नराम्ररी पछारिइन सदिक्षा ।



सबै जना चिच्याउदै तालि वजाउदै रमाइरहेका थिए । ७ वजे साझमा शुरु हुने भनेको कार्यक्रम ८ वजे मात्र शुरु भएको थियो । कार्यक्रम सन्चालक द्धय निसा विश्वकर्मा र रिजन दर्शकलाइ स्वागत गदै स्टेजमा आए । उपस्थिक दर्शको तालि कम वजेकाले धरान सेलाको हो  भन्दै दुवैजनाले गुनासो पोख्न भ्याए । कार्यक्रममा दर्शकको संख्या पनि कम थियो । वरीपरिको वातावरण भने निक्कै रमाइलो थियो । शिरिसका ठुला ठुला रुख मुनीको हरियो चौरमा स्टेज वनाइएको थियो । 
मौसमी गुरुङको चोरेर लग्यो यो मन उस्ले मोहनी भाकाले त्यो छडके हेराइले .......... भन्ने गित सगै फेसन ट्रेन्डस २०१२ शुरुभयो । गुरुङको चर्चित गित च्याङवा है च्याङबा गित गाउदा पनि दर्शकले चुपचाप हेरीमात्र रहे । चर्चित गित गाउदा रमाउने, नाच्ने खालका किसोर किसोरी दर्शकको उपस्थिती एकदम कम थियो त्यहा । टिकट दर पनि एकदम महगो भएकाले पनि दर्शकको उपस्थिति कम भएको हुनसक्छ । अनी प्रवेश लिम्बूले आगे आगे तोपैको गोला पछि पछि मेसीन गन भररररररर.................... गित गाए । दर्शकहरु नचिच्याएकोमा कार्यक्रम सन्चालकहरु पटक पटक गुनासो गरिरहेका थिए ।
उत्तमवनेपालीको डिजाइनका साडि, कुर्ता, गाउन, ढाकाका कुर्ताहरु एकदमै राम्रा थिए । धरानका स्थानिय मोडलहरु, पहिलो मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, नायीका नम्रता श्रेष्ठ, मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ र नायक िवन लुइटेले क्याटवाक गरेका थिए । धरानको निर्वाणा कन्ट्री क्लवको प्राङगणमा भएको त्यो कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु पनि फेसन सोमा भाग लिएका थिए । क्याटवाकको मजा लिइरहेका थिए दर्शकहरु । गायीका मौसमी गुरुङले क्याटवाकका लागि तयार पारिएको स्टेजमा हिडन अप्ठयारो भएकाले फुक फुके पैला चालेको पहिला नै वताइ सकेको थिइन । क्याटवाकमा हिडिरहेका मोडहरु वेला वेला स्टेजमा अल्झीएको जस्तो देखिन्थ्यो । अल्झदै भएपनि क्याटवाकलाइ निरन्तरता दिइरहेका थिए । कार्यक्रमको अन्त्य हुन लागेको थियो । सवै मोडल र सेलिव्रेटी फाइनल चरणको कार्यक्रम पर्खि रहेका थिए । मिसनेपाल २०११ मा तेस्रो स्थान ओगटन सफल सरिना मास्के स्टेजमा आइन । छातिमा वुद्धको तस्वीर र अनी हिमालको चित्र भएको लुगामा सजिएर । त्यसपछि मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ आइन । निक्कै चर्चामा अनी विवादमा परेको पहिरन लगाएर आइन । उनको पहिरन मयुरका प्वाँखहरुले सजिएका थिए ।  
यहि पहिरनमा अडकेर लडेकी थिइन सदिक्षा श्रेष्ठ ।
 धेरै जना दर्शकहरु यहि पहिरन हेर्न आतुर थिए ।  म, सविता ,सुनिता, निका र सीला दिदीहरु पनि त्यही पहिरनको कुरा गरेर वसेका थियौ । त्यतिकैमा पत्रकार गोपाल दाहाल पनि हाम्रो पछि आएर वसे । गोपाल भन्दै थिए - "मिस वोल्डमा भाग लिदा लगाएको पहिरन लगाउन सदिक्षा मानेकै थिएन । बल्ल बल्ल डिजाइनर उत्तम बनेपाली र हामी मिलेर मनायौ ।" ए उसो भए हेर्न पाउने भयौ भनेर खुशी भयौ । सदिक्षा स्टेजमा प्रवेश गरिन । अघिसम्म चुप वसेका दर्शकहरु चिच्याए । सदिक्षा पनि आत्मविश्वासका साथ अगाडि वढदै थिइन ।  मयुरको प्वाँख लगाएर वनाइएको त्यो पहिरन एकदमै आर्कषक थियो । स्टेजको वीच भागमा पुगेर हसिलो मुहारमा हिडदै मयुरको प्वाँखलाइ दुवै हातले उचालेर मयुरले आफ्नो प्वाँख फैलाए झै पछाडी फैलाएकी मात्र थिइन सदिक्षाले गर्लाम्म पछारिइन । पौडिखेले जसरी पछारिएको सदिक्षालाइ एकजना फोटोग्राफरले उठ्न सहयोग गरे । उनको अनुहारमा आएको परिवर्तनवाट थाहा हुन्थ्यो कति साह्रो पछारिन भनेर । तर उनले क्याटवाकलाइ निरन्तरता दिइन ।  सवै दर्शकहरु चुकचुकाए । कसैले लाइट कम भएर भनि प्रतिक्रिया दिए । कतिले स्टेजमा अल्झने ठाँउ छ भने । पछि थाहा भयो सदिक्षा पहिरनमा अल्झीएर लडेकी थिइन । अग्लो पेन्सील हिल त्यसमा पनि असजिलो पहिरनका कारण यो घटना घटेको अडकल काटे धेरैले ।  फेसन सो मा सहभागि नायिका नम्रता श्रेष्ठको आट र साहस पनि सलाम योग्य थियो ।

     

0 प्रतिक्रिया:

Post a Comment