उज्यालो धर्तीमा खस्न नपाउदै रेलको छुक छुक आवाजले चाडै विउझायो । घरी घरी रेलभित्र आउने मोवाइल ब्यापारीहरुको आवाजले राति राम्ररी निदाउन पाइएन । आखा पोलीरहेको थियो । हाम्रो यात्रा असामको लिडु तर्फ अगाडि वढिरहेको थियो । श्रीमतिले झोलामा राखि दिएको यो पछयौराले राम्रो काम ग¥यो । एका विहानै भाउजुलाइ सम्झदै कृष्ण भुषण दाइले पछयौरा पट्टयाएर खैरो झोलामा लगाए । म कोच भित्रको सुत्ने ठाउमा पल्टीरहेकी थिए । भुषण दाइले सीता छोरी उठ् भनेर बोलाए । म सुति रहे । एकछिनपछि डा टंक न्यौपानेले ए सीता उठ । कति अल्छी भएकी भनेर बोलाएपछि म उठे । त्यतिकैमा चियादानी बोकेर चाइ चाइ भन्दै चिया लिएर हाम्रो कोचमा चिया ब्यापारी आए । चिया पीइयो । भुषण दाइलाइ चिनीरोग रहेछ । आर्युवेदिक औषधि एक चम्चा खाए । यो औषधिले एकदम राम्रो गरेको छ मलाइ । मैले अरु औषधि लिएको छैन । विहानै उठेर हिडछु यो औषधि लिन्छु । औषधिले जिउ हलुका पार्छ भनेर सुनाए । नभन्दै एक चम्चा त्यो औषधि डा वेन्जुशर्माले नी खाइन । एउटै कोचमा हामी कृष्णभुषण दाइ मधु पोख्रेल, डा टंक न्यौपाने, डा बेन्जु शर्मा सहित पाच जना थियौ । न्युजलपाइ गुडिवाट गुहाटीको १२ घन्टाको यात्रा निक्कै कष्टपुर्ण थियो ।
भुषणदाइले खैरो झोलावाट हरियो फाइल निकाले । कविता सुन्ने प्रश्न गरे ? मैले नी "सुन्ने " भने । अनी फाइलवाट निकालेको कविताको शिर्शक पढे । "शान्ती " मैले यसलाइ शान्ति शिर्षक राखेको छु तर अलि चित्त वुझेको छैन । एकान्त उपयुत्त हुन्छ की शान्ति, सुनेपछि सुझाव पाउ है भनेर कविता सुनाउन थोले दाइ ।
कुहिरोले ठाउ छोडको बेला
कुलोको पानी सास नफेरी कुदीरहेको वेला
उज्याला मुनाहरु भरखर पलाउन थालेका छन ।
यस्तो बेला कोहि हिडदै छौ भने विस्तारै जोगिएर हिड
पातहरुमा भरखर सित वसेको छ ।
सुकेका पातहरु टेक्दै नटेक
चराहरु यतिवेला निदाइरहेका छन ।
कन्चन शान्त तलाउमा पातहरु खसेका छन
छाडिदेउ चराहरु आएर आफै उठाइ लाने छन ।
बरु पर धेरै पर जाउ र बासुरीको एकदमै सालिन धुन वजाइ राख ।
वा ! वा ! भन्दै तालि वजायौ । "दाइ, यो तपाइको कविता सुनेर मलाइ इलामको माइपोखरीको याद आयो । त्यो पोखरी भएको ठाउ, तपाइको कविता जस्तै सुनसान अनी एकान्त छ, मैले भने ।" उसो भए यो कविताको शिर्षक एकान्त नै राखु त ? भुषण दाइलाइ मेरो प्रतिक्रिया मनपर्यो । दाइले पनि शान्तिलाइ डपपेनले केरिदिए अनी छेउमा एकान्त लेखे । भुषणदाइले आनन्द भो एकान्त शिर्षक राख्न पाउदा भन्ने प्रतिक्रिया दिए ।
विहानको नौ बजेको थियो । हामी गुहाटी रेल स्टेशनमा पुग्यौ । त्यहावाट हामी सीधै नेपाली मन्दिरमा गयौ । नुहाइ धुवाइ गरेर कामाखे मन्दिर जाने सल्लाह भो । हाम्रो टोली दश जनाको थियो । हामीलाइ असामका साहित्यकार रण काफ्लेले हरपाइला सहयोग गरिरहेका थिए । नेपाली मन्दिरमा वसाइ उपन्यासकारका लेखक लिव वहादुर क्षेत्री, सात्यिाकार नवराज सपकोटा, डा शान्ति थापाको टोलीले पनि नेपाली साहित्यकार र पत्रकारको टोलीलाइ स्वागत गरेका थियो । हामी असम साहित्यसभाको गुहाटी शाखामा गयौ । कार्यलय जान निक्कै हिडेर जानु पर्दथ्यो । भुषण दाइ अलि विस्तारै हिडनु भो । अरु सवजना खुरुरु कुदे । मैले दाइलाइ साथ दिए । म हिडन सक्दिन कति कुदाको भनेर रिसाउनु भो । दाइ तपाइको खुट्टा दुख्छ हो भनेर सोधे । हो नी त्यै भएर धेरै हिडन हुदैन । खुट्टाको हड्डी चर्केकाले डाक्टरले प्लास्टर गरिदिएको थियो । अप्ठयारो भएर प्लास्टर हसियाले काटी दिए । काटन मात्र दुइघन्टा लाग्यो । अनी भाउजु त स्टाफ नर्स होइन । काटने अनुमति कसरी मिल्यो त । मेरो जिज्ञासा थियो । तिम्री भाउजुले के गरोस त मलाइ अप्ठारो भाको देखेर दिइनन नी । उनले पनि काटन सघाइन । खुच्याउनु नहुने । सीधाको सिधै राख्नु पर्ने । हिडन पनि अप्ठयारो, चर्पी जान पनि गाह्रो । अझै आराम गर्नु पर्छ भनेको थियो डक्टरले । ठुलो ज्यान त्यसमा पनि ओहोर दोहोर गर्दा निक्कै गाह्रो भएको थियो भुषणदाइलाइ ।
१२ घन्टाको यात्रा पछि तीनसुकियाको लिडु पुगियो । लिडुको मारघेरिटा स्थीत शिव मन्दिरमा नेपाली साहित्यकार र असमी नेपाली साहित्यार वीचमा भेटघाट कार्यक्रम भएको थियो । कार्यक्रममा भुषण दाइले भनेका थिए ूढुङगा माटोको ठुलो कारखाना हुदैमा मात्र देश हुदैन । देश चिनाउने माध्यम भनेको कला साहित्य सस्कृती अनी भाषा हो । मलाइ त दाजुभाइसग भेटेको जस्तै भएको छ । भाषा, सस्कृती, साहित्यको र कलाको सीमाना हुदैन ।ू
सालिन भाषामा वोल्ने भुषणदाइ व्यात्तीत्ववाट धेरै असमी साहित्कारहरु प्रभावित भएका थिए । त्यसमा गुहाटीकी रुमी लस्कर बोरा अनी नरेन्द्र हजारीका पनि भुषण दाइवाट निक्कै प्रभावित थिए । असम साहित्य सभा प्रथम लिडु अधिवेशनलाइ असमी भाषामा अखम हाहित्य हबा लिडु अधिवेसन भनेर उच्चारण हुन्छ । अनी सभातिलाइ हवापति भनिन्छ । भुषण दाइलाइ काम पुगेछ ।
यो उच्चारणलाइ भुषण दाइले घरी घरी उच्चारण गदै हास्नु हुन्थ्यो । अनी हामीलाइ पनि यसले छोइहाल्थ्यो । सव जना भेला हुने वित्तकै अखम हाहित्य हवा, हवापति महोदय भन्दै रेला गथ्यौ । असामयात्राका क्रममा मसग बाल्यकालमा भोगेका दुख सुखहरु दाइले वताएका थिए । जुन एकदम रोचक र प्रेरणदायी छन । उहासगको पहिलो यो यात्रा मेरा लागि एकदम रमाइलो थियो ।
मौशम चिसो चिसो थियो । खाना पिनाको राम्रो व्यावस्था थिएन । गाउको सानो शहर रहेछ लिडु । त्यै भएर खानापान राम्रो नभएकाले रुमीले हामीसग पटक पटक माफ मागेकी थिएन । म त एक हाते भएछु । यसरी वाहिर हिडदा निक्कै गाह्रो हुन्छ । भनेर खानाका बारेमा भुषणदाइले पनि भनेका थिए । फर्कने बेलामा हामीले असमको चिनो किन्ने भयौ । कसैले अरन्डी,व्याग, सर्ट किन्यौ । भुषण दाइले मलाइ भाउजुका लागि भनेर बासको पर्स ल्याइ दिनु है भने किन्न पठाएका थिए । तर स्टलमा बासको पर्स सकिएकाले हातले वनाएको पर्स किनेर ल्याइ दिएको थिए । मैले किनेर ल्याइदिएको त्यो पर्स भाउजुले मन पराउछिन भन्दै दाइले खैरो झोलामा लुकाए ।
कवि कृष्ण भुषण बलका बारेमा थप जानकारीका लागि तलको लिङक हेर्नुहोस ।
0 प्रतिक्रिया:
Post a Comment