पानी झम झम परिरहेको
थियो । म स्कुटर थन्क्याउन वाहिर निस्केको वेला हुँ हुँ हँ गरि चिच्चाएको आवाज
मेरो कानमा एक्कासी ठोक्कीयो । सारै नरमाइलो लाग्यो । यदि उ सक्दो हो त सवै
छिमेकीलाइ गुहार्थ्यो होला । हत्तपत्त आफन्तले अस्पताल लैजान्थे होला । तर उ एकदम
लाचार वनेर चिच्याइरहेको थियो एकहोरो । कहिले पाच मिनेटको फरकमा उस्को चिच्याहट
सुनिन्थ्यो कहिले २० मिनेट पछि सुनिथ्यो । लामो समय सम्म चिच्याहट नसुन्दा ठिक भयो
की भन्ने मेरो मनमा आसा पलाउथ्यो । केही
क्षण भए पनि मेरो मन शान्त हुन्थ्यो । अनी काम गर्न शुरु गर्थे । फेरी उनी
चिच्याहट दोहोरिदा मन चसक्क हुन्थ्यो । उस्को पिडामा साथ दिन नपाएकोमा अनी केही
गर्न नपाएकोमा सारै पिडा बोध भो । मन थाम्न सकिन । उकुस मुकुस भए । पिडाले भरीएको उस्को आवाज रोकिएन । रातभर त्यसरी नै चिच्याइरहयो ।
दिउसो सम्म त ठिक्कै थियो । साझ
परेपछि एक्कासी थला परर्यो । उस्को कमजोर शरिरले त्यत्रो झरी पुरै थाप्यो । शरिर
पुरै चिसो थियो । सासमात्र अडिएको थियो । अनी पिडाको आवाज बाकी थियो । सायद सहज
मृत्युको कामना गरेर चिच्याउएको थियो होला । दन्तकाली पिन्डेश्वर अनी वुढासुब्बाको
क्षेत्रमा ढलेको उस्को शरिर विसेख हुन्छकी भन्दै कति मनमनै गुहार माग्यो होला । तर
मान्छेले बजाएको घन्टीको आवाजले वहिरो वनेका ताला चावी भित्र सजाएर राखिएका कसैले
उस्को त्यो आवाज के सुन्थेहोला । उ लडेको सडक छेउका छिमेकीहरु रातभरी घुर्दै सुते
गर्याम्म ढलेको उस्को शरिरको छेउवाट सुइया मोटर साइकलहरु हुइकिए । तर उस्को पिडामा
मल्हम लागाउने कोही भएनन ।
सायद भाषा हुदो हो त उपचार गरिदिन आग्रह
गर्दथ्यो होला । हार गुहार माग्थ्यो होला ।
सुनसान रात भएकाले पिडाले भरेको उस्को आवाजको चिच्याइले पुरै शहर गुन्जिएको
थियो । उस्लाइ जिवनभर पाल्छु भनेर घरमा ल्याउने मालिकले त्यो आवाज सुन्दा कस्तो
अनुभव गर्यो त्यो त उसैले जानोस तर मलाइ चाही सारै पिडा भयो ।
उस्लाइ सानैमा घरमा चोर खेदाउछ भनेर ल्याएका
रहेछन । हुर्क्यो वढ्यो ठुलो भयो । हट्ट
कठ्ठा शरिर हुन्जेल सम्म घरमा मान्छे आउनसाथ मालिकलाइ सकेत गर्दथ्यो घरमा मान्छे
आयो भनेर । नयाँ मानिसको अनुहार देख्योकी मरुन्जेक भुकेर घरको रक्षामा उ सधै
तम्तयार हुन्थ्यो । अझ रातभर नसुती नसुती घरको सुरक्षाका लागि तैनाथ हुन्थ्यो ।
रातभरी सुरक्षागार्डको काम गरेपछी दिउसो यसो झिमिक्क निदाउथ्यो । तर खिस्रिक्क
आवाज आउन साथ उ विउझी हाल्थ्यो । सवैले कति राम्रो कति इमान्दार कहाँवाट ल्याएको
भन्दै उस्को प्रसंसा गर्थे । वैस छउन्जेल सवैवाट हाइ हाइ थियो उ । तर अचानक विरामी
पर्यो । खै के भएर हो आखाँको
ज्योती समेत गुमायो । त्यसपछि उस्को जिवनको दुख शुरु भयो । उस्लाइ उपचार गर्नको
साट्टो मालिकले घरबाट नै निकाली दियो । त्यसपछि उस्को बास सडकमा भयो । धेरै बर्ष
भयो सडमा जिवन विताएको पनि । आफनो शरिर वचाउन वासी सडेगलेका खाना खान टाढा टाढा
सम्म पुग्थ्यो । राम्रो हृष्ट पुष्ट हुन्जेल सम्म घर भित्र मायाँ पाउने । तर केही
रोग लागेपछि घर निकाला भएकाहरु अरु पनि थुप्रै उस्का साथी थिए । विरामी शरिर लिएर
निक्कै वर्ष सम्म जसो तसो जिवन वितायो तर अन्तिममा उस्को त्यो रोगी शरिर अचानक
ढल्यो । ढलेको शरिरलाइ कसैले उठाएन । देख्नेले च्व च्व मात्र भन्दै विचरा भने ।
हेदै नाघ्दै हिडे ।
करिव एक घन्टा भयो । उस्को चित्कार सुनिन
छोडियो । रातको साढे एक वजे भएको थियो । मन अमिलो पादै म पनि जवरजस्ती निदाउन खोजिरहेकी
थिए । फेरी नराम्री दुइ पटक चिच्यायो । अरु वेला धेरै पटक चिच्याउने उ अलि कम
चिच्याउन थाल्यो । चिच्याउदा चिच्याउदा उस्को शरिर नी थाकी सकेको थियो । अव यति
लाचार भइसक्यो मृत्युलाइ पर्खनु शिवाय अरु उपाय थिएन उ मा । म पनि यति लाचार भएकी
उस्को पिडामा मलम लगाउन सकिन । नत सहज मृत्यु वरण गराउन सके न त उस्लाइ उपचार
गराउन सके । सीवाय मलाइ शान्त वनाउन उस्को नाममा मात्र यी शब्द कोर्न बाहेक । उ
त्यही पानीमा रुझदै घरी घरी चिच्याउदै थियो एकहोरो एकोहोरो । मृत्यु साच्चै पिडा
दायीहुदो रहेछ ।
विहान उठने वित्तिक्कै फेरी उस्लाइ सम्झे ।
के भो होला ? पिडा खेप्दा खेप्दा थाकेको उस्को शरिर ढल्यो
होला भन्दै मनमनै सोचे । उ लम्पसार परेर लडिरहेको थियो । बाहिरवाट नै उस्का करङ
देखिका थिए । उस्को रौको रङग गेरु रङको थियो । रौहरु पनि पातलिएका थिए । हरियो
झारमाथी लडिरहेको थियो । नियालेर हेरे सास फेरेको देखे । एकजना मानिस उस्को छेउमा
हेरेर उभीरहेका थियो। कस्ले हो कुन्नी प्लाष्टिकको झोलामा उस्को शरिरलाइ भित्र
हालि दिएछ । यस्ले थोरै भएपनि चिसोवाट त वच्यो तर दिनभरीको चर्को घाम अनी रातभरीको
झरी पुरै सहेको थियो उस्ले ।
दिउसो मैले धरान उपमहानगरपालिकाको १४ नं वडा
सचिवलाइ गुहारे । पहिला सडकमा रहेका कुकुरलाइ मार्दा पशुअधिकार कर्मीले मुद्धा
लगाएको कुरा गरे । भोली केही गर्छु भन्ने आश्वासन दिए । चित्त वुझेन
उपमहानगरपालिकाका सामाजीक विकास शाखामा फोन गरे । हुन्छ हामी केही गछौ त भने । तर
म साझमा घर उस्को हालत उस्तै देखे । दिउसो भरी चुपचाप लडिरहेको उस्को आवाज रातमा
चै किन आएको हो त्यो ठम्याउन सकिन । साझ पर्न साथ उही चित्कार शुरु भयो । रातभर
चिच्याइ नै रहयो । बाध्य भएर म सुनीरहे उस्को हँ हुँ हुँ गरेको एकहोरो आवाज ।
पाँच
वर्ष पहिला मैले फुच्चे नामको कुकुर पालेकी थिए । वुढो भयो । उपचार गर्दा नी लागेन
। तर उस्को मृत्यु यति पिडादायी भने भएन । थला परेको दिन वेलुका उठन सकेन । सवै
खुट्टा लम्पसार परेर गर्याम्म ढलेको थियो । अनी म छेउमा गए । फुच्चे भनेर बोलाए ।
मेरो आवाज सुन्न साथ वल्ल तल्ल आखाँ उघार्यो अनी दुवै आखाँवाट बरररर आँसु झार्यौ ।
म चुपचाप कोठामा गएर धेरै रोएकी थिए । अझै पनि उस्ले आखाँ उघारेर वरररररररर आँसु
झारेको सम्झदा आँखा रसाउछ ।
दुइ
रातको चित्कार पछि उस्ले सारा दुख विसाएछ । अव उस्को त्यो पिडाले भरिएको चित्कारले
टोल गुन्जने छैन । यस्तो पिडादायी मृत्यु कुनै पनि प्राणीको नहोस । श्रदान्जली छ
उस्लाइ ।

0 प्रतिक्रिया:
Post a Comment