कतिपय कुराहरु लेख्न र भन्न सकिदैन ।

कतिपय कुराहरु मानविय समवेदनाका कारण लेख्नन र भन्न सकिदैन । यदि लेखिए पनि पक्ष लिएर वोल्यो भन्ने आरोप आउछ । ताक परेमा आफुमाथी ती आक्रोस वोकेका समुहले जार्इ लाग्न पनि सक्छन् । त्यसैले थाहा भएर पनि कतिपय विषयमा चुपलाग्नु पर्ने वाध्यता हुदो रहेछ । तर पनि आफ्नो ल्वगमा यी कुराहरु नलेखिरहन सकिन् । पत्रकारिता पेशा आवाज विहिनहरुको आवाज हो भनिन्छ । त्यसैले पनि म चुप लागेर बस्न सकिन । कुरा मंसीर २ गतेको हो । धरान १६ नीबासी प्रतिकेश्वर झाले छिमेकी राज आचार्यको हत्या गरेको प्रहरीले पुष्टी गरेको छ । राज सगरमाथा बोडिङ स्कुलमा कक्षा ३ मा अध्यायनरत थिए भने झा किरातेश्वर स्कुलका कक्षा १० का प्रथम विद्यार्थी हुन् । र्इलाका प्रहरी कार्यलय धरानका अनुसार प्रतिकेश्वरले राजलार्इ धरान १९ स्थित हरियाली जंगलमा लगेर हत्या गरेको थियो । स्कुल जाने समयमा झाले आचार्यलार्इ आर्इसक्रिम खान जाउ भनी अन्नपुर्णचोकवाट टेम्पोमा चढाएर हरीयाली पुर्योए हुन्। त्यो सामुदायीक भवन धरानको भानुचोकवाट करिव २ किलोमिटर दक्षीणमा पर्छ । टेम्पोमा चढेको वेला झाले आचार्यलार्इ निद्रा लाग्ने औषधी खुवाएका थिए । सामुदायिक वनमा वालवालीका खेल्ने पार्क छ । पार्कमा पसेपछि आधा वोतल रोयल स्टाग रक्सी किनेर झाले डिउको वोतलमा सारी राजलार्इ खुवाए थिए । सामुदायीक वनको एकान्त ठाउमा लगि लठ्ठीले ७ देखि ८ पटक हिर्काए । मुखमा स्कुलको पोशाक सर्ट खादि दिएर राजको हत्या गरेर नजिकैको खाल्डोमा राजको लास हालिदिए । मान्छेको आवाज सुनेपछि झाले बनको प्रवेशद्धारमा निस्की ३ वटा प्रवेश टिकट काटेछन् । बच्चाको अनौठो क्रियाकलाब देखेपछि पालेले झालार्इ के गरेको भनी सोधेछन् । त्यतिवेला लास हालिएको खाल्डो नजिकै झा टक्रुक्क बसेका थिए । केही समय पछि चौकीदारले लास देखेपछि हल्ला खल्ला गरेका थिए । झा जंगलवाट घर फर्कीदा चतरा लार्इनमा कोक किनि खाएका थिए । पसिना पसिना भर्इ आर्इपुगेका झाले घरमा आर्इ नुहार्इ धुवार्इ गरेर टेलिभिजन हेर्न थिए । अनी आमाले उनको लुगा धुर्इदिएछिन्। त्यतिकैमा जंगलमा लास भेटिएको चर्चा हुन थाल्यो । गाउले जम्मा भए । वच्चाको स्कुल युनिफर्ममा स्कुलको नाम लेखिएकाले शव पहिचान गर्न सजिलो भयो प्रहरीलार्इ । प्रत्यक्षदर्सिको भनार्इको आधारमा प्रतिकेश्वरलार्इ स्थानीयवासी समातेर सोधपुछ गर्न थाले । पछि स्थानीयबासीले प्रहरीलार्इ समक्ष झालार्इ जिम्मा लगाए । प्रहरी अनुसन्धानवाट पनि राजलार्इ झाले नै मारेको पुष्टी भैसकेको छ । यी माथीको घटना विवरण र्इलाका प्रहरी कार्यलयले मंसीर ४ गते पत्रकार सम्मेलन गदै सार्वजानीक गरेको हो ।
एकमात्र सन्तानको मृत्युले राजकी आमा अन्जु अहिले सम्म वेहोस छिन् । बैदेशिक रोजगारमा रहेका बुवा किरण आचार्य चार दिन पछि घर आर्इपुगेपछि राजको अन्तिम सस्कार गरीएको छ । राजको मृत्युको खबरले धरानबासी धेरै आक्रोसीत छन् । पटक पटक अभियुत्त झाको घरमा आक्रमण गर्न खोजीएका कारण प्रहरीले घरलार्इ सुरक्षा दिर्इरहेका छन् । झाका परिवारलार्इ सुरक्षाका लागि र्इलाका प्रहरी कार्यलयमा राखिएको छ । शव यात्राका दिन मंसीर ६ गते आक्रोसीत स्थानीयले झा को घरमा ढुङगा मुढा गरेका थिए । भिडनियन्त्रण गर्न सुरक्षार्थ खटिएका प्रहरीले ५ राउन्ड जती अश्रु ग्यास समेत हान्नु पर्यो । घटना भएदेखि राजको हत्या गर्ने झाका परिवार प्रहरीको सरणमा छन् । झाका कारण उनका परिवारले घरवाट विस्थापीत हुनु परेको छ । अपराध गर्नेलार्इ सजाय दिने प्रक्रिया अगाडि वढाएपनि स्थानीयवासीले भने परिवारलार्इ दोष दिर्इरहेका छन् । उनीहरुले स्वतन्त्रसग जिउन पाउने अधिकार समेत हनन् भएको छ । यस विषयमा नत नागरिक समाज नत पत्रकार मानबअधिकारकर्मिले समेत उनीहरुको पक्षमा बोल्न सकेका छैनन् । यो एकदम दुख लाग्दो पक्ष छ । एक जनाले गल्ती गर्यो भन्दैमा सारा परिवारले पिडा खेप्नु जतिको पिडा के हो ला र । उनीहरुको पक्षमा बोल्न कसैले हिम्मत गरेका छैनन् । यो पक्षलार्इ पनि ध्यान दिन सकेमा उनीहरुलार्इ पनि के ही राहत हुने थियो । हो झाका कारण कसैको कोख रित्तिएको छ । सारा मानीस राजको पक्षमा वकालत गरिरहेका छन् । तर झाका बुढा आमा बुवा भने दिनभरी प्रहरी थानामा हात बाधेर मलिन अनुहार लिएर बसेका छन् । म कति पटक र्इलाका प्रहरी कार्यलयमा पुगे । तर सेतै केस फुलेका उनका बुवा आमासग मैले पनि बोल्न आट गर्न सकेको छैन । तर त्यसो भन्दैमा दोसीलार्इ संरक्षण गर्न पर्छ भन्न खोजेकी होर्इन । एउटा औला कुहियो भन्दैमा सवै काटेर फाल्नु हुन्न । सग्लो औलालार्इ त झर्न दिनु हुदैन भन्न खोजेको हो । यो घटनाका बिषयमा गम्भिर नहुने हो भने कारण झाको परिवार त्यो ठाउवाट विस्थापित हुदैन भन्न सकिदैन ।
प्रहरीको अनुसन्धानमा राजका आफन्तहरु सुन्तुष्ट छैनन् । उनीहरुले २५ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् । घटनामा अरु पनि समलग्न रहेको समितिको आरोप छ । तर प्रहरीले भने घटनामा झाको मात्र समलग्नता रहेको अहिले सम्मको प्रहरी अनुसन्धानले देखाएको छ ।


बया - ‌‌मंसीर २ गते हत्यागरीएका राजको शव यात्रामा सहभागि धरानवासी ।   दाया‌- राजका बुवा किरण छोराको लास बोक्दै ।



बाया - आक्रोसीत महिलाहरु शवयात्रमा नारा लगाउदै । दाया -राजको हत्या भएको स्थानमा भेटिएका प्रमाणहरु सार्वजानीक गदै एसपी भुपाल कुमार भण्डारी र साथमा डिसपी दिपक रेग्मी र प्रहरी निरिक्षक केशव भट्टरार्इ ।



0 प्रतिक्रिया:

Post a Comment