परिवारका केही सदस्य गाउँ गए । घरमा म, भेटु, रोमी, गरी हामी ४० जनाले यसपालीको दशै मनायौ । भेटुलाइ २ बर्ष
अघि धरानका एकजना पत्रकार दाइको घरवाट ल्याएकी हु । उनी स्त्री भएकाले घरबाट निकालिएकी हुन् वा
खेदाइएकी हुन सक्छ । दाइको घरमा कहाँबाट आइन् पत्तै भएन छ । उनी दाइको घरबाट
नगएकाले मैले उनलाइ मेरो घरमा ल्याए । उनी निक्कै ज्ञानी छिन । उनको न्वारानको नाम
केहो थाहा भएन । तर मैले भेटेकीले उनको नाम भेटु राखे । अहिले त्यहि नामले चिनिन्छिन
। त्यसैगरी भेटुको साथी रोमीयो पनि छ । भेटुभन्दा केहि महिना पछि मेरो घरको सदस्य
बनेको हो रोमियो । उनलाइ रोमी भनि बोलाउछौ । रोमीलाइ घर ल्याएको दिन त खुव हु.. हु.. गदै रोइन भेटु । भोली पल्ट देखि खुव
मिल्न थाले दुबै जना । अहिले दुबै जना खुब मिल्छन । कहिले काही खानामा झगडा गर्छन
। फेरी मिलीहाल्छन । झगडा गर्नु र मिल्नु साधी नै छैन उनीहरुमा ।
भेटु । |
दुवैजना
मेरो जगिङ जाने साथी हुन् । जव म जुत्ता लगाउन थाल्छु रोमी मेरो छेउमा आएर कुइ कुइ
गदै रमाउन थाल्छ । अनी उफ्री उफ्री अघि अघि लाग्छ । अनी भेटु पनि खुव रमाउछ । बोली
आउने भए कति मसग गफ गर्थे होला जस्तो लाग्छ । आजकल भेटुलाइ अलिक सन्च छैन । उनी
छतवाट झरेछिन् बाहिरका साथीलाइ हेदै कराउदा । त्यसैले ट्वाइलेट जान पनि उनलाइ
निक्कै मुश्किल पर्छ । हामी कोही नहुदा घरको रेखदेख चाही खुव गर्छन दुवैजनाले । गेट
बज्ने वित्तिकै स्वागत गर्न गेटमा नै आइपुग्छन दुवैजना । पछाडिको खुट्टाको सहाराले
उभिए झै गरि उफ्रन्छन । उफ्रदा उनीहरुको नाक मुख मेरो अनुहारमा नै पुर्याउछन ।
कतिपटक त उनीहरुको दातले मेरो गालामा लाग्दा रिङगाटा नै लागेको छ । बिहान उठन ढीलो
भो भने अगाडिको दुइ खुट्टाको साहाराले ढोका ढकढकाउछन ।
भोक लागेमा जहाँ गयो पछि पछि पछयाउछन । साँझमा देख्ने
गरि बाहिर गए भने खुव रिसाउछ रोमी । घरको कम्पाउन्ड नै नाघेर बाहिर निस्कन्छ अनी
पछयाउछ । दुबै जनालाइ घाटीमा घन्टी लगाइ दिएको छु । ताकी हराएमा सजिलै चिन्न सकु
भनेर । नचिनेका मान्छेहरु घरमा आएको थाहा पाउने वित्तिकै खुव रिसाउछन । सायद नसोधी
घरमा आयो भनेर होला । रोमी भेटु चुप भन्ने वित्तिकै चुप लाग्छन । बदमास गर्दा खुब कुटेको छु दुवैजनालाइ । इख भने
लिएका छैनन । रिसाएर लठ्ठी सहित उनीहरुको नाम बोलाउदै जादा उत्तनो परेर चारवटै
खुट्टा ठाडो बनाउछन । अनी विस्तरै कुइकुइ गदै आखाँ चिप्लिदिन्छन् । उनीहरुको त्यो व्यावहार देखेर माया लागेर आउछ । हात
लत्राकलुत्रुक हुन्छ । लठ्ठी भुइमा खस्छ ।
रोमी । |
बोली
नआएपनि खुव गफ गर्छन मसग । रिसाएमा पुच्छर टागमुनी लुकाएर लुरुक्क परेर टेढो
आखाँले हेदै लुक्छन । खुशी भएमा पुच्छर हल्लाउदै अगाडिका खुट्टा उचालेर छुन खोज्छन
। भेटु खुशी भइन भने त हु.. हु.. हु...
गदै जिउनै हल्लीने गरी
पुच्छार हल्लाउछिन् । अनी दातले कपडामा किटी किटी टोकिदिन्छिन् पनि । कतिपटक यसरी
माया गर्दा दातको डोब नै बसेको छ मेरो शरिरमा । साह्रै खुशी भए भने दुवै जना भुइ
छोडेर उफ्रन्छन । यसरी उफ्रदा कति पटक नराम्ररी सिमेन्टको भुइमा पछारिएका छन् ।
पछारिदा दुखाइको पिडा कुइकुइ गरेर व्यात्त गर्छन । हामी जे खान्छौ त्यही खान्छन
उनीहरुपनि । कहिले काही चाही मासुविना भात खान मन पराउदैनन । तर पनि भोक लागेपछि त
जस्तो पनि कुपु कुपु खान्छन । उनीहरुलाइ मासु र हड्डी खुव मन पर्छ । अनी पेडीग्रिज
पनि त्यतिकै मन पराउछन । प्लाष्टिकको खससस.. आवाज सुन्दा कुदेर आइपुग्छन पेडिग्रीज
खान पाइन्छ की भनेर । डसविनमा फालिएको प्लाष्टिक देख्नु हुदैन रोमीले । मुखले
च्यापेर लगिहाल्छ पेडिग्री छ की भनेर । अलि बदमास छ रोमी । चप्पल जुत्ता त कति टोकेर खत्तम पार्यो पार्यो
। भनेर साध्य नै छैन । अनी कुखुराको चल्ला पनि निक्कै वटा मारेर खायो । त्यसैले
होला उनी अलि मोटो घाटो छ । तर अहिले अलिक ज्ञान छिप्पीएछ क्यार त्यति वदमास गदैन
। मुसा र छुचुन्द्रा त कति मारे मारे दुवैजनाले । विरालो भन्दा नी सुरा छन् । छेपारो
भ्यागुता मार्दा कहिले काही दुवै जना बिरामी पर्छन डक्टर वोलाउने गरी ।
यी
दुइजना मेरा मिल्ने साथीहरु हुन् । यति मात्र हो उनीहरु म जस्तै बोलेर भावना
व्यात्त गर्न सक्दैनन । उनीहरुमा कुनै स्वार्थ छैन । नाफा घाटाको हिसाव गर्दैनन ।
मसग रिसाउदैनन् । कराउदा पनि मुख मुखै लाग्दैनन् । कहिले काही मन अमिलो हुदा मेरो
काखमा आएर लुटपुटिन्छन । अनी हातमा चाटन थाल्छन । अनी कहिले काही रोमी भेटु त्यो
ल्याइ दे उ ल्याइ दे भनेर जिस्कन्छु । तर मेरो त्यो कुरा वुझ्ने क्षमता उनीहरुमा
छैन । अनी भन्ने गर्छु तिमिहरु म जस्तै वोल्ने भए कति गफ गर्थ्यौ होला है भन्दै
टाउको मुसारी दिन्छु । टाउको मुसार्दा आखाँ चिम्लेर भुइमा डङरङग लडिदिन्छन् । यसपालिको दशै यी यस्तै साथीहरुसग विताए । एकहोरो
गफ गदै रमाउदै । उनीहरुले थाहा त छैन होला दशैका बारेमा । तर पनि मिठो खान दिएपछि
मख्ख । यसपालीको दशैमा उनीहरुकै कारण म पनि गाउँ जान पाइन । सायद यो मेरो बाध्यता
उनीहरुले वुझेका छैनन् पनि ।
अरु बाकी ३७ जना घरका सदस्यहरु भने चिचि.. कक.. कक भनेर बात गर्छन । चारो माग्छन् । कति भने बास्छन मात्र । त्यती
नजिक छैनन् मसग जति रोमी र भेटु छन् ।
La didi le ta kam se kam romu ra bhotu sanga ta bhawana satnu bhaye 6..... Ma ta yaha kenya,camroon,indian,bangali,pakistaniindian yi yastai lai aaja hamro dashin ho dashin ma yasto hunchha ra usto hunchha bhani bitaye.....anyway didi sarhai saral ra sahaj roop ma lekkhnu bha chha mann dhyan lai badheko chha lekhle aajha dherai lekhdai janus durga bhawani le sadai kalyan garun jay durge
ReplyDeleteThank u so much.
DeleteRomi ra vetu chai malai pani saro man paro, ani kaka,,, pani ramrai lago------
DeleteWhat a great piece of writing! If you are not please start writing novel or short stories. Dhirendra
ReplyDeleteThanks for suggestion lungwa.ya i m interested to write short story but couldn't write yet coz lack of knowledge...
DeleteMalai pani Saro man paro hai Romi ra vetu ko kura kani--- ani kaka ko [pani sarai ramro -----hihihihihihi
ReplyDeleteमेरा घराँ ७ सदस्य छन् यस्तै ... रमाइलो लाग्यो :)
ReplyDeleteकति राम्रो परिवार रहेछ दिदिको अनी दिदि भेटु रोमी हरु धरान मा बस्ने कि तेह्रथुममा नी ???
ReplyDelete