तमोरको किनारमा दुइ दिनको चोला

  अनुहारभरी चाउरीत परेको छ । दात नभएकाले ओठहरु मुखभित्र पसेका छन । रुदै गरेको सानो वच्चालाइ दुइहातले गालामा समाएर आमाले म्वाइ खादैगरेको पोष्टर रुखमा टासीएको छ । फोटोको सीरानमा आज पनि आमा रुन्छिनभनेर लेखिएको छ । फोटोको मुनी भागमा पहिले छोराले नखानइ दिदा आमा रुन्थिन । अहिले छोराले खान नदिदा आमा रुन्छिन । भनी लेखिएको छ ।
        विश्रान्ती मन्दिर परिसरमा पुग्ने वत्तिकै मेरो आँखा यहि पोष्टरमा पुग्यो । त्यहाँ लेखिएको बाक्यले मेरो आङ नै सिरिङग भो । गला अवरुद्ध भो । थाहै नपाइ आखाँका डिलमा आँसु भरिएर आयो ।
        धनकुटाको विश्रान्ती मन्दिरमा छेउमा रहेको वृद्धाश्रममा बसीरहेका ३५ जना आमा बुवाहरु रुखको फेदमा वनाइएको चौतारामा बस्न अनुरोध गरियो । सोही अनुसार सवैजना लस्करै वसे । उनीहरुमा मुहारमा मुस्कान भएपनि कता कता उनीहरुको अनुहारमा पिडा भएको भान हुन्थ्यो । कसैले दश रुपैया कसैले २० रुपैया कसैले विस्कुट बाडि रहेका थिए । धरानबाट गएका सौन्दर्य कला व्यावसायी संघ र महिला विकास शत्ती समुहका दिदी वहिनीहरुले रातो, हरियो कालो दोसल्ला ती लस्करै वसेका आमा वुबाहरुको काधमा ओढाइ दिए ।
दोसल्ला ओडाउनेहरुमा भारती सुब्बा,कविता लिम्बू अम्वीका घिमिरे,कमला लिम्बू र लगायत थिए । पत्रकार सुनीता केसी फोटो खिचिरहेकी थीइन ।  सविता राइ र गंगा वराल पनि डायरीमा ती बुवा आमाका पिडाहरुलाइ लीपीवद्ध गदै थिए  । म एकछिन अलमलिए । के लेख्ने भनेर ।
त्यतिकैमा भारती सुब्बा, कमला लिम्बु र कमला श्रेष्ठको आखामा आसु थामीएन । सवजना सुक्क सुक्क गर्न थाले । अघि देखि अवरुद्ध मेरो गला झन अवरुद्ध भो । मेरो आखाँको डिलमा अडिएका आँसु थामिएनन्  । तर पनि फोटो खिचिरहे । आफुलाइ कठोर बनाउन कोसीस गरे । आआफ्नै कथा र व्याथालाइ त्यो विसाल छातीमा लुकाएर वसेका ती आमाहरुको  पिडा शान्तसग वगेको तम्मर जस्तै थियो । जसरी तम्मरले सप्तकोशीमा मीसीनका लागि अनेकौ छहरा,पहरा ढुङगा बालुवासग पौठेजोरी खेल्दै वगेको छ । कष्ट झेलेर आएका ती आमा बुवाको दुख विसाउने चौतारी भएको रहेछ आश्रम ।
 आफन्त भएर पनि आफन्त नभएका ती आमा बुवाहरुको अवस्थाले एकछिन त्यहाँको माहोल मौन भो ।
        लस्करै वसेका आमा बुवाहरुले एकै साथमा चाउरीएको हातले तालि वजाउदा म झसंग भए । कसरी उहाहरु त्यहा आइपुगेका होलान् ? भन्ने सोच्दै म भावनाको तरंगमा वगेर नीक्कै पर पुगीसकेको रहेछु ।
  अनी एकै साथ दाताहरुको जय जय भन्दै सवैले आआफनो दुवै हात टाउको माथी उचाले । कतिपय त भावुक वने । उनीहरुको छोरा छोरी या आफन्तको याद आएको हुन सक्छ । उनीहरुले पाएको रकम मध्ये दश दश रुपैया सवैले दान पेटीको प्वालवाट छिराए । सवजना उठेर आआफना कोठामा फर्कदै गर्दा अम्वीका दिदीले आँखा भरी आँसु पारेर ससुराको याद आएको वताइन ।
        खाना खुवाने कार्यक्रम भएकाले सवैजनालाइ  आआफनो खाने थाल र वटुका लिएर आउन हेरचाहमा २७ बर्ष देखि खटिएकी कमला दाहालले अनुरोध गरिन । सोही वमोजीम सव जनाले थाल वटुका लिएर आए । पालै पालो खाना थापेर खान वसे । हामी सवै जनाले एक पटक आफनो आमा वुवालाइ सम्झीयौ ।  पत्रकार गंग वराल दिदीले बुबा रहुन्जेल सम्म नजिकसग कुराकानी गर्न नपाएकोमा एकदम दुखि भएको गुनासो पोखिन । त्यति भन्दा उनका आँखावाट आसु बररर झरिसकेको थियो । सविता पनि वुवासग मुख मुखै लागेको क्षण सम्झदै थिइन । क्षमा माग्न नपाउदै वुवा वितेको दुखेसो गरिन् । उनीहरुको आखाको सु देखेर मेरो पनि आखाँ भरिएर आयो । आसुले भरिएकाले एकछिन आखाको ज्योती धमिलो भो । आँखा झीमिक्क नपारी भित्र भित्रै आँसु लुकाए । छोरा छोरीले आमा बुवालाइ नहेर्दा उनीहरुको मनमा पर्ने पिडालाइ नजिकवाट महसुस मैले नी गरे ।
         धनकुटा आत्माराकी रेनुका पोख्रेलसग मेरो केही समय कुराकानी भो । उनी अहिले ८७ बर्ष पुगिन । उनको विवाह ७ बर्षको उमेरमा भएको रहेछ । उनका छोरा छोरी १४ रहेछन  ।  त्यस मध्ये ६ जना मात्र बाचेका रहेछन । ४ वटी छोरी छन सवै आफ्ना आफ्ना घरमा छन । रेनुका पोख्रेलले आफनो पिडा यसरी पोखिन् ­ “नभएका छोरा छन २ भाइ छन् । घरमा वुहारी नहुने छोरो छ । छोरो नहुने वुहारी छ ( व्यांगात्मक पारामा भनिन)  दिक्क लाग्छ । धेरै पानी भएका बेला बर्खा याममा तमोर तिर जादा चुप्लुक्कै जाउकी जस्तो लाग्छ कहिले कहिले धेरै मन भरंग भएको बेला । भगवानले साहारा दिएको छ । मन्दिर छ । अनी त्यसो हुनाले आ !बेक्कारमा  अकालमा किन जाने हो, भगवानले दिएको शरिर अमुल्य चोला फेरी हुन्छ की हुन्न । मनुष्यको चोला पाएको छ । त्यसो भएर थामिएर वसीएको छ बा । त्यस्तै छ बा यो संसार यस्तै हो । छोरीहरुले मायाँ गछर्न छोराले गदैन बा । कर्तव्यमा आए भने आए आएनन भने तानेर लगेर तम्मरमा लगेर फालीदेउ भनेको छु ।
         त्यसैगरी मन्दिर छेउमा भेटीएकी ६० बर्षिया सीता देवी नेपाल बृद्धा आश्रमा बस्न थालेको ११ महिना भयो । उनको घर मोरङ टाडी हो । उनको सात बर्षको उमेरमा विवाह भएको हो । उनका तीन भाइ छोरा थिए । तिनै भाइ विते । श्रीमान र छोराहरुको क्रिया गर्दा भएको जग्गा सकियो । बाध्यताले यहाआउनु परेको उनले वताइन । उनलाइ भाइले यहा पुर्याइदिएको रहेछ ।
        विराटनगरकी ५२ देवी गौतम  ८५ वर्षीय श्रीमानका साथ बृद्धाश्रममा वसेकी छिन । उनका श्रीमानका दाजुभाइ  तीर्थ वनारसमा गए । त्यसैले उनीपनि विश्रान्तीमा वसेका हुन । छोरा छोरीले माया गछर्न । वेला वेलामा भेटन पनि आउछन । तर तिर्थमा मर्न पाउदा स्वार्गमा पुगिने विश्वासका कारण उनीहरु यहा बसेको वताए । आफन्त भएका, आफन्त नभएका र इच्छाले पनि कतिपय जेष्ठ नागरिकहरु वृद्ध आश्रममा वसेका पाइयो । धनकुटाका राम नारायण श्रेष्ठले स्थापना गरेको यो आश्रम धेरैको आश्रय स्थल बनेको छ । छोरा, छोरी, वुहारी, नाती नातीनाले माया मारे पनि उनीहरुको सम्झनाले भने वारम्बार उनीहरुलाइ सताउने गरेको उनीहरुको भनाइवाट थाहा हुन्थ्यो । कुनै न कुनै वहानामा दाताहरु वृद्धआश्रममा आइरहन्छन । यहि दाताहरुको सहयोगवाट यी आमा वुवाहरुको गुजारा चलेको छ । यसरी दाताहरु आइरहदा एकदमै खुशी लागेका उनीहरुले वताए । छुटिने वेलामा देवी गौतम र रेनुका पोख्रेलले भजन गाएर सुनाए । जुन भजन यस्तो छ ।

यो जिवन हाम्रो कागजको पुतली हो ।
हावा लागेमा उडाइलान्छ ।
यो जिवन हाम्रो माटोको मुरर्ती हो ।
पानी परेमा गलि जान्छ । 
यो जिवन हाम्रो झिरिमिटी दाउरा हो ।
आगो लागेमा जलि जान्छ ।
यो जिवन हाम्रो खोलाको वालुवा ।
वाढि आएमा वगाइ लान्छ ।
यो जिवन हाम्रो पाकेको फल हो ।
वढी पाकेमा गली जान्छ ।
रामको चरणमा चित्त लागाउनु ।
कहिल्यै नविर्सनु चोला हो दुइदिनको ।  
        यो भजन कस्ले लेखेको हो थाहा छैन । तर यी हरफहरुमा जिवनको प्रतिकात्मक अर्थ छ । यहि अर्थको आदर्शमा वाचीरहेका छन यी वृद्ध वुद्धाहरु । दुखेको चित्त वुझाइरहेका छन । आफन्तसग छुट्टिएर वस्नुको पिडालाइ अदृष्य भगवानलाइ सम्झेर विर्सन प्रयासमा छन । कति जना त चाडै मर्न पाउ भन्दै कामना पनि गरिरहेका भेटिए । छोरा छोरी भनेको वुढेसकालका साहारा भन्दै आमा वुवाले गास काटेर हुर्काउछन । तर आफन्त भएर पनि आफन्त हिन भएका यी बुढा पाकाहरुको अवस्था हेर्दा नेपाली उखान  आमावुवाको मन छोरा छोरी माथी छोरा छोरीको मन ढुङगा मुढा माथी ।भने झै लाग्यो  ।
        रमाइलो र उत्साहका साथ तमोर नदिको किनारामा पुगेका हामी सवजाना हिन्दि गित र नेपाली गितमा जानी नजानी खुव नाचेका थियौ । खेल खेलेका थियौ । पकाउदै खादै तमोर नदिको पानीसग जिस्कीएका थियौ । वरीपरी वनभोज खाने थुपै्र समुह पनि थिए । वृद्ध आश्रममा पुगेर जव औपचारीक कार्यक्रम शुरु भयो सव जनाको बोली बन्द भयो । फर्कुन्जेल सम्ममा पनि आखाका आसु ओभाएनन् । सवैको साझा चिन्ता थियोकतै बुढेसकालमा हाम्रो अवस्था पनि यस्तै हुने हो की ?

0 प्रतिक्रिया:

Post a Comment