अमानविय घटनाको जवाफ दिनु पर्छ



पहिलो संविधानसभाको अवसान हुने पुर्व सन्ध्यामा आदिवासी जनजाति महासंघले आम हडताको घोषणा गरेको थियो । एक मधेस एक प्रदेश र जातिय पहिचान सहितको संघिय राज्यको मागले देश जलिरहेको थियो । अखन्ड सुदर पश्चिमको आन्दोलन चर्कीरहेको थियो । यहि आन्दोलनका क्रममा नवपरासीको डन्डाको थारुहरुको सङग्रालय जलाइयो । त्यो सङग्रालय जलिरहदा भने साम्प्रदायीक सदभाव खलल मानिएन । तर जव महासंघको आन्दोलन चर्कियो जातिय पहिचान सहितको संघिय राज्यको कुरा उठेपछि भने फेसवुकका बालहरुमा  आफनो नाम पछि नेपाली लेख्न थालियो । चर्चित ठुला व्याक्तीहरुले पनि नेपाली  लेख्ने शुरु गरे । टेलीभिजनमा अव हामी नेपाली नेपाली रहेनौ । नेपाल आमा रोइरहेको छ भनेर समाचार विश्लेषणहरु प्रसरण भए । यसो भनेको सुन्दा मरो मन पनि कता कति खिन्न भयो । नेपाली लेख्दा मात्रै नेपाली हुने नामको पछाडी घिमिरे यादव, मुसर, राउटे, लिम्बु ,राइ, याख्खा लेख्ने चाही नेपाली नहुने त  उसो भए । नेपाली लेख्नुको पछाडिका नी आफ्नै तर्क होलात तर यसरी नेपाली लेख्नाले मात्र हाम्रो विविध जाति सस्कृति धर्म र पंम्परालाइ जोडदैन भन्ने मेरो व्यात्तिगत भनाइ हो ।
            टिकापुर घटनापछि सामाजीक सदभावका नाममा हाम्रो जात छैन हामी नेपाली हौ । नेपाली नेपाली एक हौ भन्ने ल्पे कार्ड बोकेर सामाजिक सदभाव रयालीहरु काठमाडौ लगायतका ठाउमा निस्कीए । आफनो नामको पछाडी नेपाली लेख्दैमा मात्र सामाजीक सदभाव कसरी कायम हुन्छ । अनी हामी नेपाली नेपाली एक हौ भन्दैमा सामाजीक सदभाव कायम हुन्छ त ? बरु सामाजीक सदभाव कायम गर्नका लागि हामी सवै जात जाति मिलौ । एक आपसमा सामाजीक सदभाव कायम गरौ भन्ने खुला छाती लिएर एक जातको अस्थित्व अर्को जातिले स्वीकार गर्न सक्नु पर्छ । जातिय राजनिति नगरौ भनेर हिडिरहेका अभियन्ताहरु त्यही जातको आधारमा वनाएर आफनो पार्टीमा प्रतिनिधित्व गरेका छन । संविधानसभामा निर्वाचित भएका छन । आरक्षणमा परेका छन । त्यही जातलाइ नै मागी खाने भाडा वनाएका छन । अनी अहिले जातको कुरा नगरौ हामी सवै नेपालीमात्र हौ भनेर उडन्ते कुरा गरेर अभियान चलाएर हिडेका छन । जातको कुरा गर्नु पर्छ तर सामाजिक सदभाव नै खलल हुने गरी एक जातिले अर्को जातिको अथित्वलाइ नामेट पार्नु भएन । सवैको सह अथित्वलाइ स्वीकार गर्नु पर्छ ।
      नेपालमा जन्मीएपछि स्वात हामी सवै नेपाली हौ ।  आन्दोलनकारी कसैले नी हामी नेपाली होइनौ नेपालमा वस्न चाहदैनौ पनि भनेका छैनन । आफ्नै देश भित्र आफ्नो पहिचान र अधिकार स्थापीत गर्न माग गरिरहेका छन । जवरजस्ती आधिकारका कुरा उठाउने जति चाही नेपाली होइनन भन्ने मान्यता स्थापीत गरिदैछ यहाँ । अखन्ड सुदुर पश्चिमको आन्दोलनमा सहभागि अधिकांश मानीसहरु क्षेत्री व्रामण थिए तर तिनीहरुलाइ चाही जातियताको आरोप लागेन किन ? किनकी त्यो आन्दोलन भिव रावल र सेर वहादुर देउवाको आडमा चलेको थियो त्यै भएर जातिय भएन ।  
       नेकपा माओवादी त्यही जातिय राजनिती गरेर सत्तामा पुग्न सफल भयो । मगरहरुलाइ मगरात नेवारलाइ नेवा थारुलाइ थारुहट लिम्बूहरुलाइ लिम्बू राइलाइ  किरात अनी मधेसीलाइ मधेस प्रदेश दिने भनेर संगठित गरायो । त्यही माओवादीको सिको गदै एमाले र कांग्रेसले पनि आफनो पार्टीमा जातका आधारमा संगठन वनाउन पछि परेनन । यही जातिय कार्डलाइ भोट वैकका रुपमा प्रयोग गरे । अनी आजभोली जातिय कुरा नगरौ भनेर कुर्लेर हिडछन तिनै नेताहरु । जातियताको विउ रोप्न यी नेताहरु पनि त्यतिकै जिम्मेवार छन । जातिय कार्ड प्रयोग गर्दा जातिवादी भएनन ति ठुला दलहरु । तर तिनैको सिको गरेर आन्दोलन गरिरहेकाहरु जातिवादी भए । जातिय राजनितीलाइ उक्साउन जति ठुला पर्टी जिम्मेवार छन अरु पनि त्यति नै जिम्मेवार छन । तराजुमा राखेर जोख्दा कोही पनि तलमाथि हुदैनन सवै वरावर छन । त्यसैले समस्याको निकास पनि सवै मिलेर गर्नु जरुरी देखिन्छ ।
       अव पहिचान पक्षधरका पनि कुरा गरौ । उनीहरु पनि यति अतिवादी छन की सार्वजानिक कार्यक्रममा तालि खानलाइ जे पनि वोलिदिन्छन । भोली लिम्बुवान, मधेस प्रदेश, अनी थारुहट प्रदेश वन्यो भने हामी सर्वै सर्वा हुन्छौ भनेर कार्यकर्तालाइ उक्साउछन । कार्यकर्ताहरु हो न हो भनेर पछि लागिरहेका छन ।  आफुलाइ क्रान्तिकारी वनाउन ब्रामण र क्षेत्रीलाइ गाली गर्न वाहेक केही जान्दैनन । त्यसैको परिणाम स्वरुप मधेसी र जनजातिसग सर्वसाधारण व्रामण क्षेत्री रिसाएका छन । उनीहरुकै कारणले पनि भोली थारुहट लिम्बुवान र मधेस प्रदेश भयो भने हाम्रो स्थान कहा हुने भनेर तर्सिएका छन कतिपयहरु । त्यस्ता तिर पनि सोच्नु पर्छ पहिचानवादी नेताहरुले । त्यसैले ति नेताहरुले उनीहरुमा विश्वासको वातावरण वनाउन नसक्नु नै ठुलो चुनौती सावित भएको छ ।
      माओवादीको सत्ता आए पछि समाजमा धनी र गरिवको खाडल हुदैन भनेर ए माओवादीले भाषण गरेको र कार्यकर्ता आफनो पार्टीमा लाग्न उक्साएको हिजो जस्तो लाग्छ । तर माओवादी सत्तामा पुग्यो ।  तर उक्साहटमा लागेर ज्यानका वाजी थाप्नेहरुको  परिवार घाइतेले के पाए घाम झै छर्लङग छ । बेपत्ताका  परिवारहरु आसुसगै वाचेका छन । राजा ज्ञानेन्द्रले शाशन सत्ता हात लिएपछि सातो हराएका नेताहरु राजलाइ हटाउन एक भएर लागे । राजा हटेपछि त झन के के न हुन्छ भनेर दुनिया जनतालाइ ढाटे । राज हट्यो नेताहरु सत्तामा पुगे सर्वसाधारणले के पाए ?  केही टाठा वाठा वाहेक अरुको अवस्था जस्ताको त्यस्तै । अनी संविधानसभाको चुनाव पछी चुडकीको भरमा विकास हुन्छ अवसर पाउछौ भनेर दुनिया नेता कुर्लिए । कुर्लदा कुर्लदै आठ वर्ष वित्यो । आठ वर्षको प्रतिफल स्वरुप कैलाली घटना घट्यो । मधेस वलिरहेको छ । पुर्व शान्त जस्तो देखिए पनि नेताहरुले सोचे जस्तो शान्त छैन भुसको आगो झै आन्दोलन विस्तारै फैलदै छ । हिजो मिलेर वसेका सवै जातजातिमा फाटो आउन थालिसकेको छ । त्यही फाटोलाइ टाल्न कफर्यु लगाएर सरकारले टाल्न खोजीरहेको छ । दिनै जसो मधेसमा पुलिसको गोलीले ढलिरहेका छन । तर आप झरेको संज्ञा दिइरहेका छन नेताहरु ।
      कैलालीको टिकापुरमा कफर्युका समयमा फूलवारी एफएम जलाइयो अनी कयौ थारुहरुको पसल जलेका छन । टिकापुरको जोशीपुरमा प्रहरीको कुटपिटवाट सतिस थारुको मृत्यु भएको खवर छ ।  त्यहा भएको ज्याजतिको विषयमा कही कतै पनि आएको छैन । सन्चार माध्यमको काम सत्यतथ्य वाहिर आउनु हो । आन्दोलनकारी र प्रहरीको कमी कमजोरीलाइ सन्चार माध्यमले पनि औल्याउन सक्नु पर्छ । थारुहटको आन्दोलनका क्रममा प्रहरी मारिए यो घटना अत्यन्तै निन्दनिय छ । हत्यामा समलग्नलाइ कार्वाही गर्नु पर्छ । अनी एम्वुलेन्समा भएको घाइते शशस्त्र प्रहरीलाइ निकालेर हत्या गरिनु जस्ता घटनाले मधेसी प्रतिको सहानुभुती र सदभाव पनि घटदै जान्छ । अमानविय घटनाको जवाफ आन्दोलनकारीले दिनु पर्छ  । अनी ताकी ताकी गोली हान्ने सरकारले प्रवृत्तीलाइ रोक्नु पर्छ । त्यसैले यस्ता अमानविय कार्य कसैले पनि स्वीकार गर्न सकिदैन । नेपाल प्रहरीले सवैलाइ समान सुरक्षाको प्रत्याभुति दिलाउन सक्नु पर्छ । टिकापुरमा फैलिएको पहाडी र थारु वीचको दरारलाइ कम गर्न त्यति सहज छैन जति हामी टाढा वसेर आकलन गरिरहेका छौ । अनी संघ संस्थामा काम गर्ने सचेत वर्ग सदभावका नाममा  नेपाली नेपालि एक हौ भनेर सामाजिक सदभाव कायम होला त । कदापी पनि हुदैन । त्यसैले हामी नेपाली नेपाली एक हौ भन्नको साट्टो नेपालमा वस्ने सवै जात जाति एक हौ भनेर सन्देश फैलाउ । जातिय राजनितिको आगो जस्ले रोपे उनीहरुले ने निभाउनु  सक्नु पर्छ । सामाजीक सन्जालहरुमा पत्रपत्रिका, रेडियो, टेलीभिजन र च्याउसरी उम्रीएका अनलाइनहरुले पनि सामाजिक सदभाव कायम राख्ने सन्तुलित शब्द प्रयोग गर्नु पर्छ । सवैका आवाजलाइ समान स्थान दिन पनि जरुरी देखिन्छ ।

      ठुला पर्टीका नेताले अहिलेको परिस्थितीमा सम्वाद र वार्ता द्धरा चाडै भन्दा चाडै समस्याको निकास खोज्न जरुरी छ । निकास चाडै खोजीएन भने यो जातियताको आगो डढेलो झै फैलने खतरा छ । सेना परिचालन गरेर दमन गरेर केही क्षणलाइ दवाउन सकिएला तर  दिगो समस्या समाधान पक्कै हुन सक्दैन ।  

1 प्रतिक्रिया: