“बढेको मलाइ थाहा हुनु पर्ने हो"

अहेव - बाजे तपाइको प्रेसर माथीको ठीक छ । तलको अलिक बढेको छ ।
एथेस्कोपले एक बुढो बाजेको ब्लड प्रेसर नापी सकेपछि अहेवले भने ।
बुढो बाजेले अत्तालिदै जबाफ दिए कहाँ वढनु । बढेको मलाइ थाहा हुनु पर्ने हो । बढेको छैन ।
वरीपरी वसेका अरु बुढाहरुले पनि हो मा हो थपी दिए । ती बुढो बाजे जस्को ब्लड प्रेसर नापिएको थियो । उनी गम्भिर भएर भने कहा वढनु मैले बुढी छोडेको दुइ बर्ष भयो । यति भन्दा पनि अहेवलेले ती बाजेलाइ कुरा बुझाएनन । साच्चै भनेको भनिरहे । जाडरक्सी खान छोडनुहोस आफै घटिहाल्छ भनेर चुप लागेर बसे अहेब । यतिकैमा गाउकी एक फुपु आएर लिम्बू भाषामा भनिन् आसाङ हेक्के आलाङ " यसको अर्थ हुन्छ मलाइ पनि त्यसो भनेको थियो । ती फुपुलाइ पनि अहेबले एक अहेबले ब्लड प्रेसर जाँच गर्दा तपाइको तलको प्रेसर कम छ भनेका रहेछन । तर तलको प्रेसर केहो उनले बुझेकी रहेनछिन । उनले सोचेकी थिइन की माथी भनेको घाँटी देखि माथी होला तल भनेको घाँटी देखि तलको होला । उनलाइ गाउँका अरुले तलको प्रेसर कम छ भनेर जिस्काउदा रहेछन । यसो पढदा उछ्रीङखल लाग्न सक्छ । तर यो तितो यथार्थ हो ।

 गाँउमा बिरामी भयो भने उपचार गर्ने अवस्था छैन । भएको हेल्थपोष्ट पनि टाढा छ । त्यसमा औषधी पनि कम छ । अनी विरामीलाइ राम्ररी वुझाउन पनि सकेका छैनन् स्वास्थ्यकर्मीहरुले । उपचार गर्न जानु पर्छ भन्ने चेतना पनि छैन । गाउँलेहरुले कुरा नवुझ्नु भनेको स्वास्थ्यकर्मी र गाउँले वीचको सम्वन्धमा गहिरो खाडल हुनु हो । यदी उनीहरुको अवस्था र उनीहरुको वुझाइको स्तर वुझेका भए ती मैले माथी उल्लेख गरेको वाजे र फुपुको जस्तो वुझाइ हुदैन थियो । उनीहरुलाइ मैले बुझाउने कोसीस गरे । तर अहेव भने हाँसी मात्र रहे ।

    
बिरामीका साथमा डा भगवान ।
  धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुश १९ र २० गते भएको चिकित्सा विज्ञान र मानवियता वीच नया आयामहरुको उत्खनन बिषयमा विभिन्न विधाका व्यात्तीहरुसग छलफल भएको थियो । यहाँ पनि पत्रकार र चिकित्सक वीचको सम्वन्ध अनी चिकत्साक र विरामी र विरामीका आफन्तसगको सम्वन्ध विषयमा कुराकानी भएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षादक्ष डा विक्रम श्रेष्ठले चिकित्सक पेशा झन झन जोखिम वन्दै गएको वताए । चिकित्सकले विरामीलाइ सामानको पाटपुर्जा ठान्नु र धन आर्जन गर्ने पेशा ठानेका कारण आम मानीस र चिकित्सक वीचको सम्वन्ध विग्रीएको वताए । त्यसैगरी आम मानीसले पनि चिकित्सकलाइ भगवान ठान्नु र विरामी तलमाथी भयो भने चिकत्सक माथी प्रहार हुने प्रवृत्ती रहेको वताए । उनको यो भनाइबाट चिकित्सा पेशा माथी वढदै गएको आलोचनाका कारणहरु स्पस्ट हुन्छ ।
  
डा नरेन्द्र भट्टको प्रस्तुतीवाट
    प्रसंग फेरी वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानको परिसर कै हो । २०७० असार २० गते निर्मला नाम गरेकी एक वृद्धा टाउकोमा किरा परेर लडेकी थिइन । उनी प्रतिष्ठानको आकस्मीक कक्ष अगाडी सुतेकी थिइन । सेतो कोटमा सजिएका चिकित्सक अनी वीध्यार्थी ओहोर दोहोर गर्दा कसैको आखाँ परेन । हामीले उपचार गर्न उठाएर आकस्मीक कक्षमा लादा सम्म लाख खर्च हुने कुरा गरिरहेका थिए । हामीलाइ उपचार गराउन हतोतसाही गराइरहे । निशुल्क उपचारको कुरा गर्दा उपकुलपतिले पनि मलाइ हप्काएका थिए । कयौ अनुरोध पछी ती बृद्धाको उपचार भयो ।
ती वृद्धा हाल धनकुटाको विश्रान्ती वृद्धा आश्रममा छिन् । थप जानकारीका लागि यहा हेर्नुहोस । यहाँ पनि मानविय सम्वेदन जोडिएको छ । तर यस्ता त कति आउछन आउछन भनेर पन्छिने गरेको देखिन्छ । यी यस्ता संवेदनाका कुरा नवुझ्दा र विरामीका आफन्तसग शान्तसाथ नवोली दिदा आकस्मीक कक्षमा स्वास्थ्यकर्मीले झापड खाएका घटना छन । त्यस्तै विरामीका कुरुवा पनि स्वयंमीत नहुदा चिकत्सक माथी र्दुव्यावहार खेपेका कयौ घटना छन । चिकित्सा क्षेत्रमा वढदो व्यापारीकरणकारण यस्ता घटना वढदै गएको देखिन्छ । यो घटनाहरुवाट पनि धेरै पाठ सिक्न सक्छौ । डा. भगवान, जवाफ देऊ, मेरो बच्चा कसरी मर्‍यो?     टिचिङको लापरबाहीमा डा. भगवानले भने, सरी 
धरानमा एउटा भनाइ छ "बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक छुट्टै संसार हो । आगामी दिनमा हामी सवैले गर्वका साथ भन्न सकु प्रतिष्ठान छुट्टै संसार होइन जिवन वचाउने संजिवनी वुटी पाउने संसार हो भन्ने समय आओस ।


     

 

 

 

 




0 प्रतिक्रिया:

Post a Comment