तलाइ बेच्लान


मुम्बइ जाने कार्यक्रम तय भएपछि मैले आमा बुबालाइ मुम्बइ जान लागेको छु भनेर सुनाए । खबर सुन्ने बित्तिकै बुबाले आरेत खेनेआङ केम्सङरो ( तलाइ नी बेच्लान ) । होसीयार हुनु भनी प्रतिक्रिया दिए । बम्बइ नाम सुन्नै बित्तिकै अधिकांशले मेरो बुबाले दिएको प्रतिक्रिया दिन्छन । नेपाली चेली बेचिने ठाउ हो भन्ने नकरात्मक छाप बसेको छ । जुन ठाउमा अहिले पनि कयौ नेपाली महिलाहरु वेचीइरहेका छन । 
अर्कोतीर कयौ नेपालीहरुले आफनो भविष्य निर्माण गर्ने थलो पनि भएको छ मुम्बइ । करिव साढे १६ सय किलो मिटर लामो रेल यात्रा पछि भालेको डाकमा मुम्बइको लोकमान्य तिलक रेलस्टेशनमा पुगियो । दुइरात एक दिन लामो रेलको यात्राले शरिर एकदम थकित थियो । रेल यात्रा निक्कै पट्यार लाग्दो थियो । एसी रुममा टिकट नमिलेकाले हामीले स्लीपरमा यात्रा गरेका थियौ । स्लीपरमा सामान वेच्ने मोबाइल व्यापारीहरु कराइ कराउन आइरहने हुनाले दिक्क लाग्यो । अझ गरम चाइ भन्दै चिया वेच्नेहरु प्रत्येक पाच मिनेटको फरकमा आउथे । यात्रा अवधिभर एसीमा जानका लागि कोसीस गरेका थियौ तर मिलेन । 
मुम्बइमा रहेका संयुत्त नेपाली महासंघका अध्यक्ष भरत रावल, महासचिव सालिग्राम तिवारी पत्रकार दिनमनी पान्डे र विरेन्द्र पौडेल हामीलाइ स्वागत गर्न स्टेशनमा आएका थिए । मुम्वइ प्रेस क्लवका अध्यक्ष गुरविर सिंह पनि स्वागतका निम्ती विहानै हाजिर भए । कोलाबाद एमएलएहरुको गेष्टहाउस आमदार निबासमा बस्ने ब्यवस्था गरिएको थियो । अंग्रेजहरुले भारतमा शाशन गरेको ताका मुम्बइलाइ बम्बइ भनिथ्यो ।तर भारत स्वतन्त्र भएपछि बम्बइको नाम फेरिएर मुम्बइ भएको सात वटा टापुलाइ पुरिएर अहिलेको मुम्वइ बनेको रहेछ ।

मुम्बइ प्रेस क्लवम ।
भारतको आर्थीक राजधानी मुम्वइ कहिल्यै निदाउदैन भन्ने भनाइ छ।मुम्बइ प्रेस क्लवको निमन्त्रणामा नेपाल पत्रकार महासंघको नेतृत्वमा ११ जना नेपाली पत्रकारहरुको टोली मुम्वइ गएको थियो । यसको नेतृत्व महासंघका महा सचिव ओम शर्माले गरेका थिए । टोलीमा म सहित महासंघका केन्द्रिय सदस्यहरु दिपक पान्डे, दामोदर तिम्सीना, मातृता पौड्याल, बाल कृष्ण बस्नेत, राजेश मिश्र, सिद्धराज राइ, प्रकाश थापा, मोहन चापागाइ र पवन बर्षा शाह थिए । मुम्बइको कमाठेपुरा, ग्रान्ड मुम्बै, बम्बै हाउस रेडलाइट क्षेत्र हुन । विभिन्न ठाउबाट बेचीएका महिलाहरु यी क्षेत्रमा आउछन । नेपाली महिलाहरुको संख्या १५ देखि २० प्रतिसत छ ।  करिव तीन दशक अघि मुम्वइमा स्थापना गरिएको संयुत्त नेपाली महासंघका अध्यक्ष भरत रावलका अनुसार करिब चार लाख नेपाली मुम्बइम काम गरिरहेका छन । खाडि मुलुकमा नेपाली महिलाहरुलाइ जान थालेपछि मुम्बैमा बेचिएर आउने नेपाली महिलाहरुको संख्या पनि कम भएको महासंघले जानकारी दिएको छ । पहिले महासंघले पनि कयौ महिलाहरुलाइ उद्धार गरेको थियो । तर अहिले यो क्षेत्रमा रेस्क्यु फाउन्डेशन नामका संस्थाले काम गरिरहेको छ । यसले बेचिएका नेपाली महिलालाइ उद्धार गरेपछि माइती नेपाल वा शत्ति समुहलाइ वुझाउछ । मुम्वइको रेडलाइट क्षेत्र जान त्यती सुरक्षीत मानीदैन रहेछ । समय अभावका कारण रेडलाइट क्षेत्र जान पाइएन प्रेस क्लब मुम्बइले स्वागत कार्यक्रम राखेको थियो । त्यहा मुम्बइका पत्रकारहरुको राम्रो उपस्थीति थियो । नेपालमा अपराधिहरु लुकेर बसेका छन । नेपालका कारण भारतमा अपराध बृद्धि भएको र चीनको प्रभाव नेपालमा बढेको पत्रकार देखि व्यापारी र सर्वसाधारणको ठम्याइ रहेछ । अधिकांश भारतीयहरुले जहा जादा पनि यहि प्रश्न बारम्बार गरे । एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड प्रधानमन्त्री भएपछि पहिला भारत भ्रमण नगरी चीन गएको प्रसंग ल्याएर चीनको प्रभाव नेपालमा बढेको भारतीयहरुको भनाइ थियो । भारतीय नागरिकहरु नेपालमा काम गर्न आउन चाहान्छन उनीहरुलाइ  काम पाउछ की पाउदैनन । यो पनि उनीहरुको अर्को प्रश्न थियो ।
नेपाली पत्रकारहरुको टोलीले महाराष्ट्रका मुख्यमन्त्री पृथ्वी राज चौहानसग पनि भेटगरेको थियो । नेपाल राम्रो देश छ । विकासलाइ सहि तरिकाले सन्चालन गरेमा नेपालको विकास चाडै हुने मुख्यमन्त्रीले चौहानले वताए । मुम्बइ बनाउन नेपालको पनि योगदान भएको मुख्यमन्त्रीको भनाइ थियो । सामाजीक सन्जालका कारण सुरक्षा चुनौती थपीएकाले यसमा नेपाल र भारत सतर्कहुनु पर्ने मुख्यमन्त्रीको भनाइ थियो । भारतमा अपराध गरेर अपराधि नेपालमा लुक्ने गरेकाले यसविषयमा दुवै देश गम्भीर हुनु पर्ने मुख्यमन्त्रीको भनाइ थियो । 
  मुम्वइमा वस्ने नेपाली कसैले गल्ती गरेमा वरीपरि काम गर्ने सारा नेपालीलाइ पुलिसले पक्राउ गर्ने चलन छ । पत्रपत्रिकाले पनि पनि त्यसरी नै सारा नेपालीलाइ दोस दिएर समाचार लेख्ने चलन रहेछ । मुख्यमन्त्री चौहानसग मुम्बइमा बसेर पत्रकारिता गरिरहेका दिनमणीले प्रश्न गरेका थिए । त्यसमा मुख्यमन्त्रीले आफु गम्भीर रहेको जवाफ दिए । महाराष्ट्रमा वस्ने नेपालीहरुको समस्याका विषयमा लेखेर ज्ञापनपत्र बुझाउन उनुरोध गरे मुख्यमन्त्री चौहानले । मुम्वइ प्रेस क्लवले पनि यसमा सहयोग गर्ने क्लवका अध्यक्ष गुरविर सिंले वताए ।
       पुर्णेको सरहदका सन्जय नहारले अण्णा हजारेसग भेटघाट गराउने अवसर मलाएका थिए । अण्णा हजारेलाइ हामीले उसको गाउ रालेगणसिद्धिमा भेटेका थियौ । हजारेको ट्रष्टमा दुइजना नेपाली काम गरिरहेका रहेछन । त्यसमध्ये कैलालीका तारा सिं धामीसग भेट भएको थियो । उनी ६ बर्ष देखि हजारेकामा काम गदै आएका रहेछन । हजारेले नेपालमा अझैपनि नैतिकता रहेको तर भारतमा भने नैतिकता गुमीसकेको वताए । भ्रष्टचार विरोधी उनको अभियान चलिरहेको छ । उनको यो अभियानमा धेरै भारतियहरुले साथ दिएका छन । उनी राजनितिक दलका खोल्ने पक्षमा छैनन । गाउ वनाउने अभियानका कारण विवाह नगरेको प्रसंग समेत वताएका थिइ हजारेले । आफ्नो एउटा लक्ष्य लिएका छन । त्यो लक्ष्य के हो खुलाएनन । लक्ष्य पुरा भए २०१४ मा नेपाल घुम्न आउने हजारेले वताए ।
मुम्बइका मेयर सुनिल प्रभुसग भेटघाट भएको थियो । त्यसैगरी एडफाक्टरमा भारतिय मिडियाका सिनारियोका बारेमा छलफल भएको थियो । एडफाक्टरले विज्ञापनसगै पब्लिक रिलेसनका विषयमा काम गरिरहेको छ । काठमाडौ पनि यसको शाखा खोल्न लागेको एड फाक्टरले जानकारी दिएको छ । मुम्बइ स्टक एक्सचेन्ज,वोल्ड ट्रेड सेन्टर, विधानभवनको भ्रमण गरेका थियौ । त्यसैगरी उपसभापति बसन्त डावखरे सग पनि भेटघाट गरिएको थियो । सार्क राष्ट्रका पत्रकारहरुवीचको समस्याका विषयमा एक आवाज वनाउन मम्बुइले प्रेस क्लवले शुरुवात गरेको छ । सार्कराष्ट्रमा पर्ने देश वीचको सम्वन्ध सुधार गर्न पत्रकारहरुको महत्वपुर्ण भुमिका भएकाले पत्रकारवीचको आदान प्रदान कार्यक्रम शुरुगरिएको हो । मुम्वइ प्रेस क्लवले अघिल्लो वर्ष पाकिस्तान भ्रमण गरेको थियो । र पाकिस्तानका पत्रकारलाइ मुम्वइ वोलाएको थियो । यसै क्रममा नेपाली पत्रकारको टोली पनि मुम्बइ भ्रमणमा गएको हो । मुम्बइ प्रेस क्लबका सदस्यहरु पनि नेपाल आउने कार्यक्रम रहेको महास‌ंघले जानकारी दिएको छ ।

0 प्रतिक्रिया:

Post a Comment