गन वहादुर भने साच्चै नै गन वोके ।

पत्रकारिताको शिलशिलामा म धरै कार्यक्रमहरुमा सहभागि भर्इसकेको छु । कहिले तालिम त कहिले गोष्ठी आदि आदि । मार्च १४ गते गोदावरीको एक रिसोर्टमा युएनडिपीको कार्यक्रममा सहभागि हुन पुगे । सुदुर पूर्व देखि सुदुर पश्चिमका अधिकारकर्मीसग भेट भयो । सवै जना रेष्टुरेन्टमा भेला भएर वसीयो । व्यात्तिगत चिनजान गरियो । सगसगै कसैले वियर कसैले वार्इन त कसैले कोक अनी चियाको चुस्की लिदै औपचारीक चिनजानका लागि गोष्ठीका सहजकर्ता दक्षिण अफ्रिकावाट नेपाल आएका क्रिसले चिनजानका लागि अनुरोध गरे । उनले चिनजान गर्दा नाम वोलाउने नाम र नामको अर्थ वताउन अनुरोध गरे । त्यसै अनुसार शुरुमा उनले पनि परिचय दिए ।
म छक्क परे । कार्यक्रमहरुमा सामान्यतया नाम ठेगान र संस्थाको नाम भन्न लगार्इन्छ । सवैको नाम सुन्दै जादा त एकदम रमार्इलो लाग्यो । नलेखिरहन सकिन । त्यसैगरी सोसीयोलोजीका प्रध्यापक दिनेश सरले नामको अर्थ नवताएपनि उनको वोलाउने नाम वताए । सानोमा उनी एकदम सिकुटे थिए रे । नसा देखिने गरेको सिकुटे त्यै भएर उनलाइ साथी भार्इले नसे भनेर वोलाउथे रे । सवै जना खुव हासीयो । त्यस्तै उज्वल थापाले आफ्नो नाम अनुसार देशको भविष्य उज्वल वनाउन लागि परेको वताउदै आफ्नो वाल्यकालमा आफुलार्इ तालु भनेर वोलाउने गरेको रहस्य खोले । हालसाल साच्चै उनको तालु पनि खुलीएको छ । उनले तालु भनेर नवोलाउन समेत अनुरोध गरेका छन् । त्यसैगरी नेपालगन्जका टोप वहादुरले पनि आफ्नो नाम टोप रहनुको कथा भन्दै भने हजुर वुवा विट्रिस सेना थीए । उनको नाम वम वहादुर अनी फेरी काकाको छोरा गन वहादुर भने साच्चै नै गन वोकेर माओवादीको जनमुत्ती सेना भएका छन् । तोप नाम भएपनि शान्तिका निम्ति काम गरीरहेको उनको भनार्इ छ । त्यस्तै प्रकाश उपाध्यायको भने सातवटा वोलाउने नाम रहेछ । त्यस मध्ये लुरे र गैडे नाम मात्र वताए । नेपालगंजवाट आएकी मैयुन सिद्धिकीले सानोमा नवोली वस्ने हुनाले आफुलार्इ चुपी भनेर वोलाउने गर्थे । उनको नामको अर्थ हो पहुच । दोलखाकी अधिकार कर्मी पार्वती श्रेष्ठलार्इ सानोमा चिचा मुचा भनेर वोलाउनथे रे । त्यसको अर्थ हो सानो वच्चा । अहिले उनलार्इ वुढापाका वालवालिका सवैले विकासे ताता अर्थात दिदी भनेर वोलाउने गरेको ताताले वतार्इन । काठमाडौ दोस्रो पटक आउने अवसर पाएकी रोल्पा गोटगाउकी चिजा गाठ मगरले आफुलार्इ लाडेनी भनेर वच्चामा वोलाथे । छोरा नै छोरा मात्र जन्मेको उनको परिवारमा पहिलो छोरीका रुपमा जन्मेकोले चीज मानेर नाम चिजा राखेको वतार्इन् । जनकपुरकी अधिकारकर्मी महिला पुनम चौधरीको वोलाउने नाम भने थेव्री हो । उनको जातिमा उनको नाक अरुको जस्तो नभएकाले थेब्री भन्ने गरेको वतार्इन । उनको नामको अर्थ चन्द्रमा हो । हजुर वुवा वकिल भएकाले आफ्नो घरमा धेरै मानीसको आवत जावत हुन्थ्यो । राकेश कर्णले भने राम्रो जुत्ता चोर्दै लगाउथे रे सानो छदा त्यसैले उनलार्इ जुत्ताचोर भनेर वालउथे रे । पुर्व पत्रकार तथा गोष्ठीमा र्इन्टरप्रेटरका रुपमा सहभागी सगुन लावतीलाइ भुडे भनेर वोलाउथे रे । नामको अर्थ गुड वुमेन रे । अनी सुरित केजङ अर्थात आधिवेहरी प्रेम येक्त्तेनको नाम रहेछ ।
हुन त घरमा वोलाउने नाम सवैको हुन्छ । तर सुनसरीकी पारालिगली इनु अधिकारीको भने वोलाउने नाम नभएको दुखी भएको वतार्इन । यो परिचय गर्ने शैली एकदम मलार्इ मन पर्यो । यसरी घरमा वालाउने नामसगै परिचय गर्दा मलार्इ व्यात्तिगत रुपमा रमार्इलो सगै नजिकपनको महसुस भयो । तरार्इ पहाडवाट आएका अपरिचित साथीहरु पहिले नै चिनेको झै भान भयो । यो शैलीले एक आपसमा घुलमिल हुन सजीलो भएको महसुश भयो । परिचय गर्ने अनेकन तरिका मध्ये मलार्इ क्रिस स्पेसको यो शैलीबाट म प्रभावित भए ।

0 प्रतिक्रिया:

Post a Comment