त्यती आनन्द आएको क्षण सायद जिवनमा कमै
आउछ होला । विन्दास थियो त्यो दिन । सारा दुख भुलेर आनन्द लिएका थियौ । अग्लो झरना तिर हेर्दै आखा चिम्लेर तीनै जना
चिच्याएका थियौ । एकहोरो पानीको स्वा गरेको आवाजसगै हाम्रो
आवाज विलिन भयो । अग्लो ठाउवाट झरेको पानिको छिटाहरु अनुहारभरी पर्दा पसिना आएझै
अनुहार र हातहरुमा पानिका साना साना थोपाहरु वसेका थिए । हामी रमाउदै पानीसग
लुटपुटियौ । सारा दुख अनी कामको बोझलाइ विर्सि दियौ एकैछिन भएपनि ।
खोलाभित्र
राखिएको वासको दुइवटा भर्याङ छिचोल्दै झरना पुगियो । झरनाको सुन्दरता देखेर हामी
कहालिएका थियौ । पत्रकार सुनिता केसीले झरनासग परिचित थिइन । उनी नै हाम्रो पथ
प्रर्दशक पनि थिइन । झरनाको सुन्दरतामा लोभिएकी सुनिता हामी भन्दा पहिला चारपाउ
टेकेर पुगिन । नमस्ते झरना पुग्नेवाटो राम्रो छैन । तर पुगिसकेपछि ति सारा
उप्ठयारा पक्षलाइ विर्सीदो रहेछ ।
नमस्ते झरना । |
सेपीलो
अनी कुनामा झरना रहेकोले वरीपरी केही देखिदैन शिवाय आकाश । निक्कै अग्लो छ झरना ।
अग्लो स्थानवाट ढुङगाको साहारा लिदै झरेको पानीलाइ हामीले सिधै टाउको र कुममा
थापेर उभिथ्यौ । अग्लो ठाउवाट झरेकाले पानी टाउको र जिउमा पर्दाको मीठो दुखाइको
अहिले पनि याद आउछ ।
नमस्ते
झरना हेर्न हामी पाचजना गएका थियौ । तर बाटो अप्ठयारो भएकाले सीला बज्रचार्य र
गंगा पौडेल दिदी झरना भएको स्थानमा पुग्न सकेनन । हामी पानीसग लुकामारी खेल्दै
रमायौ । पानी झरेको ठाउमा ठेल्दै लगेर सुनिता र सविताले मेरो पाखुरामा समाइ राखे ।
मलाइ उनीहरुले कतै चलमल गर्न दिएनन । चिसो पानी एकोहोरो मैले टाउकोमा थापी रहे ।
पानीको धारा मेरो टाउकोमा परेको दुखाइले म चिच्चाउदै भयो भयो भने । तर उनीहरु मेरो
चिच्याइ सुन्नेनन । वल गदै दुइजनालाइ ठेलेर पानी भित्रवाट उम्केर अलि टाढा भागे ।
कपालले अनुहार कान छपप्कै छोपेको थियो । कपालवाट पानि वगिरहेको थियो । कपाल पन्छाउदै
अनुहारको पानी हत्केलाले पुछे । कति दुख्दो रहेछ टाउको र ढाडमा पानी झर्दा सुनिता
र सवितासग अनुभव वताए । पानीले शरिर मालिस भयो भन्दै फेरी झरनाको काखमा रहेको सानो
पोखरीमा पसे । पोखरीको किनारमा उभिएर झरनाको सौन्दर्य नियालीरहेको सुनीतालाइ सविता
र मैले मलाइ जसो गरीनै पानी झरेको ठाउमा तानेर लाग्यौ । उनी चिच्याइन होला ।
झरनाको छङछङ आवाजले वाहेक कानले केही सुनेन । पानीले आखा खोल्न असहज भएकाले केही
देखेनौ । धेरैबेर पानी झरेको ठाउमा यसरी सुनितालाइ समाएर राख्यौ भने दुख्छ होला
भन्ठानेर हामीले सुनितालाइ केही छिन पछि छोडि दियौ । अनी फेरी सविताको पालो आयो ।
सुनिता र मैले सवितालाइ पानी झरेको ठाउमा समातेर राख्यौ । यहि क्रम वारम्वार
चलिरहयो ।
घरी
घरी झरनाको पानी थापिदै वाहिर निस्कदै
गथ्यौ । हामी पालै पालो झरनाको पानीसग लुटपुटीदै खेल्यौ । अरु व्यात्तीहरुको आउने
जाने क्रम जारी रहेको थियो । एकान्त अनी घाम पनि नपर्ने सेपिलो ठाउमा रहेछ त्यो
झरना । पछिल्लो समय धरै जना नमस्ते झरना जान थालेका छन ।
नजिकै भएर पनि म यो झरनामा पुगेको थिइन । मानवअधिकारका
लागि एकल महिला समुहकी पुर्वाअन्चल अध्यक्ष सविता राइले पद छोडेको अवसरमा हामी चार
जनालाइ ढीडो खान भेडेटार लगेकी थिइन । भेडेटारको अरुण भ्यालीमा हामीले लोकल कुखराको
झोलसगै फापरको ढीडो खाइरहेका बेलामा
सविताले नै नमस्ते झरना जाउ भनेर प्रस्ताव राखिन । हामीले पनि सहजै स्विकार
गर्यौ । खाइसकेर हामी नमस्ते झरना तीर लाग्यौ ।
ढिडो । |
भेडेरटारवाट धनकुटा सदरमुकाम जाने
वाटोमा पर्छ नमस्ते झरना । भेडेटार गाविसको वडा नं ३ र ४ मा नमस्ते झरना पर्छ । यो सिम्सुवा खोलाको झरना हो । झरनाको उचाइ करिव
५० मिटर जति छ । भेडेटारवाट करिव ६, ७ किलोमिटर धनकुटा सदरमुकाम जानेवाटो तिर गएपछि झरना जाने सानो गोरेटो वाटो
आउछ । सडकको छेउमा नमस्ते झरना जानेबाटो भने साइन वोर्ड राखिएको छ । बोर्ड राखेको
ठाउवाट करिव १० मिनेटको हिडाइपछि सिम्सुवा खोला आउछ । खोलामा एउटा पुल छ । पुन
नजिकै पनि सानो झरना छ । कतिपय मानीसहरु झुक्कीएर यहिवाट पनि फर्कीन्छन । पुल
मुनीवाट खोलाको किनार हुदै करिव ७ मिनेट जति उकालो हिडुनु पर्छ । खोलाभित्र बासको
भर्याङहरु राखिएका छन झरना जानलाइ । दुइवटा भर्याङ चढेपछि झरनामा पुगिन्छ । हेर्दा पानीले पनि भर्याङ चढेको भान हुन्छ
।त्यसैले अधिकांश मानिसहरु भर्याङ चढन डराएर झरना नहेरी फर्कन्छन ।
झरना
गोविन्दराज लिम्बूको घरछेमा पर्छ । उनलाइ नमस्ते बाजे पनि भनिदो रहेछ । उनीले
सडकमा गुडिरहेको गाडिलाइ वा जस्लाइ देखेपनि नमस्ते गर्ने गर्छन । उनको घरछेउमा
ट्रनिङ छ । त्यसैले त्यो ट्रनिङलाइ नमस्ते गोलाइ भनिन्छ । नमस्ते गोलाइको नजिकैबाट
झरना देखिन्छ । त्यसैले झरनाको नाम पनि नमस्ते झरना भएको भेडेटारवासी सचिन
लुङगेलीले जानकारी दिए । यसको अर्को नाम सिम्सुवा झरना हो । यहा एउटा रेष्टुरेन्ट
पनि खोलिएको छ । त्यसैले झरनामा खेलेर आउनेहरुलाइ भोक मेटन सजिलो भएको छ । झरना
हेर्न आउनेको संख्यो बढेको स्थानीयहरुको भनाइ छ । झरना पुग्ने वाटो बनाए प्रचार
प्रसार गरिएमा राम्रो गनतव्य वन्ने निश्चित छ ।
नमस्ते
झरनाका बारेमा कुरा गर्दै पानिमा खेल्दा ३ घन्टा वितेको पत्तै भएन । घाम पश्चिमतिर
लागिसकेको थियो । झरनामा आउनेहरुको पनि भिड त्यतिकै थियो । अव उनीहरुलाइ पनि पालो
दिनुपर्छ भन्ठानेर हामी फर्कने तर्खरमा थियौ । तर फेरी एकपटक झरनाको काखमा
लुटपुटिन मन लाग्यो । हामी तीनै जनाले कन्चन सेतो झरनाको पानीलाइ हाम्रो शरिर
छाडिदियौ । हामी तिनै जना झरनाको शिरतिर टाउको फर्काएर एक आपसको काधमा हात राखेर
एकै स्वरमा चिच्यायौ । अनी त्यहि पोजमा एउटा अन्तिम फोटो खिच्यौ । फोटो एकजना
भाइले खिचि दिएका हुन । फोटो खिचेर साथ दिने भाइलाइ धेरै धन्यवात दिदै हामी झरनासग
विदा भयौ । निथ्रुक्क भिजेको शरिर लिएर चार पाउ टक्दै झर्यौ । झरना भएको केही तल
खोलाको किनारमा सीला बज्रचार्य र गंगा पौडेल हामीलाइ कुरेर वसेका थिए । उनीहरुलाइ
झरनाको सौन्दर्यको वर्णन गर्यौ । हामीले भनेको सुनेर दुवै जना दिदीहरु चुकचुकाए । फेरी
अर्को पटक आउने इच्छाका साथ चिसोलुगसगै स्कुटीमा सररर फर्कीयौ । झरनामा खेलेको
रमाइलो क्षणलाइ सम्झदै । भेडेटारका बारेमा थप जानकारीका लागि यहा क्लीक गर्नुहोस ।
हैन होउ मेरो प्रानपियारी चैं झरनासम्म पनि नपुगेको ? हा.... होउ ???
ReplyDelete