बेलवारीको जुत्ता र मोसोको कथा ।


मोरङ वेलवारी करम डाडाकी माया सार्की र मनोज विश्वकर्मालाइ गाउलेले मोसो दलेर जुत्ताको माला लगाइ दिएको घटना फेसवुक मार्फत सनसनी भो । वास्तविकता वुझन म पनि करम डाडा तर्फ हुइकिए । स्थानीय पत्रकार साथीहरुको सहयोगमा घटना भएको स्थान करम डाडाको अन्नपुर्ण एकेडेमीमा पुगे । म पुग्ने वित्तिकै घटनाको वारेमा वुझन मानवअधिकारकर्मी र सन्चारकर्मीहरु पनि आइपुगे । माया सार्कीलाइ सहयोग गर्नेहरु डराएका जस्ता देखिन्थे । भएको घटना पनि खुलेर भन्ने अवस्थामा थिएनन । साउन ६ गते वेलुका माया सार्की कामबाट घर फर्कदै गर्दा  उनको घर नजिकै सिसौली खोलामा उनलाइ एकजनाले मुख थुनेर दुव्यावहार गर्न खोज्यो । जसो तसो जोगीइन । रीम रिम साझ भएकाले अनुहार राम्ररी ठम्याउन सकिनन । हातपात गर्ने व्यत्ती उनका छिमेकी जिवन भेटवाल जस्तै लाग्यो उनलाइ । अनी वोली र जिउडाल पनि उस्तै लाग्यो । हात टोकेर चिच्याएर वल्ल तल्ल उम्कीइन । अनी कुदेर घर आएर गाउलेलाइ गुहार मागिन ।
अन्नपुर्ण एकेडेमी जहा माया र मनोजलाइ दुव्यावहार गरिएको थियो ।
उनलाइ साथ  मिना भुजेल विमला राइ दिपा तामाङ हर्कमाया भुजेल  मैया तामाङ र विमला थापा र मनोज विश्कर्मा लगायतले साथ दिए । राती आठ वजे इलाका कार्यलय वेलवारीमा उजुरी दिन पुगे । उनको मौखिक उजुरीको आधारमा माया सार्कीले शका गरेकी जिवन भेटवाललाइ प्रहरीले प्रहरी कार्यलयमा ल्यायो । तर मायाले भने अनुसार हातमा टोकेको नभेटीएपछि । प्रहरीले उल्टै हप्काएर पठायो । उनका सहयोगी पनि खङग्रगै भएर फर्कीए । राम्रो केर कार गर्नको साटो प्रसस्त प्रमाण नभएको भन्दै जिवन भेटवाललाइ छोड्यो । मायाले प्रहरी कार्यलयमा माफ पनि मागिन ।
    साउन ७ गते विहान आठ वजे सम्म माया सार्कीले समाज भेला हुने भनेकाले पर्खिइन । तर कसै गाउले भेला नभएका कारण उनी काम गर्न गइन । विस्तारै गाउले भेला हुन थाले । माया सार्कीलाइ साथ दिने मिना भुजेलले कुटाइ खाइन । पत्रकार मनोज विश्वकर्मालाइ त मसो दलेर कुटपिट गरे । अरु सहयोगीहरुलाइ पनि जिवन भेटवालका आमा श्रीमतीले कुटपिट गरेछन । सारा जम्मा भएर मनोजलाइ तथानाम गालि गरेको मनोजले वताए ।
माया सार्कीको घर
त्यतिकैमा माया सार्की अन्नपुर्ण एकेडेमीमा आइपुगिन । उनलाइ उपस्थीत पुरुषहरुले कस्ले उचालेर थाना गइस भन्दै गालि गरे । उनलाइ मसो दलि दिए । जुत्ताको माला लगाइ दिए । उनलाइ त्यस्तो दुव्यावहार गरि रहदा सारा गाउले रमिता हेरेर रमाए । ठिक्क पर्यौ भन्दै तालि पिटे । भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र वचाउन सकेनन । मन हुदा हुदै वचाउन नसकेको गुनासो उनीहरुले म सग पोखेका थिए । उनीहरुसग मैले निक्कै वेर एक्लै वसेर छलफल गरे । अलिकति अधिकारका कुरा कुनै कार्य गरेमा सुवेदी प्रसाइ र भेटवालहरु रिसाउने गरेको गुनासो उनीहरुले पोखे । चाहेर पनि उनीहरु सत्य कुरा वोल्न नसकेका रहेछन भन्ने थाहा भयो । उनीहरु सारै नै पेलिएर वसेका रहेछन । त्यहाका स्थानीय सन्जय सुवेदीले त वलमा वल पैसामा पैसा भन्दै अरुलाइ धम्क्याउने गरेको गुनासो समेत पोखे गाउलेहरुले । वेलवारीको प्रहरीहरु पनि यस्तै सीमीत व्यात्तीहरुको इसारामा चल्ने गरेको गुनासो पोखे । 
मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थितीमा पक्ष र विपक्षसग कुराकानी गरिएको थियो । कुराकानीका क्रममा उपस्थीत विपक्षका महिलाहरुले माया सार्की र मनोज विश्कर्मा माथि भएको दुव्यावहारलाइ ठिक मानीरहेका थिए । शिक्षित भनाउदाहरु पनि जुत्ताको माला लगाउनु र मोसो दल्नु वेठीक भएको वताइरहदा उनीहरुको व्यावहार भने पिडित प्रति सकरात्मक देखिएन । पिडककै एजेन्टको काम गरिरहेका रहेछन भन्ने महसुस गरे । प्रत्यक्षदर्सीहरुको भनाइ यस्तो छ । 
मोसो दल्न र जुत्ताको माला लगाउन  भोजराज वस्नेतले उकासेको कुरा टकमाया प्रसाइ लगायत अरुले मानवअधिकार कर्मी र पत्रकारको उपस्थितिमा वताएका थिए । थप बुझ्न यहा सुन्नुहोस ।
ट‌कमया प्रसाइ ।

              घटना घटेपछि मनोजले इलाका प्रहरी कार्यलयमा आफुमाथी दुव्यावहार भएको भन्दै निवेदन दिएका थिए । निवेदन यस्तो थियो ।

तर इलाका प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी निरिक्षकले पिडकको पक्षमा रहेर सहमति गराउन वाध्य पारे । उल्टै माया सार्की र मनोज विश्वकर्मालाइ माफ मगाइयो । सहमति यस्तो भएको थियो ।

माया सार्कीलाइ दुव्यावहार गरेपछि उनी गाउ छोडेर गइन । माइतीघर इन्द्रपुर ३ मा छोरा छोरी सहित वसेका वेला उनीसग गरिएको कुराकानी यस्तो छ । कुराकानी सुन्न यहा क्लिक गर्नुहोस ।
२०६८ साउनमा उनका छिमेकी ६० बर्षिया रामचन्द्र भेटवालले माया सार्कीकी आफन्त १३ बर्षिया वालिकालाइ वलत्कार गरेका थिए । वलत्कार गरेको कुरा माया सार्कीले देखेकी थिइनन । त्यही आधारमा वलात्कार जस्तो गम्भिर घटनालाइ पाच कठ्ठा जमिनमा सामसुम पारीएको थियो । त्यो घटना पछि रामचन्द्र भेटवालका परिवारसग मायाको वोलचाल वन्द भएको थियो । रामचन्द्र भेटवाल जिवन भेटवालका वुवा हुन । यसैकारण पनि त्यो परिवारले उनलाइ सिद्धयाउन खोजेको माया सार्कीको आशका छ ।
रामचन्द्र भेटवाल ।
 माया सार्की माथी दुव्यावहार हुदा रामचन्द्र भेटवाल पनि उपस्थित थिए । तर उनले आफनो भने सहभागिता नभएको वताए । तर भिडियोमा उनको पनि उपस्थिति भएको स्पष्ट हुन्छ । यो घटना प्रति उनको भनाइ यस्तो छ ।  मिलापत्र गराइएको घटनाका विषयमा सार्वाजानीक भएपछी प्रहरीले माया सार्कीलाइ खोजेर ल्याएर जाहेरी दिन लगायो । जाहेरीमा जीवन भेटवाल उनीकी श्रीमती सोविता भेटवाल आमा अम्बीका भेटवाल काकाका छोरा अमित भेटवाल कमला भेटवाल चन्द्रकला भेटवाल र कविन्द्र प्रसाइका विरुद्धमा दिइन । कविन्द्र प्रसाइ पक्राउ परेका छैनन । त्यसैगरी मनोजले घटनालाइ उक्साएको भन्दै वेतना एफएमका भोजराज वस्नेत  र राजु वस्नेतका विरुद्धमा जाहेरी दिइएको छ । साइवर अपराध अन्तर्गत वेतना एफएमका नरेन्द्र वस्नेतका विरुद्धमा पनि जाहेरी दिइएको छ ।  तर अहिले सम्म पनि प्रहरीले उनीहरुलाइ पक्राउ गरेको छैन । उनीहरुलाइ सार्वजानीक अपराध र जातिय विभेद तथा  छुवाछुत एन २०६८ अनुसार मुद्धा चलाइएको छ । मायाँ सार्कीलाइ मनो परामर्षका लागि ओरेक नेपाल विराटनगरमा राखिएको जिल्ला प्रसासन कार्यलय मोरङले जानकारि दिएको छ । घटना २०७०  साउन ६ र ७ गते भएको थियो ।
घटना भएदेखि माया सार्कीको घर वन्द छ । 




7 प्रतिक्रिया:

  1. धेरै दु:ख लाग्दो पढ्दा, सुन्दा, हेर्दा। जनताको प्रतिनिधि र जनताको सेवक - सरकार नै भिडको अगाडि / पछाडि लाग्ने भएपछि अब देशमा रहेका सम्पूर्ण विवेकशील नेपालीहरु उठ्ने दिन आय़ो।

    नराम्रोको सिन्डिकेट भो। अब राम्रोको सिन्डिकेट हामी बनाउदैछौँ र यस्तो नाक काट्नेहरुको करतुत बिरुद्ध जाई लाग्ने छौँ !

    अहिलेको नेपालमा भिडको राजको अन्त्य हुनु एकदम जरुरी छ। चेतनशील सबै यस्तोको जरो उखेल्न लागौँ, हाँगा भाच्न मात्र होईन।

    ReplyDelete
  2. Limbuwanko chhetrama yesto asahayaniya byabahaar, khai ta limbuwan kaa jawan haru? Ki banda hadtaal todfod maa matra aghi sarne hun. Yestai anyayapurna ghatnamaa pidak lai saath dinu parne haina? Limbuwan rajya vaye ali sohan bata pidir huna naparne hoki vanthaaneko ni aba ta sankaa po laagna thaalyo. Vanchhan ni jun jogi aaye ni kaanai chireko....

    ReplyDelete
  3. Please lets join our hands to put the Rapist Ram Chandra Bhetwal behind the bar too. So his family who were involved in the heinous crime should be put behind the bar. Let the justice prevail.

    ReplyDelete
  4. Ujjwal ji ko bichaar maa mero pani sahamati.

    ReplyDelete
  5. मोरङ वेलवारी करम डाडाकी माया सार्की र मनोज भुजेल नै हो सीता जी ? अन्य हो भने सच्चाई हाल्नु होला .

    ReplyDelete
  6. सुझावका लागि धन्यवात छ मैले सच्याए ।

    ReplyDelete
  7. सीता मादेम्बा जीको यो सराहनिय कार्यको लागी, साधुबाद!

    ReplyDelete