असुरक्षाको वावजुत पनि सामाजीक सदभाव भने कायमै छ ।

राजविराज उत्रने वित्तिकै सगरमाथा पान पसलको मिठो पान खार्इयो । सप्तरीका पत्रकार प्रकाश खतिवडाले पानको वखान गदै मलार्इ स्टोरी गर्न समेत आग्रह गरे । पान पसलका भार्इको सुमधुर वोली सुनेर मन भएको चिन्ता र डर पनि हट्यो । सुनेकी थीए । म जस्ता व्यात्ति मधेस गर्इयो भने राम्रो हुदैन । वास्तवमा असुरक्षा वढेको छ । तर मानिविय समवेदना र नाता त प्रगाढ नै रहेछ । मेरो मन रहेको भ्रमको पर्दा हट्यो । पानसगै सानो कटौरीमा पानवाला भार्इले नम्र वोलीमा वोल्दै मलार्इ सुपारी अनी नरिवलका टुक्रा दिए । मैले कोक किन्दै पान मिठो भएको प्रतिक्रिया दिए । अपरिचित ती भार्इले पनि मुसुक्क मुस्काएर दिदी हतार भयो । मैले पान फ्रिजमा नराखि दिए । भरै आउनु ल म फ्रिजमा राखेको पान खुवाउछु । वास्तवमा गजेन्द्रनारायण सिं चोकमा रहेको सगरमाथा पान पसल एकदमै प्रसिद्ध रहेछ । सदभावना पार्टिका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिं को नाममा नामाकरण गरिएको सो चोक मधेस आन्दोलन अघि त्रीभुवन चोक थियो । पछिमात्र चोकको नाम गजेन्द्रको नाममा नामाकरण गरीएको रहेछ । कार्यक्रम पुर्वेली सवाल रेकर्डका निम्ती म पनि साथीहरु सगै सप्तरीमा वढ्दो अपहरणको विषयमा रिपोर्टिङ गर्न गएको हु । छलफलको शुरुवात सगै कार्यक्रमा उपस्थीत सवैले सुरक्षा अवस्था कमजोर भएको गुनासो पोखे । एक वर्षमा २६ जना मानीस अपहरणमा परेको र्इन्सेक प्रतिनिधी प्रकास खतिवडासग तथ्याङक रहेछ । त्यसमध्ये नौ जना वालक परेका रहेछन । तर प्रहरीले भने यो आर्थिक वर्षमा १० जना अपहरणमा परेको जानकारी दिएको छ । तथ्याङक हेर्ने हो भने अवस्था पनि डर लाग्दो नै देखियो । कार्यक्रमा दुर्इहप्ता अघि मात्र अपहरणकारीको पन्जावाट छुटार्इका ७ वर्षिया आयुस शाह पनि मामासग आएका थिए । तर उनका मामा निरज शाहले भान्जा हराउदाको १ महिनाको पिडा कसरी भनु त्यो आफै अनुमान लगाउनुहोस भनी छोटो जवाफ दिए । प्रहरीले धेरै सहयोग गरेकोमा धन्यावात दिए । अरु कुरा खुलेर वताउन सकेनन् ।
जिल्ला प्रहरी कार्यलयका एसपी भोग वहादुर थापाका अनुसार पहिला शशस्त्र समुहवाट मानीसको अपहरण हुने गर्थ्यो । दुर्इ वर्ष यताको अनुसन्धानमा भने अपराधिक समुहवाट अपहरण हुने गरेको पत्ता लागेको छ । आर्थिक लाभका लागि अपहरण हुने गरेको एसपी थापाको राय छ । समाजका व्यात्तिले नै अपराधिक क्रियाकलावमा लागेका व्यात्तिलार्इ संरक्षण दिएकाले कानुन अनुसार सजाय दिन नपाएको एसपी थापाले गुनासो पोखे । फेरी त्यै व्यात्ति अर्का पटक भएको अपराधमा पक्राउ पर्ने भएकाले काम गर्न गह्रो भएको उनले वताए । उनको भनार्इलार्इ पनि स्थानीयवासीको भनार्इवाट पुष्टी भयो । कानुन वमोजिम अपराधिलार्इ प्रहरीले कार्वाही गर्न नसकेकोमा प्रहरीको मनोवल गिर्दे गएको स्थानीयवासीहरुको प्रतिक्रिया थियो । अपहरणमा परेका परिवार वोल्न सक्ने अवस्थामा छैनन् । एकै शब्द भन्छन तपार्इ स्वयंले पनि अनुभव गर्न सक्नुहुन्छ । अपहरणमा पर्ने वित्तकै परिवारका सदस्यले फिरौती तयार गर्नु पर्छ । कुनै न कुनै हिसावले फिरौती बुझाउछन् पिडित परिवारले तर यो कुरा वाहिर आउदैन् । प्रहरिले पनि फिरौती नवुझार्इ मुत्त गरेको वताउछ । मानवअधिकार कर्मि प्रकाशले वताए । हुन त सरकारले अपराध नियन्त्रणको नाममा विशेष सुरक्षा योजना ल्याएको थीयो । यो योजनाले नत्र अपराध नियन्त्रण गर्रयो नत अपहरणका घटना नै कम भए सप्तरीको सवालमा । अपहरण तथा शरिर वन्धक महल अनुसार अपहरण गर्ने र सहयोग गर्नेलार्इ ७ दिख १५ वर्ष कैद र ५० हजार देखि २ लाख जरिवाना तोकिएको छ । सामुहिक रुपमा अपहरण गर्नेहरुलार्इ पुन थप दुर्इ वर्ष कैदको व्यावस्था छ । राजनैतिक संरक्षण भएकाले कानुन कागजमा मात्र सिमित रहेको एसपी थापाको गुनासो थियो । चार वर्ष अघि अपहरणमा परेका भारदहका कृष्ण देव विश्वास राजविराजका राज कुमार तामाङ र वरही जितपुरका उमेश रायको अवस्था अहिले सम्म परिवारलार्इ थाहा छैन ।
तर असुरक्षाको वावजुत पनि सामाजीक सदभाव भने कायमै रहेछ । जति चर्चामा आएजति साम्प्रदायीकताको भावना छैन मधेसी र पहाडीमा । यथार्थ वास्तवमा अर्कै रहेछ । सहायक प्रमुख जिल्ला अधिकारी होम बहादुर खड्काले सुनेको भन्दा मधेसको अवस्थाको वास्तविकता अर्कै भएको वताए । अढार्इ वर्ष अघि उनी पनि सरुवा भएर सप्तरी आउन मानेका थिएनन् । सर्लाहीवाट जवरजस्ती उनलार्इ सप्तरीमा पठार्इएको थिए छ। तर सप्तरी आउदा सामाजीक सदभाव भने राम्रो पाएको वताए । पहिचानको आन्दोलन गलत व्याख्खा गरिएको कारण यस्तो हल्ला वाहिर चलेको कतिपयको विश्लेषण थियो । तर त्यसलार्इ गलत व्याख्खा गर्ने देखि सावधान हुन जरुरी छ । कार्यक्रममा उपस्थितहरुको राय पनि यस्तै थियो ।
फेरी पानको कुरा जोडौ । मैले पान खाएको देखेर कतिपय त छक्क परे । किन हो त्यो चाही थाहा भएन । सप्तकोशी एफ एम र मकालु टेलिभिजनका साथीहरु पनि कार्यक्रम रेकर्ड सकिने वित्तकै सगरमाथा पान पसलमा कुदेर पुगेछन्। पान चवाउदै मलार्इ पनि पान राखि दे को छ जाउ भनी साथी सुमन पुरीले भनेपछि म पान पसल पुगे । फ्रिज गरेको पान खाए । मिठो थियो । त्यो स्वाद मेरो जिव्रोमा झुण्डिएको छ । सधैभरी यो मिठो पानको स्वाद जस्तै सामाजीक सदभाव कायम होस । नकरात्मक भावनाहरुलार्इ मानवियताको सार्इनोसग जोडेर सयौ थुगा फुलका हामी एउटै माला नेपाली भर्इ जिउन सकु । जय नेपाल ।।

0 प्रतिक्रिया:

Post a Comment