मावलीको बोजुलाइ म मम्मा अर्थात आमा भन्थे । मेरो बाल्यकाल मावली मै वित्यो त्यसैले होला सपनामा म जहिले पनि मावली घरमा भएको देख्छु । बोजुसग बसेको देख्छु । सपना देखे पछिको दिनभर मेरो दिमागमा बोजुको तस्विर आखामा झलझली आउछ । उहाको यादले अति सताउछ । नजिक भएको भए गएर गर्लाम्म अङगालो हालेर म्वाइ खान्थे । अझै पनि सीता भनेर बोलाको अनी पढ न पढ भनेर गालि गरेको यादहरु ताजै छन । मेरो पढाइका निम्ति एकदम चिन्तित हुनुहन्थ्यो । पढाइका निम्ती जति पनि खर्च दिन तयार हुनुहन्थयो । मैले नी मौकाको फाइदा उठाउथे। किताब किन्नु छ । कपि र कलम किन्नु छ भन्दै ढाट्दै खाजा खान्थे । अनी मन परेको सामान किन्थे । स्कुलमा म १ रुपैया खाले विस्कुट सारै किनेर खान्थे । त्यसमा साथ दिन्थिन साथी मिरा भट्टराइले । अनी लकवर्ड नामक चकलेट । स्कुल छेउमा रहेको बाल कुमारी बोजुले बनाएको थुक्पाको स्वाद त जिव्रोमा नै झुन्डिएको छ । स्कुल छेउमा दुइवटा पसल थियो । त्यो पसलमा उधारो नखाएको दिन नै हुदैन थियो । मसग धेरै मिल्ने साथी थिइन मीरा ।
![]() |
दायाबाट क्रमश काइला मामा (सन्तोस ) कान्छि छयामा, म, जेठी छयामा ,मिना छयामा र बोजु । |
म कक्षा छ मा पुगेपछि मावलीको स्कुलमा पढन शुरु गरेकी हु । मेरो पढाइ राम्रो थियो । कहिले प्रथम कहिले दोस्रो त कहिले तेस्रो हुन्थे । मेरो पढाइ राम्रो भएकाले होला सरहरुले पनि धेरै माया गर्थे । म जेहेन्दार थिए । साथीहरु पनि त्यस्तै जेहेन्दार थिए । कक्षा छ को परिक्षा सकियो । रिजल्ट आयो । म रिजल्ट हेर्न स्कुलमा गए । अफिस छेउको भित्तामा रिजल्ट टासीएको थियो । तर त्यहा मेरो नाम थिएन । म वेस्सरी रोए । फेल भए भनेर । तर डेनी सरले अर्ध बार्षिक परिक्षाको नम्बर जोडन भुलेका रहेछन । पछी थाहा पाए । जव मेरो अर्ध बार्षिक परिक्षाको नम्बर जोडियो त्यस पछी मेरो स्थान दोस्रो भयो । मेरो पढाइ राम्रो भएको थाहा पाएर बोजु साह्रै खुशी हुनु भयो ।
मामा सिङगापुरमा हुनुहन्थ्यो । छ छ महिनामा हामीलाइ घर खर्च पठाउनुहुन्थ्यो । घरमा बोजु र म मात्र एक्लै थियौ । खेतिपातिको नाममा एउटा ठुलो बारीको गह्रा थियो । त्यसमा सिजन अनुसार अन्नबाली लगाउथ्यौ । बाकी खेत बारी सव कुत र अधिया दिएका थियौ । घरमा कुखुरा सुगुर र एउटा खसी पालेका थियौ । छुट्टीको समयमा म मामा र छ्यामाहरुसग जंगलमा सुगुरको चारो खोज्न जाने गर्थे । साइनोले ठुलो भएपनि दौतरी भएकाले मैले कहिले साइनो लाएर बोलाइन उनीहरुलाइ । प्रायजसो म हनुमान मामा, काइला मामा, मिना छ्यामा, थिरी छ्यामा, अनी कौसीलासग घास दाउरा गर्न खरुङवा खोलाको छेउ छाउमा जान्थे। सुगुरको चारोको भारी पुर्याएपछि दिउसो भरी दहमा पौडी खेलेर दिन कटाउथे । सबैजना मजाले पौडिन सक्थे । तर म सक्दिन थिए । काइला मामाले पेटमा समाएर हात खुट्टा चलाउन सिकाउदा पनि मैले पौडिन जानिन । उनीहरु गहिरो दहमा पौडन्थे । म भने छेउ छेउमा हातले भुइ भेटने ठाउमा मात्र हात टेकेर पौडी खेल्थे ।
बोजु एकदम छुच्ची थिइन । मलाइ साथीहरुको गएको ठाउमा जाने अनुमति हुदैन थियो । लिम्बुहरुको सस्कृतीमा उमेर पुगेका युवा युवतीहरु टाढा टाढाका मेला जान्थे । विवाह बर्खिमा धान नाच्न जाने चलन छ । अनी गाउमा पाहुना आएभने धान नाच्न जाने चलन छ । तर मलाइ राती धान नाच्न जान अनुमति थिएन । घर नजिकै स्कुलमा मंसिर महिनामा मंसिरे मेला लाग्थ्यो । त्यहा पनि म दिउसो मात्र जान्थे । विवाह बर्खिमा पनि म दिउसो मात्र निम्तो मान्न जान्थे । म जान्छुकी जान्छु भनेर जबर गर्न पनि सक्दिन थिए । घर नजिकै एकजना साथी थिइन । उनको नाम कौसीला हो । घरी घरी हामी दुइ जना राति भागेर विवाह र पाहुना आएको ठाउमा धान नाच्न जान्थ्यौ । तर म भने धान नाच्न अलिक अनकनाउथे । बानी थिएन । साथ दिन लाज लाग्थ्यो । धेरै जसो धान नाचेको ठाउमा कुरेर वस्थे ।
मेरो बोजु र बोजुको दाजु । |
तर यसरी धान नाच्न जान सजिलो थिएन । बोजु ननिदाउन्जेल ठुलो आवाज निकालेर दुवै जना घरको बरन्डामा पढथ्यौ । जव वोजु निदाउनुभयो की भएन भनेर पढन छोडेर कान थापेर सुन्थ्यौ । जब बोजु घुर्न थाल्नुहुनथ्यो त्यसपछि बोजु निदाएको पक्का हुन्थ्यो । अनी किताव थक्याएर ओछ्यानमा सिरकलाइ मान्छे सुतेको जस्तै बनाथ्यौ । अनी भित्रवाट चुकुल लाएर झ्यालवाट निस्केर टाप दिन्थ्यौ । धान नाचि सकेर आधारातमा फेरी आएर सुत्थ्यौ । यसरी कयौ पटक भागेर हामी पाहुना भएको ठाउमा धान नाच्न पुगेका छौ । । यसरी भागेर जादा बोजुले थाहा पाएर कयौ पटक हामी दुबै जनाले गालि पनि खाएको थियौ ।
चार बर्ष बोजुसगै बसे । एलएलसी पास गरेपछि उच्चशिक्षा पढन गइयो । बर्षमा एकचोटी बोजुसग भेटहुदै थियो । बिदामा म घर आएको थिए । हनुमान मामा घरमा बोजु बिरामी भएको खवर लिएर आए । आमा मात्र जानुभयो मावली । घरमा कोही नभएकाले म गइन । भोली जाने सर्तमा म घर रुग्न बसे ।
विहानै म उठे । अनी घरको काम सकेर मावली श्रीजुङ तर्फ लागे । मावली पुग्ने बेलामा सक्राते भन्ने सानो बजार छ । त्यहा बोजुको लागि भनेर नरिवल र मीश्री किने । अनी उकालो लागे । बाटोमा साथी मिराको घर परथ्यो । त्यहा पुगपछि थाहा पाए बोजुलाइ हिजो नी लुकाइ सक्यो भनेर । मेरो नौ नारी गलेर आयो । के गर्नु गर्नु भयो । मावली घरमा पुगेको थाहा पाइन । घरमा पुग्दा आमा र कान्छि छयामा निभेको चुला रुगेर वसेको भेटे । म वाहिर सिकुवामा रुदा रुदा गरे एक्लै। बोजुको अन्तिम अनुहार देख्न पाइन । बोजुको देहान्त पछि मावली घरमा म एक पटक नी गएको छुइन । अहिले पनि बोजुसग बिताएका दिनहरुको याद झलझली आउछ । प्रायजसो सपनामा बोजुसगै भएको देख्छु । बोजुको यादले एकदम सताउइरहेको छ । उहाको तस्विर हेरेर चित्त बुझाइरहेको छु । उहाले दिनुभएको अर्तिहरु अहिले झल्झली याद आउछ । त्यही अर्ति अनुसार नै जिवन चलिरहेको छ । घर व्यवहार चलिरहेको छ ।
unforgettable memory, nice very nice
ReplyDeleteबहिनी तपार्इको अनुभूति पढेर निक्कै मन कुडियो बोजुलार्इ भेट्न नपाउँदा ।
ReplyDeletememorable childhood :)
ReplyDeletejibanko abismaraniya palharu...... jo amar rahan6an.
ReplyDelete