भाग्यवस हामीले पुतली र चराको आवाज वाहेक केही सुन्न र देख्न पाइएनौ । बजो गरा, लाङघाली, हरियाली सामुदायीक बन  छिचोलेर हामी हरियाली सामुदायीक बनको उकालो लाग्यौ । सिङगल ट्रयाक अनी उकालो साइकल पेल्नु पर्दा सास वढेर मुटु फुटुला झै भयो सवैजनाको । सानो वाटो भएकाले रुखमा ठोक्किन्छ की भनेर मलाइ डर पनि लाग्यो ।
तर विस्तारै उकालो चढियो । यो उकालोवाटो अघिल्लो पटक नवराज जी ले पुरै साइकल डोर्याएको कुरा हेम लिम्बू मामाले सुनाए । सीता भान्जीले नी नवराज जीलाइ जित्यो भने त हुन्न है भन्दै जिस्काएकाले होला नवराज अघि अघि लागि हाले जतिले गाह्रो भएपनि । उनी भन्दै थिए म कुकुर भएको भए त जिव्रो वाहीर निस्केर र्याल झर्थ्यो होला भनेर आफुलाइ गाह्रो भएको कुरा रमाइलो पारामा सुनाए । उकालोमा लडेदै फेरी साइकल कुदाउदै अनी फोटो खिच्दै आउदाको आनन्दो ओ हो हो वर्णन गरेर साध्य नै छैन । करिव पाच घन्टा जतिको जंगलयात्रा हामी साझमा धरान वजार आइपुगेका थियौ ।  


   नवराज राइको जोक्स अनी दिपक तामाङको शान्त स्वभाव अनी सुजन भाइको स्टन्टले साच्चै रमाइलो भो यात्रा । अनी धनकुटे रोडमा रहेको ग्रिन ब्हिलका प्रमुख हेम लिम्बूले साइकल उपलब्ध गराएर जुराइ दिएको यो जंगलयात्राको अवसरलाइ सलाम छ । अनी जो कोहीले पनि यो जंगलयात्राको मजा लिन अनुरोध गर्छन पुर्णिमा र देव ।  

पत्रकारले गर्दा मानीसको भिड जम्मा भयो ।

विराटनगरबाट आएकाले ज्यान निक्कै थाकेको थियो । घर नपुग्दै विजय रिमाल दाइले फोन गर्नु भो । फोनमा प्रतिष्ठानको फीजीयो थेरापी कक्षमा कार्यरत प्राविधिक अजय ठाकुरले छोरी अम्वीकालाइ थुनेर राखेको जानकारी दिए । म हतार हतार प्रतिष्ठानमा गए । अम्वीकालाइ प्रतिष्ठानको आकस्मीक कक्षमा राखिएको थियो । मैले हेरे । उनको हाड र छालामात्र थियो । उनको आवाज पनि सानो थियो । उनलाइ चिकित्सकले स्याइन पानी चढाएकाले होला कामीरहेकी थिइनन । उनलाइ हेर्नेहरुको भिड थियो । त्यही भिडमा मैले २ स्नाप फोटो खिचेर बाहिरिए । आकस्मीक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले अम्वीकाको अवस्था नाजुक रहेको प्रतिक्रिया दिए । त्यसपछि सर्जरी विभाग तर्फ साथीहरुसग लागे । पाचकन्याकी एक १७ वर्षिया दिलकुमारी अधिकारी पाठेघरमा पलाएको एजेरीको सल्यक्रिया गर्दा वाया किडनी निकालिएको सुचना पाए पछि त्यस तर्फ लागियो । सुचना संकलन गरिरहदा एक चिकित्सक वहिनी भेटिइन उनलाइ चिनेको नाताले मैले वोलाए । उनीसग कुराकानी भो । कुराकानी भइरहदा अम्वीकाको कुरुवा रहेका राजकुमार राइले तपाइ सफाइन दिने काम नगर्नुहोस । यहावाट जानुहोस भनी ठूलो स्वरमा कराए । त्यति नभन्दै ती चिकित्सक वहिनीले अस्पताल नै उचालिने गरि कराइन । हामी चिकित्सक र कुरुवालाइ सम्झाउदै घर तिर लाग्यौ ।
दिल कुमारी अधिकारी 
      आज पुश ३० गते २ वजे घटनाका विषयमा जानकारी लिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तिर गएकी थिए । प्रतिष्ठानका सुचना विभाग प्रमुख सुजेन्द्र तामाङसगको कुराकानी पछी म र पत्रकार साथी रत्न आचार्य पाचकन्याकी दिल कुमारीको अवस्था वुझ्न सर्जरी विभागमा गयौ । उनलाइ भिडियो एक्सरे गर्न लगिएको थियो । भिडियो एक्सरे सकिएपछि उनलाइ हामीले वेडमा भेट्यौ । मैले उनीसग कुराकानी गरे । चिकित्सकले वृस राज जोशीले किडनी झीकेको कुरा सुनाए छन । सुनाएपछी चिकित्सक त लागि हाले । तर उनलाइ चित्त दुखेछ र वेस्सरी रोइछीन । यति भनिरहदा वेडको छेउमा वसेकी उनकी आमा सावित्रा अधिकारी रुन थालिन । आसु पुछदै मेरो छोरीको भविष्य वर्वाद भो भन्दै थिइन । दिल कुमारीले पनि चिकित्सकले राम्ररी आफुलाइ नसम्झाउदा चित्त दुखेको वताइन । अनी आमाले पनि विना जानकारी छोरीको किडनी निकालेकोमा उनलाइ चित्त नै वुझेको रहेन छ । शल्यक्रिया गरेको ६ दिन पछी वल्ल चिकित्सले भनेछन । त्यसैले चित्त नवुझेको कारण उनले इलाका प्रहरी कार्यलयमा छानविनको माग गदै इलाका प्रहरी कार्यलयमा  निवेदन दिएकी रहेछिन । आज दिल कुमारीलाइ अस्पचालले डिस्चार्ज दिएको छ । उनको छोरीको उपचारमा लागेको खर्च अस्पतालले व्यहोरेछ ।
      दिल कुमारीसगको कुराकानी पछि मेडिसिन २ मा गए । त्यहा अम्वीका ठाकुरालाइ उपचारका लागि राखिएको छ । उनलाइ क्याविनमा राखिएको थियो । उनलाइ हेर्नेको भिड थियो । भिडको कारण कुराकानी गर्न सकिएन । अम्वीका आराम गरिरहेका कारण नवोलाइ म सरासर चिकित्सक र नर्स वस्ने कक्षमा आए । एस क्युज मी भनेर एकजना चस्मा लगाएर वसेका पुरुषलाइ अम्विकाको अवस्थाका वारेमा सोधे । जानकारी दिदा पनि अलिक गैर जिम्मेवार शैलिमा वोलिरहेका थिए । तर उनलाइ एक्कासी के भो कुन्नी वोल्दा वोल्दै तपाइहरु जस्ताले हामीलाइ काम गर्न दिएनन । भनेर कडकीए । तपाइलाइ एमेजेन्सीमा देखेको थिए । मैले हिस्ट्री लिन पाइन तपाइहरुको कारण भन्दै थिए । पत्रकारले गर्दा मानीसको भिड जम्मा भएको गुनासो पोख्दै थिए । ठ्याक्कै शब्द त याद छैन तर विना कारण पत्रिकामा ती महिलाको वारेमा विज्ञापन गरेको उनको भनाइको आसय थियो । तर त्यहाँ सवै भन्दा भिड गर्ने अस्पतालका विध्यार्थी कर्मचारी र नर्सहरु वढी मैले देखे । तर ती डा रोसन क्षेत्रीले देखेको भिड उनी पढने प्रतिष्ठानको थिए भन्ने थोरै पनि आकलन गरेको देखिएना । अस्पतालको गेटमा अनावश्यक मानीसहरुलाइ हत्तपत्त पस्न दिइदैन । तर पत्रकारको कारण भिड जम्मा भएको भन्दै ती चिकित्सकले सारा भुल पत्रकारले गरेको वताउदै थिए । खै के भएको थियो सवैको रिस मलाइ पोखे एमवीवीएस पढ्दै गरेका ति चिकित्सकले । मैले तपाइको नाम भने उनले भने मेरो नाम रोसन क्षेत्री भने । तर उनलाइ पत्रकार भनेका सवै नराम्रो लेख्छन भन्ने उनको भनाइको आसय थियो । विना कारण म सग उनी कड्कीए । मैले मन मनै विचार गरे विना कारण चिकित्सकहरु कुटाइ खादैनन रहेछ । तपाइको वोल्ने शैली परिवर्तन गर्नु पर्यो भन्दै म त्यहाँवाट लागे ।


      बाहिर निस्कदै गर्दा डा मुकेश शाह भाइसग भेट भयो । उनलाइ नजिकवाट चिनेकाले भाइ डाक्टरी पढदै गरेकालाइ राम्रो वोल्ने शैली सिकाउनु पर्यो तपाइहरु जस्ताले भने । उनले पनि दिदी डाक्टर पढेरमात्र नहुने रहेछ व्यवहार परिवर्तन भएको छैन भने । भरखरै प्रतिष्ठानमा चिकित्सा विज्ञान र मानवियताको विषयमा छफफल भएको थियो । ती कार्यक्रमा आयोजना गर्ने पनि विध्यार्थी थिए । प्रतिष्ठानमा पढिरहेका धेरै विध्यार्थी तथा चिकित्सकसग चिनजान छ । उनीहरु एकदम नम्र छन । राम्रो व्यावहार छ । तर कोही कोही यति विरामीसग कड्किन्छन की उनीहरुलाइ मात्र रिस उठछ झै गरी । कयौ पटक इमेजेन्सीमा जादा यस्ता व्यवहार देखेकी छु मैले । तर त्यसो भन्दैमा सवैको व्यवहार नराम्रो भन्न खोजेकी भने होइन ।