मनाङ यात्रा भाग दुइ



बहिनी म्यार्दि भिर त आउन नै बाँकी छ भनेर म लगायत मेरो टिम चढेको गाडि धनीले बताएका थिए । विहान उठने वित्तिक्कै उनले भनेको यो शब्द मेरो दिमागमा दोहोरियो । पहाडमा जन्मेको व्याक्तिलाइ के को डर हुन्छ र भन्दै मन वुझाँए । बेसी शहरबाट मनाङ सम्म जिप चल्दा रहेछन । तर नाकावन्दीको असर र पेट्रोल अभावका कारण गएका बर्षहरु जस्तो सहज थिएन् । बाटो पनि सहज थिएन । सानो वाटो भएकाले विपरित दिसावाट आएको गाडिलाइ साइड दिन पनि गाह्रो रहेछ ।तर चालकहरु भने त्यस्तै अप्ठेरो वाटोमा गाडि चलाउदा चलाउदा अभ्यस्त भएसकेको वताए ।

 
चाम्चे भिर



विदेशी पर्यटकहरु कति आए यसको गणनाका लागि धरापानिमा चेक पइन्ट स्थापना गरिएको छ । मनाङ हुदै थोरङ्ला पास जाने अनी लार्के पास जाने पर्यटकहरुले धारापानी चेकपोष्टमा अनिवार्य नाम दर्ता गरेर जानु पर्ने नियम वनाइएको छ । धरापानी काटेपछि अप्ठेरो बाटो शुरुहुन्छ । पहाड र ठुला ठुला ढुङगा खोपेर वाटोहरु वनार्इएका छन् । अझ मनाङ र लमजुङको सीमाना म्यार्दि भिरमा वाटोको ट्रयाक खोल्ने क्रममा १२ जनाको मृत्यु भएको थियो । उनीहरुको नाम म्यार्दि भिरमा रहेको ढुङगामा खोपेर राखिएको छ ।

      वेसीशहर चामे सडक खन्ड निर्माण गरिएको ४ बर्ष भएको छ । ६५ किलोमिटरको दुरी रहेको यो सडक नेपाली सेनाको सडक निर्माण कार्यदल गणले निर्माण गरेको हो । यस वर्ष २०७२ मा मनाङको सदरमुकाम चामे देखि मनाङ बजार सम्म कच्चीवाटो पुगेको छ ।
      चामे सदरमुकामवाट २ दिनमा मनाङ पुगियो । लेक नलागोस भनेर विस्तारै हाम्रो टोली चामेवाट पैदल हिडेको थियो । चामेबाट एकजना सहयोगिले हाम्रो यात्रालाइ सहज वनाइ दिए । भएभरको झोला उनले नै बोकी दिए । त्यसबापत दैनिक ज्याला र खाजा खाना खर्च व्यहोर्नु पर्ने सम्झौता भयो । दुइ दिनको हिडाइपछि मनाङ पुग्न सफल भइयो । मनाङ पुगेको दिन साझ हाम्रो समुहलाइ हिउले स्वागत गर्न शुरु गरेको थियो ।
मार्दि भीर
       बाटोमा देखिने सेताम्मे हिमालको दृष्य अनी गुरुङ सस्कृति झल्कने मानेहरु र वरीपरि बार बनी उभिएका अजङगका नाङगो पहाडको दृष्यले हिड्दाको थकान मेटेको थियो । त्यहाको सुन्दरतालाइ क्यामराले कैद गर्न सम्म गरे । तर पनि कहिल्यै मन भरिएन । जति फोटो खिचे पनि खिचुखिचु लाग्ने दृष्यहरु छन । मनाङ पुग्न लाग्दा हिउले खाएर वनेका माटाका कलात्मक ढिस्काहरुको त के वयान गरु शब्द नै छैन । 
सडक निर्माणका क्रममा ९ जनाले ज्यान गुमाएका थिए ।

0 प्रतिक्रिया:

Post a Comment