बिहान चाडै निन्द्राले छोड्यो । मन मेरो फुरुङग थियो । तुम्मा (आमाको दिदी ) र दिदी वहिनी अनी दाजु भाइसग भेट हुने भो भनेर मनभित्र एक किसिमको आनन्द महसुस भइरहेको थियो । कोठामा बस्ने साथी रुमी लस्करलाइ पनि म एकदमै खुशी भएको बताए । त्यतिकैमा मेरो मोबाइलको घन्टी बज्यो । नभन्दै अमृत दाइको फोन थियो । उहाले म लिन आउदिन सन्तोस लिन आउछ है भन्नु भो । मैलै म सन्तोसलाइ चिन्दिन भने । दाइसग बोल्दा बोल्दै सन्तोस भाइले दिदी म चिन्छु नी भनेर चिच्यायो । मैले त्यो आवाज मोवाइल मार्फत सुने । हुन्छ भने मैले पनि । दाजु र भाइहरुले मलाइ केही असाममा वस्नु पर्छ है भनेकाले मैले नेपाल फर्कने रेलको टिकट रद्ध गर्न लगाए । म सगै जाने अन्य सदस्यहरुले ल है बधाइ छ । आफन्तसग भेटघाट भयो । राम्ररी पछी फर्कनु भन्दै बधाइ दिए ।
दायावाट विष्णु प्रभात रुमी लस्कर बोरा, राजकुमार, शशि लुमुम्बु |
फर्कने समय बाकी रहेकाले चिया नास्ता खाएर हामी समुह नै डिगबोइमा घुम्न जाने भयौ । डिगबोइमा प्रेट्रोलीम पर्दार्थको ठुलो रिफाइनरी रहेछ । त्यहा कयौ असामीस नेपालीहरु काम गर्दा रहेछन । सवैभन्दा पहिला हामी इन्डियन ओइल कर्पोरेसनमामा काम गरिरहेका पुर्ण सुनारकको घरमा गयौ । त्यहा हामीलाइ एकदम राम्ररी स्वागत गरियो । सुनारको घरमा बसेको बेलामा मलाइ सन्तोसले फोन गर्यौ । म डिगबोइमा छु भने । सन्तोस पनि डिगबोइमा गाडीबाट उत्रियो । तर मलाइ चोक कहापर्छ थाहा भएन । रण काफ्ले जीले ढिलो भइसक्यो अव छोडदिनुहोस भने । एकदम मेरो चित्त दुख्यो । अनी आफै सोध्दै जान्छु नी भाइलाइन लिन म भनेर हिड्न लाग्दा पुर्ण बहादुर क्षेत्रीले मलाइ सहयोग गरे । गाडिमा लिएर भाइलाइ लिन गयौ । क्षेत्रीले शर्मा स्वीटको छेउमा उभिराख्नु भने भाइलाइ । भाइ पनि त्यही उभिरहेको थियो । पन्ध्र बर्ष पछि भाइसग भेट भएको त्यो क्षण एकदम रमाइलो लाग्यो । म यति खुशी भएकी त्यो खुशीको क्षणलाइ शब्दमा व्यात्त गर्न सक्दिन ।
भाइ सन्तोसगको पहिलो भेट । |
असाममा विदाको दिन परेकाले डिगवोइमा रहेको तेल रिफाइनरीमा हामी पुरै घुम्न पाएनौ । तर सुनारले डिगवोइमा रहेको डिगबोइ शताब्दी सङग्राहलयमा घुमाउन लगे । डिगबोइमा पहिलो पटक सन १८६६ मा गुडइनफ नाम गरेका ब्रिटीस नागरिकले ड्रिलिङ गरेर तेल पत्ता लगाएका थिए । त्यसपछि त्यहा तेलको ठुलो रिफाइनरी नै सन्चालन गरिदै आएको छ । सङग्राहलयमा ब्रिटिसको पालामा चलाइएका पुराना सामाग्रीहरु राखिएको रहेछ । सुनारले भने ब्रीटिसहरुले डिग बोइ अर्थात खन्ने केटा भन्दा भन्दै नामपनि डिगबोइ नै रहेको वताए । वाटोमा हरिभत्त कट्वालकी छोरीसग भेटघाट भो ।
फर्कने दिन भएकाले हामी हतार हतार हामी बसेको गाउ मारघरिटामा फर्कीयौ । नेपालवाट जाने १० जनाको टोली भास्कर शर्माको घरमा वसेका थियौ । सवैजना फर्कन तयारीका साथ झोला तुम्ली कस्न तिर लाग्यौ । भास्कर शर्मा भन्दै थिए । तपाइहरुको लागि आज खसी काटेको छु । हुन त उनीहरुले सत्कार गरेका हुन । तर यसरी प्रत्यक्ष हामीलाइ भन्दा भने अलि नरमाइलो लाग्यो मलाइ। खयर जे होस आज एकदम असामीस परम्परागत खाना तयार थियो । हरियो बास भित्र पकाइएको खाना एकदम मीठो थियो । नागा जातिहरुको परम्परागत खाना रहेछ त्यो । भाइ भने छिटो घर फर्कन हतारिदै थिए । तर विदा नगरी जान नमिल्ने भएकाले म उसलाइ हतार नगर्न अनुरोध गरे । सुद्ध नेपाली बोल्न जान्दैनन रहेछ मेरो भाइ । त्यसैले कहिले काही मैले उस्ले भनेको वुझ्दिन थिए । मैले बोलेको कुरा उस्ले बुझ्दैन थियो ।
गुहाटीको कामाखे मन्दिर । |
हामी फर्कने तयारीमा थियौ । कवि कृष्ण भुषण बल मधु पोख्रेल विष्णु प्रभातले बिदाइको कविता वाचन गरे । रेलयात्राका क्रममा रक्सी खान नपाइने भएकाले रक्सीको चुस्की पनि लिइरहेका थिए । कतिपयले त मिनरल वाटरको वोतलमा जिन भरेर झोलामा राखे । यसो हेर्दा पानी जस्तै देखिन्थ्यो । रेलमा रहेको टीटीहरुलाइ झुक्याउन उनीहरुले मिनिरल वाटरको वोतलमा रक्सी खन्याएका हुन । एकजना असामीस कलाकारले बिदाइमा पुरानो नेपाली चलचित्रको गित गाएर सुनाए । साथमा विदाइको त्यो क्षणमा विहु गित गाउदै छमछमी नाचियो । असामीसहरुको नया बर्षलाइ बिहु भनिदो रहेछ । बिहुमा गाउने गितलाइ बिहु गित भनिन्छ । असाममा वस्ने असामीस नेपालीहरुलाइ हामीले मायाको चिनो स्वरुप नेपाली भादगाउले टोपी लगाइ दियौ। अनी नेपालवाट गएका हामीहरुलाइ असामीस गम्सा ओडाइयो । एक आपसमा आआफ्नै पहिचानका सामाग्री आदान प्रदान गरियो । अनि विहु गितमा छमछमी नाचेर रमाइलो गदै विदाइको हात हल्दायौ हामीले । यतिन्जेल सम्ममा साझको ४ बजेको थियो । यता घरमा भने तुम्माले मेरो बाटो हेर्दा हेर्दा आखामा हावा पसिसक्यो भन्दै फोनमा भनिरहनुभएको थियो । हामी बाटो लाग्यौ । सन्तोस पनि मलाइ भेटन पाएकोमा एकदम खुशी थियो । उसले दिदि मलाइ चिलाउन मन गदैछ (खुशीले म चिच्याउन मन लाग्दैछ ) टुटेफुटेको नेपाली भाषामा भाइले भने । घर पुगुन्जेलमा उसले कयौ पटक यहि शब्द दोर्याएर मलाइ भनेको थियो । १६ बर्ष अगाडी नेपाल आउदाको कुरा गर्दा गदै कति चाडो तिनसुकियाको रेल स्टेशनमा पुगियो पत्तै पाइन मैले । सवै साथीहरुलाइ रेलमा बिदा गरेर भाइ र मलाइ विष्णु शर्मा र पुर्ण वहादुर क्षेत्रीले गाडिमा घर सम्म नै पुर्याउनुभयो ।
अहमहरु । जसबाट असम नाम रहन गएको हो । |
बिजुली थिएन । घरमा झिप झिपे बत्ती बलिरहेको थियो । हामी घर अगाडि पुग्नसाथ तुम्मा बाहिर निस्कनु भो । तुम्मालाइ ढोग गरे । तुम्मा खुशीले कामीरहनु भएको थियो । कामीरहनुभएको कुरा बोलीवाट नै स्पष्ट हुन्थ्यो । सवैसग भेट भो । मेरो त खुशीले आखामा आसु आए । तर पनि आखाको डिलवाट आसुलाइ झर्न दिइन । जवरजस्ती रोके । तुम्मा भन्दै हुनुहुन्थ्यो । सीता त आको सुनेर त मेरो भोक तिर्खा र निद्रा नै हरायो । सब जना बाटो हेरेर बसेको कुरा उनीहरुले भनेको कुराबाट मलाइ थाहा भयो ।
नेपालमा रहेका आफन्तको खबर सवैलाइ सुनाए । तुम्बाको पनि निधन भइसकेको रहेछ । अनी वहिनी सरस्वतीको विवाह भएसकेको रहेछ । सबैजना खुशीसाथ गफगाफ गर्यौ तर समस्या एउटै थियो । बहिनी भाइहरुले बोलेको कुरा मैले राम्ररी नबुझ्ने अनी मैले बोलेको कुरा भाइ बहिनीहरुले नबुझ्ने भयो । उनीहरु लेवर भाषा र असामीस भाषा मिसाएर नेपाली बोल्दारहेछन । कतिपय कुरा अन्दाजले बुझ्थे । कतिपय कुरा नबुझेकाले तुम्माको अनुहारमा हेरेर के भनेको तुम्मा भन्दै सोध्थे । त्यसमा पुलको काम तुम्माले गर्नुभयो । मेरो आगमनले तुम्माले पनि आनन्दको सास फेर्नुभो । सीता त त मेरो लागि भगबान भइस भन्दै मेरो दुइहातमा समाउदै आखाभरी आसु पार्नुभो तुम्माले ।
क्रमश .......
यात्रा संस्मरण अति नै मन पर्को ले कमेन्ट गर्न मन लाग्यो, म पनि गएको मंसिर महिना को अन्तिम तिर आसाम (मेरो ससुराली) गएको थिएँ, पहिलो पल्ट गएको हुनाले मलाई कौतुहल लागेको थियो, त्यहाँ कस्तो होला भनेर, मैले सोटेको भन्दा पनि धेरै राम्रो अनि सिता ज्यु लाई जस्तै मलाई पनि मेरो साला-सालीहरुले बोलेको कुराहरु बुझ्न कुनै-कुनै बेला कठिन भएको थियो, बिस्तारै बानी परियो, दउइ हप्ता आसाम बस्दा म पनि धेरै ठाँउ घुमेको छु, तपाई ले उल्लेख गर्नु भएको ठाँउ तिनसुकिया त म धेरै चोटि पुगें, किनमेल गर्न को लागी, एकदम राम्रो ठाँउ रहेछ, चिनो को लागी कपडाहरु किनियो, त्यस्तै नहरकटिया, डिग्बोइ, भौजी, दिब्रुगढ, तेङगाखात, दुलियाजान, बोरहाट, नामरुप (मेरो ससुराली) घुम्दा रमाइलो लाग्यो। तपाई को यो यात्रा संस्मरण ले मलाई आसाम मा बिताएको मेरो पलहरु को याद गरायो, धन्यबाद तपाई लाई
ReplyDelete