बत्तीसै दन्तको हायेङ हा
मेल्ले मै दुखि ताजेङ हा
फिर्केनी धागो केसुङ तेरुङ
मेल्ले मै ताजेङ केसुङ तेरुङ
हरियो बियु से सोल्टी ज्यु से ।
- यो दुखि मनका कुराहरु सोल्टीनीको सामु शुरु गर्न अनुमति चाहान्छु _
भत्तपुरका शिव कुमार सम्वाहाङफेले यसरी पालम गाउदै धान नाच शुरु गरे । दाउरा सुरुवालमा सजिएका शिव कुमार र कविराज आङदेम्बेको वीचमा कलेजो रंगको ढाकाको सल घुम्लुङग ओडेकी गिता लिम्बु थिइन । तीनै जना हात समाएर पालामको तालमा घरी दाहिने खुट्टा उचाल्थे भने घरी देब्रे खुट्टा उचाल्थे । पालामको एक सेर सगै घरी अघि घरी पछि फर्कन्थे । उनीहरुको यो धान नाच हेर्न र पालाम सुन्नेको भिड नै लागेको थियो । शिव कुमारको मिठो आवाज अनी तीन जनाको सालिन धान नाच्ने शैलीले मलाइ पनि तान्यो । अझ आखामा चिम्म गरेर अनुहार आकास तिर फर्कउदै तानिएको सुरिलो शिव र कविराजको आवाजमा गिताको आवाज मिसीदा आङ सिरिङग भएर आउथ्यो । धान नाच हेर्न जम्मा भएका आधा बैसेहरुले आफ्नो जवानीलाइ एक पटक सम्झे । उनीहरुको तरुनीहरुको स्वरको प्रसंसा समेत गर्न भ्याए । घर हिडन लागेकाहरु पनि धान नाच्न जोसीएर फर्के ।
यस्तो किसीमको धान नाच्ने चलन अहिले कमै मात्र हेर्न पाइन्छ । धान नाच हेर्न वसेका अधिकांशले तीन जनाको धान नाचाइलाइ आआफनो डिजिटल क्यामेरा, मोवाइलमा कैद गरे । मलाइ पनि उनीहरुको समुहमा गएर धान नाच्न मन लागि रहेको थियो । तर हिम्मत गर्न सकेको थिइन । धान नाच्ने पालामा गाउने अरु पनि समुह थियो । अर्को समुहमा म पनि केही वेर नाचे । तर मेरो मन पटक्कै मानेन । खाली मेरो आखा तीन जना पट्टि नै थियो । घुम्दा घुम्दा खुट्टाका पैताला दुखेकाले तीन जाना धान नाचेको छेउमा गएर वसे । पालाम सुने । पालामा सुन्दा उनीहरु मायाको गहिराइमा चुर्लुम्म डुबेको थिए । गिता लिम्बुले शिव कुमारलाइ दिएको जवाफवाट प्रष्टहुन्थ्यो उनीहरु पालामको गहिराइमा डुबेको कुरा ।
पालाम गाउदा गाउदा सुकेको घाटी भिजाउन विराटनगरका मोहन लिम्बुले एक चुस्की तीन पाने सेजङवा (रक्सी )तीन जनाको हातमा थमाए । सेजङवा एक सुरुप्प ताने पछि शिब कुमारले भने "अव मेरो स्वरले ठाउ लियो । रातभर पालाम गाउन सक्छु ।" त्यतिवेला रातको १२ बजेको थियो । तीनजनाको धान नाच्ने समुहमा म र गायक खगेन्द्र यक्सो पनि थपिएका थियौ ।

शिव र गिताको जुहारीको मजा उनीहरुको स्वरमा स्वर थपेर मजा लिइयो । पालामको टुक्का जोर्न सिपालु शिव र गिता दुवै जनाको छुटिने छाटकाट देखिएन । गिता लिम्बुको पालामले पहिला पुरस्कार समेत जितिसकेको छ । उनीसग धान नाच्न पाउदा जो कोहीको पनि मन फुरुङ्ग हुन्छ । झन झन मन छुने पालामका हरफले हाम्रो पनि निन्द्रा हटिसकेको थियो । अरु धान नाच्ने समुहहरु छुटी सकेका थिए । सुनसान रातमा पालाममाको सुरिलो भाकाले मस्त निदाएको विराटनगर पनि विउझीएर पालामको भाकामा सुनिरहेको भान हुन्थ्यो ।
लामखुट्टेको टोकाइले वेला वेला हात छाडेर लाम खुट्टे धपाउनु पर्दथ्यो । पालामवाट माया वसेको देखि जारी गरेर लाने कुरा सम्म पुग्यो । अझै पनि छुट्टिने छाटकाट देखिएन । हामी दुइजना थपीएपछि अलि ठुलो समुह भयो । त्यसपति गोलो घेरामा बनाएर धान नाच्न थालियो । घुम्दा खुट्टाले अन्जानमा छुदा हात समातेर ढोगिने चलन रहेछ । यो धान नाचको शुरुवात कसरी भयो । यसको ठ्याक्कै जवाफ छैन । लिम्बु सस्कृतीका जानकार येहाङ लावतीले आदिवासी लिम्बु जातिको संछिप्त परिचय नामक पुस्तकमा धाननाचको शुरुवातको विषयमा भनेका छन । कृषि युग शुरु भएपछि लिम्बुहरुले धानबाली लागाउन थाले । धान पाके पछि धान झार्नका लागि अहिलेको जस्तो मीहोमा गोरु वाधेर घुमाउने चलन थिएन । त्यसैले मान्छे आफैले काटेर एक ठाउमा थुपारेको धान माथी पसेर यता उता गदै धान माडन थाले । यसरी धान माडदा गित पनि गाउन शुरु गरे । त्यहि चलन अहिले धान नाचका रुपमा विकास भएको हो । तर इतिहासकार शिव कुमार श्रेष्ठले भने किरात लोककथाहरु भन्ने पुस्तकमा फेल्लेरे फेनपना नामक चराले सारा धान खायो । तर चराले नै धरानको विउ ल्याएकाले मानिसले त्यो चरालाइ सोझै खेदाउन सकेनन । त्यसैले हात समाएर हा हा गदै फेल्लेरे फेनपना चराहरुलाइ खेदाए । त्यहीवाट धान नाचको शुरुवात भएको हो ।
पालाम गाउदा गाउदै छुक्टीने बेला भएको कुरा गिता लिम्बुले यसरी भनिन "केसीङला केहीम लुङमा पहिम ,बासैको झयाङमा फासेम्बाबी, सोलुङमा पहिम आसेम्बाबी ।" विहानको तीन वज्यो । सडकमा गाडीहरु गुडन थाले । छुक्टिन त पटक्कै मन थिएन । यो रात अलि लामो भइदिए हुन्थ्यो । अझै पालामवाट भावना साटासाट गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो सवैको मनमा । विराटनगरका सारा लामखुट्टेहरु पनि पालामको मजा लिदै धान नाच्न चुनौती दिइरहेका थिए । दिउसो किरात याक्थुङ चुम्लुङको महाधिवेशनको कार्य समिति चयनको महत्वपुर्ण दिन भएकाले छुटनु नै पर्ने भयो । अव पालामको विट मार्ने तिर गिता र शिव लागे ।
गाइभैसी चर्छन रन भन
लुङमारक हिम्मा झन झन,
सेपीलो पाटा सेक्वै थारो,
लुङमारक हिम्मी ग मिक्वा थारो ।
सम्वतै साल ज्यासाङ आल्ल
सो रुखै ढाली खेन्दीरो इ,
मिक्वानु चक चक सेन्दिरो इ ।
- अर्थ आखाभरी आसुसगै, छुटने मन नहुदा नहुदै छुटनु पर्दो रहेछ )
हामीले पनि स्वरमा स्वर मिलाएर साथ दियौ । दश औला जोडि भुइसोरी सेवासगै पालामका शब्दले गहै पारेको मन लिएर छुटियौ । उहिले सात दिन सात रात सम्म धान नाचेको कुरा बाजे बोजुले सुनाउथे । कसरी यति लामो समय नाच्न सक्थे होला जस्तो लाग्थ्यो । तर वास्तवमा पालाम गाउदै धान नाच्दा दिन रात वितेको थाहा हुन्न रहेछ ।
0 प्रतिक्रिया:
Post a Comment