अखन्डले विउ रोप्यो

अखन्डले विउ रोप्यो
टिकापुरले कहिल्यै नउठने गरी संगिन छातीमा घोप्यो
अनी मधेसलाइ आगो लप्काले छोप्यो
बलिद्र धारा आसु वगाउदै गाउहरु शोकमा डुबे
सुरक्षाका ठकेदारलेले संसदमा कुर्लदै दक्षिणलाइ औल्याएपछि
हौसीएर हो की किन हो फेरी टिकापुरमा एक पटक खरानी वन्यो
थर थर कापेका ति खुटाहरुले भुइ छोडनु परर्यो ।
खेतवारीमा बज्ने हसियाका सर्याक्क सुरुक्क आवाजहरु
फरुवाका झन्कारहरु मौन हुन पर्यौ ।
गाउहरु मसानघाट झै सुनसान छन ।
बाकी रहेकाहरुको पनि आवाज दबेको छ
साउती मादै ढोका ढपकाएर मुटुकाचाललाइ
हातका पन्जाले दबाएर केही छैन बस्नु सिवाय ।
 उकुस मुकुस पिडा कस्लाइ सुनाउने
सुनायो सम्प्रदायिकताको नामा वन्दुकका कुन्जा तेर्सिन्छन
चुप वस्यो दमनको पिडा छातिले थाम्नै सक्दैन ।
कैलालीमा लागेको डढेलो निभाउ भनी
चिच्याउदा चिच्याउदै मधेस पनि खरानी हुन लाग्यो ।
दैनिक जसो छातीहरु फुटीरहेका छन
ति छाती फुटेको दर्दलाइ
आप खसेको देख्नेहरुको मनोमानी छ यहाँ।
सायद आपको संज्ञा पाएर  होला
ढलेको शरिर एम्वुलेन्समा थुतिन्छ अघोरीले झै
हुदा हुदा मियो विना दाइ हुन लागि सक्यो
दिपावली पो गरौ भनी कुर्लन छन ढुङगाहरु ।
पुर्वबाट उदाउने सुर्यमा पनि विस्तारै
ग्रहण लाग्न थालेको छ ।
टिकापुर मधेसको झिल्का सल्कनलाइ
खङग्रङग सुकेको छन झिक्राहरु
सिहंदरवार भने समवेदनहिन वनेर गज्रिरहेको छ ।
पचानब्बे हजारको आडमा,अधिकार खोसीने डरले
अब अति भो !
लासको राजनिति गर्न छोड
हत्या हिंसा र घृणाको होइन
वार्ता सम्वाद र सहमतिको विउ रोप ।
सक्दैनौ भने हात उठाएर भन
आउ मेरो देस वचाउ ।





 



0 प्रतिक्रिया:

Post a Comment