मनाङ यात्रा भाग एक

दशैले छपक्क छोपिएको थियो । आमा बुवा दशैमा छोरी आउछ भन्दै बाटो हेरेर वसेका थिए । भुकम्पको कम्पनको त्रास राम्ररी सेलाउन नपाउदै कैलाली जल्यो । कैलालीसगै मधेसमा आगो वल्यो । मधेसमा आक्रान्त भइरहोको वेला फेरी भारतिय नाकावन्दी थपीएको थियो । इन्धन र पेट्रोलियम पदार्थको अभावका कारण दैनिक जिवन सारै कष्टकर वन्दै गइरहेको थियो । राजनितिक अवस्थाका कारण देशमा केही गर्ने तम्सेका युवाहरु साच्चै निरास हुदै थिए । यसै क्रममा साथी सुनिताले मनाङ मुस्ताङ हुदै थोरङला पास गर्ने योजना सुनाइन । उनको योजनामा म पनि लोभिए । कामको तनाव त्यतिक्कै थियो म माथि । यही तनाव कम गर्ने आसाका साथ साथीहरुसग म मनाङ यात्रामा निस्किए । साझको चार वजे धरानको वरगाछिवाट गाडी चढियो । इटहरी वस पार्कमा करिव हामी सात घन्टा वस्नु पर्यो । मधेस आन्दोलनका कारण पुर्ववाट पश्चिम जाने यात्रुवाहक वस अनी मालवाहक ट्रकहरु इटहरीमा जम्मा हुन्थे अनी एकै चोटी प्रहरी सुरक्षामा साढे १० देखि ११ वजे भित्रमा गनतव्य प्रस्थान गर्थे । पुर्व क्षेत्रीय प्रहरी कार्यलयका अनुसार करिव दैनिक ५ सय भन्दा वढी सवारी साधनहरु यसरी प्रहरीको सुरक्षामा वर्दिवास सम्म पुर्याइन्थ्यो । पश्चिमवाट आउने सवारी साधन बर्दिवासमा जम्मा हुन्थे अनी पुर्व आउने गर्दथे । रातभरी सार्वजानिक सवारी साधन र मालवाहक ट्रकहरु प्रहरीको सुरक्षामा यो ब्लग लेख्दा सम्म ओहोर दोहोर भइरहेका छन ।
अान्दोलकारीको ढुङगाले सीसा फुटेका वस । 

      पुर्ववाट पश्चिम अनी पश्चिमवाट पुर्व चल्ने यात्रुवाहक वसका अगाडिको सीसा अनी झ्यालहरु सवै फुटेका छन । कसैले प्लाष्टिक लगाएका छन । कसैले जाली लगाएका देखिन्छ । ढुङगाले नहानेको कुनै पनि वस बाकी छैन होला सायद । मधेसवादी दलहरुको कार्यकर्ताहरुले ढुङगा हानेका कारण वसका सीसाहरु फुटेको यात्रा गर्ने यात्रीहरुले वताए । यसरी दैनिक यात्रुवाहक वसमा ढुङगा हानिन्थे । अहिले यो यात्रा सम्मरण तयार गरिदा सम्म कम भएको छ पहिला भन्दा । म लगायत मेरो समुहमा अरु चार जना साथीहरु पोखरा जाने वसमा थियौ । पेट्रोलियम पदार्थको अभावका कारण  इटहरि पश्चिम लाग्ने वित्तिक्कै सडकको बाया पट्टी छेउमा खानेपानीको वोतल भरी भरी पेट्रोल राखिएका देखिन्छ । वस रोकिने वित्तिक्कै पेट्रोल पेट्रोल भन्दै विज्ञापन गर्छन व्यापारीहरु । पेट्रोल वोकेको सवारी साधनमा आगो लागेको कारण सवारी साधनमा पेट्रोलियम पदार्थ नवोक्न भनी सरकार अनुरोध गरिरहेको थियो । तर म चढेको पोखरा जाने वसमा भने टन्न पेट्रोल थियो । वस भित्र ड्रम नै राखिएको थियो । हिडदा हिडदै बस रोकिन्थ्यो । यात्रुहरु चढाउन रोकेको होला भनेर झ्यालवाट चिहाउदा थाहा हुन्थ्यो ड्रममा पेट्रोल अनी डिजल पो चढाएको चढाइएको रहेछ । अहो म त बमको माथि वसेर यात्रा गरिरहेकी छु जस्तो लाग्यो । एकदम डर लाग्यो । बस भित्र ढुङ डुङती पेट्रोलको गन्ध आइरहेकाले टाउको नै भारी भयो ।
      दशैको समय त्यसमा पनि सीमीत सवारी साधन सडको वाया पट्टटी यति धेरै यात्रुहरु हात हल्लाउदै उभिएको देखिन्थ्यो । तर वसहरु खालि नभएकाले सुइया हुइकाइ हाल्थे । सारै विजोग देखियो यात्रीहरुको । जतासुकै रोकियो भने आन्दोलनकारीले ढुङगा हान्ने पिर पनि त्यतिकै थियो । झ्याल वन्द गरेर गर्मीमा निस्सासिदै वस्न वाध्य भए । गर्मी भयो पंङखा चलाउ भनेको वेला वल्ल पंखा चलाउथ्यो वसवालाले । वातानुकुलित वस भने पनि खै किन हो त्यो वातानुकुल भने एक पटक पनि चलाएनन । १० मिनेट सम्म पंखा चलेपछि फेरी रोकिदिन्थ्यो किन हो कुन्नी । सारै कष्टपुर्ण भयो यात्रा । एकातिर आन्दोलनकारीले ढुङगा हान्छन की भन्ने पिर अर्को तिर अति प्रज्वलनसील पेट्रोलिय पदार्थ सल्केला की भन्ने पिरले रातभरी वसमा निदान पनि सकिएन । धन्न हामी हिडेको दिन वसमा ढुङगा वर्सिएन । अगाडि यात्रा गर्ने एकजना यात्री भन्दै थिए वैनी भारदहमा ढल्केवरमा काठमाडौवाट आउदा हाम्रो वसमा असिना वर्से झै ढुङगा वर्सिएको थियो । धन्न हामी कसैलाइ केही भएन । के गर्नु कामले यात्रा गर्नु परेको छ । नहिडु भने नी नहुने ।" भन्दै आफनो तितो यात्रा अनुभव साटे म सग ।  
यात्रा अनुभव क्रमश प्रकाशित हुनेछ ।

0 प्रतिक्रिया:

Post a Comment