भेटने मिठो आसा लिएर निदाए ।


असामको एक कार्यक्रमा सहभागिता जनाउनका लागि निम्तो आयो । कलकत्तामा रहेका साहित्यकार सुरेन्द्र प्रदेशीले फोनबाट निम्तो गरे । निम्तोसगै मैले मेरो तुम्मालाइ झट्ट सम्झे । जाने दिन नजिक आउदै थियो । मेरी आमालाइ असाम जान लागेको खवर सुनाए । त्यो खबरसगै आमाले तुम्मालाइ पनि खोज है भन्नुभयो । मवली बाजे रोजगारको शिलशिलामा असाम जानुभएको थियो । मलाइ त याद पनि छैन । बोजुले बाजेको कुरा बारम्बार सुनाउनु हुन्थ्यो । अनी त्यसबाट बल्ल मैले थाहा पाएकी थिए । असाम आवत जावत हुदा हुदै तुम्माको बिबाह असाममा भएको रहेछ । बाजेको मृत्युसगै हाम्रो परिवार वीचको भेटघाट निक्कै पातलिदै गयो । अझ मावली बोजुको मृत्यु पछि त हाम्रो भेट हुनै छाड्यो । 
असम गएको हाम्रो १० जनाको टोली ।
       आमा पनि एकपटक बोजुसग असाममा पुग्नु भएको रहेछ । दुइ दशक अगाडी । आमालाइ तुम्मा घरको ठेगाना स्पष्टसग थाह छैन । आमाले तीनसुकिया जिल्लाको वहादुर चाराली खेती पत्थर महाकालि ग्रान्ड लगायतका नाम सुनाउदै तुम्मालाइ जसरी पनि खोज है भनी पटक पटक फोनमा भन्नुभयो । सोधखोज गर्दा भेटिए ठिकै छ नभेटी पनि सन्तोस मानौला भनी मनमनैमा सोचे । तुम्मासग भेटघाट नभएको । खवर आदान प्रदान नभएको एकदशक भएको थियो । हुन त एक दशक कति पनि होइन । तर दिदी वहिनीको माया त हो नाम लिने बोली नै रोकिन्छ आमा र कान्छी क्षामाको । अरु बेला खेतीपातीमा सवजना व्यस्त भएकाले त्यति याद आउदैन । तर जव दशै तिहार जस्ता चाड आउछ त्यति बेला आमा र कान्छि छ्यामा भेला भएर दिदीको कुरा गदै आखाभरी आसु पारिहाल्छन। मामा पनि पल्टनमा हुनुहुन्थ्यो । अहिले त उहा पनि अमेरिका तिर । जसरी भएपनि तुम्माको फोन नं पत्तालगाउने जिम्मा आमाले मलाइ लाउनुभएको थियो ।  तर त्यत्रो प्रदेशमा कसरी खोज्ने मलाइ भने चिन्ताले सताउन थाल्यो ।
        असाम साहित्यसभाको कार्यक्रमको सहभागि हुन हामी दश जनाको टोली असाम प्रस्थान गरयौ । बाटोभरी तुम्मालाइ कसरी खोज्ने चिन्ताले सताइ रहयो । असामबाट काकडिभिट्टा सम्म हामीलाइ लिन आएका साहित्यकार रण काफ्लेलाइ पनि सोधे । उनले पत्ता लाग्छ भन्ने आश्वासन दिए । केही भए पनि मन शान्त भयो । न्यु जलपाइगुडि देखि गुहाटी सम्मको रेल यात्रा एकदम कष्टपुर्ण रह्यो । रातभरी निदाउन सकिएन । गित सुनेर रात कटाए । अनिदो शरिर विहान रिम रिम हुदा गुहाटी पुगियो । गुहाटीमा नेपाली मन्दिर रहेछ । नेपालवाट असाम पुग्ने जो कोही नेपालीहरु त्यहा वस्ने गर्दारहेछन । नुहाइ दुहार्इ गरेर सव जना कामाखे अर्थात कामक्ष मन्दिर दर्शन जाने कुरा भयो । कामाखे असामको एकदम प्रशिद्ध मन्दिर मानिदो रहेछ । व्रम्हपुत्र नदिको किनार हुदै हामी कामाखे गयौ । कामाखेमा सव जना आ आफ्नै तरिकाले पुजा गर्न लागे । तर मेरो मन्दिर  जाने पुजा गर्ने चलन अलिक छैन । त्यसैले मैले पुजा पनि गरिन । मलाइ साथ दिए दाइ राजकुमार दिक्पाल शशी लुमुम्बु र विष्णु प्रभातले । कामाखे मन्दिर मातृत्वसग सम्वन्धित भएकाले यसको महत्वको विषयमा विष्णु प्रभावत चियाको चुस्की लिदै वताए । अनी मन्दिरको पश्चिम ढोकातिर बच्चा वोकेको आमाको ढुङगाको कुदिएको मुर्ती राखिएको रहेछ । जे होस मन्दिरको आम्दानी चाही राम्रो रहेछ । पाच सय दिनेहरुले पालो नै नपर्खी सिधै मन्दिरमा प्रवेश पाउने रैछन । कम पैसा हुनेहरु त लामो लाइन लागेर पालो कुर्दा कुर्दा हैरान नै हुदो रहेछ ।
असमकोआदिवासी नृत्य ।
   १२ घन्टाको यात्रापछि तिन सुकिया पुगियो । जुन जिल्लामा मेरो तुम्माको घर छ । तिनसुकिया रेल स्टेशनमा पुग्दा मेरो मनमा एक किसिमको आनन्द आयो । तुम्मालाइ नभेटे पनि उहा वस्नुभएको जिल्ला पुगे भनेर सोचे । तिनसुकियावाट कार्यक्रम स्थल गाडिको यात्रामा २ घन्टा लाग्दो रहेछ । साहित्यसभाको कार्यक्रममा व्यस्त भयौ । नेपालवाट जाने टिममा जनकऋषी राइलाइ मैले मेरो आफन्त असाममा भएको कुरा भनेकी थिए । हामी लिडु पुगेको भोलीपल्ट फेब्रुअरी २ गते मन कुमार लिम्बूसग भेटाइ दिए जनऋषी दाइले । उनले पनि मेरो आफन्त खोजी दिने आश्वासन दिए । त्यसपछि मन कुमारले उनको काकासग फोनमा भेटाइ दिए । मैले मेरो आफन्तको बारेमा भने । तर उनले उनी वसेको गाउभन्दा टाढा भएको वताए । मैले नि ठीकै छ भेट भएमा म आएको छु भनीदिनु । नत्र ठीकै छ नी त टाढा छ भने त कसरी गएर खवर गर्नुहोस भन्न सक्छु र । जोसग फोनमा बोले उहाले नै टाढा छ भनेपछी मैले तुम्मासग भेट हुदैन भनेर माया मारे ।
असमका आदिवासीहरुको लाठी नाच ।
        तुम्मासग आमा क्षामा र मामाहरुको  भेट नभएको एक दशक भएको थियो । त्यसमा पनि परिवारका सवै सदस्यसग एक अर्कावीच चिनजान छैन । मैले तुम्मा राधिका दिदी र अमृत दाइलाइ मजाले चिन्थे । सन्तोस र आसालाइ सानो छदा भेटेकी थिए । बाकी दुइ वहिनी तारा र सरस्वतीका बारेमा मलाइ याद थिएन । सानोमा भेट भएको थियो रे हाम्रो । उनीहरुको त मलाइ नाम मात्र थाहा छ । बाकी परिवारका सदस्यसग त कसैको पनि भेटघाट भएको छैन । असाम साहित्यसभाको कार्यक्रम भब्य थियो । दिनमा ५० हजार जनाको खान दैनिक पाकेको कुरा आयोजक समितिका सदस्य रहेका रुदुलले बताए ।
       फेव्रुअरी ३ गते भै सकेको थियो । हाम्रो फर्कने दिन फेब्रअरी ४ थियो । भोली फर्कने दिन आइसकेको थियो । साझ सम्मपनि तुम्माको खवर आएन ।  दश वजे देखि शुरु भएको सास्कृतिक रैलीमा असामीस नेपालीहरुको सहभागिता रहेको थियो । मैले त्यो रैलीमा मेरो दिदी दाइ आएका पो छन की भनेर गोटा गन्ती हेरे । तर देखिन । दिनभरी सास्कृतिक कार्यक्रमको फोटो खिच्न व्यस्त रहे । तर साझ परेपछि भने फेरी फेरी तुम्माको याद आयो । मेरो आमाले फोन गरेर तुम्माको बारेमा सोधेको सोधै हुनुहन्थ्यो । मैले भेट भएको छैन भन्ने उत्तर दिए । असामीया नेपालीहरुले हामीलाइ गरेको सत्कार देखेर आखावाट आसु टपक्क चुहियो । कार्यक्रम सकिदा साझ परिसकेको थियो । विहान खाना खान नपाएकाले भोकले कुइ कुइ भएका थियौ सवैजना । मैले त भोकै वसेको कुरा ट्वीटरमा ट्वीट गर्न भ्याए । राजकुमार दिक्पाल दाइले भाषण भन्दा रासन प्यारो लेख न भने । मैले नी ट्वीट गरिदिए । तुम्मासग भेट हुने छाटकाट नै भएन । एकदम रुन मन लाग्यो । मनमनै अव भेट नहुने भो भनेर माया मारे । कार्यक्रम सकियो । हामी सबजना स्टेजवाट झदै थियौ । आमाले पनि ठिक्क फोन गर्नुभएको थियो । हेलौ मात्र भनेकी थिए । अमृत दाइ मेरो अगाडी आएर टक्क उभिरहनुभएको थियो । एक छिन त खुशीले बोली पनि फूटेन । आमालाइ दाइसग भेट भएको कुरा सुनाए । खुशीले फुरुङग भए । उफ्रिए । हर्षका आसुले आखा भरिए । भोक पनि हरायो । त्यतिबेला रातको ८ बजिसकेको थियो । त्यही दिन दाइसग घरमा जान सकिन । अमृत दाइ पनि भोली लिन आउने भन्दै घर फर्कनुभयो । हर्षले खाना रुचेन । मेरो रुम मेट रुमी लस्कर र डा बेन्जु शर्मालाइ मेरा खुशीका पलहरु बाडे । आमा पनि एकदम खुशी हुनुभयो । भोली परिवारका सवै सदस्यसग भेटने मिठो आसा लिएर निदाए ।

क्रमश .......अपुरो ‍लेख लाइ लेख्दै जानेछु।।।।।।।।।।।।।।।

0 प्रतिक्रिया:

Post a Comment